धर्मशास्त्रहरू
अल्मा ४८


अध्याय ४८

अमलिकीयाहले लमानीहरूलाई नफीहरू विरुद्ध उक्साउँछ—मोरोनीले आफ्ना जनलाई ख्रीष्टियानहरूको कारणको सुरक्षा गर्न तयार गर्छन्—उनी स्वतन्त्रता र मुक्तिमा खुसी हुन्छन् र परमेश्वरका एक शक्तिशाली मानिस हुन्। लगभग ई.पू. ७२।

अनि यस्तो हुन गयो कि, अमलिकीयाहले अधिराज्य प्राप्त गर्ने बित्तिकै उसले लमानीहरूका हृदयहरू नफीहरूका जन विरुद्ध प्रेरित गर्न थाल्यो; हो, उसले लमानीहरूसामु उनीहरूका धरहराहरूबाट, नफीहरू विरुद्ध बोल्न मानिसहरू नियुक्त गऱ्यो।

अनि यसरी उसले उनीहरूका हृदयहरू नफीहरूका विरुद्ध प्रेरित गऱ्यो, यतिसम्म कि, न्यायकर्ताहरूको शासनको उन्नाइसौँ वर्षको अन्त्यमा, अहिलेसम्म उसले आफ्नो योजनाहरू सम्पन्न गरेको हुनाले, हो, लमानीहरूमाथि राजा बनाइएको हुनाले, उसले सम्पूर्ण भूमि, हो र भूमिमा भएका सबै जन, नफीहरूका साथसाथै लमानीहरूमाथि शासनगर्न पनि खोज्यो।

त्यसकारण उसले आफ्ना योजना सम्पन्न गऱ्यो, किनकि उसले लमानीहरूका हृदयहरू कठोर बनाएको थियो र उनीहरूको मस्तिष्क अन्धो बनाएको थियो र उनीहरूलाई रिसमा भड्काएको थियो, यतिसम्म कि उसले नफीहरूविरुद्ध लड्न अनगिन्ति सैन्यको भेला गरेको थियो।

किनकि, आफ्ना जनको सङ्ख्याको विशालताका कारण, नफीहरूलाई जित्न र उनीहरूलाई दासत्वमा ल्याउन उ निश्चित थियो।

अनि यसरी उसले जोरामीहरूलाई मुख्य कप्तानहरू नियुक्त गऱ्यो, उनीहरू नफीहरूको शक्ति र उनीहरूका आश्रयका स्थानहरू र उनीहरूका सहरहरूको कमजोर भागहरूसँग सबभन्दा बढी परिचित भएकाले; त्यसकारण उसले उनीहरूलाई आफ्ना सेनाहरूमाथि मुख्य कप्तानहरू हुन नियुक्त गऱ्यो।

अनि यस्तो हुन गयो कि उनीहरूले आफ्नो शिविर लगे र उजाड स्थानमा जरहेम्लाको भूमितर्फ अघि बढे।

अब यस्तो हुन गयो कि जब अमलिकीयाहले धोका र छलकपटद्वारा शक्ति हत्याउँदै थियो, मोरोनी, अर्को तर्फ, जनका मस्तिष्कहरू परमप्रभु उनीहरूका परमेश्वरप्रति आस्थावान हुन तयार गरिरहेका थिए।

हो, उनले नफीहरूका सेनाहरूलाई बलियो बनाइरहेका थिए र साना किल्लाहरू, अथवा आश्रयका स्थानहरू खडा गर्दै; आफ्ना सेनाहरूलाई वरिपरि घेर्न माटो किनारमा फ्याँकेर र उनीहरूलाई वरिपरि, उनीहरूका सहरहरू र उनीहरूका भूमिहरूका सिमानाहरू वरिपरि; हो, भूमि वरिपरि सबै घेर्न चट्टानका पर्खालहरू बनाएर।

अनि उनीहरूका कमजोर मोर्चाबन्दीहरूमा उनले महान् सङ्ख्याका मानिसहरू राखे; र यसरी उनले नफीहरूका अधीनमा रहेको भूमिलाई बलियो बनाए र शक्तिशाली बनाए।

१० अनि यसरी उनले आफ्नो स्वतन्त्रताको, आफ्नो भूमिको, आफ्ना पत्नीको र आफ्ना बालबालिकाको र आफ्नो शान्तिको समर्थन गर्न तयार गरिरहेका थिए र उनीहरू परमप्रभु उनीहरूका परमेश्वरमा जिउन सकून् र उनीहरूले त्यस कुराको कायम राख्न सकून् जसलाई उनीहरूका शत्रुहरूद्वारा ख्रीष्टियानहरूको उद्धेश्य भन्दछन्।

११ अनि मोरोनी एक बलियो र एक शक्तिशाली मानिस थिए; ऊ परिपूर्ण सुझबुझ भएका मानिस थिए; हो, एक मानिस जो रक्तपातमा खुसी हुँदैनथिए; एक मानिस जसको आत्मा स्वतन्त्रतामा र आफ्नो देशको र आफ्ना बन्धुहरूको दासत्व र बन्धनबाट स्वतन्त्रतामा खुसी मनाए।

१२ हो, एक मानिस जसको हृदय उनका परमेश्वरलाई उहाँले आफ्ना जनलाई दिनुभएका धेरै सुबिधाहरू र आशीषहरूका निम्ति धन्यवाद दिनमा फुल्दछ; एक मानिस जसले आफ्ना जनको कल्याण र सुरक्षाका निम्ति अत्यन्त परिश्रम गरे।

१३ हो, अनि उनी एक मानिस थिए जो ख्रीष्टको आस्थामा स्थिर थिए र आफ्नो रगत गुमाउनसमेत परे पनि आफ्ना जनको, आफ्ना अधिकारको र आफ्नो देशको र आफ्नो धर्मको सुरक्षा गर्ने शपथका साथ कसम खाएका थिए।

१४ अब नफीहरूलाई उनीहरूका शत्रुहरू विरुद्ध, आवश्यक परेमा रगत बगाएर समेत, आफ्नो सुरक्षा गर्न सिकाइएको थियो; हो र उनीहरूलाई कहिल्यै पनि आक्रमण नगर्नु, हो, शत्रुका विरुद्ध बाहेक र आफ्ना जीवनहरूको संरक्षण गर्न बाहेक कहिल्यै तरबार नउठाउनू भनी सिकाइएको थियो।

१५ अनि यो उनीहरूको आस्था थियो, कि त्यसो गरेर परमेश्वरले भूमिमा उनीहरूको उन्नति गर्नु हुनेछ, अथवा अर्को शब्दमा, यदि उनीहरू परमेश्वरका आज्ञाहरू पालना गर्नमा आस्थावान भएमा उहाँले भूमिमा उनीहरूको उन्नति गर्नुहुनेछ; हो, उनीहरूको खतराअनुसार भाग्नलाई, अथवा युद्धका निम्ति तयारी गर्नलाई चेतावनी दिनुहुनेछ।

१६ अनि यो पनि, कि परमेश्वरले उनीहरूसामु यो अवगत गराउनु हुनेछ उनीहरू उनीहरूका शत्रुहरू विरुद्ध आफ्नो सुरक्षागर्न कहाँ जानु पर्दछ र त्यसो गरेर, परमप्रभुले उनीहरूलाई मुक्त गर्नु हुनेछ; अनि यो मोरोनीको आस्था थियो र उनको हृदय त्यसमा महिमित थियो; रगत बगाउनमा होइन तर असल गर्नमा, जनको संरक्षण गर्नमा, हो, परमेश्वरका आज्ञाहरू पालना गर्न, हो, अनि दुष्टताको विरोध गर्नमा।

१७ हो, म तिमीहरूसामु साँचै नै, साँचै नै भन्दछु, यदि सबै मानिसहरू, मोरोनी जस्तै भएका र थिए र सदैव हुने हो भने; हेर, नरकको त्यो शक्ति सदासर्वदाका निम्ति हल्लिने थियो; हो, मानिसका छोराछोरीहरूका ह्रदयहरूमाथि सैतानको कहिल्यै शक्ति हुने थिएन।

१८ हेर, उनी मोसियाहका छोरा अम्मोन, हो, मोसियाहका अरु छोराहरू समेत, हो, अल्मा र उनका छोराहरू जस्तै मानिस थिए, किनकि उनीहरू सबै परमेश्वरका मानिसहरू थिए।

१९ अब हेर, हेलामान र उनका बन्धुहरू जनसामु मोरोनी भन्दा कम उपयोगी थिएनन्; किनकि उनीहरूले परमेश्वरका वचनहरूको प्रचार गरे र उनीहरूले उनीहरूका वचनहरूलाई सुन्ने सबै मानिसहरूलाई पश्चात्तापको निम्ति बप्तिस्मा दिए।

२० अनि यसरी उनीहरू अघि गए, अनि जनले उनीहरूका वचनहरूका कारण आफैँलाई विनम्र गराए, यति सम्म कि उनीहरूले परमप्रभुबाट धेरै कृपा पाए र यसरी उनीहरू युद्धहरूबाट र उनीहरूमाझ कलहहरूबाट, हो, चार वर्षको अन्तरालसम्म समेत, स्वतन्त्र थिए।

२१ तर, जसरी मैले भनेको छु, उन्नाइसौँ वर्षको अन्तिमतिर, हो, उनीहरूमाझ शान्ति हुँदाहुँदै, उनीहरूलाई आफ्ना बन्धुहरू, लमानीहरूसँग लड्न हिच्किचाउँदै बाध्य बनाइयो।

२२ हो, अनि निष्कर्षमा, उनीहरू धेरै हिच्किचाउँदा हिच्किचाउँदै पनि, लमानीहरूसँगका उनीहरूका युद्धहरू धेरै वर्षका अन्तरालसम्म कहिल्यै रोकिएनन्।

२३ अब, उनीहरू लमानीहरूका विरुद्ध हतियारहरू उठाउनमा दुखित थिए, किनभने उनीहरूले रगत बगाउनमा आनन्द लिएनन्; हो, अनि यो सबै होइन—उनीहरू आफ्ना बन्धुहरूमध्ये त्यति धेरैलाई यो संसारबाट अनन्त संसारमा, बिना तयारी परमेश्वरलाई भेट्न पठाउने माध्यम हुनु परेकोमा दुखित थिए।

२४ तैपनि, उनीहरूले आफ्नो जीवन त्याग्न सकेनन्, कि उनीहरूका पत्नीहरू र उनीहरूका छोराछोरीहरूलाई तिनीहरूको असभ्य निष्ठुरताद्वारा हत्या गरियोस् जो एक पटक उनीहरूका बन्धुहरू थिए, हो र उनीहरूको चर्चबाट विमत भएका थिए र उनीहरूलाई छाडेका थिए र लमानीहरूसँग सम्मिलित भई उनीहरूको विनाश गर्न गएका थिए।

२५ हो, उनीहरूले सहन सकेनन् कि उनीहरूका बन्धुहरू नफीहरूका रगतमा खुसी हुनुपर्दछ, जबसम्म त्यहाँ परमेश्वरका आज्ञाहरू पालना गर्ने कोही भए, किनकि परमप्रभुको प्रतिज्ञा थियो, यदि उनीहरूले उहाँका आज्ञाहरू पालना गरेमा उनीहरूको यो भूमिमा उन्नति हुनु पर्दछ।