धर्मशास्त्रहरू
अल्मा ६


अध्याय ६

जरहेम्लाको चर्चलाई सफा गरिन्छ र व्यवस्थित गरिन्छ—अल्मा गिदोनतिर प्रचार गर्न जान्छन्। लगभग ई.पू. ८३।

अनि यस्तो हुन गयो कि अल्माले जरहेम्लाको सहरमा स्थापित गरिएको चर्चका जनसामु बोल्न अन्त्य गरेपछि, आफ्नो हात टाउकोमा राखेर, परमेश्वरका अनुक्रमअनुसार, चर्चमाथि अध्यक्षता गर्न र हेर्न, उनले पादरीहरू र एल्डरहरू नियुक्त गरे।

अनि यस्तो हुन गयो कि चर्चको अन्तर्गतमा नरहेकाहरू जसले उनीहरूको पापको पश्चात्ताप गरे उनीहरूलाई पश्चात्तापका निम्ति बप्तिस्मा दिइयो र चर्चमा ग्रहण गरियो।

अनि यस्तो पनि हुन गयो कि चर्चको अन्तर्गतमा भएकाहरूमध्ये उनीहरूको दुष्टताको पश्चात्ताप नगर्ने र परमेश्वरअगाडि आफैँलाई विनम्र नबनाउनेहरू—मेरो अर्थ तिनीहरू जो आफ्ना हृदयका घमण्डले उचालिएका छन्—तिनीहरूलाई अस्वीकार गरियो र उनीहरूका नाउँहरू मेटाइयो, कि उनीहरू धर्मीहरूमाझ गनिएनन्।

अनि यसरी उनीहरूले जरहेम्लाको सहरमा चर्चको अनुक्रम स्थापना गर्न थाले।

अब म चाहान्छु कि तिमीहरूले बुझ्नु पर्दछ कि परमेश्वरका वचन सबैका लागि खुला थियो, कसैलाई पनि आफैँ एकसाथ भेला भएर परमेश्वरका वचन सुन्ने अवसरबाट बञ्चित गरिएन।

तैपनि परमेश्वरका छोराछोरीहरूलाई आज्ञा दिइएको थियो कि उनीहरू सधैँ एकसाथ भेला हुनुपर्दछ र परमेश्वरलाई नचिन्नेका जीवात्माहरूको कल्याणका लागि उपवास बस्नमा र शक्तिशाली प्रार्थना गर्नमा सम्मिलित हुनु पर्दछ।

अनि अब यस्तो हुन गयो कि जब अल्माले यी विनियमहरू बनाएका थिए उनी तिनीहरूबाट प्रस्थान गरे, हो, जरहेम्लाको सहरमा भएको चर्चबाट र सिदोन नदीको पूर्वमा गए, गिदोनको उपत्यकामा, त्यहाँ सहर बनाइएको थियो, जुन त्यस उपत्यकामा थियो जसलाई गिदोन भनिन्थ्यो, जुन गिदोनको उपत्यकामा थियो, ती मानिसको नाउँबाट बोलाइएको जसलाई नेहोरको हातद्वारा तरबारले बध गरिएको थियो।

अनि अल्मा गए र गिदोनको उपत्यकामा स्थापना गरिएको चर्चसामु परमेश्वरका वचन घोषणा गर्न थाले, उनका पितापुर्खाहरुद्वारा बोलिएको वचनको सत्यताको प्रकाशअनुसार र उनमा भएको अगमवाणीको आत्माअनुसार, परमेश्वरका पुत्र, येशू ख्रीष्टको गवाहीअनुसार, जो उहाँका जनलाई उनीहरूका पापहरूबाट उद्धार गर्न आउनु हुनेछ र त्यो पवित्र अनुक्रमद्वारा जसद्वारा उनीलाई बोलाइएको थियो। अनि यो यस्तै हो। आमिन।