धर्मशास्त्रहरू
अल्मा ३९


अल्माले आफ्नो छोरा कोरियान्तोनलाई दिएका आज्ञाहरू।

अध्यायहरू ३९ देखि ४२ सम्म

अध्याय ३९

सम्भोग पाप एक कुकर्म हो—कोरियान्तोनका पापहरूले जोरामीहरूलाई वचन प्राप्त गर्नबाट पर राख्यो—ख्रीष्टको उद्धार यो हुनु भन्दा पहिलेका आस्थावानहरूलाई मुक्त गर्न पूर्वव्यापी छ। लगभग ई.पू. ७४।

अनि अब, मेरो छोरा, मैले तिमीलाई तिम्रा दाजुहरूलाई भनेको भन्दा केही बढी भन्नु छ, किनकि हेर, के तिमीले परमेश्वरका आज्ञाहरू पालना गर्नमा तिम्रा दाजुको स्थिरता, उनको आस्था र उनको लगनशीलताको अवलोकन गरेका छैनौ? हेर, के उनले तिम्रा निम्ति एक असल उदाहारण दिएका छैनन्?

किनकि जोरामीहरूका जनकामाझ तिमीले मेरा वचनहरूप्रति तिम्रा दाजुको जत्तिको ध्यान दिएनौ। अब तिम्रा विरुद्ध मसँग भएको यो नै हो; तिमीले तिम्रो शक्तिमा र तिम्रो विवेकमा घमण्ड गर्दै गयौ।

अनि यो सबै होइन, मेरो छोरा। तिमीले त्यो गऱ्यौ जुन मेरा निम्ति शोकमय थियो; किनकि तिमीले सेवालाई त्यागेर, लमानीहरूका सिमानामाझ सिरोनको भूमिमा इसाबेल वेश्याको पछि गयौ।

हो, उसले धेरैका हृदयलाई चोरी; तर त्यो तिम्रा निम्ति कुनै बहाना थिएन, मेरो छोरा। तिमीले आफूलाई जिम्मा लगाइएको सेवालाई ध्यान दिनु पर्थ्यो।

के तिमीलाई थाहा छैन, मेरो छोरा, कि यी कुराहरू परमप्रभुका दृष्टिमा घृणित हुन्; हो, निर्दोष रगत बगाउनु र पवित्र आत्माको अस्वीकार गर्नुभन्दा बाहेक, यो सबै पापहरूभन्दा कुकर्मी हो?

किनकि हेर, पवित्र आत्मालाई तिमीमा एक पटक स्थान पाएपछि यदि तिमीले उसलाई अस्वीकार गऱ्यौ र तिमीले उसलाई अस्वीकार गर्दैछु भनी तिमीलाई थाहा छ भने यो अक्षम्य पाप हो; हो, जसले परमेश्वरको प्रकाश र ज्ञानविरुद्ध हत्या गर्छ, उसलाई क्षमा प्राप्त गर्न सजिलो छैन; हो, म तिमीसामु भन्छु, मेरो छोरा, कि उसलाई क्षमा प्राप्त गर्न सजिलो छैन।

अनि अब, मेरो छोरा, म परमेश्वरसँग चाहान्छु कि तिमी त्यति महान् पापको दोषी नभएको भए हुन्थ्यो। यदि यो तिम्रो भलाइका लागि नभएको भए म तिम्रो जीवात्माको खेदो खन्न तिम्रा अपराधहरूको बारेमा बोलिराख्ने थिइनँ।

तर हेर, तिमीले आफ्ना अपराधहरू परमेश्वरबाट लुकाउन सक्दैनौ; र तिमीले पश्चात्ताप नगरे ती तिम्रा विरुद्ध अन्तिम दिनमा गवाहीका रुपमा खडा हुनेछन्।

अब मेरो छोरा, म चाहान्छु कि तिमीले आफ्ना पापहरूको पश्चात्ताप गर्नुपर्छ र त्याग्नुपर्छ र तिम्रा आँखाका वासनाहरूका पछि अरु जान हुँदैन, तर यी कुराहरूबाट आफैँलाई निषेध गर्नुपर्छ; किनकि यदि तिमीले यसो नगेर तिमीले कुनै हालतमा परमेश्वरको अधिराज्य रिक्थमा प्राप्त गर्न सक्दैनौ। हो, सम्झ र यसलाई आफूमाथि लिय र आफैँलाई यी कुराहरूबाट निषेध गर।

१० अनि म तिमीलाई तिम्रा कारोबारहरूमा तिम्रा दाजुहरूसँग परामर्श लिन आज्ञा दिन्छु; किनकि हेर, तिमी तिम्रो युवावस्थामा छौ; र तिमी तिम्रा दाजुहरूको पालनपोषणको आवश्यकतामा परेका छौ। अनि उनीहरूको परामर्शलाई ध्यान दिनू।

११ कुनै व्यर्थ र मुर्ख कुराद्वारा आफैँलाई अगुवाइ गरीन नदेऊ; सैतानलाई आफ्नो हृदयलाई ती दुष्ट वेश्याहरूका पछि अगुवाइ गर्न नदेऊ। हेर, हे मेरो छोरा, तिमीले जोरामीहरूमाथि कति भयानक दुष्टता ल्यायौ; किनकि जब उनीहरूले तिम्रो व्यवहार देखे उनीहरूले मेरा वचनहरूमा विश्वास गरेनन्।

१२ अनि अब परमप्रभुको आत्माले मलाइ भन्दछ: तिम्रा छोराछोरीहरूलाई असल हुन आज्ञा देऊ, कथंकदाचित् उनीहरूले धेरै जनका हृदयहरूलाई विनाश तिर अगुवाइ गर्दछन्; त्यसकारण म तिमीलाई आज्ञा दिन्छु, मेरो छोरा, परमेश्वरप्रतिको डरले, कि तिमी तिम्रा दुष्टताहरू रोक।

१३ कि तिमी आफ्नो सबै मस्तिष्क, शक्ति र क्षमताका साथ परमप्रभुमा फर्क; कि तिमीले अरु कसैको हृदयलाई दुष्टता गर्न अगुवाइ गर्नेछैनौ; तर उनीहरूसामु फर्क र आफ्ना त्रुटीहरूलाई र आफूले गरेका अन्यायहरूलाई स्वीकार।

१४ यो संसारका धनहरूलाई नखोज न त व्यर्थ कुराहरूलाई खोज; किनकि हेर तिमीले ती आफ्ना साथ लैजान सक्दैनौ।

१५ अनि अब, मेरो छोरा, म तिमीसामु ख्रीष्टको आगमनको सम्बन्धमा केही भन्न चाहान्छु। हेर, म तिमीसामु भन्दछु, कि यो उहाँ हुनुहुन्छ जो निश्चय नै संसारका पापहरू हरण गर्न आउनुहुनेछ; हो, उहाँ आफ्ना जनसामु मुक्तिको खुसीको खबर घोषणा गर्न आउनुहुनेछ।

१६ अनि अब, मेरो छोरा, यही सेवा हो जसमा तिमीलाई बोलावट गरिएको थियो, खुसीका खबरहरू यी जनसामु घोषणा गर्न, उनीहरूका मस्तिष्कलाई तयार गर्न; अथवा कि उनीहरूमा मुक्ति आउन सकोस्, कि उनीहरूले उहाँको आगमनको समयमा वचन सुन्न आफ्ना छोराछोरीहरूका मस्तिष्कलाई तयार गर्न सकून्।

१७ अनि अब म यस विषयमा तिम्रो मस्तिष्क केही शान्त पार्दछु। हेर, तिमी आश्चर्य मान्छौ किन यी कुराहरू यति धेरै पहिले अवगत गराइनु पर्दछ। हेर, म तिमीसामु भन्दछु, के यो समयको एक जीवात्मा यत्तिकै बहुमूल्य छैन जत्तिको बहुमूल्य एक जीवात्मा उहाँको आगमनको समयमा हुनेछ?

१८ के यो आवश्यक छैन कि उद्धारको योजना यी जनसामु र उनीहरूका छोराछोरीहरूसामु पनि अवगत गराइनु पर्छ?

१९ परमप्रभुका निम्ति यी खुसीका खबरहरू घोषणा गर्न हाम्रा छोराछोरीहरूसामु अथवा उहाँका आगमनपछि स्वर्गदूत पठाउन जति सजिलो छ के यस समयमा त्यति सजिलो छैन र?