धर्मशास्त्रहरू
अल्मा १७


मोसीयाहका छोराहरूको एक विवरण, जसले परमेश्वरका वचनका निम्ति अधिराज्यमाथिको उनीहरूको अधिकारलाई अस्वीकार गरे र नफीको भूमिसम्म लमानीहरूसामु प्रवचन दिन गए; उनीहरूका कष्टहरू र मुक्ति—अल्माको अभिलेखअनुसार।

अध्यायहरू १७ देखि २७ सम्म

अध्याय १७

मोसीयाहका छोराहरूसँग अगमवाणीको र प्रकाशको आत्मा छ—लमानीहरूलाई वचन घोषणा गर्न उनीहरू आफ्ना विभिन्न बाटाहरूमा जान्छन्—अम्मोन इश्माएलको भूमिमा जान्छन् र लमोनी राजाका सेवक बन्दछन्—अम्मोनले राजाका बथानको संरक्षण गर्छन् र उनका शत्रुहरूलाई सेबसको पानीमा बध गर्छन्। पदहरू १–३, लगभग ई.पू. ७७; पद ४, लगभग ई.पू ९१–७७; र पदहरू ५–३९, लगभग ई.पू. ९१।

अनि अब यस्तो हुन गयो कि जब अल्मा गिदोनको भूमिदेखि दक्षिणतर्फ, मन्टीको भूमितिर यात्रा गर्दै थिए, हेर, उनको आश्चर्यका निम्ति, उनले जरहेम्लाको भूमितिर यात्रा गर्दै गरेका मोसीयाहका छोराहरूलाई भेटे।

अब यी मोसीयाहका छोराहरू अल्मासामु पहिला स्वर्गदूत देखा परेको समयमा उनीसँग थिए; त्यसकारण अल्मा उनका बन्धुहरूलाई देख्दा अत्यन्तै हर्षित भए; र के ले उनको हर्ष अझ थप्यो भने, उनीहरू अझै परमप्रभुमा उनका बन्धुहरू थिए; हो र उनीहरू सत्यताको ज्ञानमा बलियो बनेका थिए; किनकि उनीहरू एक गहिरो सुझबुझका मानिसहरू थिए र उनीहरूले लगनशीलताका साथ धर्मशास्त्रको खोजी गरेका थिए, कि उनीहरूले परमेश्वरका वचन जान्न सकून्।

तर यति मात्र होइन; उनीहरूले धेरै प्रार्थना र उपवासमा आफैँलाई सुम्पेका थिए; त्यसकारण उनीहरूसँग अगमवाणीको आत्मा र प्रकाशको आत्मा थियो र जब उनीहरूले सिकाए, उनीहरूले परमेश्वरका शक्ति र अधिकारका साथ सिकाए।

अनि उनीहरूले परमेश्वरका वचन लमानीहरूमाझ चौध वर्षको अन्तरालसम्म सिकाएका थिए, धेरैलाई सत्यताको ज्ञानमा ल्याउन सफलता पाए; हो, उनीहरूका वचनहरूका शक्तिद्वारा धेरैलाई उहाँको नाउँ लिन र उहाँअगाडि उनीहरूका पापहरू स्वीकार्न परमेश्वरको वेदीअगाडि ल्याइएको थियो।

अब उनीहरूका यात्राहरूका परिस्थितिहरू यी थिए, किनकि उनीहरूलाई धेरै कष्ट भए; उनीहरूले शरीरमा र मस्तिष्कमा दुबैमा सहे, जस्तै भोक, प्यास र थकान र आत्मामा धेरै परिश्रम पनि।

अब उनीहरूका यात्राहरू यी थिए; न्यायकर्ताहरूका पहिलो वर्षमा उनीहरूका पिता, मोसीयाहबाट बिदा लिएर; उनीहरूका पिताले उनीहरूमाथि प्रदान गर्न इच्छा गरेका अधिराज्य अस्वीकार गरेर र जो जनका चाहना पनि थियो;

तैपनि उनीहरूले जरहेम्लाको भूमिबाट प्रस्थान गरे र आफ्ना तरबार, आफ्ना भाला र आफ्ना धनु र आफ्ना बाण र आफ्ना गुलेलीहरु लगे; र उनीहरूले यो गरे कि उनीहरूले उनीहरूका निम्ति उजाड स्थानमा खाना उपलब्ध गर्न सकून्।

अनि यसरी उनीहरूले चुनेका सङ्ख्याहरूकासाथ उनीहरू लमानीहरूसामु परमेश्वरको वचन प्रचार गर्न, नफिको भूमितिर जान उजाड स्थानतिर प्रस्थान गरे।

अनि यस्तो हुन गयो कि उनीहरूले उजाड स्थानमा धेरै दिन यात्रा गरे; र उनीहरूले धेरै उपवास बसे र प्रार्थना गरे कि परमप्रभुले उनीहरूलाई उहाँको आत्माको एक अंश उनीहरूसँग जान दिनुहोओस् र उनीहरूसँग बस्न दिनुहोओस्, कि, यदि सम्भव भए, उनीहरूका बन्धुहरू, लमानीहरूलाई, सत्यताको ज्ञानमा र उनीहरूका पितापुर्खाहरुको गलत परम्पराको नीचताको ज्ञानमा ल्याउन उनीहरू परमेश्वरको हातका औजार बन्न सकून्।

१० अनि यस्तो हुन गयो कि परमप्रभुले उनीहरूलाई उहाँको आत्माका साथ भेट्नुभयो, उनीहरूसामु भन्नुभयो: सान्त्वना लेओ। अनि उनीहरूले सान्त्वना लिए।

११ अनि परमप्रभुले उनीहरूसामु यो पनि भन्नुभयो: तिमीहरूका बन्धुहरू, लमानीहरूमाझ अघि जाओ र मेरा वचनको स्थापना गर, तिमीहरू धीरता र कष्टहरूमा अझ धीर हुनेछौ, कि तिमीहरू उनीहरूसामु ममा असल उदाहरण देखाउन सक र म तिमीहरूलाई धेरै जीवात्माहरूको मुक्तिका निम्ति मेरा हातहरूका औजार बनाउनेछु।

१२ अनि यस्तो हुन गयो कि मोसीयाहका छोराहरूका र उनीहरूसँग भएकाहरूका हृदयहरूले परमेश्वरका वचन लमानीहरूसामु घोषणा गर्न उनीहरूसामु अघि जान सहास लिए।

१३ अनि यस्तो हुन गयो कि जब उनीहरू लमानीहरूको भूमिका सिमानाहरूमा आइपुगे, कि उनीहरू आफैँ अलग्गिए र एक आर्काबाट छुट्टिए, परमप्रभुमा भरोसा गर्दै कि उनीहरू आफ्नो फसलको अन्त्यमा फेरि भेट्नेछन्; किनकि उनीहरूले सोचे कि उनीहरूले लिएको कार्य महान् थियो।

१४ अनि निश्चय नै यो महान् थियो, किनकि उनीहरूले परमेश्वरका वचन जङ्गली र कठोर र डरलाग्दा जनलाई प्रवचन दिन लागेका थिए; ती जन जो नफीहरूको हत्या गर्नमा र उनीहरूलाई लुट्न र ठग्नमा आनन्दित हुन्थे; र उनीहरूका हृदय धनमा, अथवा सुन र चाँदी र बहुमूल्य पत्थरमा बसेका थिए, यद्धपि उनीहरूले यी कुराहरू हत्या गरेर र ठगेर प्राप्त गर्ने प्रयास गरे, कि उनीहरूलाई तिनका निम्ति उनीहरूका आफ्ना हातहरूकासाथ परिश्रम गर्न नपरोस्।

१५ यसरी उनीहरू एक ज्यादै अल्छी जन थिए, जसमध्ये धेरैले मूर्ति पूजा गर्थे र पश्चात्तापको सर्तमा परमप्रभुका वाचाहरू उनीहरूलाई उपलब्ध हुँदाहुँदै; उनीहरूका पितापुर्खाहरुका परम्पराहरूका कारण परमेश्वरको श्राप उनीहरूमा परेको थियो।

१६ त्यसकारण, मोसीयाहका छोराहरूले लिएको कार्यको कारण यो थियो, कि सम्भवत: उनीहरूले तिनीहरूलाई पश्चात्तापमा ल्याउन सकून्; कि सम्भवत: उनीहरूले तिनीहरूलाई उद्धारको योजनाको ज्ञानमा ल्याउन सकून्।

१७ त्यसकारण उनीहरू आफैँ एक अर्कादेखि अलग्गिए र प्रत्येक मानिस एक्लै, परमेश्वरले उनीहरूलाई दिनुभएको वचन र शक्तिअनुसार, तिनीहरूमाझ अघि गए।

१८ अब अम्मोन उनीहरूमाझ मुख्य भएकोले, अथवा उनले उनीहरूमाझ सेवा गरे र उनी तिनीहरूबाट प्रस्थान गरे, तिनीहरूलाई आफ्नो विभिन्न स्थानअनुसार आशीष दिएपछि, परमेश्वरका वचन तिनीहरूलाई दिएर, अथवा उनको प्रस्थानअगाडि तिनीहरूको सेवा गरे र यसरी उनीहरू भूमिभरि आफ्ना यात्राहरूमा हिंडे।

१९ अनि अम्मोन इश्माएलको भूमि, लमानीहरू बनेका इश्माएलका छोराहरूबाट बोलाइएको भूमितिर गए।

२० अनि जब अम्मोन इश्माएलको भूमि प्रवेश गरे, लमानीहरूले उनलाई लगे र बाँधे, जसरी उनीहरूका हातमा परेका सबै नफीहरूलाई बाँध्ने र उनीहरूलाई राजाअगाडि लैजाने चलन थियो र उनीहरूको बध गर्न, अथवा उनीहरूलाई बन्धनमा राख्न, अथवा उनीहरूलाई कारागारमा फ्याँक्न, अथवा तिनको भूमिबाट उनीहरूलाई निकाल्न, तिनका इच्छा र चाहनाअनुसार गर्न, यसरी राजाको चाहानामा छाडिएको थियो।

२१ अनि यसरी अम्मोनलाई इश्माएलको भूमिमाथिका राजाअगाडि लगियो र उनको नाउँ लमोनी थियो; र उनी इश्माएलका सन्तति थिए।

२२ अनि राजाले अम्मोनलाई सोधे कि यो भूमिमा लमानीहरूमाझ अथवा उनका जनमाझ बस्ने के उनको इच्छा थियो।

२३ अनि अम्मोनले उनीसामु भने: हो, म एक समयका लागि यी जनमाझ बस्न चाहान्छु; हो र सम्भवत: म नमरुन्जेलसम्म।

२४ अनि यस्तो हुन गयो कि लमोनी राजा अम्मोनसँग धेरै खुसी भए र उनका बन्धनहरू खोल्न लगाए; र उनले चाहे कि अम्मोनले उनकी छोरीहरूमध्ये एकलाई पत्नीका रुपमा लिनु पर्छ।

२५ तर अम्मोनले उनीसामु भने: हुँदैन, तर म तपाईँको सेवक बन्नेछु। त्यसकारण अम्मोन लमोनी राजाको एउटा सेवक बने। अनि यस्तो हुन गयो कि उनलाई अरु सेवकहरूमाझ, लमानीहरूको चलनअनुसार, लमोनीका बथान हेर्न लगाइयो।

२६ अनि उनी राजाको सेवामा तीन दिन भएपछि, जब उनी लमानी सेवकहरूसँग उनीहरूका बथानका साथ पानीको स्थानतिर जाँदै थिए, जसलाई सेबसको पानी भनिन्थ्यो, अनि सबै लमानीहरू आफ्ना बथान त्यतै लैजान्थे, कि तिनीहरूले पानी पाऊन्—

२७ त्यसकारण, जब अम्मोन र राजाका सेवकहरू आफ्ना बथान पानीको स्थानतिर लैजाँदै थिए, पानीको यो स्थानमा गैसकेका लमानीहरूको निश्चित सङ्ख्या उभिए र अम्मोन र राजाका सेवकहरूका बथानलाई तितर-वितर गरे र उनीहरूले तिनीहरूलाई यति तितर-वितर गरे कि तिनीहरू धेरैतिर भागे।

२८ अब राजाका सेवकहरू यसो भन्दै गन्गनाउन थाले: अब राजाले हाम्रो बध गर्नेछन्, जसरी हाम्रा बन्धुहरूको बध गरेका छन् किनभने उनीहरूका बथान यी मानिसहरूको दुष्टताद्वारा तितर-वितर गरिएका थिए। अनि उनीहरू यसो भन्दै अत्यन्त रुन थाले: हेर, हाम्रा बथान तितर-वितर भइसकेका छन्।

२९ अब उनीहरू बध गरिन्छ भन्ने डरका कारण रोए। अब जब अम्मोनले यो देखे उनको हृदय हर्षले फुल्यो, किनकि, उनले भने, म मेरो शक्ति, अर्थात् ममा भएको शक्ति मेरा सहसेवकहरूलाई देखाउनेछु, यी बथान राजामा पुनर्स्थापित गर्न, कि मैले मेरा सहसेवकहरूको हृदय जित्न सकूँ, कि मैले उनीहरूलाई मेरा वचनहरूमा विश्वास गर्न अगुवाइ गर्न सकूँ।

३० अनि अब अम्मोनका सोचाइहरू यी थिए, जब उनले आफ्ना बन्धुहरू भनेका यिनका कष्टहरू देखे।

३१ अनि यस्तो हुन गयो कि उनले उनका वचनहरूद्वारा उनीहरूलाई यसो भन्दै प्रोत्साहित गरे: मेरा बन्धुहरू, खुसी होओ र हामी बथान खोज्न जाओँ र हामी तिनलाई जम्मा गरौँ र पानीको स्थानमा फेरि ल्याओँ; अनि यसरी हामीले बथानलाई राजाका लागि संरक्षण गर्नेछौँ र उनले हाम्रो बध गर्नेछैनन्।

३२ अनि यस्तो हुन गयो कि उनीहरूले बथान खोज्न गए र उनीहरूले अम्मोनलाई पछ्याए र उनीहरूले अधिक सिघ्रतामा तुरुन्त अगाडि बढे र राजाका बथानको अगुवाइ गरे र पानीको स्थानमा तिनीहरूलाई एकसाथ जम्मा गरे।

३३ अनि ती मानिसहरू उनीहरूका बथान तितर-वितर गर्न खडा भए; तर अम्मोन उनका बन्धुहरूसामु भने: बथानलाई वरिपरि घेर कि तिनीहरू नभागून्; र म जान्छु र हाम्रा बथानलाई तितर-वितर गर्ने यी मानिसहरूसँग लड्छु।

३४ त्यसकारण, उनीहरूले अम्मोनले तिनीहरूलाई दिएको आज्ञाअनुसार गरे र उनी गएर सेबसको पानीमा खडाभएकाहरूसँग लडे; र उनीहरू सङ्ख्यामा थोरै थिएनन्।

३५ त्यसकारण उनीहरू अम्मोनसँग डराएनन्, किनकि उनीहरूले सोचे कि उनीहरूमध्ये एकले उनीहरूको इच्छाअनुसार उनको बध गर्नेछ, किनकि परमप्रभुले मोसीयाहसँग उनका छोराहरूलाई उनीहरूका हातबाट मुक्त गर्नेछु भनेर गरेको वाचा उनीहरूलाई थाहा थिएन; न त उनीहरूलाई परमप्रभुका बारेमा केही थाहा थियो; त्यसकारण उनीहरू उनीहरूका बन्धुहरूको विनाशमा आनन्दित हुन्थे; अनि किनकि यसका कारण उनीहरू राजाका बथान तितर-वितर गर्न खडा भए।

३६ तर अम्मोन खडा भए र उनको गुलेलिले उनीहरूलाई ढुङ्गा हान्न थाले; हो उनले पराक्रमी शक्तिका साथ् उनीहरूमाझ गुलेलीले ढुङ्गा हाने; र यसरी उनले तिनीहरूको निश्चित सङ्ख्याको बध गरे यतिसम्म कि तिनीहरू उनको शक्तिमा आश्चर्यचकित भए; तैपनि तिनीहरू आफ्ना बन्धुहरूको बध गरिएको कारणले रिसाए र उनीहरू सङ्कल्पित भए कि उनको पतन हुनु पर्दछ; त्यसकारण, उनीहरूले आफ्ना ढुङ्गाले तिनलाई हिर्काउन नसकेको देखेर, उनीहरू उनको बध गर्न गदाहरू लिएर आए।

३७ तर हेर, प्रत्येक मानिस जसले अम्मोनलाई प्रहार गर्न आफ्नो गदा उचाले, उनले आफ्नो तरबारले तिनीहरूको पाखुरा काटे, किनकि आफ्नो तरबारको धारको प्रहारद्वारा उनले तिनीहरूका मुक्काहरू सहे। यतिसम्म कि उनीहरू आश्चर्यचकित हुन थाले र उनीहरूअगाडि भाग्न थाले; हो र तिनीहरू सङ्ख्यामा थोरै थिएनन् र उनको आफ्नो पाखुराको शक्तिद्वारा उनीहरूलाई भगाए।

३८ अब गुलेलीले छ जना ढलेका थिए, तर उनको तरबारले उनीहरूका अगुवाबाहेक अरु कसैको बध गरेनन्; र उनले आफूविरुद्ध उठेका सबैको पाखुरा काटे र तिनीहरू थोरै थिएनन्।

३९ अनि जब उनले तिनीहरूलाई टाढा लखेटे, उनी फर्के र उनीहरूले आफ्ना बथानलाई पानी दिए र तिनलाई राजाको खर्कसम्म फर्काए र उनीहरू राजाकहाँ अम्मोनको बध गर्न खोज्नेको अम्मोनको तरबारद्वारा काटिएका पाखुराहरू बोकेर गए; र उनीहरूले गरेका कुराहरूको गवाहीको रुपमा राजासामु ती लगिएको थियो।