धर्मशास्त्रहरू
अल्मा ५६


अध्याय ५६

हेलामानले मोरोनीलाई लमानीहरूसँगको युद्धको अवस्थाको विवरण दिँदै एक पत्र पठाउँछन्—अन्टिपस र हेलामानले लमानीहरूमाथि एक महान् विजय प्राप्त गर्छन्—हेलामानका दुई हजार नवयुवक छोराहरूले आश्चर्यजनक शक्तिका साथ लड्दछन् र उनीहरूमध्ये कसैको बध हुँदैन। पद १, लगभग ई.पू. ६२; पदहरू २–१९, लगभग ई. पू. ६६; र पदहरू २०–५७, लगभग ई.पू. ६५–६४।

अनि न्यायकर्ताहरूको शासनको तीसौँ वर्षको प्रारम्भमा, पहिलो महिनाको दोस्रो दिनमा यस्तो हुन गयो, मोरोनीले हेलामानबाट भूमिको त्यो भाग तिरका जनका कारोबारहरूको वृतान्त दिने एक पत्र प्राप्त गरे।

अनि उनले लेखेका वचनहरू यी थिए, यसो भन्दै: मेरा अति प्रिय बन्धु, मोरोनी, परमप्रभुमा जस्तै हाम्रा युद्धका विपत्तिहरूमा; हेर, मेरा प्रिय बन्धु, मसँग भूमिको यो भागमा जनका मामलाहरूका बारेमा तिमीलाई केही भन्नुछ।

हेर, अम्मोनले नफीको भूमिबाट ल्याएका ती मानिसहरूका दुई हजार छोराहरू—अब तिमीहरूले थाहा पाएका छौ कि ती लमानका सन्तति थिए, जुन हाम्रा पिता लहीका जेठा छोरा थिए।

अब मैले तिमीलाई उनीहरूका परम्पराहरू अथवा उनीहरूका अविश्वास वर्णन गर्न आवश्यक छैन, किनकि तिमीलाई यी सबै कुराहरूका बारेमा थाहा छ—

त्यसकारण यो मलाई पर्याप्त छ कि म तिमीलाई भन्दछु कि ती दुई हजार युवाहरूले उनीहरूका युद्धका हतियारहरू लिएका छन् र चाहन्छन् कि म उनीहरूको अगुवा हुनुपर्दछ; र हामी हाम्रो देशको सुरक्षा गर्न अघि आएका छौँ।

अनि अब तिमीलाई उनीहरूका पितापुर्खाहरुले गरेको करारका बारेमा पनि थाहा छ, कि उनीहरूले उनीहरूका बन्धुहरूविरुद्ध रगत बगाउन उनीहरूका युद्धका हतियारहरू उठाउने छैनन्।

तर छब्बीसौँ वर्षमा, जब उनीहरूले उनीहरूका निम्ति हाम्रा कष्टहरू र हाम्रा विपत्तिहरू देखे, उनीहरूले आफूले गरेको करार तोड्न र हाम्रो सुरक्षाको निम्ति उनीहरूका युद्धका हतियारहरू उठाउन लागेका थिए।

तर मैले उनीहरूलाई सहिन कि उनीहरूले गरेको करार उनीहरूले तोड्नुपर्छ, यो ठान्दै कि परमेश्वरले हामीलाई बलियो बनाउनु हुनेछ, यतिसम्म कि उनीहरूले गरेको शपथ पूरा गर्नका कारण हामीले अरु सहन पर्दैन।

तर हेर, यहाँ एक कुरा छ जसमा हामी अति खुसी हुन सक्छौ। किनकि हेर, छब्बीसौँ वर्षमा, म, हेलामान, ती दुई हजार युवाहरूको अगुवा भै यहुदाको सहरतिर ती अन्टिपसलाई सहयोग गर्न अगाडि बढेँ जसलाई भूमिका त्यो भागका जन माथिको अगुवा नियुक्त गरिएको थियो।

१० अनि मैले मेरा दुई हजार छोराहरूलाई, (किनकि उनीहरू छोराहरू भनी कहलिन योग्य छन्) अन्टिपासको सेनासँग सम्मिलित गराएँ, जसको शक्तिमा अन्टिपस अत्यन्तै खुसी भए; किनकि हेर, उनका सेना लमानीहरूद्वारा घटाइएका थिए किनभने उनीहरूका फौजहरूले हाम्रा मानिसहरूको एक विशाल सङ्ख्याको बध गरेका थिए, जसका निम्ति हामीले शोक गर्नु छ।

११ तैपनि, हामीले आफैँलाई यो कुरामा सान्त्वना दिन सक्छौँ, कि उनीहरू आफ्नो देशको र आफ्नो परमेश्वरका निम्ति मरेका छन्, हो र उनीहरू खुसी छन्।

१२ अनि लमानीहरूले धेरैलाई कैदी पनि राखेका थिए, ती सबै मुख्य कप्तानहरू हुन्, किनकि उनीहरूले अरु कसैलाई जिउँदो छाडेका छैनन्। अनि हामी ठान्दछौँ कि उनीहरू अहिले यो समयमा नफीको भूमिमा छन्; यदि उनीहरूको बध गरिएको छैन भने।

१३ अनि अब हाम्रा त्यति धेरै साहासी मानिसहरूको रगत बगाएर लमानीहरूले अधीनमा लिएका सहरहरू यी हुन्:

१४ मन्टीको भूमि, अथवा मन्टीको सहर र जीस्रोमको सहर र कुमेनीको सहर र अन्टिपराहको सहर।

१५ अनि उनीहरूले अधीनमा लिएका सहरहरू यी थिए जब म यहूदाका सहरमा आइपुगेँ; र मैले अन्टिपस र उनका मानिसहरू सहरलाई बलियो बनाउन काम गरिरहेको पाएँ।

१६ हो, अनि उनीहरू शरीरमा साथै आत्मामा उदासिन थिए, किनकि उनीहरूले दिन भरि साहसका साथ लडेका थिए र रात भरि सहरलाई कायम राख्न मेहनत गरेका थिए; अनि यसरी उनीहरूले हरेक प्रकारका महान् कष्टहरू सहेका थिए।

१७ अनि अब उनीहरू यो स्थानमा जित्न अथवा मर्न सङ्कल्पित थिए; त्यसकारण तिमीले अनुमान गर्न सक्छौ कि मसँग ल्याएको यो सानो फौज, हो, ती मेरा छोराहरूले, उनीहरूलाई ठूलो आशा र धेरै खुसियाली दियो।

१८ अनि अब यस्तो हुन गयो कि जब लमानीहरूले देखे कि अन्टिपसले आफ्नो सेनामा एक ठूलो शक्ति प्राप्त गरेका थिए, उनीहरूलाई अम्मोरोनका आदेशहरूद्वारा यहुदाको सहरविरुद्ध, अथवा हाम्रा विरुद्ध लडाइँ गर्न नआउन बाध्य बनाइयो।

१९ अनि यसरी हामीहरूले परमप्रभुबाट कृपा पायौँ, किनकि यदि उनीहरू हाम्रो कमजोरीहरूमा हामीमाथि आएका भए उनीहरूले सम्भवत: हाम्रो सानो सेनालाई विनाश गर्न सक्ने थिए होलान्; तर हामी यसरी तयार थियौँ।

२० उनीहरूलाई अम्मोरोनद्वारा उनीहरूले लिएका ती सहरहरूलाई कायम राख्न आज्ञा दिइएको थियो। अनि सत्ताइसौँ वर्षको प्रारम्भमा हामीले हाम्रो सहरलाई र आफैँलाई सुरक्षाका निम्ति तयार गरेका थियौँ।

२१ अब हामी इच्छुक थियौँ कि लमानीहरू हामीमाथि आउनुपर्दछ; किनकि हामी उनीहरूका किल्लाहरूमा उनीहरूमाथि आक्रमण गर्न इच्छुक थिएनौँ।

२२ अनि यस्तो हुन गयो कि हामीले, लमानीहरूका चालहरू बुझ्न, वरिपरि जासुसहरू राख्यौँ, कि उनीहरूले हामीलाई न त राति न त दिनमा उछिनेर उत्तरतर्फ भएका हाम्रा अरु सहरहरूमाथि हमला गर्न सकून्।

२३ किनकि हामीलाई थाहा थियो ती सहरहरूमा उनीहरू लमानीहरूलाई भेट्न पर्याप्त शक्तिशाली थिएनन्; त्यसकारण हामीहरू, यदि उनीहरूले हामीलाई उछिने भने, उनीहरूको पछाडि जाइलाग्न र यसरी उनीहरूलाई अगाडिबाट हमला गरिएको समयमा पछाडिबाट उनीहरूसँग लडाइँ गर्न इच्छुक थियौँ। हामीहरूले ठान्यौँ कि हामीहरूले उनीहरूलाई जित्न सक्थ्यौँ; तर हेर, हामी हाम्रो चाहनामा निराश भयौँ।

२४ उनीहरूले हामीलाई उनीहरूको पूरै सेनाका साथ उछिन्ने आँट गरेनन्, न त उनीहरूले एक भागका साथ आँट गरे, कथंकदाचित उनीहरू पर्याप्त शक्तिशाली हुने छैनन् र उनीहरू ढल्ने छन्।

२५ न त उनीहरूले जरहेम्लाको सहरविरुद्ध तल जाने आँट गरे; न त उनीहरूले नफीहाह सहरतर्फ सिदोनको शिर तर्ने आँट गरे।

२६ अनि यसरी, उनीहरूका फौजहरूका साथ, उनीहरू आफूले लिएका सहरहरूलाई कायम राख्न निश्चित थिए।

२७ अनि अब यो वर्षको दोस्रो महिनामा यस्तो हुन गयो, मेरा दुई हजार छोराहरूका पितापुर्खाहरुद्वारा हामीलाई धेरै बन्दोवस्तीका सामानहरू ल्याइएको थियो।

२८ अनि जरहेम्लाको भूमिबाट हामीलाई दुईहजार मानिसहरू पनि पठाइएको थियो। अनि यसरी हामीहरू दस हजार मानिसहरूका र उनीहरूका र उनीहरूका पत्नीहरू र उनीहरूका छोराछोरीका निम्तिका बन्दोबस्तीका सामानहरूका साथ तयार थियौँ।

२९ अनि लमानीहरूले, यसरी हाम्रो फौजको दैनिक बढेको र हाम्रो जीविकाको निम्ति बन्दोबस्तीका सामानहरू आइपुगेको देखेर, उनीहरू त्रसित हुन थाले र यदि सम्भव भए हामीले प्राप्त गर्ने बन्दोवस्तीका सामानहरू र शक्तिलाई अन्त्य गर्न एकाएक बाहिर निस्कन थाले।

३० अनि जब हामीले देख्यौँ कि लमानीहरू यसप्रकारले असहज हुन थाले, हामी उनीहरूमाथि रणनीति ल्याउन इच्छुक थियौँ; त्यसकारण अन्टिपसले आदेश दिए कि म मेरा साना छोराहरूका साथ छिमेकी सहरतिर बन्दोवस्तीका सामानहरू लैजान लागेको जस्तो गरी छिमेकी सहरतिर अगाडि बढ्नुपर्छ।

३१ अनि हामी अन्टिपराहको सहरको नजिक, समुन्द्र किनारका सिमानाहरूमा, सहरभन्दा पर गइरहेको जस्तो गरी, अगाडि बढ्नुपर्छ।

३२ अनि यस्तो हुन गयो कि हामी, हाम्रा बन्दोवस्तीका सामानहरूका साथ भए झैँ, त्यो सहर जान अगाडि बढ्यौँ।

३३ अनि यस्तो हुन गयो कि अन्टिपस उनका सेनाको एक भागका साथ, बाँकीलाई सहरको रेखदेख गर्न छाडेर, अगाडि बढे। तर म मेरो सानो सेनाका साथ गएर, अन्टिपराह सहरको नजिक नआइन्जेलसम्म उनी अगाडि बढेनन्।

३४ अनि अब, अन्टिपराह सहरमा लमानीहरूका सबभन्दा बलिया सेना स्थापित थिए; हो, सब भन्दा बढी अनगिन्ती।

३५ अनि यस्तो हुन गयो कि जब उनीहरूलाई तिनीहरूका जासुसहरूद्वारा सूचित गरियो, उनीहरू आफ्ना सेनाका साथ आए र हाम्रा विरुद्ध अगाडि आए।

३६ अनि यस्तो हुन गयो कि हामी उनीहरूका अगाडि भाग्यौँ। अनि यसरी हामीले लमानीहरूका सबभन्दा शक्तिशाली सेनालाई डोऱ्यायौँ।

३७ हो, एक निकै दुरी समेत, यतिसम्म कि जब उनीहरूले अन्टिपसका सेनाले उनीहरूलाई, उनीहरूका शक्तिका साथ पछ्याएको देखे, उनीहरूले दाइनेतिर फर्केनन् न त देब्रेतिर नै, तर हामी पछाडि सिधा दिशामा हामीलाई पछ्याउन अगाडि बढे; र, हामी अनुमान गर्न सक्छौ, उनीहरूको लक्ष्य अन्टिपसले उनीहरूलाई उछिन्नु पहिले हाम्रो बध गर्नु थियो र यो कि उनीहरू हाम्रा जनद्वारा नघेरिऊन्।

३८ अनि अब अन्टिपस, हाम्रो खतरालाई देखेर, आफ्ना सेनाको गति बढाए। तर हेर, यो राति थियो; त्यसकारण उनीहरूले हामीलाई जितेनन्, न त अन्टिपसले उनीहरूलाई जिते; त्यसकारण हामी रातिका निम्ति बास बस्यौँ।

३९ अनि यस्तो हुन गयो कि बिहानको झिसमिसे पहिले, हेर, लमानीहरू हामीलाई लखेटिरहेका थिए। अब हामी उनीहरूसँग लड्न पर्याप्त बलिया थिएनौँ; हो, म सहँदैनथे कि मेरा साना छोराहरू उनीहरूका हातहरूमा पर्नुपर्छ; त्यसकारण हामीले हाम्रो दौडलाई कायम राख्यौँ र हामीले हाम्रो दौडलाई उजाड स्थानतिर लग्यौँ।

४० अब उनीहरूले न त दाहिने फर्कने, न त देब्रे फर्कने आँट गरे कथंकदाचित उनीहरू घेरिनेछन्; न त म दाहिने फर्केँ न त देब्रे फर्केँ कथंकदाचित उनीहरूले मलाई उछिन्नेछन्, अनि हामी उनीहरूविरुद्ध खडा हुन सकेनौँ, तर बध हुने थियौं र उनीहरू आफैँ भाग्ने थिए; अनि यसरी त्यो दिनभरि, अँध्यारो नभइन्जेलसम्म समेत हामी उजाड स्थानतिर भाग्यौँ।

४१ अनि यस्तो हुन गयो कि फेरि, जब बिहानको प्रकाश आयो हामीले लमानीहरूलाई हामीमाथि आएको देख्यौँ र हामी उनीहरू अगाडि भाग्यौँ।

४२ तर यस्तो हुन गयो कि उनीहरू रोकिनु अगाडि उनीहरूले हामीलाई त्यति पर लखेटेनन्; अनि यो सातौँ महिनाको तेस्रो दिनको बिहानमा थियो।

४३ अनि अब, अन्टिपसले उनीहरूलाई उछिने कि हामीलाई थाहा थिएन, तर मैले मेरा मानिसहरूलाई भने: हेर, हामीलाई थाहा छैन तर उनीहरू यो प्रयोजनका निम्ति रोकिएका हुन् कि हामी उनीहरूविरुद्ध आउँनेछौँ, कि उनीहरूले हामीलाई उनीहरूको जालमा पार्न सकून्:

४४ त्यसकारण, मेरा छोराहरू, तिमीहरू के भन्छौ, के तिमीहरू उनीहरूविरुद्ध लड्न जानेछौ?

४५ अनि अब म तिमीलाई भन्दछु, मेरा प्यारा बन्धु मोरोनी, कि मैले त्यस्तो महान् साहस कहिल्यै देखेको थिइन, थिइन, सबै नफीहरूका माझमा।

४६ किनकि जसरी मैल उनीहरूलाई मेरा छोराहरू भनेको थिएँ (किनकि उनीहरू सबै धेरै कलिला थिए) त्यसरी उनीहरूले मलाई भने: पिता, हाम्रा परमेश्वर हामीसँग हुनुहुन्छ, अनि उहाँले सहनुहुनेछैन कि हामी ढल्नु पर्दछ; त्यसैले हामी जाऔँ; हामीले हाम्रा बन्धुहरूको बध गर्ने थिएनौँ यदि उनीहरूले हामीलाई छाडेको भए; त्यसकारण हामी जाऔँ, कथंकदाचित अन्टिपसका सेनाहरूलाई उनीहरूले जित्नेछन्।

४७ अब उनीहरूले कहिल्यै लडाइँ गरेका थिएनन्, तैपनि उनीहरू मृत्युसँग डराएनन्; अनि उनीहरूले आफ्नो जीवनको भन्दा बढी उनीहरूका पितापुर्खाहरुको स्वतन्त्रतालाई सोचे; हो, उनीहरूलाई आफ्ना आमाहरूद्वारा सिकाइएको थियो, कि यदि उनीहरूले सङ्का गरेनन् भने, परमेश्वरले उनीहरूलाई मुक्त गर्नु हुनेछ।

४८ अनि उनीहरूले उनीहरूका आमाहरूका वचनहरू मेरासामु वर्णन गरे, यसो भन्दै: हामी सङ्का गर्दैनौँ हाम्रा आमाहरूलाई त्यो थाहा थियो।

४९ अनि यस्तो हुन गयो कि म मेरा दुई हजारका साथ हामीलाई लखेटेका लमानीहरूविरुद्ध फर्केँ। अनि अब हेर, अन्टिपसका सेनाहरूले उनीहरूलाई उछिनेका थिए र एक भयानक लडाइँ आरम्भ भएको थियो।

५० अन्टिपसको सेना थकित भएकाले, छोटो समयको अन्तरालमा उनीहरूको लामो यात्राको कारणले, लमानीहरूका हातहरूमा पर्न लागेका थिए; र यदि म मेरा दुई हजारका साथ नफर्केको भए उनीहरूले तिनीहरूको उद्देश्य प्राप्त गर्ने थिए।

५१ किनकि अन्टिपस तरबारद्वारा ढलेका थिए र उनका धेरै अगुवाहरू, उनीहरूको थकाइका कारण, उनीहरूको दौडको गतिका कारण—त्यसकारण अन्टिपसका मानिसहरू, उनीहरूका अगुवाहरूको पतनका कारण अस्तव्यस्त भएकाले, लमानीहरूलाई अगाडिबाट बाटो दिन पछाडि हट्न थाले।

५२ अनि यस्तो हुन गयो कि लमानीहरूले साहस लिए र उनीहरूलाई पछ्याउन थाले; अनि लमानीहरू यसरी धेरै जोडका साथ पछ्याउँदै थिए जब हेलामान उनका दुई हजारका साथ उनीहरूका पछाडि जाइलागे र उनीहरूको भयानक बध गर्न थाले, यतिसम्म कि लमानीहरूका पूरै सेना रोकिए र हेलामानतिर फर्किए।

५३ अब जब अन्टिपसका जनले देखे कि लमानीहरू पूरा फर्केका थिए, उनीहरूले उनीहरूका मानिसहरूलाई एकसाथ जम्मा गरे र लमानीहरूको पछाडिबाट फेरि जाइलागे।

५४ अनि अब यस्तो हुन गयो कि हामीहरूले, नफीका जन, अन्टिपसका जन र मसँगका दुईहजारले, लमानीहरूलाई घेऱ्यौँ र उनीहरूको बध गऱ्यौँ; हो, यतिसम्म कि उनीहरूलाई उनीहरूका युद्धका हतियारहरू र आफैँलाई पनि युद्धका कैदीका रुपमा हस्तान्तरण गर्न बाध्य बनाइयो।

५५ अनि अब यस्तो हुन गयो कि जब उनीहरूले आफैँलाई हामीसामु आत्मसमर्पण गरेका थिए, हेर, मैले मेरा ती मसँग लडेका युवाहरूको गणना गरेँ, डराउँदै कथंकदाचित उनीहरूमध्ये धेरैको बध गरिएको थियो।

५६ तर हेर, मेरो महान् खुसियालीका निम्ति, उनीहरूको एक आत्मा पनि जमिनमा ढलेको थिएन; हो, अनि उनीहरूले परमेश्वरका शक्तिका साथ झैँ लडेका थिए; हो, मानिसहरू त्यस्तो विस्मयकारी शक्तिकासाथ लडेको कहिल्यै थाहा थिएन; अनि उनीहरू त्यस्तो शक्तिशाली सामर्थ्यका साथ लमानीहरूमाथि जाइलागे, कि उनीहरूले लमानीहरूलाई तर्साए; र यो कारणले लमानीहरूले आफैँलाई युद्धका कैदीका रुपमा हस्तान्तरण गरे।

५७ अनि किनभने हामीसँग हाम्रा कैदीहरूको निम्ति ठाउँ थिएन, कि लमानीहरूका सेनाहरूबाट उनीहरूलाई राख्न हामीले रक्षा गर्न सकौँ, त्यसकारण हामीले उनीहरूलाई र बध नगरिएका अन्टिपसका ती मानिसहरूका एक भागलाई उनीहरूसँग जरहेम्लाको भूमितिर पठायौँ; अनि बाँकीलाई मैले लिएँ र उनीहरूलाई मेरा नवयुवक अम्मोनीहरूसँग गाभेँ र हामीले हाम्रो दौडानलाई यहूदाको सहरतिर लग्यौँ।