धर्मशास्त्रहरू
अल्मा ३३


अध्याय ३३

येनोशले सिकाए कि मानिसहरूले सबै स्थानहरूमा प्रार्थना गर्नु पर्दछ र आराधना गर्नुपर्छ र पुत्रका कारण न्यायहरू हटाइन्छ—जेनोकले सिकाए कि पुत्रका कारण कृपा दिइन्छ—मोशाले उजाड स्थानमा परमेश्वरको पुत्रको एक नमूना उचालेका थिए। लगभग ई.पू. ७४।

अब अल्माले यी वचनहरू बोलेपछि, तिनीहरूले उनीसामु आफूले परमेश्वरमा विश्वास गर्नुपर्छ कि भनी थाहा पाउन चाहाना गर्दै पठाए, कि उनीहरूले उनले बोलेको फल प्राप्त गर्न सकून्, अथवा उनीहरूले कसरी त्यो बीउ, अथवा उनले बोलेका वचन रोप्नु पर्छ, जुन उनले उनीहरूको हृदयमा रोपिनु पर्छ भनी भनेका थिए; अथवा कुन प्रकारले उनीहरूले आफ्नो आस्थाको अभ्यास गर्नुपर्छ।

अनि अल्माले उनीहरूसामु भने: हेर, तिमीहरूले भनेका थियौ कि तिमीहरूले आफ्ना परमेश्वरको आराधना गर्न सकेनौ किनभने तिमीहरूलाई तिमीहरूका सभा-घरहरूबाट निकाला गरिएको छ। तर हेर, म तिमीहरूसामु भन्छु, यदि तिमीहरूले ठान्दछौ कि तिमीहरूले परमेश्वरको आराधना गर्न सक्दैनौ, तिमीहरू एकदमै भूलमा पर्दछौ र तिमीहरूले धर्मशास्त्रहरूको खोजी गर्नु पर्छ; यदि तिमीहरूले ठान्दछौ कि तिनले तिमीहरूलाई यो सिकाएका छन् भने तिमीहरूले ती बुझ्दैनौ।

के तिमीहरूले पढेको सम्झन्छौ कि प्राचीन अगमवक्ता येनोशले प्रार्थना र आराधनाका सम्बन्धमा के भनेका छन्?

किनकि उनले भने: हजुर कृपालु हुनुहुन्छ, हे परमेश्वर, किनकि हजुरले म उजाड स्थानमा हुँदा समेत मेरा प्रार्थनाहरू सुन्नुभएको छ; हो, मैले मेरा शत्रुहरूका सम्बन्धमा प्रार्थना गर्दा हजुर कृपालु हुनुभयो र हजुरले उनीहरूलाई मतिर फर्काइदिनुभयो।

हो, हे परमेश्वर, अनि जब मैले मेरो खेतमा हजुरसामु पुकारेँ हजुरले मप्रति कृपालु हुनुभयो; जब म मेरा प्रार्थनाहरूमा हजुरलाई पुकारेँ र हजुरले सुनिदिनुभयो।

अनि फेरि, हे परमेश्वर, जब म मेरो घर गएँ हजुरले मेरा प्रार्थनाहरू सुनिदिनुभयो।

अनि जब म मेरो गोप्य कक्षमा गएँ, हे परमप्रभु, अनि हजुरसामु प्रार्थना गरेँ, हजुरले सुनिदिनुभयो।

हो, जब हजुरका सन्तानहरू हजुरसामु, मानिसबाट नभएर हजुरबाट सुनिइन पुकार्छन् हजुर उनीहरूप्रति कृपालु हुनुहुन्छ र हजुर उनीहरूलाई सुन्नुहुनेछ।

हो, हे पामेश्वर हजुर मप्रति कृपालु हुनुभएको छ र मेरा पुकाराहरूलाई आफ्नो सङ्गतिको माझमा सुन्नुभएको छ।

१० हो, अनि हजुरले मलाई सुन्नुभएको छ जब मलाई निकाला गरिएको छ र मेरा शत्रुहरूद्वारा अपमान गरिएको छ, हो, हजुरले मेरा पुकारा सुन्नुभयो र मेरा शत्रुहरूसँग रिसाउनुभयो र हजुरले आफ्नो रिसमा द्रूतगतिको विनाशका साथ हजुरले उनीहरूलाई भेट्नुभयो।

११ अनि हजुरले मेरा कष्टहरूका र मेरो हार्दिकताका कारण मलाई सुन्नुभयो; र यो हजुरका पुत्रको कारण हो कि हजुर मेरा निम्ति कृपालु हुनुभएको छ, त्यसकारण म मेरा सबै कष्टहरूमा हजुरसामु पुकार्नेछु, किनकि हजुरमा मेरो आनन्द छ; किनकि हजुरको पुत्रका कारण हजुरले आफ्नो न्याय मबाट हटाउनु भएको छ।

१२ अनि अब अल्माले उनीहरूसामु भने: के तिमीहरू यी धर्मशास्त्रहरूमा विश्वास गर्छौ जुन प्राचीन कालका उनीहरूले लेखेका छन्?

१३ हेर, यदि तिमीहरूले गर्छौ भने तिमीहरूले येनोशले भनेकोमा विश्वास गर्नुपर्छ; किनकि, हेर उनले भने: हजुरको पुत्रका कारण हजुरले आफ्नो न्याय हटाउनु भएको छ।

१४ अब हेर, मेरा बन्धुहरू हो, म तिमीहरूलाई सोध्छु यदि तिमीहरूले धर्मशास्त्रहरू पढेका छौ? यदि छौ भने, कसरी तिमीहरू परमेश्वरका पुत्रमा अविश्वास गर्छौ?

१५ किनकि यो लेखिएको छैन कि येनोश एक्लैले यी कुराहरू बोले, तर जेनोकले पनि यी कुराहरू बोले—

१६ किनकि हेर, उनले भने: हजुर रिसाउनु भएकोछ, हे परमप्रभु, यी जनसँग, किनभने उनीहरूले हजुरको कृपालाई बुझ्दैनन् जुन हजुरका पुत्रका कारण उनीहरूमाथि दिनुभएको छ।

१७ अनि अब, मेरा बन्धुहरू, तिमीहरूले देख्छौ कि प्राचीनकालका दोस्रो अगमवक्ताले परमेश्वरका पुत्रको गवाही दिएका छन् र जनले उनका वचनहरूलाई नबुझेकाले तिनीहरूले उनलाई ढुङ्गा हानेर मारे।

१८ तर हेर, यो सबै होइन; यी मात्र होइनन् कि जसले परमेश्वरका पुत्रको बारेमा बोलेका छन्।

१९ हेर, उहाँका बारेमा मोशाद्वारा पनि बोलिएको थियो; हो र हेर उजाड स्थानमा एक नमूना उठाइएको थियो, कि जसले हेर्थ्यो ऊ जिउन सक्थ्यो। अनि धेरैले हेरे र जिए।

२० तर यो उनीहरूका हृदयका कठोरताका कारणले केहीले मात्र ती कुराहरूको अर्थ बुझे। तर त्यहाँ धेरै थिए जो यति कठोर थिए कि उनीहरूले हेरेनन्, त्यसकारण उनीहरूको नाश भयो। अब उनीहरूले नहेर्नाको कारण किनभने उनीहरूले विश्वास गरेनन् कि यसले उनीहरूलाई चङ्गाइ गर्ने थियो।

२१ हे मेरा बन्धुहरू, तिमीहरूलाई चङ्गाइ हुन यदि हेर्दैमा तिमीहरूको चङ्गाइ हुने थियो भने, के तिमीहरू तुरुन्तै हेर्दैनथ्यौ, अथवा के तिमीहरू अविश्वासमा कठोर हृदयहरू बनाउने थियौ र अल्छी हुने थियौ, कि तिमीहरूले आफ्ना नजरहरू हाल्ने थिएनौ, कि तिम्रो नाश होओस्?

२२ यदि त्यसो भए, तिमीहरूमाथि विपत् आउनेछ; तर यदि त्यसो नभए, तब तिमीहरूले हेर र परमेश्वरका पुत्रमा विश्वास गर्न थाल, कि उहाँ आफ्ना जनलाई उद्धार गर्न आउनुहुनेछ र उहाँले उनीहरूका पापहरूको प्रायश्चित्त गर्न सहनुहुनेछ र मर्नुहुनेछ; र उहाँ मृत्युबाट पुन: व्युँतनु हुनेछ, जुनले पुनरुत्थान ल्याउनेछ, कि सबै मानिसहरू उहाँअगाडि, त्यो अन्तिम र न्यायको दिनमा आफ्ना कार्यहरूअनुसार न्याय गरिइन, खडा हुनेछन्।

२३ अनि अब, मेरा बन्धुहरू, म चाहान्छु कि तिमीहरूले यो वचन तिमीहरूको हृदयहरूमा रोप्नुपर्छ र जब यो फुल्न थाल्दछ तिमीहरूको आस्थाद्वारा पालनपोषणसमेत गर्नु। अनि हेर, यो वृक्ष बन्नेछ, तिमीहरूमा अजर जीवनमा बढ्नेछ। अनि तब परमेश्वरले तिमीहरूलाई दिनुहुन्छ कि तिमीहरूका बोझ, उहाँका पुत्रका आनन्दमार्फत्, हलुका होऊन्। अनि यदि तिमीहरूले चाहेमा यो सबै गर्न सक्छौ।