धर्मशास्त्रहरू
अल्मा १३


अध्याय १३

मानिसहरूलाई उनीहरूको अत्यन्त आस्था र असल कार्यहरूका कारण उच्च पादरीहरूका रुपमा बोलाइन्छ—उनीहरूले आज्ञाहरू सिकाउनु पर्दछ—धार्मिकता मार्फत् उनीहरूलाई पवित्र बनाइन्छ र उनीहरूले परमप्रभुको विश्राममा प्रवेश गर्छन्—मल्किसदेक यीमध्ये एक थिए—भूमि भरि स्वर्गदूतहरू खुशीका खबरहरू घोषणा गर्दैछन्—उनीहरूले ख्रीष्टको वास्तविक आगमनको घोषणा गर्नेछन्। लगभग ई.पू. ८२।

अनि फेरि, मेरा बन्धुहरू, म तिमीहरूका मस्तिष्कहरू परमप्रभु परमेश्वरले उहाँका छोराछोरीहरूलाई यी आज्ञाहरू दिएको समयतिर लैजान चाहान्छु; र म चाहान्छु कि तिमीहरूले सम्झ कि परमप्रभु परमेश्वरले यी जनलाई यी कुराहरू सिकाउन पवित्र अनुक्रमअनुसार पादरीहरू नियुक्त गर्नु भयो जुन अनुक्रम उहाँका पुत्रको अनुक्रमअनुसार थियो।

अनि यी पादरीहरू उहाँका पुत्रको अनुक्रमअनुसार नियुक्त गरिइएका थिए, त्यसप्रकारमा कि जुनबाट जनले उनीहरूका उद्धारका लागि कुन प्रकारमा प्रतीक्षा गर्नुपर्छ भनी जान्न सकून्।

अनि यस प्रकारले उनीहरूलाई नियुक्त गरिएको थियो—उनीहरूको अत्यन्त आस्था र असल कार्यहरूको कारणले संसारको उत्पत्तिदेखि नै परमेश्वरको पूर्व-ज्ञानअनुसार बोलावट भएको र तयार गरिएको हुनाले; पहिलो स्थानमा असल अथवा खराब छान्न छाडिएको हुनाले; त्यसकारण उनीहरूले असल छानेकाले र उनीहरूको महान् आस्थाको अभ्यास गरेकाले, पवित्र बोलावटबाट बोलाइएका छन्, हो, त्यो पवित्र बोलावटका साथ जुन तयार गरिएको थियो र त्यस्ताका निम्ति पूर्व तयार गरिएको उद्धारअनुसार।

अनि यसरी उनीहरूलाई आफ्ना आस्थाका कारण यो पवित्र बोलावटबाट बोलाइएको थियो, जबकि अरुले उनीहरूका हृदयका कठोरताका र उनीहरूका मस्तिष्कहरूका अन्धोपनका कारण परमेश्वरको आत्मालाई अस्वीकार गर्थे, जब कि, यदि यो नभएको भए उनीहरूले पनि उनीहरूका बन्धुहरू जत्तिकै महान् अवसर पाउन सक्ने थिए।

अथवा निष्कर्षमा, पहिलो स्थानमा उनीहरू उनीहरूका बन्धुहरूसँग उही स्तरमा थिए;त्यसरी यो पवित्र बोलावट संसारको उत्पत्तिदेखि उनीहरूका हृदय कठोर नगर्ने त्यस्ताका निम्ति तयार गरिएकाले, जन्माइएका एकमात्र पुत्रको प्रायश्चित्तमा र त्यसमार्फत् भएकाले, जसलाई तयार गरिएको थियो—

अनि त्यसरी पवित्र बोलावटबाट बोलाइएकाले र मानिसका छोराछोरीहरूलाई उहाँका आज्ञाहरू सिकाउन परमेश्वरको पवित्र अनुक्रमको उच्च पादरित्वमा नियुक्त गरिएकाले, कि उनीहरू उहाँको विश्राममा प्रवेश गर्न सकून्—

यो उच्च पादरित्व उहाँका पुत्रको अनुक्रमअनुसार भएकाले, जुन संसारको उत्पत्तिदेखिको अनुक्रम थियो; अथवा अर्को शब्दमा, दिनहरूका आदि र वर्षहरूको अन्त्यबिना भएकाले, सबै कुराहरू उहाँको पूर्वज्ञानअनुसार, अनन्तदेखि सबै अनन्तसम्म तयार गरिएकाले—

अब उनीहरूलाई यस प्रकारले नियुक्त गरिएको थियो—पवित्र बोलावटका साथ बोलाइएकाले र एक पवित्र विधिका साथ नियुक्त गरिएकाले र पवित्र अनुक्रमको उच्च पादरित्व उनीहरू आफैँमाथि लिएकाले, जुन वोलावट र विधि र उच्च पादरित्व, आदि र अन्त्यबिना छन्—

यसरी उनीहरू सदासर्वदाका लागि उच्च पादरीहरू बने, पिताबाट जन्माइएका एक मात्र पुत्र, जो दिनहरूका आदि र वर्षहरूको अन्त्यबिना हुनुहुन्छ, जो महिमाले, समानताले र सत्यले भरिपूर्ण हुनुहन्छ, तिनै पुत्रको अनुक्रमअनुसार। अनि यो यस्तै हो। आमिन।

१० अब, जब मैले यो पवित्र अनुक्रमको, अथवा यो उच्च पादरित्वका बारेमा भनेँ, त्यहाँ धेरै थिए जसलाई नियुक्त गरियो र परमेश्वरको उच्च पादरीहरू बनाइयो; र यो उनीहरूको अत्यन्त आस्था र पश्चात्ताप र परमेश्वरअगाडिको उनीहरूको धार्मिकता, उनीहरूले नाश हुन भन्दा पश्चात्ताप र धार्मिकताको काम चुनेको आधारमा भएको थियो;

११ त्यसकारण उनीहरूलाई यो पवित्र अनुक्रमअनुसार बोलाइएको थियो र पवित्र पारिएको थियो र उनीहरूका वस्त्रहरूलाई थुमाको रगतमार्फत् धोएर सेतो बनाइएको थियो।

१२ अब उनीहरू, पवित्र आत्माद्वारा पवित्र बनाइए पछि, उनीहरूका वस्त्रहरूलाई सेतो बनाइएकाले, परमेश्वर आगाडी पवित्र र निष्कलङ्क भएकाले, पापलाई घृणाले बाहेक हेर्न सक्दैन थिए; अनि त्यहाँ धेरै थिए, अत्यन्त धेरै, जसलाई पवित्र बनाइएको थियो र जसले परमप्रभु उनीहरूका परमेश्वरको विश्राममा प्रवेश गरे।

१३ अनि अब, मेरा बन्धुहरू, म चाहान्छु कि तिमीहरू परमेश्वरअगाडि आफैँ विनम्र हुनुपर्दछ र पश्चात्तापका लागि योग्य फल ल्याउनु पर्दछ, कि तिमीहरूले पनि यो विश्राममा प्रवेश गर्न सक।

१४ हो, आफैँलाई मल्किसदेकका दिनहरूका जनजस्तै विनम्र बनाऊ, जो मैले भनेको उही अनुक्रमअनुसारको एक उच्च पादरी पनि थिए, जसले पनि सदासर्वदाका निम्ति उच्च पादरित्व आफूमा लिएका थिए।

१५ अनि यो तिनै मल्किसदेक थिए जसलाई अब्राहामले दशांश तिरे; हो, हाम्रा पिता अब्राहामले समेत आफ्नो अधीनमा रहेका सबैको दश भाग को एक भाग दशांश तिरे।

१६ अब यी विधिहरू यसप्रकारले दिइएको थियो, कि जसद्वारा जनले परमेश्वरका पुत्रको बाटो हेर्न सकून्, यो उहाँको अनुक्रमको एक किसिम भएर, अथवा उहाँको अनुक्रम भएकाले र यो कि उनीहरूले आफ्ना पापको छुट्काराको निम्ति बाटो हेर्न सकून्, कि उनीहरूले परमप्रभुको विश्राम भित्र प्रवेश गर्न सकून्।

१७ अब यी मल्किसदेक शालेमका राजा थिए र उनका जन दुष्टता र कुकर्ममा बलिया भएका थिए; हो, उनीहरू सबै पथभ्रष्ट भएका थिए, उनीहरू सबै प्रकारका दुष्टताले भरिएका थिए;

१८ तर मल्किसदेकले शक्तिशाली आस्थाको अभ्यास गरेकाले र परमेश्वरको पवित्र अनुक्रमअनुसार उच्च पादरित्वको जिम्मेवारी प्राप्त गरेकाले, उनका जनसामु पश्चात्तापको प्रवचन दिए। अनि हेर, उनीहरूले पश्चात्ताप गरे र मल्किसदेकले उनका दिनहरूमा त्यो भूमिमा शान्ति स्थापना गरे; त्यसकारण उनलाई शान्तिका राजकुमार भनिन्थ्यो, किनकि उनी शालेमका राजा थिए; र उनले आफ्ना पिताका अधीनमा शासन गरे।

१९ अब, उनीअगाडि त्यहाँ धेरै थिए र त्यसपछि पनि धेरै थिए, तर कोही बढी महान् थिएनन्; त्यसकारण, उनीहरूले उनका बारेमा विशेष उल्लेख गरेका छन्।

२० अब मैले यस वस्तुलाई अरु वर्णन गर्न आवश्यक छैन; मैले जे भनेको छु पर्याप्त छ। हेर, धर्मशास्त्रहरू तिमीहरू अगाडि छन्; यदि यसलाई उल्टोपाल्टो पाऱ्यौ भने तिमीहरूको विनाशका निम्ति हुनेछ।

२१ अनि अब यस्तो हुन गयो कि जब अल्माले यी वचनहरू उनीहरूसामु भनेका थिए, उनले उनका हातहरू उनीहरूसामु फैलाए र शक्तिशाली आवाजका साथ कराए, यसो भन्दै: पश्चात्ताप गर्ने समय अहिले हो, किनकि मुक्तिको दिन नजिकिँदैछ;

२२ हो, अनि परमप्रभुको आवाज, स्वर्गदूतहरूका मुखबाट, सबै राष्ट्रहरूसामु यो घोषणा गर्दछ; हो, यो घोषणा गर्दछ, कि उनीहरूलाई महान् आनन्दको खुशीको खबर मिलोस्, हो र यी खुशीका खबरहरू उहाँले आफ्ना सबै जनमाझ सुनाउनुहुन्छ; हो, पृथ्वीको सतहभरि सर्वत्र छरपष्ट पारिएकाहरूसमेत; त्यसकारण ती हामीसामु आएका छन्।

२३ अनि ती हामीलाई स्पष्ट शब्दमा अवगत गराइएको छ, कि हामीले बुझ्न सकूँ, कि हामीले अन्यथा गर्न सक्दैनौ; र यो हामी एक अनौठो भूमिमा घुमन्ते भएको कारणले हो; त्यसकारण, हामीले अति नै कृपा पाएका छौँ, किनकि हामीसामु हाम्रो दाखबारीको सबै भागमा यी खुशीका खबरहरू घोषणा गरिएको छ।

२४ किनकि हेर, स्वर्गदूतहरू यस समयमा हाम्रो भूमिमा धेरैसामु यसलाई घोषणा गर्दै छन; र यो उहाँको महिमामा हुने उहाँको आगमनको समयमा उहाँको वचन ग्रहण गर्न मानिसका छोराछोरीहरूका हृदयहरूलाई तयार गर्ने प्रयोजनले हो।

२५ अनि अब हामी उहाँको आगमनको खुशीको समाचार हामीसामु स्वर्गदूतको मुखद्वारा घोषणा गरिन प्रतीक्षा मात्र गर्छौ; किनकि समय आउँछ, कति छिटो हामीलाई थाहा छैन। परमेश्वरसँग चाहान्छु कि यो मेरा दिनमा होओस्; तर चाँडो होओस्, अथवा ढिलो, यसमा म हर्ष मनाउनेछु।

२६ अनि यसलाई न्यायिक र पवित्र मानिसहरूसामु अवगत गराइनेछ, स्वर्गदूतहरूको मुखबाट, उहाँको आगमनको समयमा, कि हाम्रा पितापुर्खाहरुका वचनहरू पूरा होऊन्, उहाँका बारेमा उनीहरूले बोलेअनुसार, जुन उनीहरूमा भएको अगमवाणीको आत्माअनुसार थियो।

२७ अनि अब, मेरा बन्धुहरू, म मेरो हृदयको भित्रबाट चाहान्छु, हो, पीडा हुने गरी महान चिन्ताका साथ समेत, कि तिमीहरूले मेरा वचनहरूलाई सुन र तिमीहरूका पापहरूलाई निकाल र तिमीहरूको पश्चात्तापका दिनलाई नलम्ब्याऊ;

२८ तर कि तिमीहरू आफैँ परमप्रभुअगाडि विनम्र बन र उहाँको पवित्र नाउँमा बोलाओ र निरन्तर होसियार रहो र प्रार्थना गर, कि तिमीहरूलाई सहनसक्ने भन्दा बढी नलोभ्याइयोस्, अनि यसरी विनम्र, नम्र, समर्पित, धैर्य, मायाले भरिएको र सबै सहनशील बनेर पवित्र आत्माद्वारा अगुवाइ होओस्।

२९ परमप्रभुमाथि आस्था भएर; आशा गरेर कि तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ; परमेश्वरको माया तिमीहरूका हृदयहरूमा सदैव राखेर, कि तिमीहरूलाई अन्तिम दिनमा उत्थान गरियोस् र तिमीहरू उहाँको विश्राममा प्रवेश गर्न सक।

३० अनि परमप्रभुले तिमीहरूलाई पश्चात्ताप प्रदान गरून्, कि तिमीहरूले उहाँको क्रोध आफूमाथि नल्याओ, कि नरकको साङ्गलाहरूद्वारा तिमीहरूलाई नबाँधियोस्, कि तिमीहरूले दोस्रो मृत्यु सहन नपरोस्।

३१ अनि अल्माले जनसामु अरु धेरै वचनहरू बोले, जुन यो पुस्तकमा लेखिएको छैनन्।