धर्मशास्त्रहरू
अल्मा ४७


अध्याय ४७

अमलिकीयाहले लमानीहरूको राजा हुन धोका, हत्या र षडयन्त्रको प्रयोग गर्छ—नफीहरूका भिन्न मतधारी लमानीहरूभन्दा अझ दुष्ट र डरलाग्दा छन्। लगभग ई.पू. ७२।

अब हामी हाम्रो अभिलेखमा अमलिकीयाह र उनीसँग उजाड स्थानभित्र भागेकाहरूतिर फर्कनेछौँ; किनकि, हेर, उसले आफूसँग गएकाहरूलाई लगेको थियो र नफीको भूमिमा लमानीहरूमाझ गयो र लमानीहरूलाई नफीका जनविरुद्ध भड्काउन थाल्यो, यतिसम्म कि लमानीहरूका राजाले आफ्नो सम्पूर्ण भूमि भरि, आफ्ना सम्पूर्ण जनमाझ घोषणा पठाए, कि उनीहरू नफीहरूविरुद्ध लड्न जान फेरि एक साथ भेला हुनुपर्छ।

अनि यस्तो हुन गयो कि जब उनीहरूमाझ घोषणा गएको थियो उनीहरू अत्यन्तै डराए; किनकि, उनीहरू राजालाई रिस उठाउन डराए र उनीहरू नफीहरूविरुद्ध लड्न जान पनि डराए कथंकदाचित् उनीहरूले आफ्नो जीवन गुमाउन पर्छ। अनि यस्तो हुन गयो कि उनीहरूले चाहेनन्, अथवा उनीहरूमध्येको बढी भागले राजाका आज्ञाहरू पालना गर्न चाहेनन्।

अनि यस्तो हुन गयो कि राजा उनीहरूको अनाज्ञाकारिताका कारण क्रूद्ध भए; त्यसकारण उनले आफ्ना आज्ञाहरूप्रति आज्ञाकारी हुने आफ्नो सेनाको भागको जिम्मेवारी अमलिकीयाहलाई दिए र उसलाई आज्ञा दिए कि ऊ जानु पर्दछ र उनीहरूलाई हतियारहरू लिन बाध्य बनाउनु पर्दछ।

अब हेर, यो अमलिकीयाहको चाहाना थियो; किनकि ऊ खराब गर्न एउटा रहस्यमय मानिस भएकाले उसले आफ्नो हृदयमा लमानीहरूका राजालाई पदच्यूत गर्ने योजना बनायो।

अनि अब उसले लमानीहरूका राजालाई मनपराउने भागको जिम्मेवारी पाएको थियो; र उसले आज्ञाकारी नभएकाहरूको समर्थन पाउन खोज्यो; त्यसकारण ऊ अनिदाह भनिने ठाउँतिर अगाडि गयो, किनकि त्यहाँ सबै लमानीहरू भागेका थिए; किनकि उनीहरूले सेनाहरू आएको पत्ता लगाए र यो अनुमान गर्दै कि उनीहरू आफूलाई विनाश गर्न आउँदैछन्, त्यसकारण उनीहरू हतियारहरूको स्थान ओनिदाहतिर भागे।

अनि उनीहरूले एउटा मानिसलाई आफू माथि राजा र अगुवा हुन नियुक्त गरेका थिए, आफ्ना मस्तिष्कहरूमा निश्चितताका साथ अडिग भएकाले कि उनीहरू नफीहरूका विरुद्ध जान बाध्य हुने छैनन्।

अनि यस्तो हुन गयो कि उनीहरू एन्टीपास भनिने पर्वतको शिखरमा लडाइँको तयारीमा एकसाथ भेला भएका थिए।

अब राजाको आज्ञाअनुसार उनीहरूसँग लड्ने अमलिकीयाहको लक्ष्य थिएन; तर, हेर, लमानीहरूका सेनाहरूको समर्थन प्राप्त गर्ने उसको लक्ष्य थियो, कि उसले आफूलाई उनीहरूको प्रमुख बनाउन र राजालाई पदच्यूत गर्न र अधिराज्यलाई अधीनमा लिन सकोस्।

अनि हेर, यस्तो हुन गयो कि उसले आफ्नो सेनालाई एन्टीपास पर्वतको नजिकैको उपत्यकामा पालहरू टाँग्न अह्रायो।

१० अनि यस्तो हुन गयो कि जब राति भयो उसले एन्टीपास पर्वतमा एक गोप्य संदेश बाहक पठायो, यो चाहँदै कि उनीहरूको लेहोन्टी भनिने अगुवा, कि उनी पर्वतको फेदमा तल आउनुपर्दछ, किनकि ऊ उनीसँग बोल्न चाहन्छ।

११ अनि यस्तो हुन गयो कि जब लेहोन्टीले सन्देश प्राप्त गऱ्यो उसले पर्वतको फेदसम्म झर्न आँट गरेन। अनि यस्तो हुन गयो कि अमलिकीयाहले उनलाई तल आउन चाहाना गर्दै फेरि दोस्रो पटक पठायो। अनि यस्तो हुन गयो कि लेहोन्टी आएन; अनि उसले फेरि तेस्रो पटक पठायो।

१२ अनि यस्तो हुन गयो कि जब अमलिकीयाहले पत्ता लगायो कि उसले लेहोन्टीलाई पर्वतबाट तल झार्न सकेन, ऊ लेहोन्टीको शिविर नजिकै पर्वततिर गयो; अनि उसले फेरि चौथो पटक लेहोन्टीलाई संदेश पठायो, यो चाहँदै कि लेहोन्टी तल आओस् र उसले आफ्ना रक्षक आफूसँग तल ल्याओस्।

१३ अनि यस्तो हुन गयो कि जब लेहोन्टी आफ्ना रक्षकहरूका साथ अमलिकीयाहसामु तल आएको थियो, कि अमलिकीयाहले उसलाई आफ्ना सेनाहरूका साथ रातिको समयमा आउन र राजाले अमलिकीयाहको जिम्मेवारीमा दिएका आफ्ना शिविरहरूमा भएका मानिसहरूलाई घेर्न चाह्यो र उसले उनीहरूलाई लेहोन्टीका हातहरूमा हस्तान्तरण गर्नेछ, यदि उसले उसलाई (अमलिकीयाहलाई) पूरा सेनाको दोस्रो अगुवा बनाउँछ भने।

१४ अनि यस्तो हुन गयो कि लेहोन्टी आफ्ना मानिसहरूकासाथ तल आयो र अमलिकीयाहका मानिसहरूलाई घेऱ्यो, ताकि उनीहरू दिनको झिसमिसेमा उठ्नु भन्दा पहिले उनीहरू लेहोन्टीका सेनाहरूले घेरिएका थिए।

१५ अनि यस्तो हुन गयो कि जब उनीहरूले देखे कि उनीहरू घेरिएका थिए, उनीहरूले अमलिकीयाहसँग बिन्ती गरे कि उसले उनीहरूलाई उनीहरूका बन्धुहरूसँग सम्मिलित हुन देओस्, कि उनीहरूको विनाश नगरोस्। अब यो नै अमलिकीयाहले चाहेको कुरो थियो।

१६ अनि यस्तो हुन गयो कि राजाका आज्ञाहरू विपरीत उसले आफ्ना मानिसहरू हस्तान्तरण गऱ्यो। अब यो अमलिकीयाहले चाहेको कुरो थियो, कि उसले राजालाई पदच्यूत गर्ने उसको योजना पूरा गर्न सकोस्।

१७ अब यो लमानीहरूमाझ, यदि प्रधान अगुवालाई मारियो भने, दोस्रो नेतालाई उनीहरूको प्रधान अगुवा हुन नियुक्त गर्ने चलन थियो।

१८ अनि यस्तो हुन गयो कि अमलिकीयाहले अह्रायो कि उसका सेवकहरूमध्ये एकलाई लेहोन्टीलाई थोरै थोरै गरेर विष दिनु पर्छ, कि ऊ मरोस्।

१९ अब, जब लेहोन्टी मरेको थियो, लमानीहरूले अमलिकीयाहलाई उनीहरूको अगुवा र उनीहरूको सेनानी हुन नियुक्त गरे।

२० अनि यस्तो हुन गयो कि अमलिकीयाह आफ्ना सेनाहरूसहित (किनकि उसले आफ्ना चाहनाहरू प्राप्त गरेको थियो) नफीको भूमितिर अगाडि बढ्यो, जुन मुख्य सहर थियो।

२१ अनि राजा आफ्ना रक्षकहरू सहित उसलाई भेट्न बाहिर आए, किनकि उनले अनुमान गरे कि अमलिकीयाहले उनका आज्ञाहरू पूरा गरेको थियो र अमलिकीयाहले नफीहरूका विरुद्ध लडाइँ गर्न जान एक यति ठूलो सेनाको एक साथ भेला गरेको थियो।

२२ तर हेर, जब राजा उसलाई भेट्न बाहिर आए अमलिकीयाहले अह्रायो कि आफ्ना सेवकहरू राजालाई भेट्न अघि जानु पर्दछ। अनि उनीहरू गए र राजा अगाडि उनको माहानताको कारण सम्मान गरे जस्तो गरी आफैँ निहुरिए।

२३ अनि यस्तो हुन गयो कि राजाले उनीहरूलाई उठाउन आफ्नो हात बढाए, जुन लमानीहरूको चलन थियो, शान्तिको चिनुको रुपमा, जुन चलन उनीहरूले नफीहरूबाट लिएका थिए।

२४ अनि यस्तो हुन गयो कि जब उनले पहिलोलाई जमिनबाट माथि उठाएका थिए, हेर उसले राजालाई मुटुमा घोच्यो; र उनी जमिनमा ढले।

२५ अब राजाका सेवकहरू भागे र अमलिकीयाहका सेवकहरूले आवाज उठाए, यसो भन्दै:

२६ हेर, राजाका सेवकहरूले उनलाई मुटुमा घोचेका छन् र उनी ढलेका छन् र उनीहरू भागेका छन्; हेर, आऊ र हेर।

२७ अनि यस्तो हुन गयो कि अमलिकीयाहले आज्ञा दियो कि उसका सेनाहरू अगाडि बढ्नु पर्छ र राजालाई के भएको थियो हेर्नु पर्छ; अनि जब उनीहरू त्यस स्थानमा आएका थिए, राजा आफ्नै रगतमा लडिरहेको पत्ता लगाए, अमलिकीयाहले क्रुद्ध भएको स्वाङ पाऱ्यो र भन्यो: जसले राजालाई माया गर्थ्यो, उसलाई अघि जान देऊ र उनका सेवकहरूलाई पछ्याऊन् ताकि उनीहरूको बध गर्न सकियोस्।

२८ अनि यस्तो हुन गयो कि राजालाई माया गर्ने सबै, जब उनीहरूले यी वचनहरू सुने, अघि आए र राजाका सेवकहरूलाई पछ्याए।

२९ अब जब राजाका सेवकहरूले एक सेनाले आफूलाई पछ्याएको देखे, उनीहरू फेरि डराए र उजाड स्थानतिर भागे र जरहेम्लाको भूमिमा आए र अम्मोनका जनसँग सम्मिलित भए।

३० अनि उनीहरूलाई पछ्याएको सेना फर्क्यो, उनीहरूलाई व्यर्थमा पछ्याएकाले; अनि यसरी अमलिकीयाहले, उसको जालद्वारा, जनका हृदयहरू प्राप्त गर्न सक्यो।

३१ अनि यस्तो हुन गयो भोलिपल्ट उसले नफी सहर प्रवेश गऱ्यो र सहरलाई अधीनमा लियो।

३२ अनि अब यस्तो हुन गयो कि रानी, जब उनले सुनेकी थिइन् कि राजाको बध गरियो—किनकि अमलिकीयाहले रानी समक्ष सूचना दिन एक सन्देश वाहक पठाएको थियो कि राजाको वध उनका सेवकहरूद्वारा गरिएको थियो, कि उसले उनीहरूलाई आफ्नो सेनाहरूका साथ पछ्याएको थियो, तर यो व्यर्थमा थियो र उनीहरू फुत्किए—

३३ त्यसकारण, जब रानीले यो सन्देश प्राप्त गरिन् उनले अमलिकीयाहलाई पठाइन्, उससँग चाहना गर्दै कि उसले सहरका जनलाई छाडिदिनु पर्दछ; अनि उनले उससँग चाहाना गरिन् कि ऊ उनीसामु आउनु पर्छ; अनि उनले यो पानि चाहिन् कि उसले राजाको मृत्युका बारेमा गवाही दिन गवाहीहरू ल्याउनु पर्छ।

३४ अनि यस्तो हुन गयो कि अमलिकीयाहले राजाको वध गर्ने उही सेवकलाई र उससँग भएका सबैलाई लग्यो र रानी बसेको स्थानमा उनीसामु गयो; अनि उनीहरू सबैले उनीसामु गवाही दिए कि राजा उनका सेवकहरूद्वारा वध गरिएका हुन्; र उनीहरूले यो पनि भने: उनीहरू भागे; के यसले उनीहरू विरुद्ध गवाही दिँदैन? अनि यसरी उनीहरूले राजाका मृत्युका बारेमा रानीलाई सन्तुष्ट बनाए।

३५ अनि यस्तो हुन गयो कि अमलिकीयाहले रानीको समर्थन खोज्यो र उनलाई आफूमा पत्नीका रुपमा लियो; अनि यसरी आफ्नो जालद्वारा, अनि उसका धूर्त सेवकहरूको सहयोगद्वारा, उसले अधिराज्य प्राप्त गऱ्यो; हो, उसलाई सम्पूर्ण भूमिभरि, लमानीहरू र लेमुएलीरू र इश्माएलीहरू, नफीको शासनदेखि वर्तमान समयसम्मका नफीहरूका भिन्न मतधारी सबैबाट बनेका लमानीहरूका सम्पूर्ण जनमाझ राजाका रुपमा चिनियो।

३६ अब यी विमतीहरू, नफीहरूको उही निर्देशन र उही सूचना पाएर, हो, परमप्रभुको उही ज्ञानमा निर्देशित भएर, तैपनि, यो सुनाउन अनौठो छ, उनीहरूको मतभेदको थोरै समय पछाडि उनीहरू लमानीहरूभन्दा अझ कठोर र निष्ठूर र अझ जङ्गली, दुष्ट र डरलाग्दा भए—लमानीहरूको परम्पराअनुसार पिउँदै; अल्छीपनालाई र सबै प्रकारका लम्पटपनालाई अङ्गालेर; हो, परमप्रभु आफ्ना परमेश्वरलाई पूरै बिर्सेर।