धर्मशास्त्रहरू
अल्मा ३१


अध्याय ३१

अल्माले धर्मविमुख जोरामीहरूलाई सुधार्न धर्मप्रचारको अगुवाइ गर्छन्—जोरामीहरू ख्रीष्टको अस्वीकार गर्छन्, चुनाबको गलत सिद्धान्तमा विश्वास गर्छन्, निर्धारित प्रार्थनाका साथ आराधना गर्छन्—धर्मप्रचारकहरू पवित्र आत्माले भरिन्छन्—उनीहरूका कष्टहरू ख्रीष्टको आनन्दमा निलिन्छन्। लगभग ई.पू. ७४।

अनि यस्तो हुन गयो कि कोरिहोरको अन्त्यपछि, अल्माले समाचार प्राप्त गरेकाले कि जोरामीहरूले परमप्रभुका मार्गहरूलाई भ्रष्ट गरिरहेका थिए र जोरम, जो उनीहरूका अगुवा थिए, उनले जनका हृदयहरूलाई नबोल्ने मूर्तिहरूसामु निहुरिन अगुवाइ गरेकाले, उनको हृदय जनको दुष्टताका कारण फेरि दुखित हुन थाल्यो।

किनकि उनका जनमाझको दुष्टता थाहा पाउनु अल्माका लागि महान् दु:खको कारण थियो; त्यसकारण नफीहरूबाट जोरामीहरू अलग्गिनुका कारणले उनको हृदय अत्यन्त दुखित भयो।

अब जोरामीहरू अन्टीओनुम भनिने भूमिमा एकसाथ भेला भएका थिए, जुन जरहेम्लाको भूमिको पूर्वमा थियो, जुन समुन्द्र किनारको सिमानानजिक थियो, जुन येर्शोनको भूमिको दक्षिणमा थियो, जुन दक्षिणको उजाड स्थानमा सिमाना पनि जोडिएको थियो, जुन लमानीहरूले भरिएको थियो।

अब नफीहरू अत्यन्तै डराए कि जोरामीहरू लमानीहरूसँगको सम्पर्कमा प्रवेश गर्नेछन् र नफीहरूका लागि यो अत्यन्त ठूलो क्षतिका माध्यम बन्नेछ।

अनि अब, जब वचनको प्रचारमा जनलाई अगुवाइ गर्ने महान् प्रवृति भएकाले त्यसो गर्न जुन न्यायोचित छ——हो, जनको मस्तिष्कमा तरबारले, अथवा उनीहरूमाथि भएका जुनसुकै कुराले भन्दा पनि यसको बढी प्रभाव पार्न सक्ने शक्ति थियो—त्यसकारण अल्माले सोचे यो उचित थियो कि परमेश्वरका वचनको प्रभावकारितालाई कोसिस गर्नुपर्छ।

त्यसकारण उनले अम्मोन र हारुन र ओम्नेरलाई लगे; र हिम्नीलाई उनले जरहेम्लाको चर्चमा छाडे; तर तिनले पहिलेका तीनलाई लगे र अमुलेक र जिस्रोमलाई पनि लगे, जो मेलेकमा थिए; र उनले आफ्ना छोराहरूमध्ये दुईलाई पनि लगे।

अब उनको जेठो छोरालाई उनले आफ्ना साथ लगेनन् र उनको नाउँ हेलामान थियो; तर उनीसँग लगेकाहरूको नाउँ शिब्लोन र कोरियान्तोन थियो; र जोरामीहरूमाझ, उनीहरूसामु वचनको प्रचार गर्न जानेका नाउँ यी हुन्।

अब जोरामीहरू नफीभन्दा भिन्न मतधारी थिए, त्यसकारण उनीहरूलाई परमेश्वरका वचनको प्रचार गरिएको थियो।

तर उनीहरू महान् गल्तीहरूमा पतित भएका थिए, किनकि उनीहरू मोशाका व्यवस्थाअनुसारका परमेश्वरका आज्ञाहरू र उहाँका कानुनहरू पालना गर्न ख्याल गर्दैनथे।

१० न त उनीहरू चर्चका अनुष्ठानहरू निगरानीमा राख्थे, परमेश्वरमा दैनिक रुपले प्रार्थनामा र याचनामा निरन्तर गर्न; कि उनीहरू प्रलोभनमा प्रवेश नगरून्।

११ हो, अन्त्यमा, उनीहरूले ज्यादै धेरै पटक परमप्रभुका मार्गहरू भ्रष्ट गरे; त्यसकारणका निम्ति, अल्मा र उनका बन्धुहरू उनीहरूसामु वचनको प्रचार गर्न भूमिमा गए।

१२ अब, जब उनीहरू भूमिमा आएका थिए, हेर, उनीहरूका आश्चर्यमा उनीहरूले फेला पारे कि जोरामीहरूले सभा-घरहरू बनाएका थिए र उनीहरू हप्ताको एक दिन एक साथ भेला हुन्थे, जुन दिन उनीहरूले परमप्रभुको दिन भन्थे; र उनीहरूले यसप्रकारले आरधना गरे जुन अल्मा र उनका बन्धुहरूले कहिल्यै देखेका थिएनन्।

१३ किनकि उनीहरूले आफ्नो सभा-घरको केन्द्रमा स्थान बनाएका थिए, खडा हुनका लागि एक स्थान, जुन शिरभन्दा माथि उच्च थियो; जसको माथि एक व्यक्तिमात्र प्रवेश गर्न मिल्थ्यो।

१४ त्यसकारण, जसले आराधना गर्न चाहन्थ्यो, ऊ त्यसको माथि खडा हुन जानु पर्दथ्यो र स्वर्गतिर उसको हात फैलाएर ठूलो आवाजका साथ यसो भन्दै पुकार्न पर्थ्यो:

१५ पवित्र, पवित्र परमेश्वर; हामी विश्वास गर्छौं कि हजुर परमेश्वर हुनुहुन्छ र हामी विश्वास गर्छौँ कि हजुर पवित्र हुनुहुन्छ र हजुर आत्मा हुनुहुन्थ्यो र हजुर आत्मा हुनुहुन्छ र हजुर सदासर्वदा आत्मा हुनुहुनेछ।

१६ पवित्र परमेश्वर, हामी विश्वास गर्छौँ कि हजुरले हामीलाई हाम्रा बन्धुहरूबाट अलग्याउनु भएको छ र हामी हाम्रा बन्धुहरूको परम्परामा विश्वास गर्दैनौँ, जुन उनीहरूका पितापुर्खाहरुको बच्पनाद्वारा उनीहरूलाई दिइएको थियो; तर हामी विश्वास गर्छौँ कि हजुरले आफ्ना पवित्र छोराछोरीहरूलाई चुन्नुभएको छ; र ख्रीष्ट आउनु हुनेछैन भन्ने पनि हामीलाई अवगत गराउनु भएको छ।

१७ तर हजुर हिजो, आज र सदासर्वदा उही हुनुहुन्छ; र हजुरले हामीलाई चुन्नु भएको छ कि हामीलाई बचाइनेछ, जबकि हामी वरिपरिकालाई हजुरको क्रोधद्वारा नरकतिर झारिएर फ्याकिन चुनिइए; जुन पवित्रताका निम्ति, हे परमेश्वर, हामी हजुरलाई धन्यवाद दिन्छौँ; र हामी यसका निम्ति पनि धन्यवाद दिन्छौँ कि हजुरले हामीलाई चुन्नु भएको छ, कि, हाम्रा बन्धुहरूको मूर्ख परम्पराहरूपछि हामीलाई अगुवाइ नगरियोस्, जसले उनीहरूलाई ख्रीष्टको विश्वासमा बाँध्छ, जसले उनीहरूका हृदयहरूलाई हजुर हाम्रा परमेश्वरभन्दा पर बरालिन अगुवाइ गर्छ।

१८ अनि फेरि हामी हजुरलाई धन्याबाद दिन्छौँ, हे परमेश्वर, कि हामी चुनिएका र पवित्र जन हौँ। आमिन।

१९ अब यस्तो हुन गयो कि अल्मा र उनका बन्धुहरू र उनका छोराहरूले यी प्रार्थनाहरू सुनेका थिए, उनीहरू आश्चर्यले नाप्न सकिने भन्दा पनि बढी चकित भए।

२० किनभने हेर, प्रत्येक मानिस अघि गयो र उस्तै प्रार्थनाहरू चढायो।

२१ अब यो स्थानलाई उनीहरूद्वारा रमेयुम्प्तोमद्वारा बोलाइयो, जुन, व्याख्या गर्दा, पवित्र मञ्च हो।

२२ अब, यो मञ्चबाट उनीहरूले अर्पण गरे, प्रत्येक मानिसले, परमेश्वरसामु ठीक उस्तै प्रार्थना, उनीहरूका परमेश्वरलाई धन्यवाद दिँदै कि उनीहरू उहाँबाट चुनिएका थिए र उहाँले उनीहरूलाई उनीहरूका बन्धुहरूको परम्परापछि अगुवाइ गर्नुभएन र आँफूलाई थाहा नभएका आगामी कुराहरूमा विश्वास गर्न उनीहरूको हृदयहरूलाई चोरिएको थिएन।

२३ अब, यस प्रकारले सबैले धन्यवाद प्रदान गरिसकेपछि, उनीहरू आफ्ना घर फर्के, फेरि आफ्नै प्रकारले धन्यवाद प्रदान गर्न त्यो पवित्र मञ्चमा एक साथ भेला नभइन्जेसम्म फेरि आफ्ना परमेश्वरका बारेमा कहिल्यै नबोल्दै।

२४ अब जब अल्माले यो देखे उनको हृदय शोकाकूल भयो; किनकि उनले देखे कि उनीहरू दुष्ट र पथभ्रष्ट जन थिए; हो, उनले देखे कि उनीहरूका हृदयहरू सुनमाथि र चाँदीमाथि र सबै प्रकारका उच्चस्तरका वस्तुहरूमाथि थिए।

२५ हो, अनि उनले यो पनि देखे कि उनीहरूका हृदयहरू उनीहरूको घमण्डमा महान् शेखीसम्म उचालिएका थिए।

२६ अनि उनले आफ्नो आवाज स्वर्गतिर उचाले र पुकारे, यसो भन्दै: हे, कतिन्जेल, हे परमप्रभु, के हजुर सहनुहुन्छ कि हजुरका सेवकहरू मानिसका छोराछोरीहरूमाझ यस्तो गम्भीर दुष्टता हेर्न शरीर लिएर पृथ्वीमा बास बस्नेछन्?

२७ हेर्नुहोस्, हे परमेश्वर, उनीहरू हजुरसामु पुकार्छन् र तैपनि उनीहरूका हृदयहरू आफ्ना घमण्डमा निलिएका छन्। हेर्नुहोस्, हे परमेश्वर, उनीहरू आफ्ना मुखहरूले हजुरसामु पुकार्छन्, जबकि उनीहरू, संसारका व्यर्थ कुराहरूका साथ, अधिक मात्रामा समेत, फुलिएका छन्।

२८ हेर्नुहोस्, हे मेरो परमेश्वर, उनीहरूका महङ्गा वस्त्र, उनीहरूका साना औँठीहरू र उनीहरूका बालाहरू र उनीहरूका सुनका गहनाहरू र उनीहरूका उनीहरूलाई सजाइएका मूल्यवान् कुराहरू; र हेर्नुहोस्, उनीहरूका हृदयहरू तीमाथि स्थापित छन् र अझै उनीहरू हजुरसामु पुकार्छन् र भन्छन्—हामी हजुरलाई धन्यवाद दिन्छौँ, हे परमेश्वर, किनकि हामीहरू हजुरसामु चुनिएका जन हौँ जबकि अरुहरू नाश हुनेछन्।

२९ हो, अनि उनीहरू भन्छन् कि हजुरले उनीहरूलाई अवगत गराउनु भएको छ कि ख्रीष्ट हुनुहुने छैन।

३० हे परमप्रभु परमेश्वर, यी जनमाझ यस्तो दुष्टता र अनास्था हजुर कतिन्जेल हुन दिनुहुन्छ? हे परमप्रभु, हजुर मलाई शक्ति दिनुहोस्, कि म मेरा कमजोरीहरूको सामना गर्न सकूँ। किनकि म कम्जोर छु र यी जनमाझको यस्तो दुस्टताले मेरो जीवात्मालाई पीडा दिन्छ।

३१ हे परमप्रभु, मेरो हृदय अत्यन्तै दुखित छ; हजुर मेरो जीवात्मालाई ख्रीष्टमा सान्त्वना दिनुहोस्। हे परमप्रभु, हजुरले मलाई दिनुहोस् कि मसँग शक्ति होओस् कि म यी जनको दुष्टताका कारण ममा आउने यी कष्टहरूलाई धीरताका साथ सहन सकूँ।

३२ हे परमप्रभु, मेरो जीवात्मालाई हजुरले सान्त्वना दिनुहोस् र मलाई सफलता दिनुहोस्, मसँग भएका मेरा सहकर्मीहरूलाई पनि—हो, अम्मोन र हारुन र ओम्नेर र अमुलेक र जीस्रोमलाई पनि र मेरा दुई छोराहरूलाई पनि—हो, यी सबै समेतलाई तपाईँ सान्त्वना दिनुहोस्, हे परमप्रभु, हजुरले उनीहरूका जीवात्मालाई ख्रीष्टमा सान्त्वना दिनुहोस्।

३३ तपाईँ उनीहरूलाई दिनुहोस् कि उनीहरूसँग शक्ति होओस्, कि यी जनको दुष्टताका कारण उनीहरूमाथि आउने कष्टहरू उनीहरूले सहन सकून्।

३४ हे परमप्रभु, हजुरले हामीलाई दिनुहोस् कि उनीहरूलाई फेरि हजुरसामु ख्रीष्टमा ल्याउन सफलता मिलोस्।

३५ हेर्नुहोस्, हे परमप्रभु, उनीहरूका जीवात्माहरू बहुमूल्य छन् र उनीहरूमध्ये धेरै हाम्रा बन्धुहरू हुन्; त्यसकारण, हामीलाई, हे परमप्रभु, शक्ति र विवेक दिनुहोस् कि हामी यी हाम्रा बन्धुहरूलाई हजुरसामु फेरि ल्याउन सकौँ।

३६ अब यस्तो हुन गयो कि जब अल्माले यी वचनहरू भनेका थिए, कि उनले आफ्ना हातहरूले उनीसँग भएका सबैमाथि ताली बजाए। अनि हेर, जब उनले उनीहरूमाथि आफ्ना हातहरूले ताली बजाए, उनीहरू पवित्र आत्माद्वारा भरिए।

३७ अनि त्यसपछि उनीहरूले आफैँलाई एक अर्काबाट अलग्याए, आफ्नै बारेमा कुनै विचार नगरी कि उनीहरूले के खानु पर्दछ, अथवा उनीहरूले के पिउनु पर्छ, अथवा उनीहरूले के लगाउनु पर्छ।

३८ अनि परमप्रभुले उनीहरूलाई उपलब्ध गराउनुभयो कि उनीहरूलाई भोको हुनु नपरोस्, न त उनीहरूलाई तिर्खाउनु परोस्; हो, अनि उहाँले उनीहरूलाई शक्ति पनि दिनुभयो, कि उनीहरूले ख्रीष्टको आनन्दमा निलिनु बाहेक कुनै प्रकारका कष्टहरू सहनु नपरोस्। अब यो अल्माको प्रार्थनाअनुसार थियो; र यो किनभने उनले आस्थामा प्रार्थना गरे।