धर्मशास्त्रहरू
अल्मा ४१


अध्याय ४१

पुनरुत्थानमा मानिसहरू अन्तहीन खुसियालीको अथवा अन्त्यहीन दु:खको अवस्थामा अघि आउँछन्—दुष्टता कहिल्यै खुसियाली थिएन—पापमय मानिसहरू संसारमा परमेश्वरबिना छन्—प्रत्येक व्यक्तिले पुनर्स्थापनामा फेरि मरणशिलतामा प्राप्त गरेका चरित्रहरू र गुणहरू प्राप्त गर्छ। लगभग ई.पू. ७४।

अनि अब, मेरो छोरा, मलाई बोलिएको पुनर्स्थापनाका बारेमा केही भन्नु छ; किनकि हेर, कसैले धर्मशास्त्रलाई बङ्यइएका छन् र यी कुराहरूका कारण परसम्म पथभ्रष्ट भएका छन्। अनि म ठान्छु कि तिम्रो मस्तिष्क पनि यी कुराहरूका बारेमा चिन्तित भएको छ। तर हेर, म तिमीसामु वर्णन गर्नेछु।

म तिमीसामु भन्छु, मेरो छोरा, कि पुनर्स्थापनाको योजना परमेश्वरको न्यायसँग आवश्यक छ; किनकि यो आवश्यक छ कि सबै कुराहरू तिनीहरूका सही दर्जामा पुनर्स्थापित हुनुपर्छ। हेर, यो आवश्यक र न्यायोचित छ, ख्रीष्टको शक्ति र पुनरुत्थानअनुसार, कि मानिसको आत्मा यसको शरीरमा पुनर्स्थापित हुनुपर्छ र शरीरको प्रत्येक भाग आफैँमा पुनर्स्थापित हुनुपर्छ।

अनि यो परमेश्वरको न्यायमा आवश्यक छ कि मानिसहरूलाई उनीहरूका कार्यहरूअनुसार न्याय गरिनुपर्छ; र यदि यो जीवनमा उनीहरूका कार्यहरू असल भए र उनीहरूका हृदयहरूका चाहानाहरू असल भए, कि उनीहरूलाई, अन्तिम दिनमा, त्यसमा पुनर्स्थापित गरिनेछ जुन असल छ।

अनि यदि उनीहरूका कार्यहरू खराब भए उनीहरू खराबमा पुनर्स्थापित गरिनेछन्। त्यसकारण, सबै कुराहरू तिनीहरूको सही दर्जामा पुनर्स्थापित गरिनेछ, प्रत्येक कुरा त्यसको प्राकृतिक शरीरमा—मरणशीलता अमरत्वमा उठाएर, अपभ्रंश शुद्धतामा—परमेश्वरको अधिराज्य रिक्थमा प्राप्त गर्न अन्तहीन खुसियालीमा उठाइएर, अथवा अन्तहीन दु:खमा सैतानको अधिराज्य रिक्थमा प्राप्त गर्न, एक हातमा एउटा, अर्को अर्कोमा—

एउटा आफ्ना खुसियालीका चाहानाहरूअनुसार खुसियालीमा, अथवा उसका असल चाहानाहरूअनुसार असलपनामा उठाइएर; र अर्को खराबमा उसको खराबका चाहानाहरूअनुसार; किनकि जसरी उसले सारा दिनभरि खराब गर्न चाहाना गरेको छ जब राति आउँछ त्यसरी नै उसको पुरस्कार खराब हुनेछ।

अनि यो विपरीत अवस्थामा हो। यदि उसले आफ्ना पापहरूको पश्चात्ताप गरेको छ र आफ्नो अन्तिम दिनसम्म धार्मिकता चाहेको छ भने, उसको पुरस्कार धार्मिकतामा हुनेछ।

यी ती हुन् जसलाई परमप्रभुद्वारा उद्धार गरिएको छ; हो, यी ती हुन् जसलाई निकालिएको छ, जसलाई त्यो अन्तहीन अन्धकारको रातबाट मुक्त गराइएको छ; र यसरी उनीहरू खडा हुन्छन् अथवा पतन हुन्छन्; किनकि हेर, उनीहरू आफैँ उनीहरूका न्यायकर्ताहरू हुन्, असल गर्न होस् या खराब गर्न होस्।

अब, परमेश्वरका उर्दीहरू अपरिवर्तनीय छन्; त्यसकारण, बाटो तयार गरिएको छ कि जो चाहान्छ ऊ त्यसमा हिँड्न सक्छ र मुक्ति पाउन सक्छ।

अनि अब हेर, मेरो छोरा, सिद्धान्तका ती बुँदाहरूमा आफ्ना परमेश्वरविरुद्ध अरु अप्रसन्नताको खतरा नलेऊ, जुन तिमीले अहिलेसम्म पाप गरेर लिएका छौ।

१० यो नठान, किनभने पुनर्स्थापनाको बारेमा यो बोलिएको छ, कि तिमीलाई पापबाट खुसियालीमा पुनर्स्थापित गरिनेछ। हेर, म तिमीसामु भन्दछु, दुष्टता कहिल्यै खुसियाली थिएन।

११ अनि अब, मेरो छोरा, सबै मानिसहरू प्रकृतिक अवस्थामा छन्, अथवा म भन्छु, पापमय अवस्थामा, तिक्तताले भरिएका र दुष्टताका बन्धनमा छन्; उनीहरू संसारमा परमेश्वर रहित छन्; त्यसकारण, उनीहरू परमेश्वरको प्रकृति विपरीत गएका छन्; त्यसकारण, उनीहरू खुसियालीको प्रकृति विपरीत अवस्थामा छन्।

१२ अनि अब हेर, के पुनर्स्थापना शब्दको अर्थ प्राकृतिक अवस्थाको कुरालाई लगेर अप्राकृतिक अवस्थामा राख्नु हो, अथवा त्यसलाई त्यसको प्रकृति विपरीत अवस्थामा राख्नु हो?

१३ हे मेरो छोरा, यो यस्तो होइन; तर पुनर्स्थापना शब्दको अर्थ खराबलाई फेरि खराबमा, अथवा पापमयलाई पापमयमा, अथवा दुष्टलाई दुष्टतामा—असललाई त्यसमा जुन असल छ; धर्मीलाई त्यसमा जुन धर्मी छ; न्यायोचितलाई त्यसमा जुन न्यायोचित छ; कृपालुलाई कृपालुमा पुन: ल्याउनु हो।

१४ त्यसकारण, मेरो छोरा, निश्चय होऊ कि तिमी आफ्ना बन्धुहरूसामु कृपालु हुनू; न्यायोचित व्यवहार गर्नू, धर्मी न्याय गर्नू र निरन्तर असल गर्नू; र यदि तिमीले यी सबै कुराहरू गऱ्यौ भने तब तिमीले तिम्रो पुरस्कार पाउनेछौ; हो, तिमीले आफूमा फेरि कृपा पुनर्स्थापित भएको पाउनेछौ; तिमीले आफूमा फेरि न्याय पुनर्स्थापित भएको पाउनेछौ; तिमीले आफूमा धार्मिक न्याय पुनर्स्थापित भएको पाउनेछौ; र तिमीलाई असलताको पुरस्कार पुन: दिइनेछ।

१५ किनकि त्यो जुन तिमीले दिन्छौ तिमीमा फेरि फर्कनेछ र पुनर्स्थापित हुनेछ; त्यसकारण, पुनर्स्थापना शब्दले पापीलाई अझ पूर्णरुपमा दोषी ठहऱ्याउँछ र उसलाई कुनै रुपले पनि सफाइ दिँदैन।