धर्मशास्त्रहरू
अल्मा ३५


अध्याय ३५

वचनको प्रवचनले जोरामीहरूको पेशाको विनाश गर्छ—परिवर्तितहरूलाई उनीहरूले निकाला गर्छन्, जो येर्शोनमा अम्मोनका जनसँग सम्मिलित हुन्छन्—जनहरूको दुष्टताका कारण अल्मा दुखित हुन्छन्। लगभग ई.पू. ७४।

अब यस्तो हुन गयो कि अमुलेकले यी वचनहरू बोल्न अन्त्य गरेपछि, उनीहरूले आफैँलाई भीडबाट हटाए र येर्शोनको भूमितिर आए।

हो, बाँकी बन्धुहरू पनि, जोरामीहरूसामु प्रवचन दिएपछि, येर्शोनको भूमितिर आए।

अनि यस्तो हुन गयो कि जोरामीहरूको बढी लोकप्रिय भागले उनीहरूसामु प्रवचन गरिएको वचनहरूका बारेमा एकसाथ सल्लाह गरेपछि, वचनका कारण उनीहरू रिसाए, किनकि यसले उनीहरूको कलालाई विनाश गऱ्यो, त्यसकारण उनीहरूले वचनहरूलाई सुनेनन्।

अनि उनीहरूले पठाए र सम्पूर्ण भूमिभरि सम्पूर्ण जन एक साथ भेला भए र बोलिएका वचनहरू सम्बन्धमा उनीहरूसँग सल्लाह गरे।

अब उनीहरूका शासकहरू र उनीहरूका पादरीहरू र उनीहरूका शिक्षकहरूले जनलाई आफ्ना चाहानाहरूका बारेमा थाहा पाउन दिएनन्; त्यसकारण उनीहरूले गोप्यरुपमा सम्पूर्ण जनका मानसिकताको पत्ता लगाए।

अनि यस्तो हुन गयो कि उनीहरूले सम्पूर्ण जनको मानसिकता पत्ता लगाएपछि, जो अल्मा र उनीहरूका बन्धुहरूले बोलेका वचनहरूको पक्षमा थिए उनीहरू सबैलाई भूमिबाट निकाला गरे; अनि त्यहाँ धेरै थिए र उनीहरू पनि येर्शोनको भूमितिर आए।

अनि यस्तो हुन गयो कि अल्मा र उनका बन्धुहरूले उनीहरूको सेवा गरे।

अब जोरामीहरूका जन येर्शोनमा भएका अम्मोनका जनसँग रिसाए र जोरामीहरूका प्रधान शासक, ज्यादै दुष्ट मानिस भएकाले, अम्मोनका जनमा उनीहरूबाट चाहँदै पठाए कि उनीहरूलाई आफूबाट त्यहाँ आएका सबैलाई आफ्नो भूमिबाट निकाला गर्नुपर्छ।

अनि उनले उनीहरूका विरुद्ध धेरै धम्किहरू हुँकारे। अनि अब अम्मोनका जन उनीहरूका वचनहरूदेखि डराएनन्; त्यसकारण उनीहरूले तिनीहरूलाई निकाला गरेनन्, तर उनीहरूसामु आउने जोरामीहरूका सबै गरिबलाई स्वागत गरे; अनि उनीहरूले तिनीहरूको पालनपोषण गरे र उनीहरूलाई वस्त्र लगाइदिए र उनीहरूले तिनीहरूलाई आफ्ना रिक्थका भूमिहरू दिए; र उनीहरूले तिनीहरूका चाहानाअनुसार तिनीहरूलाई सेवा गरे।

१० अब यसले जोरामीहरूलाई अम्मोनका जनविरुद्ध रिसमा उचाल्यो र उनीहरू लमानीहरूसँग मिसिन र तिनीहरूकाविरुद्ध रिसमा उचालिन थाले।

११ अनि यसरी जोरामीहरू र लमानीहरूले अम्मोनका जनविरुद्ध र नफीहरूका जनविरुद्ध पनि युद्ध गर्ने तयारी गर्न थाले।

१२ अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको सत्रौँ वर्ष अन्त्य भयो।

१३ अनि अम्मोनका जन येर्शोनको भूमिबाट प्रस्थान गरे र मेलेकको भूमितिर आए, येर्शोनको भूमिमा नफीहरूका सेनाहरूका निम्ति स्थान दिए, कि उनीहरूले लमानीहरूका सेनाहरू र जोरामीहरूका सेनाहरूसँग लड्न सकून्; र यसरी न्यायकर्ताहरूको शासनको अठारौँ वर्षमा लमानीहरू र नफीहरूबीचको युद्धको आरम्भ भयो; उनीहरूका युद्धहरूको विवरण यसपछि दिइनेछ।

१४ अनि जोरामीहरूमध्ये धेरैलाई पश्चात्तापमा ल्याउन परमेश्वरका हातहरूका औजार भएपछि, अल्मा र अम्मोन र उनीहरूका बन्धुहरू र अल्माका दुई छोराहरू पनि जरहेम्लाको भूमितिर फर्के; अनि पश्चात्तापमा ल्याइएका सबैलाई आफ्ना भूमिहरूबाट लखेटियो; तर उनीहरूसँग जेर्शोनको भूमिमा आफ्नो रिक्थको भूमि छ र उनीहरूले आफ्नो र आफ्ना पत्नीहरूको र छोराछोरीहरूको र उनीहरूका भूमिहरूको सुरक्षाका निम्ति हतियार उठाएका छन्।

१५ अब अल्मा, हो युद्धहरूका र रक्तपातहरूका र उनीहरूमाझ भएका कलहका कारण, आफ्ना जनको दुष्टताका लागि चिन्तित भएकाले; र परमेश्वरका वचन घोषणा गर्न गएकाले र प्रत्येक सहरमा सम्पूर्ण जनमाझ वचन घोषणा गर्न पठाएकाले र जन कठोर हुन थालेको र वचनका खरोपनका कारण उनीहरू रिसाउन थालेको देखेर, उनको हृदय अत्यन्त दुखित भयो।

१६ त्यसकारण, उनले अह्राए कि आफ्ना छोराहरू एक साथ भेला हुनु पर्छ, कि उनले प्रत्येकलाई धार्मिकतासँग सरोकारका कुराहरू बारेमा उनका आज्ञा बेग्लाबेग्लै दिन सकून्। अनि हामीसँग उनका आज्ञाहरूको विवरण छ, जुन उनले ती उनीहरूलाई उनको आफ्नो विवरणअनुसार दिए।