धर्मशास्त्रहरू
अल्मा ६०


अध्याय ६०

मोरोनी पहोरानसँग सरकारको सेनाहरूप्रतिको बेवास्ताको गुनासो गर्छन्—परमप्रभु धर्मीहरूको बध सहनुहुन्छ—नफीहरूले आफैँलाई उनीहरूका शत्रुहरूबाट मुक्त गर्न उनीहरूका सबै शक्ति र माध्यमहरू प्रयोग गर्नुपर्दछ—मोरोनीले यदि उनका सेनाहरूलाई सहयोग नदिए सरकारविरुद्ध लड्ने धम्की दिन्छन्। लगभग ई.पू. ६२।

अनि यस्तो हुन गयो कि उनले भूमिको राज्यपाललाई फेरि लेखे, जो पहोरान थिए र उनले लेखेका वचनहरू यी थिए, यसो भन्दै: हेर, म मेरो पत्र पहोरानलाई सम्बोधन गर्दछु, जरहेम्लाको सहरमा, जो प्रधान न्यायकर्ता र भूमिमाथिका राज्यपाल हुन्, अनि ती सबैलाई जसलाई जनद्वारा यो युद्धको मामला चलाउन र व्यवस्था गर्न चुनिएका थिए।

किनकि हेर, मैले तिरस्कारका निम्ति उनीहरूलाई केही भन्नु छ; किनकि हेर, तिमीहरू आफैँलाई थाहा छ कि तिमीहरू मानिसहरूलाई एक साथ जम्मा गर्न र उनीहरूलाई तरबारका साथ र खुँडाका र सबै प्रकारका हरेक किसिमका युद्धका हतियारहरूका साथ सजाउन, र, लमानीहरू हाम्रो भूमिको जुनसुकै भागहरूमा आए पनि उनीहरूविरुद्ध पठाउन नियुक्त गरिएका हौ।

अनि अब हेर, म तिमीहरूलाई भन्दछु कि म आफैँले र मेरा मानिसहरूले पनि र हेलामान र उनका मानिसहरूले पनि अत्यन्त महान् कष्ट सहनु परेको छ; हो, भोक, तिर्खा र थकाइ र हरेक प्रकारका हरेक किसिमका कष्टहरू समेत।

तर हेर, हामीले सहनु परेको यति मात्र भएको भए हामी न त गनगनाउने थियौँ न त गुनासो गर्ने थियौँ।

तर हेर, हाम्रा जनमाझको बध विशाल थियो; हो, हजारौँलाई तरबारद्वारा ढालिएको छ, जब कि यदि तिमीहरूले हाम्रा सेनाहरूलाई पर्याप्त शक्ति र सेवा उनीहरूका निम्ति दिएको भए यो अन्यथा हुने थियो। हो, तिमीहरूको हामीहरूप्रतिको बेवास्ता ठूलो भएको छ।

अनि अब हेर, हामीले यो अत्यन्त महान् बेवास्ताको कारण जान्न चाहन्छौँ; हो, हामी तिम्रो विचारहीन अवस्थाको कारण जान्न चाहन्छौँ।

के तिमी विचारहीन स्तब्धताको अवस्थामा तिम्रो सिंहासनमाथि बस्न सोच्न सक्छौ, जबकि तिमीहरूका शत्रुहरू तिमीहरू वरिपरि मृत्युको कार्य फैलाउँदै छन्। हो, जब कि उनीहरूले तिमीहरूका हजारौँ दाजुभाइहरूको हत्या गरिरहेका छन्—

हो, उनीहरूले समेत जसले आफ्नो सुरक्षाको निम्ति तिमीहरूको भर परेका छन्, हो, तिमीहरूलाई त्यो अवस्थामा राखेका छन् कि तिमीहरूले उनीहरूलाई सेवा गर्न सक्थ्यौ, हो, तिमीहरूले उनीहरूलाई बलियो बनाउन सेनाहरू पठाउन सक्थ्यौँ र उनीहरूका हजारौँलाई तरबारद्वारा ढल्नबाट बचाउन सक्ने थियौ।

तर हेर, यो सबै होइन—तिमीहरूले आफ्ना बन्दोबस्तीका सामानहरू उनीहरूबाट रोकेका छौ, यतिसम्म कि धेरैले उनीहरूका यी जनको कल्याणका निम्ति भएको महान् चाहनाहरूका कारण आफ्नो जीवनसम्म लडेका छन् र रगत बगाएका छन्; हो, अनि यो उनीहरूले गरेका छन् जब उनीहरू तिमीहरूको उनीहरू प्रतिको अत्यन्त ठूलो बेवास्ताका कारण भोकले विनाश हुन लागेका थिए।

१० अनि अब, मेरा प्रिय बन्धुहरू—किनकि तिमीहरू प्रिय हुनुपर्छ; हो र तिमीहरूले आफैँलाई यी जनको कल्याणका र स्वतन्त्रताका निम्ति अझ लगनशीलतापूर्वक उक्साउनु पर्थ्यो; तर हेर, तिमीहरूले बेवास्ता गरेका छौ यतिसम्म कि हजारौँको रगत बदलाको निम्ति तिमीहरूमाथि आउनेछ; हो, किनकि उनीहरूका सबै पुकाराहरू र उनीहरूका सबै पीडाहरू परमेश्वरलाई ज्ञात छ—

११ हेर, के तिमीहरू यो सोच्दछौ कि तिमीहरू परमेश्वरको अत्यन्त कृपाका कारण केही नगरीकन आफ्ना सिंहासनहरूमा बस्न सक्छौ र उहाँले तिमीहरूलाई मुक्त गर्नुहुनेछ? हेर, यदि तिमीहरूले त्यो सोचेका छौ भने तिमीहरूले व्यर्थमा सोचेका छौ?

१२ के तिमीहरूले यो सोच्दछौ कि, किनभने तिमीहरूका यति धेरै बन्धुहरू मारिए यसको कारण उनीहरूका दुष्टताहरू हुन्? म तिमीहरू समक्ष भन्छु, यदि तिमीहरूले त्यो सोच्छौ भने तिमीहरूले गलत सोच्दैछौ; किनकि म तिमीहरूसमक्ष भन्छु, त्यहाँ धेरे छन् जो तरबारद्वारा ढालिएका छन्; र हेर यो तिमीहरूको तिरस्कारले हो।

१३ किनकि परमप्रभुले धर्मीहरू मारिएको सहनुहुन्छ कि उहाँका न्याय र फैसला दुष्टहरूमाथि आउन सकोस्; त्यसकारण तिमीहरूले सोच्न आवश्यक छैन कि धर्मीहरू हराउँछन् किनभने उनीहरूको बध गरिएको छ; तर हेर, उनीहरू परमप्रभु उनीहरूका परमेश्वरको विश्राममा प्रवेश गर्छन्।

१४ अनि अब हेर, म तिमीहरूसामु भन्छु, म अत्यन्त त्रसित छु कि परमेश्वरका न्यायहरू, उनीहरूका अत्यन्त आलश्य, हो, हाम्रो सरकारको समेत आलश्य र बध गरिएका उनीहरूका बन्धुहरूप्रतिको उनीहरूको अत्यन्तै महान् बेवास्ताका कारण, यी जनमाथि आउनेछ।

१५ किनकि यदि हाम्रो शिरमाथि पहिले प्रारम्भ गरेको दुष्टता नभएको भए, हामीले हाम्रा शत्रुहरूको सामना गर्न सक्ने थियौँ कि उनीहरूले हामीमाथि शक्ति प्राप्त गर्न सक्ने थिएनन्।

१६ हो, यदि आफैँमाझ सुरु भएको युद्ध नभएको भए; हो यदि हामीमाझ त्यत्रो रक्तपातको कारण ती राजावादीहरू नभएको भए; हो, हामी आफैँमाझ कलह गरिरहेको समयमा यदि हामीहरूले पहिलेदेखि गरे जस्तै हाम्रो शक्तिमा एकीकृत भएको भए; हो, ती राजावादीहरूको हामीमाथि शक्ति र अधिकार जमाउने तृष्णा नभएको भए; यदि उनीहरू हाम्रो स्वतन्त्रताको कारणप्रति सच्चा भएको र हामीसँग एकीकृत भएको र हाम्रो विरुद्ध तरबार उठाउनु, जुन हामी आफैँमाझ त्यति धेरै रक्तपात हुनुको कारण थियो, त्यसको सट्टा हाम्रा शत्रुहरूविरुद्ध अघि गएको भए; हो, यदि हामी परमप्रभुको शक्तिमा उनीहरूविरुद्ध गएको भए, हामीले हाम्रा शत्रुहरूलाई छरपष्ट पार्ने थियौँ, किनकि उहाँको वचन पूरा गर्नेअनुसार यो गरिन्थ्यो।

१७ तर हेर, अब लमानीहरू हामीमाथि आइरहेका छन्, हाम्रा भूमिहरूमाथि अधीनता जमाइरहेका छन् र उनीहरूले हाम्रा जनको, हो, हाम्रा आइमाईहरूको र हाम्रा बालबालिकाहरूको तरबारका साथ हत्या गरिरहेका छन् र उनीहरूलाई बन्दी बनाएर पनि लगेका छन्, उनीहरूलाई अह्राइरहेका छन् कि उनीहरूले सबै प्रकारका कष्टहरू सहनु पर्दछ र यो सबै हामीमाथि शक्ति र अधिकार खोज्ने, हो ती, राजावादीहरूको समेत महान् दुष्टताका कारण हो।

१८ तर मैले किन यो विषयका बारेमा तिमीलाई धेरै भन्नुपर्छ? किनकि हामीलाई थाहा छैन तर कि तिमीहरू आफैँ पनि अधिकार खोजिरहेका हुन सक्छौ। हामीलाई थाहा छैन कि तिमी पनि आफ्नो देशको देशद्रोही हुन सक्छौ।

१९ अथवा के यो हो कि तिमीहरूले हामीहरूलाई बेवास्ता गरेका छौ किनभने तिमीहरू हाम्रो देशको मुटुमा छौ र सुरक्षाले घेरिएका छौ, कि तिमीहरूले हामीलाई खाना र हाम्रो सेनाहरूलाई बलियो बनाउन मानिसहरू पनि पठाउन अह्राउँदैनौ?

२० के तिमीहरूले परमप्रभु परमेश्वरका आज्ञाहरू बिर्सेका छौ? हो, के तिमीहरूले हाम्रा पितापुर्खाहरुका बन्धनलाई बिर्सेका छौ? के तिमीहरूले हामीहरू कति पटक हाम्रा शत्रुहरूका हातहरूबाट मुक्त गराइएका छौँ भनी बिर्सेका छौ?

२१ अथवा के तिमीहरूले अझै सोचेका छौ कि परमप्रभुले हामीलाई मुक्त गर्नुहुनेछ, जबकी हामी हाम्रा सिंहासनमा बस्दछौँ र परमप्रभुले हामीलाई दिएका माध्यमहरूको उपयोग गर्दैनौँ?

२२ हो, के तिमीहरू आलस्यतामा बस्छौँ जब कि उनीहरूमध्ये हजारौँ, हो र दसौँ हजारहरूले हामीहरू घेरिएका छौँ, जो तिमीहरूजस्तै आलश्यमा बस्छन्, जब कि त्यहाँ भूमिका सिमानाहरू वरिपरि हजारौँ छन् जो तरबारद्वारा ढलिरहेका छन्, घाइते बनेका छन् र रगत बगाइरहेका छन्?

२३ के तिमीहरूले सोच्दछौ कि परमेश्वरले तिमीहरूलाई निर्दोष देख्नुहुनेछ जब कि तिमीहरू केही नगरी बस्छौ र यी कुराहरू हेर्छौ? हेर म तिमीहरूसामु भन्छु, हुनेछैन। अब म चाहन्छु कि तिमीहरूले सम्झनुपर्छ कि परमेश्वरले भन्नुभएको छ कि पहिला भाँडाको भित्र सफा गरिनुपर्छ र तब भाँडाको बाहिर पनि सफा हुनेछ।

२४ अनि अब, तिमीहरूले गरेका कुराहरूको पश्चात्ताप नगरे र खडा भएर गर्न नथाले र हामीसामु मानिसहरू र खाना नपठाए र हेलामानसामु पनि, कि उनले फिर्ता लिएका हाम्रा देशका ती भागहरूलाई कायम राख्न सकून् र हामीले पनि यी भागहरूमा बाँकीलाई हाम्रो अधीनमा पुन: लिन सकौँ, हेर यो उचित हुनेछ कि पहिला हामीले हाम्रो भाँडा भित्र हो, हाम्रो सरकारको महान् शिर समेत सफा नभइन्जेलसम्म हामी लमानीहरूसँग अरु नलडौँ।

२५ अनि यदि तिमीहरूले मेरो पत्रअनुसार नगरे र बाहिर नआए र मसमक्ष स्वतन्त्रताको सच्चा भावना नदेखाए र हाम्रा सेनाहरूलाई बलियो र शक्तिशाली बनाउन प्रयास नगरे र उनीहरूको जीविकाको निम्ति उनीहरूलाई खाना नदिए, हेर म मेरा स्वतन्त्रताबादीहरूमध्ये एक भागलाई भूमिको यो भागलाई कायम राख्न यहाँ छाड्नेछु र म उनीहरूमाथि परमेश्वरको शक्ति र आशीष छाड्नेछु, कि अरु कुनै शक्ति उनीहरूविरुद्ध सञ्चालित हुन सक्दैन—

२६ अनि यो उनीहरूका विपत्तिहरूमा उनीहरूको अत्यन्त आस्था र उनीहरूको धीरताका कारण—

२७ अनि म तिमीहरूमाथि आउनेछु र यदि तिमीहरूमध्ये कोही छ जोसँग स्वतन्त्रताको चाहना छ, हो, यदि त्यहाँ स्वतन्त्रताको एउटा झिल्कासमेत बाँकी छ भने, हेर म तिमीहरूमाझ, शक्ति र अधिकार हत्याउन चाहने तिनीहरू लोप नभइन्जेलसम्म समेत विद्रोहहरू उक्साउनेछु।

२८ हो, हेर म तिमीहरूको शक्ति र तिमीहरूको अधिकारदेखि डराउँदिन, तर यो मेरो परमेश्वर हुनुहुन्छ जो देखि म डराउँछु; र यो उहाँको आज्ञाहरूअनुसार हो कि म मेरो देशको कारणको सुरक्षा गर्न तरबार लिन्छु र यो तिमीहरूको दुष्टताका कारण हो कि हामीले यति धेरै क्षति सहेका छौँ।

२९ हेर यो समय हो, हो, समय अहिले हातमा छ, कि यदि तिमीहरू आफ्नो देशको र आफ्ना साना नानिहरूको सुरक्षामा आफैँ तत्पर नभए, न्यायको तरबार तिमीहरूमाथि झुन्डिन्छ; हो, अनि यो तिमीहरूमाथि झर्नेछ र तिमीहरूको पूरै विनाशका साथ तिमीहरूलाई भेट्नेछ।

३० हेर, म तिमीहरूबाट सहयोगको प्रतीक्षा गर्दछु; र यदि तिमीहरूले हामीलाई राहत नदिए, हेर, म तिमीहरूसामु, जरहेम्लाको भूमिमा समेत आउछुँ र तरबारका साथ तिमीहरूलाई प्रहार गर्छु, यतिसम्म कि हाम्रो स्वतन्त्रताको कारणको प्रगतिमा बाधा पुऱ्याउने तिमीहरूसँग कुनै शक्ति हुन सक्दैन।

३१ किनकि हेर, परमप्रभुले सहनुहुनेछैन कि उहाँका धर्मी जनलाई विनाश गर्न तिमीहरू आफ्ना दुष्टताहरूमा जिउने छौ र बलियो हुनेछौ।

३२ हेर, के तिमीहरू सोच्दछौ कि परमप्रभुले तिमीहरूलाई छाड्नुहुनेछ र लमानीहरूविरुद्ध न्यायमा आउनुहुनेछ जब कि उनीहरूको घृणाको कारण उनीहरूका पितापुर्खाहरुको परम्परा हो, हो र त्यो घृणा हामीबाट विमत भएकाहरूद्वारा दोब्बर भएको छ, जब कि तिमीहरूको दुष्टता महिमा र संसारका व्यर्थका कुराहरू प्रतिको तिमीहरूको मायाका कारण हो।

३३ तिमीहरूलाई थाहा छ कि तिमीहरूले परमेश्वरका व्यवस्थाहरू उल्लङ्घन गर्छौ र तिमीहरूलाई थाहा छ कि तिमीहरूले तिनलाई आफ्ना पैतालाहरूमुनि किचिमिची गर्छौ। हेर, परमप्रभु मसामु भन्नुहुन्छ: यदि जसलाई तिमीहरूले आफ्नो सरकारमा नियुक्त गरेकाछौ उनीहरूले आफ्ना पापहरू र दुष्टताहरूको पश्चात्ताप गर्दैनन् भने, तिमीहरू उनीहरूविरुद्ध लड्न जानू।

३४ अनि अब हेर, म, मोरोनी, बाध्य छु, मेरो परमेश्वरका आज्ञाहरू पालना गर्न मैले गरेको करारअनुसार; त्यसकारण म चाहन्छु कि तिमीहरू परमेश्वरका वचनमा दृढ हुनुपर्दछ र मेरा समक्ष र हेलामानलाई पनि, द्रूतगतिका साथ तिमीहरूका बन्दोवस्तीका सामानहरू र तिमीहरूका मानिसहरू पठाउनुपर्छ।

३५ अनि हेर, यदि तिमीहरूले यो नगरे म तिमीहरूसामु द्रूतगतिका साथ आउँछु; किनकि हेर, परमेश्वरले सहनुहुनेछैन कि हामी भोकले नाशिनुपर्छ; त्यसकारण उहाँले हामीलाई तिमीहरूको खाना दिनुहुनेछ, यदि यो तरबारद्वारा भए पनि। अब यो हेर कि तिमीहरूले परमेश्वरका वचन पूरा गर्छौ।

३६ हेर, म मोरोनी, तिमीहरूको मुख्य कप्तान हुँ। म शक्ति खोज्दिनँ, तर यसलाई झार्न खोज्दछु। म संसारको सम्मान खोज्दिनँ, तर मेरा परमेश्वरको महिमा र मेरो देशको स्वतन्त्रता र कल्याण खोज्छु। अनि यसरी म मेरो पत्र बन्द गर्छु।