धर्मशास्त्रहरू
अल्मा ३८


अल्माका छोरा शिब्लोनलाई दिएका उनका आज्ञाहरू

अध्याय ३८

अध्याय ३८

धार्मिकताका निम्ति शिब्लोनलाई सताइएको थियो—मुक्ति ख्रीष्टमा छ, जो संसारका जीवन र प्रकाश हुनुहुन्छ—तिम्रा सबै आवेशहरूलाई नियन्त्रण गर। लगभग ई.पू. ७४।

मेरो छोरा, मेरा वचनहरूलाई कान थाप, किनकि म तिमीसामु भन्दछु, मैले जे हेलामानलाई भनेको थिएँ, कि जहाँसम्म तिमी परमेश्वरका आज्ञाहरू पालना गर्नेछौ तिमीले यो भूमिमा उन्नति गर्नेछौ; अनि जहाँसम्म तिमीले परमेश्वरका आज्ञाहरू पालना गर्दैनौ तिमीलाई परमेश्वरको उपस्थितिबाट अलग्याइनेछ।

अनि अब, मेरो छोरा, म भरोसा गर्दछु कि म तिम्रो परमेश्वरप्रतिको स्थिरता र आस्थाका कारण तिमीमा धेरै महान् आनन्द पाउनेछु; किनकि जसरी तिमीले तिम्रो युवावस्थामा परमप्रभु तिम्रा परमेश्वरतिर हेर्न आरम्भ गरेका छौ, त्यसरी नै म आशा गर्दछु कि उहाँका आज्ञाहरू पालना गर्नमा तिमी निरन्तर हुनेछौ; किनकि जसले अन्त्यसम्म सहन्छ ऊ आशीषित हुन्छ।

म तिमीलाई भन्छु, मेरो छोरा, कि जोरामीहरूका जनमाझको तिम्रो आस्था र तिम्रो लगनशीलता र तिम्रो धैर्य र तिम्रो दृढताका कारण मलाई तिमीमा अहिले नै महान् आनन्द मिलेको छ।

किनकि मलाई थाहा छ कि तिमी बन्धनमा थियौ; हो, अनि मलाई यो पनि थाहा छ कि वचनका निमित्त तिमीलाई ढुङ्गाले हानिएको थियो; र तिमीले यी सबै कुराहरूको धीरताका साथ सामना गऱ्यौ किनभने परमप्रभु तिमीसँग हुनुहुन्थ्यो; अनि अब तिमीलाई थाहा छ कि परमप्रभुले तिमीलाई मुक्त गराउनुभयो।

अनि अब मेरो छोरा, शिब्लोन, म चाहान्छु कि तिमीले सम्झनु पर्दछ, कि जहाँसम्म तिमीले तिम्रो भरोसा परमेश्वरमा राख्नेछौ त्यहाँसम्म तिमीलाई तिम्रा परीक्षा र तिम्रा समस्या र तिम्रा कष्टबाट समेत मुक्त गरिनेछ र तिमीलाई त्यो अन्तिम दिनमा उत्थान गरिनेछ।

अब, मेरो छोरा, म चाहान्नँ कि तिमीले सोच्नुपर्छ कि यी कुराहरू म आफैँले थाहा पाएको हुँ, तर यो ममा भएको परमेश्वरको आत्माले मलाई यी कुराहरू अवगत गराउँछ; किनकि यदि मलाई परमेश्वरबाट नजन्माइएको भए मैले यी कुराहरू थाहा पाउने थिइनँ।

तर हेर, परमप्रभु उहाँको महान् कृपामा मैले उहाँका जनका माझको विनाशका कार्यलाई रोक्नुपर्छ भनी मसामु घोषणा गर्न आफ्नो स्वर्गदूत पठाउनुभयो; हो र मैले एक स्वर्गदूतलाई आम्नम्-सामने देखेको छु र उनले मसँग बोले र उनको स्वर एक चट्याङ् जस्तो थियो र यसले सारा पृथ्वी हल्लायो।

अनि यस्तो हुन गयो कि म तीन दिन र तीन रात जीवात्माको सबभन्दा तितो पीडा र वेदनामा थिएँ; र म परमप्रभु येशू ख्रीष्टसामु कृपाका निम्ति नपुकारिन्जेलसम्म, मैले मेरा पापहरूको छुट्कारा कहिल्यै प्राप्त गरिनँ। तर हेर, मैल उहाँसामु पुकारेँ र मैले मेरो जीवात्मामा शान्ति पाएँ।

अनि अब, मेरो छोरा, मैले तिमीलाई यो भनेको छु कि तिमीले विवेक सिक्न सक, कि तिमीले मबाट सिक्न सक कि त्यहाँ ख्रीष्टमा र उहाँमार्फत् बाहेक, मानिसहरूलाई बच्न सक्ने अरु कुनै बाटाहरू र उपायहरू छैनन्। हेर, उहाँ संसारका जीवन र प्रकाश हुनुहुन्छ। हेर, उहाँ सत्यता र धार्मिकताको वचन हुनुहुन्छ।

१० अनि अब, जसरी तिमीले वचन सिकाउन थालेका छौ त्यसरी म चाहान्छु कि तिमीले सिकाउन निरन्तर गर्नुपर्छ; र म चाहान्छु कि तिमी सबै कुराहरूमा लगनशील र आत्मसंयमी होऊ।

११ यो हेर कि तिमी घमण्डमा उचालिएका छैनौ; हो, यो देख कि तिमी तिम्रो आफ्नो विवेकमा घमण्ड नगर, न त तिम्रो आफ्नो धेरै शक्तिमा।

१२ सहासको प्रयोग गर, तर दबाउने होइन; अनि यो पनि देख कि आफ्ना सबै आवेगहरूलाई नियन्त्रण गर, कि तिमी मायाले भरिय, यो देख कि तिमी अल्छीपनबाट रोकिय।

१३ जोरामीहरूले गरे जस्तो प्रार्थना नगर, किनकि तिमीले देखेका छौ कि उनीहरूले मानिसले सुनून् र उनीहरूका विवेकको जयजयकार गरून् भनेर प्रार्थना गर्दछन्।

१४ यसो नभन: हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु कि हामी आफ्ना बन्धुहरूभन्दा असल छौँ; तर भन कि: हे परमप्रभु, हाम्रो अयोग्यताका निम्ति क्षमा दिनुहोस् र मेरा बन्धुहरूलाई कृपामा सम्झनुहोस्—हो, परमेश्वरअगाडि सबै समयमा आफ्नो अयोग्यतालाई स्वीकार गर्नू।

१५ अनि परमप्रभुले तिम्रो जीवात्मालाई आशीष दिऊन् र अन्तिम दिनमा उहाँको अधिराज्यमा शान्तिका साथ बस्न तिमीलाई ग्रहण गरून्। अब जाऊ, मेरो छोरा र यी जनलाई वचन सिकाऊ। गम्भीर होऊ। मेरो छोरा, बिदा।