धर्मशास्त्रहरू
अल्मा १०


अध्याय १०

लही मनश्शेका सन्तति हुन्—अमुलेक अल्माको हेरविचार गर्न दिएको अलौकिक आज्ञाको विस्तार दिन्छन्—धर्मीहरूका प्रार्थनाहरू जनलाई जोगाउने कारण बन्छन्—अधर्मी वकिलहरू र न्यायकर्ताहरू जनको विनाशको जग हाल्छन्। लगभग ई.पू. ८२।

अब अम्मोनीहाहको भूमिमा भएका जनसामु अमुलेकले प्रवचन दिएका वचनहरू यी थिए, यसो भन्दै:

म अमुलेक हुँ; म गिद्दोनाहको छोरा हुँ, जो इश्माएलका छोरा थिए, जो अमिनादीका सन्तति थिए; यी सोही अमिनादी थिए जसले परमेश्वरका औँलाद्वारा लेखिएका मन्दिरका भित्तामा भएका लेखोटहरूको भाषान्तरण गरे।

अनि अमिनादी नफीका सन्तति थिए, जो लहीका छोरा थिए, जो यरुशलेमको भूमिबाट बाहिर आए, जो मनश्शेका सन्तति थिए, जो उनका दाजुहरूका हातहरूद्वारा मिश्रदेशमा बेचिएका योसेफका छोरा थिए।

अनि हेर, म पनि मलाई चिन्नेहरूका माझ एक सानो मान्यता भएको मानिस होइन; हो, अनि हेर, मेरा धेरै कुटुम्बहरू र मित्रहरू छन् र मैले मेरा हातका उद्धमद्वारा धेरै धन पनि थुपारेको छु।

तैपनि, यो सबै पछि, मैले परमप्रभुका मार्गलाई र उहाँका रहस्यहरूलाई र आश्चर्यजनक शक्तिलाई कहिल्यै धेरै चिनेको छैन। मैले भने मैले यी कुराहरू कहिल्यै धेरै चिनेको थिइनँ; तर हेर, मैले गल्ती गर्दछु, किनकि मैले उहाँका रहस्यहरू र उहाँका आश्चर्यजनक शक्ति देखेको छु, हो, यी जनको जीवनको संरक्षणमा समेत।

तैपनि, मैले मेरो हृदयलाई कठोर बनाएँ, किनकि मलाई धेरै पटक बोलाइएको थियो र मैले सुनिन; त्यसकारण मलाई यी कुराहरूका बारेमा ज्ञान थियो, तैपनि मैले जान्न चाहिनँ; त्यसकारण मैले परमेश्वरविरुद्ध, मेरो हृदयको दुष्टतामा विद्रोह गर्दै हिँडे, यो सातौँ महिनाको चौथो दिनसम्म समेत, जुन न्यायकर्ताहरूको शासनको दसौँ वर्ष थियो।

जब म मेरो ज्यादै नजिकको एक कुटुम्बलाई हेर्न यात्रा गर्दै थिएँ, हेर परमप्रभुका एक स्वर्गदूत मेरासामु देखा परे र भने: अमुलेक, तिम्रो आफ्नो घरतिर फर्क, किनकि तिमीले परमप्रभुको एक अगमवक्तालाई खुवाउनेछौ; हो, एक पवित्र मानिसलाई, जो परमेश्वरको चुनिएका मानिस हुन्; किनकि उनले यी जनका पापहरूका कारण धेरै दिन उपवास बसेका छन् र उनी भोका छन् र तिमीले उनलाई आफ्नो घरमा स्वागत गर्नू र उनलाई खुवाउनू र उनले तिमीलाई र तिम्रो घरलाई आशीष दिनेछन्; अनि परमप्रभुका आशीष तिमीमा र तिम्रा घरमा रहनेछ।

अनि यस्तो हुन गयो कि मैले स्वर्गदूतको आवाजलाई पालना गरेँ र मेरो घर तर्फ फर्केँ। अनि जब म त्यता जाँदै थिए मैले स्वर्गदूतले मेरासामु भनेको मानिसलाई फेला पारेँ: तिमीले तिम्रो घरमा स्वागत गर्नू—अनि हेर यी तिनै मानिस हुन् जसले तिमीहरूसामु परमेश्वरका कुराहरूका बारेमा बोलिरहेका छन्।

अनि स्वर्गदूतले मसामु भने उनी एक पवित्र मानिस हुन्; त्यसकारण मलाई थाहा छ कि उनी एक पवित्र मानिस हुन् किनभने यो परमेश्वरका एक स्वर्गदूतद्वारा भनिएको थियो।

१० अनि फेरि, मलाई थाहा छ कि उनले गवाही दिएका कुराहरू सत्य छन्; किनकि हेर म तिमीहरूसामु भन्दछु, कि जसरी परमप्रभु जिउँदो हुनुहुन्छ, जसरी उहाँले उहाँको स्वर्गदूत पठाएर मेरासामु यी कुराहरू प्रकट गर्नुभएको छ; र उहाँले यो गर्नुभएको छ जब यी अल्मा मेरा घरमा बास बसेकाछन्।

११ किनकि हेर, उनले मेरा घरलाई आशीष दिएका छन्, उनले मलाई र मेरा आइमाईहरूलाई र मेरा छोराछोरीहरूलाई र मेरा पितालाई र मेरा आफन्तहरूलाई आशीष दिएका छन्; हो, मेरा सबै कुटुम्बहरूलाई समेत आशीष दिएका छन्, उनले बोलेका वचनहरूअनुसार परमप्रभुका आशीष हामीमाथि परेका छन्।

१२ अनि अब, जब अमुलेकले यी वचनहरू बोलेका थिए, उनीहरूलाई दोष दिइएको कुराहरूको र आगामी कुराहरूको पनि, उनीहरूमा भएको अगमवाणीको आत्माअनुसार एक जनाभन्दा बढीले गवाही दिएको देखेर जन आश्चर्यचकित हुनथाले।

१३ तैपनि, उनीहरूमध्ये केही थिए जसले उनीहरूलाई प्रश्न गर्ने सोचेँ, कि उनीहरूका धूर्त क्रियाकलापहरूबाट उनीहरूले तिनीहरूलाई आफ्नो वचनमा समात्न सकून्, कि उनीहरूका विरुद्ध उनीहरूले साक्षी फेला पार्न सकून्, कि उनीहरूले उनीहरूलाई कानुनअनुसार न्याय गर्न उनीहरूका न्यायकर्ताहरूसमक्ष लैजान सकून् र उनीहरूले देखाएजस्तो गर्न अथवा तिनीहरूविरुद्ध देखाउन सक्ने अपराधअनुसार उनीहरूले उनीहरूको वध गर्न अथवा कारागारमा फ्याक्न सकून्।

१४ अब यी ती मानिसहरू थिए जसले उनीहरूको विनाश गर्न खोजे, जो वकिल थिए, जसलाई जनद्वारा उनीहरूका मुद्धाहरूका समयमा अथवा जनका अपराधहरूको मुद्धाहरूको समयमा न्यायकर्ताहरूको अगाडि कानुनको प्रशासन गर्न भाडामा लिइन्थ्यो। अथवा नियुक्त गरिन्थ्यो।

१५ अब यी वकिलहरू जनका सबै कलाहरूमा र धुर्त्याइँमा शिक्षित थिए; अनि यो उनीहरूलाई सक्षम बनाउनका लागि थियो कि उनीहरू आफ्ना पेशामा दक्ष होऊन्।

१६ अनि यस्तो हुन गयो कि उनीहरूले अमुलेकलाई प्रश्न गर्न थाले, कि उनीहरूले उनलाई आफ्ना वचनलाई काट्न अथवा उनले बोल्ने वचन विपरीत हुन बाध्य बनाउन सकून्।

१७ अब उनीहरूलाई थाहा थिएन कि अमुलेकले उनीहरूका योजनाहरू थाहा पाउन सक्थे। तर यस्तो हुन गयो जब उनीहरूले उनलाई प्रश्न गर्न थाले, उनलाई उनीहरूका विचारहरू महसूस हुन थाल्यो र उनले उनीहरूसामु भने: हे तिमी दुष्ट र पथभ्रष्ट पुस्ता, तिमी वकिलहरू र ढोँगीहरू, किनकि तिमीहरूले सैतानका जगहरू बसालिरहेका छौ; किनकि तिमीहरूले परमेश्वरका पवित्र जनलाई समात्न जालहरू र पासाहरू बुनिरहेका छौ।

१८ तिमीहरूले धर्मीका मार्गहरूलाई भ्रष्ट पार्न र परमेश्वरको क्रोध आफ्नो शिरमाथि ल्याउन, यी जनको पूरै विनाश गर्न समेत योजनाहरू बनाउँदै छौ।

१९ हो, हाम्रा अन्तिम राजा मोसीयाहले अधिराज्य दिने बेलामा, यसको प्रदान गर्ने मानिस कोही नभएकाले, जनताहरूलाई उनीहरू आफ्नै आवाजद्वारा सञ्चालित हुन अह्राएकाले, राम्ररी भनेका थिए—हो, उनले राम्ररी भनेका थिए कि यदि जनताको मतले दुष्टता छान्ने समय आयो भने, अर्थात्, यदि त्यो समय आयो कि जन उल्लङ्घनमा पतन हुन्छन्, उनीहरू विनाशका लागि तयार भएका हुनेछन्।

२० अनि अब म तिमीहरूसामु भन्दछु कि परमप्रभुले तिमीहरूका दुष्टताहरूको राम्ररी न्याय गर्नुहुन्छ, उहाँका जनसामु उहाँ राम्ररी कराउनुहुन्छ, उहाँका स्वर्गदूतहरूको आवाजद्वारा: तिमीहरूले पश्चात्ताप गर, पश्चात्ताप गर, किनकि स्वर्गको अधिराज्य नजिक आउँदै छ।

२१ हो, उहाँ राम्ररी कराउनुहुन्छ, उहाँका स्वर्गदूतहरूको आवाजद्वारा कि: म तल आउने छु मेरा जनमाझ, समानता र न्याय मेरा हातहरूमा लिएर।

२२ हो, अनि म तिमीहरूसामु भन्दछु कि यदि यो भूमिमा अहिले भएका धर्मीहरूको प्रार्थना नभएको भए, कि तिमीहरूलाई अहिले नै पूरै विनाशले भेटिने थियो; तैपनि यो, नोआका दिनहरूका मानिसहरूलाई जस्तै, बाढीद्वारा हुँदैनथ्यो, तर यो अनिकालद्वारा र महामारीद्वारा र तरबारद्वारा हुन्थ्यो।

२३ तर धर्मीहरूका प्रार्थनाहरूद्वारा तिमीहरूलाई जोगाइएको हो; अब त्यसकारण, यदि तिमीहरूले धर्मीहरूलाई तिमीहरूमाझबाट निकाल्यौ भने परमप्रभुले उहाँको हात थाम्नु हुनेछैन; तर उहाँको भयङ्कर रिसमा तिमीहरूविरुद्ध उहाँ निस्कनु हुनेछ; तब तिमीहरूलाई अनिकालद्वारा र महामारीद्वारा र तरबारद्वारा प्रहार गरिनेछ; अनि तिमीहरूले पश्चात्ताप नगरे त्यो समय तुरुन्त नजिक आउँदै छ।

२४ अनि अब यस्तो हुन गयो कि जन अमुलेकसँग अझ बढी रिसाए र उनीहरू कराए, यसो भन्दै: यो मानिस हाम्रा न्यायिक कानुनहरू र हामीले छानेका हाम्रा विवेकी वकिलहरूविरुद्ध निन्दा गर्छ।

२५ तर अमुलेकले आफ्नो हात फैलाए र अझ शक्तिपूर्वक उनीहरूसामु यसो भन्दै कराए: हे, तिमी दुष्ट र पथभ्रष्ट पुस्ता, किन सैतानले तिमीहरूका हृदयहरूलाई त्यस्तो अत्यन्त अधीनमा लिएको छ? किन तिमीहरू आफैँलाई उसकोसामु समर्पण गर्दछौ कि उसको तिमीहरूमाथि शक्ति होओस्, तिमीहरूका आँखाहरूलाई अन्धो बनाउन, कि तिमीहरूले सत्यताअनुसार बोलिएका वचनहरू बुझ्नेछैनौ?

२६ किनकि हेर, के मैले तिमीहरूको कानुनविरुद्ध गवाही दिएको छु? तिमीहरू बुझ्दैनौ; तिमीहरू भन्दछौ कि मैले तिमीहरूको कानुनविरुद्ध बोलेको छु; तर मैले बोलेको छैनँ, तर मैले तिमीहरूको कानुनको समर्थनमा बोलेको छु र जसबाट तिमीहरूको तिरस्कार भएको छ।

२७ अनि अब हेर, म तिमीहरूसामु भन्दछु, कि यी जनको विनाशको जग तिमीहरूका वकिलहरूको र तिमीहरूका न्यायकर्ताहरूको अधार्मिकताद्वारा लगाउन थालिँदै छ।

२८ अनि अब यस्तो हुन गयो कि जब अमुलेकले यी वचनहरू बोलेका थिए जन उनीविरुद्ध यसो भन्दै कराए: अब हामीलाई थाहा छ कि यो मानिस सैतानको एक सन्तान हो, किनकि उसले हामीलाई ढाँटेको छ, किनकि उसले हाम्रा कानुनविरुद्ध बोलेको छ। अनि अब ऊ भन्छ कि उसले ती विरुद्ध बोलेको छैन।

२९ अनि फेरि, उसले हाम्रा वकिलहरू र हाम्रा न्यायकर्ताहरूविरुद्ध निन्दा गरेको छ।

३० अनि यस्तो हुन गयो कि वकिलहरूले उनीहरूको हृदयहरूमा रोपे कि उनीहरूले उनका विरुद्ध यी कुराहरू सम्झनुपर्छ।

३१ अनि तिनीहरूकामाझ एउटा थियो जसको नाउँ जीस्रोम थियो। अब ऊ उनीहरूमाझ सबभन्दा सिपालु भएकाले, जनमाझ गर्ने धेरै काम भएकाले, ऊ अमुलेकलाई र अल्मालाई दोष लगाउनेहरूमा पहिलो थियो।

३२ अब ती वकिलहरूको अभिप्राय फाइदा पाउनु थियो; र उनीहरूले आफ्ना नोकरीअनुसार फाइदा पाए।