धर्मशास्त्रहरू
अल्मा २१


हारुन र मुलोकी र उनका बन्धुहरूको, लमानीहरूसामुको प्रवचनको एक विवरण।

अध्यायहरू २१ देखि २६ सम्म

अध्याय २१

हारुनले अमालेकीहरूलाई ख्रीष्ट र उहाँको प्रायश्चित्तको बारेमा सिकाउँछन्—हारुन र उनका बन्धुहरूलाई मिद्दोनिमा बन्दी बनाइन्छ—उनीहरूको मुक्तिपछि, उनीहरूले सभा-घरहरूमा सिकाउँछन् र धेरै परिवर्तित हुन्छन्—लमोनीले इश्माएलको भूमिमा जनलाई धार्मिक स्वतन्त्रता दिन्छन्। लगभग ई.पू. ९०–७७।

अब जब अम्मोन र उनका बन्धुहरू आफैँ लमानीहरूका भूमिको सिमानाहरूमा छुट्टिए, हेर हारुनले उनको यात्रा लमानीहरूले उनीहरूका पितापुर्खाहरुको जन्मस्थानको नाउँ यरुशलेमबाट बोलाइने भूमितिर बढाए र यो पर मोर्मोनको सिमानाहरूसँग जोडिएको थियो।

अब लमानीहरूले र अमालेकीहरूले र अमुलोनका जनले महान् सहर बनाएका थिए, जसलाई यरुशलेम भनिन्थ्यो।

अब लमानीहरू आफैँ पर्याप्त कठोर थिए, तर अमालेकीहरू र अमुलोनीहरू झन् कठोर थिए; त्यसकारण उनीहरूले लमानीहरूलाई अह्राए कि उनीहरू आफ्ना हृदयहरूमा झन् कठोर हुनुपर्छ, कि उनीहरू दुष्टतामा र आफ्ना कुकर्मंहरूमा झन् बलियो हुनुपर्दछ।

अनि यस्तो हुन गयो कि हारुन यरुशलेम सहरमा आए र पहिला अमालेकीहरूमाझ प्रवचन दिन थाले। अनि उनले तिनीहरूका सभा-घरमा उनीहरूसामु प्रवचन दिन थाले, किनकि उनीहरूले नेहोरको अनुक्रमअनुसार सभा-घर बनाएका थिए; किनकि अमालेकीहरू र अमुलोनीहरूमध्ये धेरै नेहोरको अनुक्रमका थिए।

त्यसकारण, जब हारुन उनीहरूसामु प्रवचन दिन उनीहरूको सभा-घरहरूमध्ये एकमा प्रवेश गरे र जब उनी उनीहरूसामु बोलिरहेका थिए, हेर त्यहाँ एक अमालेकी उठ्यो र उनीसँग विवाद गर्न थाल्यो, यसो भन्दै: त्यो के हो तिमीले गवाही दिएको? के तिमीले स्वर्गदूत देखेका छौ? किन स्वर्गदूतहरू हामीहरूसामु देखिँदैनन्? हेर के यी जन तिम्रा जनजत्तिकै असल छैनन्?

तिमी यो पनि भन्छौ, हामीले पश्चात्ताप नगेर हामी नासिने छौँ। हाम्रा हृदयहरूका विचार र इच्छा तिमीले कसरी थाहा पाउँछौ? हामीले पश्चात्ताप गर्नुपर्छ भनी तिमीलाई कसरी थाहा भयो? हामी धर्मी छैनौँ भनी तिमीलाई कसरी थाहा भयो? हेर, हामीले आरक्षणहरू बनाएका छौँ र हामी परमेश्वरको आराधना गर्न एक साथ भेला हुन्छौँ। हामी विश्वास गर्छौं कि परमेश्वरले सबै मानिसहरूलाई बचाउनुहुनेछ।

अब हारुनले उनलाई भने: के तिमी विश्वास गर्छौ कि परमेश्वरका पुत्र मानवजातिलाई उनीहरूको पापहरूबाट उद्धार गर्न आउनुहुनेछ?

अनि त्यस मानिसले उनलाई भन्यो: हामी विश्वास गर्दैनौ कि तिमीलाई कुनै यस्तो कुरो थाहा छ। हामी यी मूर्ख परम्पराहरूमा विश्वास गर्दैनौँ। हामी विश्वास गर्दैनौँ कि तिमीलाई आगामी कुराहरूका बारेमा थाहा छ, न त हामी विश्वास गर्छौं कि तिम्रा पितापुर्खाहरुलाई र हाम्रा पितापुर्खाहरुलाई पनि उनीहरूले बोलेका आगामी कुराहरूका बारेमा थाहा थियो।

अब हारुनले उनीहरूसामु ख्रीष्टको आगमनका बारेमा र मृतकहरूको पुनरुत्थानका बारेमा धर्मशास्त्रहरू खोल्न थाले र ख्रीष्ट मृत्यु र कष्टहरू र उहाँको रगतको प्रायश्चित्तबिना मानवमात्रको उद्धार हुन सक्दैन।

१० अनि यस्तो हुन गयो जब उनले तिनीहरूसामु यी कुराहरूको व्याख्या गर्न थाले तिनीहरू उनीसँग रिसाए र उनको खिल्ली उडाउन थाले; र उनले बोलेका वचनहरू तिनीहरूले सुनेनन्।

११ त्यसकारण, जब उनले देखे कि तिनीहरूले उनका वचनहरू सुनेनन्, उनी तिनीहरूको सभाघरबाट प्रस्थान गरे र अनी-अन्टी भनिने गाउँमा आए र त्यहाँ उनले मुलोकीले उनीहरूसामु वचनको प्रचार गरिरहेको फेला पारे; र अम्मा र उनका बन्धुहरूले पनि। अनि उनीहरूले धेरैसँग वचनका बारेमा विवाद गरे।

१२ अनि यस्तो हुन गयो कि उनीहरूले देखे कि जनले आफ्ना हृदयहरू कठोर बनाए, त्यसकारण उनीहरू त्यहाँबाट प्रस्थान गरे र मिद्दोनीको भूमिमा आए। अनि उनीहरूले धेरैसामु वचनको प्रचार गर्न थाले र केहीले उनीहरूले सिकाएका वचनहरूमा विश्वास गरे।

१३ तैपनि, हारुन र उनीहरूका बन्धुहरूको निश्चित सङ्ख्यालाई समातियो र कारागारमा फ्याँकियो र उनीहरूमध्ये बाँकी मिद्दोनीको भूमिबाट वरिपरिका क्षेत्रहरूतिर भागे।

१४ अनि कारागारमा फ्याँकिएकाहरूले धेरै कुराहरू सहे र उनीहरूलाई लमोनी र अम्मोनको हातद्वारा मुक्त गराइयो र उनीहरूलाई खुवाइयो र वस्त्र लगाइयो।

१५ अनि उनीहरू फेरि वचनको घोषणा गर्न अघि गए र यसरी उनीहरूलाई पहिलो पटक कारागारबाट मुक्त गरिएको थियो; र यसरी उनीहरूले सहेका थिए।

१६ अनि उनीहरू अघि गए जहाँ परमप्रभुको आत्माद्वारा उनीहरूलाई अगुवाइ गरियो, अमालेकीहरूको प्रत्येक सभा-घरमा, अथवा लमानीहरूको प्रत्येक सभामा जहाँ उनीहरूलाई प्रवेश गर्न दिइन्थ्यो, परमेश्वरका वचनको प्रचार गर्दै।

१७ अनि यस्तो हुन गयो कि परमप्रभुले उनीहरूलाई आशीष दिन थाल्नुभयो, यतिसम्म कि उनीहरूले धेरैलाई सत्यताको ज्ञानमा ल्याए; हो उनीहरूले धेरैलाई तिनीहरूका पापहरूको र तिनीहरूका पितापुर्खाहरुको गलत परम्पराहरूका बारेमा विश्वास दिलाए।

१८ अनि यस्तो हुन गयो कि अम्मोन र लमोनी मिद्दोनीको भूमिबाट इश्माएलको भूमि फर्के, जुन उनीहरूको रिक्थको भूमि थियो।

१९ अनि लमोनी राजाले सहेनन् कि अम्मोनले उनको सेवा गर्नुपर्दछ, अथवा उनको सेवक हुनुपर्दछ।

२० तर उनले अह्राए कि इश्माएलको भूमिमा सभा-घरहरू बनाइनु पर्दछ; र उनले अह्राए कि उनका जन, अथवा उनका शासन अन्तर्गतका जन, आफैँ एकसाथ भेला हुनुपर्दछ।

२१ अनि उनीले तिनीहरूमा खुसी मनाए र उनले तिनीहरूलाई धेरै कुराहरू सिकाए। अनि उनले यो पनि घोषणा गरे कि उनीहरू उनी अन्तर्गतका जन हुन् र उनीहरू स्वतन्त्र जन हुन्, कि उनीहरू उनका पिता, राजाका शोषणबाट स्वतन्त्र छन्; किनकि उनका पिताले तिनलाई इश्माएलको भूमिमा र वरिपरिको भूमिमा भएका जनलाई शासन गर्न दिएका छन्।

२२ अनि उनले उनीहरूसामु यो पनि घोषणा गरे कि उनीहरूले आफ्नो चाहानाअनुसार, उनीहरू जाहाँ भए पनि, यदि उनीहरू लमोनी राजाको शासनको भूमिमा छन् भने, परमप्रभु उनीहरूका परमेश्वरको आराधना गर्ने स्वतन्त्रता पाऊन्।

२३ अनि अम्मोनले लमोनी राजाका जनसामु प्रवचन दिए; अनि यस्तो हुन गयो कि उनले उनीहरूलाई धार्मिकतासँग सरोकारका कुराहरूका बारेमा सबै कुराहरू सिकाए। उनले, सम्पूर्ण लगनशीलताका साथ, उनीहरूलाई दिन-दिनै प्रोत्साहन गरे; र उनीहरूले उनका वचनहरूलाई ध्यान दिए र उनीहरू परमेश्वरका आज्ञाहरू पालना गर्न उत्साहित थिए।