धर्मशास्त्रहरू
अल्मा २९


अध्याय २९

अल्मा अलौकिक उत्साहका साथ पश्चात्तापको घोषणा गर्न चाहान्छन्—परमप्रभु सबै राष्ट्रहरूलाई शिक्षकहरू दिनुहुन्छ—अल्मा परमप्रभुको कार्यमा र अम्मोन र उनका बन्धुहरूको सफलतामा महिमा गर्छन्। लगभग ई.पू. ७६।

हे कि म एक स्वर्गदूत भएको भए र मेरो हृदयको चाहाना पाउने भए, कि म अघि जान सक्ने थिएँ र परमेश्वरको बिगुलका साथ बोल्न सक्ने थिएँ, पृथ्वीलाई हल्लाउने आवाजका साथ र प्रत्येक जनका सामु पश्चात्तापको घोषणा गर्न सक्ने थिएँ।

हो, म प्रत्येक जीवात्मासामु घोषणा गर्ने थिएँ, चट्याङको जस्तो आवाजका साथ, पश्चात्ताप र उद्धारको योजना, कि उनीहरूले पश्चात्ताप गर्नुपर्दछ र हाम्रा परमेश्वरसामु आउनुपर्दछ, कि पृथ्वीको सम्पूर्ण सतहमाथि अरु दु:ख नहोओस्।

तर हेर, म एक मानिस हुँ र मेरा चाहनामा पाप गर्दछु; किनकि म परमप्रभुले मसामु दिएका कुराहरूमा सन्तुष्ट हुनुपर्दछ।

मैले एक न्यायी परमेश्वरका दृढ उर्दीहरूलाई मेरा चाहनाहरूको खेदो खन्नु हुँदैन; किनकि उहाँले मानिसहरूलाई उनीहरूको चाहनाअनुसार दिनुहुन्छ, चाहे त्यो मृत्यु होस् अथवा जीवन; हो, मलाई थाहा छ कि उहाँले मानिसहरूलाई दिनुहुन्छ, हो बदल्न नमिल्ने उर्दीहरू उनीहरूसामु उर्दी दिनुहुन्छ, उनीहरूका चाहनाअनुसार, चाहे त्यो मुक्ति होस् वा विनाश।

हो, अनि मलाई थाहा छ कि असल र खराब सबै मानिसहरूअगाडि आएका छन्; जसलाई खराबबाट असल थाहा छैन ऊ दोषबिनाको छ; तर ऊ जो असल र खराब जान्दछ, उसलाई उसका चाहनाहरूअनुसार दिइनेछ, कि ऊ असल अथवा खराब, जीवन अथवा मृत्यू, खुसी अथवा चेतनाको पछुतो चाहन्छ।

अब, यो देख्दै कि मलाई यी कुराहरू थाहा छ, किन मैले मलाई बोलावट गरिएको भन्दा बढी कार्य गर्न चाहाना गर्नु पर्दछ?

किन मैले चाहनु पर्छ कि म एक स्वर्गदूत हुँ, कि मैले पृथ्वीका पल्लो छेउका सबैसामु बोल्न सकूँ?

किनकि हेर, परमप्रभुले सबै राष्ट्रहरूसामु, उनीहरूको आफ्नै राष्ट्र र भाषामा, उहाँका वचन सिकाउन दिनुहुन्छ, हो, विवेकमा, जुन उहाँले योग्य देख्नुहुन्छ त्यो सबैउनीहरूसँग हुनुपर्दछ; त्यसकारण हामी देख्दछौँ कि परमप्रभुले विवेकमा परामर्श दिनुहुन्छ, त्यो अनुसार जुन सही र सत्य छ।

मलाई थाहा छ कि जुन परमप्रभुले मलाई आज्ञा दिनुभएको छ र म त्यसमा महिमा गर्दछु। म आफ्नै महिमा गर्दिनँ, तर म त्यसमा महिमा गर्दछु जुन परमप्रभुले मलाई आज्ञा दिनुभएको छ; हो, यो हो मेरो महिमा, कि सम्भवत: केही जीवात्मालाई पश्चात्तापमा ल्याउन म परमेश्वरका हातको औजार हुन सकूँ; र यो मेरो खुसी हो।

१० अनि हेर, जब मेरा बन्धुहरूमध्ये धेरै साँचै पछुताएको र परमप्रभु उनीहरूका परमेश्वरमा आएको देख्दछु, तब मेरो जीवात्मा खुसीले भरिन्छ, तब म सम्झन्छु परमप्रभुले मलाई के गर्नुभएको छ, हो, यो समेत कि उहाँले मेरा प्रार्थना सुन्नुभएको छ; हो, तब म उहाँले मतिर फैलाइएका उहाँका कृपालु बाहु सम्झन्छु।

११ हो, अनि म मेरा पितापुर्खाहरुको बन्धन पनि सम्झन्छु; किनकि मलाई निश्चय नै थाहा छ कि परमप्रभुले दासत्वबाट उनीहरूलाई मुक्त गराउनुभयो र यसरी उहाँको चर्चको स्थापना गर्नुभयो; हो, परमप्रभु परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले उनीहरूलाई दासत्वबाट मुक्त गराउनुभयो।

१२ हो, मैले मेरा पितापुर्खाहरुको बन्धनलाई सँधै सम्झेको छु; र मिश्रीहरूका हातहरूबाट उनीहरूलाई मुक्त गर्ने सोही परमेश्वरले उनीहरूलाई दासत्वबाट मुक्त गर्नुभयो।

१३ हो, अनि कि सोही परमेश्वरले उनीहरूमाझ चर्चको स्थापना गर्नुभयो; हो र सोही परमेश्वरले मलाई पवित्र बोलावटद्वारा बोलाउनु भएको छ, यी जनसामु वचनको प्रचार गर्न र मलाई धेरै सफलता दिनुभएको छ, जुनमा मेरो हर्ष परिपूर्ण छ।

१४ तर म मेरो आफ्नो सफलतामा मात्र हर्ष गर्दिनँ, तर नफीको भूमिमा गएका मेरा बन्धुहरूको सफलताका कारण मेरो हर्ष अझ परिपूर्ण भएको छ।

१५ हेर, उनीहरूले अत्यन्त परिश्रम गरेका छन् र धेरै फल ल्याएका छन्; अनि उनीहरूको पुरस्कार कति महान् हुनेछ!

१६ अब, जब म यी मेरा बन्धुहरूको सफलतालाई सोच्दछु मेरो आत्मालाई पर लगिन्छ, शरीरबाट छुट्टिने गरी समेत, यस्तो भएजस्तै, मेरो हर्ष त्यति महान् थियो।

१७ अनि अब परमेश्वरले यी मेरा बन्धुहरूलाई दिऊन्, कि उनीहरू परमेश्वरको अधिराज्यमा बसून्, हो, अनि ती सबै पनि जो उनीहरूका परिश्रमका फल हुन् कि उनीहरू अरु बाहिर नजाऊन्, तर उनीहरूले सदासर्वदा उहाँको जयजयकार गरून्। अनि परमेश्वरले त्यसरी दिऊन् कि जसरी मैले बोलेको छु, मेरा वचनहरूअनुसार गरियून्। आमिन।