धर्मशास्त्रहरू
अल्मा ४०


अध्याय ४०

ख्रीष्टले सबै मानिसहरूलाई पुनरुत्थान ल्याउनुहुन्छ—मृत धर्मीहरू परमधाम जान्छन् र दुष्टहरू उनीहरूको पुनरुत्थानको दिन पर्खन बाहिरी अन्धकारमा जान्छन्—पुनरुत्थानमा सबै कुराहरूहरू उनीहरूको सही र पूर्ण शरीरमा पुनर्स्थापित गरिनेछ। लगभग ई.पू. ७४।

अब मेरो छोरा, तिमीसामु भन्न चाहेका अरु केही कुराहरू यी हुन्; किनकि म ठान्छु कि तिम्रो मस्तिष्क मृतकहरूको पुनरुत्थानका बारेमा केही चिन्तित छ।

हेर, म तिमीसामु भन्दछु, कि ख्रीष्टको आगमन नभएसम्म, त्यहाँ पुनरुत्थान छैन—अथवा, म भन्छु, अर्को शब्दमा, कि यो मरणशीलले अमरत्व धारण गर्दैन, यो भ्रष्टले शुद्धता धारण गर्दैन।

हेर, उहाँले मृतकहरूको पुनरुत्थान पूरा गर्नुहुनेछ। तर हेर, मेरो छोरा, पुनरुत्थान अझै छैन। अब, म तिमीसामु रहस्य खुलसा गर्छु; तैपनि, त्यहाँ धेरै रहस्यहरू छन् जुन लुकाइएका छन्, कि परमेश्वर आफैँ बाहेक अरु कसैलाई थाहा छैन। तर म एक कुरा तिमीलाई देखाउँछु जुन मैले परमेश्वरसँग लगनशीलताका साथ सोधखोज गरेको छु कि मैले थाहा पाउन सकूँ—त्यो पुनरुत्थानका बारेमा हो।

हेर, त्यहाँ एक समय तोकिएको छ कि सबै मृत्युबाट अघि आउनेछन्। अब यो समय कहिले आउँछ कसैलाई थाहा छैन; तर नियुक्त गरिएको समय परमेश्वरलाई थाहा छ।

अब, मानिसहरू मृत्युबाट आउने समय, अथवा दोस्रो समय, अथवा तेस्रो समय हुन्छ, यसको मतलब छैन; किनकि परमेश्वरलाई यी सबै कुराहरू थाहा छ; अनि मलाई जान्न पर्याप्त छ कि यो हुनेछ—कि त्यहाँ समय तोकिएको छ कि सबै मृत्युबाट उठ्नेछन्।

अब त्यहाँ मृत्युको समय र पुनरुत्थानको समयबीच अन्तराल हुन आवश्यक छ।

अनि अब म सोधखोज गर्न चाहान्छु मृत्युको यस समयदेखि पुनरुत्थानका निम्ति तोकिएको समयसम्म मानिसहरूका जीवात्माहरूको के हुन्छ?

अब त्यहाँ मानिसहरू उठ्नका निम्ति एक भन्दा बढी समय तोकिएको छ कि त्यसको कुनै मतलब छैन, किनकि सबै एकै समयमा मर्दैनन्, अनि यसको कुनै मतलब छैन; परमेश्वरका लागि सबै एक दिनजस्तै छ र समय मानिसहरूका निम्ति मात्र नापिएको हो।

त्यसकारण, मृत्यबाट उठ्ने समय मानिसहरूका निम्ति तोकिएको छ; अनि मृत्यु र पुनरुत्थानबीच त्यहाँ एक अन्तराल छ। अनि अब, यो समयको अन्तरालको बारेमा, मानिसहरूका जीवात्माहरूको के हुन्छ भन्ने कुरा मैले जान्न परमेश्वरसँग लगनशीलताका साथ सोधखोज गरेको छु; अनि मलाई थाहा भएको कुरा यो हो।

१० अनि जब समय आउँछ जब सबै उठ्नेछन्, तब उनीहरूले थाहा पाउनेछन् कि मानिससामु नियुक्त गरिएको सबै समय परमेश्वरलाई थाहा छ।

११ अब, मृत्यु र पुनरुत्थानका बीचको जीवात्माको अवस्थाको बारेमा—हेर, स्वर्गदूतद्वारा मलाई अवगत गराइएको छ, कि सबै मानिसका आत्माहरू, उनीहरू मरणशील शरीरबाट प्रस्थान गर्ने बित्तिकै, हो, सबै मानिसहरूका आत्माहरू, उनीहरू असल अथवा खराब जे भए पनि, उनीहरूलाई जीवन दिने परमेश्वरसामु घर लगिन्छ।

१२ अनि तब यस्तो हुन जानेछ, कि धर्मीहरूका आत्माहरूलाई परमधाम भनिने खुसीको अवस्थामा, आरामको अवस्थामा, शान्तिको अवस्थामा स्वागत गरिनेछ, जहाँ उनीहरूले आफ्ना सबै समस्याहरूबाट र सबै चिन्ता र दु:खबाट आराम पाउनेछन्।

१३ अनि तब यस्तो हुन जानेछ, कि दुष्टका आत्माहरू, हो, जो खराब छन्—किनकि हेर, उनीहरूसँग परमप्रभुको आत्माको न त कुनै भाग छ न त कुनै अंश छ; किनकि हेर, उनीहरूले असलको सट्टा खराब छाने; त्यसकारण सैतानको आत्मा उनीहरूमा प्रवेश गऱ्यो र उनीहरूको घरलाई स्वामित्वमा लियो—र यिनलाई बाहिरको अन्धकारमा निकाला गरिनेछ; त्यहाँ रुवाइ र कराइ र दाह्रा किटाइ हुनेछ र यो सैतानको इच्छाद्वारा बन्दी बनाई अगुवाइ गरिएको उनीहरूको आफ्नै दुष्टताका कारण हो।

१४ अब यो दुष्टको जीवात्माहरूको अवस्था हो, हो, अन्धकारमा र एक भयावह अवस्थामा, परमेश्वरको उनीहरूमाथिको अग्निमय क्रोधका निम्ति त्रासित हुँदै; त्यसरी उनीहरू यो अवस्थामा रहन्छन्, जसरी पुनरुत्थानको समयसम्म धर्मीहरू परमधाममा रहन्छन्।

१५ अब, त्यहाँ केही छन् जसले पुनरुत्थानभन्दा अगाडि, जीवात्माको खुसीको अवस्था र दु:खको अवस्थालाई पहिलो पुनरुत्थान भनी बुझेका छन्। हो, म स्वीकार्दछु आत्मालाई अथवा जीवात्मालाई उठाउनु र बोलिएका वचनहरूअनुसार उनीहरूलाई खुसीयाली अथवा दु:ख तोकिनुलाई पुनरुत्थान भन्न सकिन्छ।

१६ अनि हेर, पुन: यो बोलिएको छ, कि त्यहाँ प्रथम पुनरुत्थान छ, उनीहरू सबैको पुनरुत्थान जो थिए, जो छन् र जो ख्रीष्टको मृत्युबाटको पुनरुत्थानको समयसम्म हुनेछन्।

१७ अब, हामीले सोच्दैनौ कि यो प्रथम पुनरुत्थान, जुन यसप्रकारमा बोलिएको छ, जीवात्माहरूको पुनरुत्थान र उनीहरूको खुसीयाली अथवा दु:ख निर्धारण हुन सक्दछ। तिमीले सोच्न सक्दैनौ कि यसको अर्थ यो हो।

१८ हेर, म तिमीसामु भन्दछु, होइन, तर यसको अर्थ आदमका दिनहरूदेखि ख्रीष्टको पुनरुत्थानको समयसम्मका जीवात्मासँग शरीर जोडिनु हो।

१९ अब, दुष्टहरू र धर्मीहरू, जसका बारेमा बोलिएको छ उनीहरूका जीवात्माहरू र शरीरहरू एक पटकमा सबै जोडिनेछन् कि छैनन्, म भन्दिनँ; यो पर्याप्त छ, कि म भन्दछु कि उनीहरू सबै अघि आउनेछन्; अथवा अर्को शब्दमा, उनीहरूको पुनरुत्थान ख्रीष्टको पुनरुत्थानपछि मर्नेहरूको पुनरुत्थान भन्दा अगाडि हुन्छ।

२० अब, मेरो छोरा, म भन्दिनँ कि उनीहरूको पुनरुत्थान ख्रीष्टको पुनरुत्थानको समयमा आउँछ; तर हेर, म यो मेरो रायको रुपमा दिन्छु, कि जीवात्माहरू र शरीरहरू जोडिन्छन्, धर्मीहरूको, ख्रीष्टको पुनरुत्थानमा र उहाँको स्वर्गतिरको आरोहणको समयमा।

२१ तर उहाँको पुनरुत्थानमा होस् या पछि, म भन्दिनँ; तर म यत्ति भन्छु, कि शरीरको मृत्यु र पुनरुत्थानको बीचमा एक अन्तराल छ र त्यो समयसम्म खुसीयाली र दु:खमा जीवात्माको एक अवस्था जुन समय परमेश्वरले नियुक्त गरेको समय जब मृतकहरूअघि आउने छन् र एक हुनेछन्, जीवात्मा र शरीर दुबै र परमेश्वरअगाडि खडा हुन ल्याइनेछ र उनीहरूका कार्यहरूअनुसार न्याय गरिनेछ।

२२ हो, यसले ती कुराहरूको पुनर्स्थापना ल्याउँदछ जुन अगमवक्ताहरूको मुखद्वारा बोलिएका छन्।

२३ आत्मा शरीरमा पुनर्स्थापित हुनेछ र शरीर आत्मामा; हो र प्रत्येक हातखुट्टा र जोर्नी यसको शरीरमा पुनर्स्थापित हुनेछ, हो, टाउकाको एक केश पनि हराउनेछैन; तर सबै कुराहरू उनीहरूका सही र पूर्ण शरीरमा पुनर्स्थापित गरिनेछ।

२४ अनि अब, मेरो छोरा, यो अगमवक्ताहरूको मुखबाट बोलिएको पुनर्स्थापना हो—

२५ अनि तब धर्मीहरू परमेश्वरको अधिराज्यमा चम्कनेछन्।

२६ तर हेर, दुष्टहरूमाथि एक भयावह मृत्यु आउँछ; किनकि धर्मीहरूका कुराहरूका सम्बन्धीका कुराहरूमा उनीहरू मर्छन्; किनकि उनीहरू अशुद्ध छन् र कुनै पनि अशुद्ध कुराले परमेश्वरको अधिराज्य रिक्थमा पाउन सक्दैन; तर उनीहरूलाई फ्याँकिन्छ, उनीहरूको परिश्रमहरू अथवा उनीहरूका कार्यहरूको फल खान पठाइन्छ जुन खराब भएका छन् र उनीहरूले एक तितो कचौराको किट पिउँछन्।