धर्मशास्त्रहरू
अल्मा ४२


अध्याय ४२

मरणशीलता मानिसलाई पश्चात्ताप गर्न र परमेश्वरको सेवा गर्ने दिन परीक्षणकालीन समय हो—पतनले सबै मानव जातिमा लौकिक र आत्मिक मृत्यु ल्यायो—उद्धार पश्चात्ताप मार्फत् आउँछ—परमेश्वर आफैँले संसारका पापहरूका निम्ति प्रायश्चित गर्नुहुन्छ—कृपा पश्चात्ताप गर्नेहरूका निम्ति हो—अरु सबै परमेश्वरको न्यायको अधीनमा छन्—प्रायश्चित्तका कारण कृपा आउँछ—साँचै पछुताउनेहरूलाई मात्र बचाइनेछ। लगभग ई.पू. ७४।

अनि अब, मेरो छोरा, म ठान्दछु त्यहाँ केही छ जसले तिम्रो मस्तिष्कमा केही चिन्ता दिन्छ, जुन तिमीले बुझ्न सक्दैनौ—जुन पापीहरूको सजायमा परमेश्वरको न्यायसम्बन्धी हो; किनकि तिमी यो अनुमान गर्ने कोसिस गर्छौ कि यो अन्याय हो कि पापीलाई दु:खको अवस्थामा पठाउनुपर्छ।

अब हेर, मेरो छोरा, म तिमीसामु यो व्याख्या गर्छु। किनकि हेर, परमप्रभु परमेश्वरले हाम्रा प्रथम मातापितालाई अदनको बगैँचाबाट जमिनमा खेती गर्न पठाउनुभयो, जहाँबाट उनीहरूलाई लागिएको थियो—हो, उहाँले मानिसलाई धपाउनुभयो र उहाँले अदनको बगैँचाको पूर्वको छेउमा केरुबहरू र ज्वालामय तरबार राख्नुभयो जुन जीवनको वृक्षलाई पहरा दिन सबैतिर घुमिरहन्थे—

अब, हामी देख्दछौ कि मानिस, असल र खराब थाहा पाएर, परमेश्वरजस्तै बनेको थियो; अनि कथंकदाचित् उसले हात राख्नेछ र जीवनको वृक्ष पनि लिनेछ र खानेछ र सदासर्वदाका लागि जिउनेछ भनेर, परमप्रभु परमेश्वरले केरुबहरू र ज्वालामय तरबार राख्नुभयो, कि उसले फल खानेछैन—

अनि यसरी हामी देख्छौँ, कि मानिसलाई पश्चात्ताप गर्न एक समय, हो, एक परीक्षणकालीन समय, पश्चात्ताप गर्न र परमेश्वरको सेवा गर्ने समय दिइएको थियो।

किनकि हेर, यदि आदामले आफ्नो हात तुरुन्त अघि सारेको भए र जीवनको वृक्षबाट खाएको भए, उनी सदासर्वदा जिउने थिए, परमेश्वरका वचनअनुसार, पश्चात्ताप गर्ने अन्तराल नभएर; हो, अनि परमेश्वरका वचन पनि शून्य हुने थियो र मुक्तिको महान् योजनालाई व्यर्थको बनाइने थियो।

तर हेर, मानिसलाई मर्न तोकियो—त्यसकारण, जसरी उनीहरूलाई जीवनको वृक्षबाट अलग्याइयो त्यसरी उनीहरूलाई पृथ्वीको सतहबाट अलग्याइनु पर्छ—अनि मानिस सदासर्वदाका लागि हराए, हो, उनीहरू पतित मानिस बने।

अनि अब, योद्वारा तिमी देख्छौ कि हाम्रा प्रथम मातापितापुर्खाहरुलाई परमप्रभुको उपस्थितिबाट लौकिक र आत्मिक दुबै रुपमा अलग्याइयो; अनि यसरी हामी देख्छौँ उनीहरू तिनीहरूका आफ्ना इच्छाको अधीनका बने।

अब हेर, यो उचित थिएन कि मानिसलाई यो लौकिक मृत्युबाट जोगाउनुपर्छ, किनकि त्यसले खुसीयालीको महान् योजनालाई विनाश गर्नेछ।

त्यसकारण, किनभने आत्मा कहिल्यै मर्न सक्तैनथ्यो र पतनले मानवजाति सबैमा आत्मिकका साथसाथै लौकिक मृत्यु ल्याएको थियो, त्यो हो, उनीहरूलाई परमप्रभुको उपस्थितिबाट अलग्याइएको थियो, यो उचित थियो कि मानवजातिलाई यो आत्मिक मृत्युबाट जोगाइनुपर्छ।

१० त्यसकारण, किनभने उनीहरू पापमय, कामुक र दुष्ट बनेकाले, प्राकृतिक रुपमा, यो परीक्षणकालीन अवस्था उनीहरूका निम्ति तयार गर्ने अवस्था बन्यो; यो तयारीको अवस्था बन्यो।

११ अनि अब सम्झ, मेरो छोरा, यदि यो उद्धारको योजना नभएको भए, (यदि यो नभएको भए) उनीहरू मृत्यु हुने बित्तिकै उनीहरूका आत्माहरू दयनीय हुन्थे, परमप्रभुको उपस्थितिबाट अलग्यिएर।

१२ अनि अब, मानिसहरूलाई यो पतित अवस्थाबाट जोगाउने त्यहाँ कुनै माध्यम थिएन, जुन मानिसले आफ्नो अनाज्ञाकारिताका कारण आफैँमा ल्याएको थियो।

१३ त्यसकारण, न्यायअनुसार, यो परीक्षणकालीन अवस्थामा, हो, यो तयारीको अवस्थामा मानिसहरूका पश्चात्तापका सर्तमा बाहेक उद्धारको योजना ल्याउन सकिन्नथ्यो; ती सर्तहरू बाहेक, यदि कृपाले न्यायको कार्यहरूको विनाश नगरे त्यसले प्रभावमा लिन सक्दैनथ्यो। अब न्यायको कार्यको विनाश गर्न सकिन्नथ्यो; यदि त्यसो हो भने, परमेश्वर परमेश्वर हुन छाड्नु हुन्थ्यो।

१४ अनि यसरी हामी देख्छौँ कि सबै मानवजाति पतित थिए र उनीहरू न्यायको कठघरामा थिए; हो, परमेश्वरको न्याय, जुनले उनीहरूलाई उहाँको उपस्थितिबाट सदासर्वदाका लागि अलग्याउन पठाउँछ।

१५ अनि अब, प्रायश्चित्त नगरे कृपाको योजना ल्याउन सकिन्नथ्यो; त्यसकारण परमेश्वर आफैँ संसारका पापहरूका निम्ति, कृपाको योजना ल्याउन, न्यायका मागहरूलाई सन्तुष्ट गर्न प्रायश्चित्त गर्नुहुन्छ कि परमेश्वर एक परिपूर्ण, न्यायी परमेश्वर र एक कृपालु परमेश्वर पनि हुन सक्नुहुन्छ।

१६ अब, सजाय नभएमा मानिसहरूमा पश्चात्ताप आउन सक्दैनथ्यो, जुन सजाय पनि आत्माको जीवनजस्तै अनन्त थियो, खुसीको योजनाको विपरीत तोकिएको थियो, जुन खुसी पनि आत्माको जीवनजस्तै अनन्त थियो।

१७ अब, यदि मानिसले पाप गर्दैन भने उसले कसरी पश्चात्ताप गर्न सक्थ्यो? यदि नियम नभए उसले कसरी पाप गर्न सक्थ्यो? यदि सजाय नभए कसरी त्यहाँ नियम हुन सक्थ्यो?

१८ अब, सजाय तोकिएको थियो र एक न्यायोचित नियम दिइएको थियो, जसले मानिसमा चेतनाको पछुतो ल्यायो।

१९ अब, यदि त्यहाँ व्यवस्था नदिएको भए—यदि मानिसले हत्या गरेमा ऊ मर्नुपर्छ—के ऊ यदि उसले हत्या गरेमा ऊ मर्नु पर्दछ भनी डराउँथ्यो?

२० अनि यो पनि, यदि पापका विरुद्ध व्यवस्था नदिएको भए मानिस पाप गर्न डराउँदैनथ्यो।

२१ अनि यदि व्यवस्था नदिएको भए, यदि मानिसले पाप गरे न्यायले के गर्न सक्थ्यो, अथवा कृपाले, किनकि तिनीहरूको प्राणीमाथि कुनै दावा हुँदैनथ्यो?

२२ तर त्यहाँ नियम दिइएको छ र सजाय तोकिएको छ र पश्चात्ताप प्रदान गरिएको छ; जुन पश्चात्तापलाई, कृपाले दावा गर्छ; अन्यथा, न्यायले प्राणीमाथि दावा गर्छ र व्यवस्थाको अभ्यास गर्छ र व्यवस्थाले सजाय दिन्छ; यदि त्यसो नभए, न्यायका कार्यहरूको विनाश हुन्छ र परमेश्वर परमेश्वर हुन छाड्नुहुन्थ्यो।

२३ तर परमेश्वर परमेश्वर हुन छाड्नुहुन्न र कृपाले पछुताउनेहरूलाई दावा गर्छ र प्रायश्चित्तका कारण कृपा आउँछ; र प्रायश्चित्तले मृतकको पुनरुत्थान पूरा गर्छ; र मृतकको पुनरुत्थानले मानिसहरूलाई परमेश्वरको उपस्थितिमा फर्काएर ल्याउँछ; र उनीहरूका कार्यहरूअनुसार, नियम र न्यायअनुसार न्याय गरिन, यसरी उनीहरूलाई उहाँको उपस्थितिमा पुनर्स्थापित गरिन्छ।

२४ किनकि हेर, न्यायले आफ्ना मागहरू सबैमाथि अभ्यास गर्छ र कृपाले पनि उनका आफ्ना सबैलाई दावा गर्छ र यसरी कसैलाई होइन तर साँचै पछुताउनेहरूलाई बचाइन्छ।

२५ के, तिमी के ठान्छौ कि कृपाले न्यायलाई ठग्दछ? म तिमीसामु भन्छु, ठग्दैन, अलिकति पनि। यदि त्यसो हो भने, परमेश्वर परमेश्वर हुन छाड्नुहुन्थ्यो।

२६ अनि यसरी परमेश्वरले आफ्ना महान् र अनन्त प्रयोजनहरू पूरा गर्नुहुन्छ, जुन संसारको उत्पत्तिदेखि तयार गरिएको थियो। अनि यसरी मानिसहरूको मुक्ति र उद्धार र उनीहरूको विनाश र दु:ख पनि आउँदछ।

२७ त्यसकारण, हे मेरो छोरा, जो आउँछ आओस् र जीवनका पानी स्वतन्त्रपूर्वक खाओस्; र जो आउँदैन उसलाई आउन बाध्य गराइँदैन; तर अन्तिम दिनमा उसका कामहरूअनुसार उसलाई पुनर्स्थापित गरिनेछ।

२८ यदि उसले खराब गर्न चाहाना गरेको छ र उसका दिनहरूमा पश्चात्ताप गरेको छैन भने, हेर, परमेश्वरको पुनर्स्थापनाअनुसार उसमाथि अशुभ गरिनेछ।

२९ अनि अब, मेरो छोरा, म चाहान्छु कि तिमीले आफूलाई यी कुराहरूले अरु दु:ख दिन नदेऊ र तिम्रा पापहरूले मात्र तिमीलाई दु:ख दिन देऊ, त्यो चिन्ता जुनले तिमीलाई पश्चात्तापमा झार्नेछ।

३० हे मेरो छोरा, म चाहान्छु कि तिमीले परमेश्वरको न्यायलाई अरु अस्वीकार नगर। परमेश्वरको न्याय अस्वीकार गरेर, तिम्रा पापहरूका कारण आफूलाई अलिकति पनि सफाइ दिने प्रयास नगर; तर परमेश्वरको न्याय र उहाँको कृपा र उहाँको धैर्यलाई तिम्रो हृदयमा पूर्ण प्रभाव पार्न देऊ; र यसले विनम्रतामा तिमीलाई धूलोसम्म तल ल्याउन देऊ।

३१ अनि अब, हे मेरो छोरा, तिमीलाई यी जनसामु वचनको प्रचार गर्न परमेश्वरबाट बोलाइएको छ। अनि अब, मेरो छोरा, आफ्नो बाटो जाऊ, सत्यता र गम्भीरताका साथ वचनको उद्घोष गर, कि तिमीले जीवात्माहरूलाई पश्चात्तापमा ल्याउन सक, कि कृपाको महान् योजनाको उनीहरूमाथि दावा हुन सकोस्। अनि मेरा वचनहरूअनुसार परमेश्वरले तिमीलाई दिऊन्। आमीन।