धर्मशास्त्रहरू
अल्मा ५३


अध्याय ५३

लमानी कैदीहरूलाई बाउन्टिफुल सहरलाई बलियो बनाउन प्रयोग गरिन्छ—नफीहरूमाझका मतभेदले लमानीहरूलाई विजय दिन्छ—हेलामानले अम्मोनका जनका दुई हजार नवयुवक छोराहरूको नियन्त्रण लिन्छन्। लगभग ई.पू. ६४–६३।

अनि यस्तो हुन गयो कि उनीहरूले लमानीहरूका कैदीहरूमाथि रक्षकहरू तैनाथ गरे र उनीहरूलाई उनीहरूका मृतकहरू, हो मारिएका नफीहरूका मृतकहरूलाई पनि गाड्न बाध्य गराए; र मोरोनीले उनीहरूमाथि आफ्ना मानिसहरूलाई उनीहरूको रखवारी गर्न राखे जब उनीहरूले आफ्ना परिश्रमहरू गर्नेछन्।

अनि मोरोनीले लहीका साथ मुलेकको सहर गए र सहरको अधिकार लिए र त्यो लहीलाई दिए। अब हेर, यी लही एक मानिस थिए जो मोरोनीसँग उनका सबै लडाइँहरूमध्ये धेरैमा सँगै थिए; र उनी मोरोनी जस्तै मानिस थिए र उनीहरू एक अर्काको सुरक्षामा खुसी मनाउँथे, हो, उनीहरू एक अर्कालाई माया गर्थे र नफीका सबै जनद्वारा पनि माया गरिएका थिए।

अनि यस्तो हुन गयो कि लमानीहरूले आफ्ना मृतकहरू र नफीहरूका मृतकहरू पनि गाडेर सकेपछि, उनीहरूलाई बाउन्टिफुल भूमितिर अघि बढाइयो; र तेयान्कुमलाई, मोरोनीको आदेशद्वारा, अह्राइयो कि उनीहरूले भूमि अथवा सहर, बाउन्टीफूल, वरिपरि खाडल खन्न परिश्रम गर्न प्रारम्भ गर्नु पर्दछ।

अनि उनले अह्राए कि उनीहरूले खाडलको भित्रि किनारामा काठका पर्खाल बनाउनुपर्छ; अनि उनीहरूले खाडलबाट माटो काठको पर्खालमाथि फ्याँक्नुपर्छ, अनि यसरी उनीहरूले बाउन्टिफूल सहरको वरिपरि काठको र माटाको अत्यन्त अग्लो पर्खालले नघेरिन्जेलसम्म उनीहरूले लमानीहरूलाई परिश्रम गर्न अह्राए।

अनि यो सहर त्यसपछि अत्यन्त बलियो किल्ला बन्यो र यो सहरमा उनीहरूले लमानीहरूका कैदीहरूलाई रक्षा गरे; हो, उनीहरूलाई उनीहरूका आफ्नै हातहरूले बनाउन अह्राएको एक पर्खालभित्र समेत। अब मोरोनी लमानीहरूलाई परिश्रम गर्न अह्राउन बाध्य थिए, किनभने उनीहरूलाई तिनीहरूले परिश्रम गरेको बेलामा सुरक्षा गर्न सजिलो थियो; र उनले लमानीहरूमाथि आक्रमण गर्नु पर्ने बेलामा उनले आफ्ना सबै फौजहरू उपलब्ध भएको चाहान्थे।

अनि यस्तो हुन गयो कि मोरोनीले यसरी लमानीहरूका सेनाहरूमध्येका सबभन्दा विशाल सेनामाथि विजय प्राप्त गरेका थिए र मुलेकको सहरलाई अधीनमा लिएका थिए, जुन नफीको भूमिमा लमानीहरूको सबभन्दा बलियो किल्लाहरूमध्ये एक थियो; र यसरी उनले आफ्ना कैदीहरूलाई राख्न एक बलियो किल्ला पनि बनाएका थिए।

अनि यस्तो हुन गयो कि त्यो वर्षमा लमानीहरू माथि लडाइँको अरु कुनै प्रयास गरेनन्, तर उनले आफ्ना मानिसहरूलाई युद्धको तयारीमा, हो, लमानीहरूविरुद्ध सुरक्षा गर्न बलियो बनाउनमा र आफ्ना आइमाईहरू र छोराछोरीहरूलाई अनिकाल र कष्टबाट मुक्त गर्नमा पनि र आफ्ना सेनाहरूलाई खाना जुटाउन लगाए।

अनि अब यस्तो हुन गयो कि लमानीहरूका सेनाहरूले, पश्चिम समुन्द्रको दक्षिणमा, जब मोरोनीको अनुपस्थितिमा नफीहरूमाझको केही षडयन्त्रको आधारमा, जुनले उनीहरूमाझ मतभेद ल्यायो, नफीहरूमाथि केही फाइदा ल्यायो, हो, यतिसम्म कि उनीहरूले भूमिको त्यो भागमा एक सङ्ख्याका उनीहरूका सहरहरू अधीनमा लिएका थिए।

अनि यसरी उनीहरूमाझको दुष्टताको कारणले, हो, आफैँमाझको विवाद र षडयन्त्रका कारणले उनीहरूलाई सबभन्दा खतराजनक परिस्थितिहरूमा राखियो।

१० अनि अब हेर, मैले अम्मोनका जनका बारेमा केही भन्नु छ, जो, सुरुमा, लमानीहरू थिए; तर अम्मोन र उनका बन्धुहरूद्वारा, अथवा वास्तवमा परमेश्वरको शक्ति र वचनद्वारा, उनीहरू परमप्रभुमा परिवर्तित भएका थिए; अनि उनीहरूलाई जरहेम्लाको भूमिमा ल्याइएको थिए, अनि त्यस समयदेखि नफीहरूद्वारा सुरक्षित गरिएको थियो।

११ अनि उनीहरूका शपथका कारण उनीहरूलाई उनीहरूका बन्धुहरूविरुद्ध हतियार उठाउनबाट बञ्चित गराइएको थियो; किनकि उनीहरूले शपथ खाएका थिए कि उनीहरूले अरु रगत बगाउने छैनन्; अनि उनीहरूको शपथअनुसार उनीहरूको विनाश हुने थियो; हो, उनीहरू आफैँ आफ्ना बन्धुहरूको हातमा पर्न दिने थिए, यदि अम्मोन र उनका बन्धुहरूको उनीहरूप्रतिको दया र अत्यन्त माया नभएको भए।

१२ अनि यस कारणका निम्ति उनीहरूलाई जरहेम्लाको भूमिमा ल्याइएको थियो; अनि उनीहरूलाई नफीहरूद्वारा सुरक्षित गरिएको थियो।

१३ तर यस्तो हुन गयो कि जब उनीहरूले आफ्नानिम्ति नफीहरूले सहेका खतरा र धेरै कष्टहरू र विपत्तिहरू देखे, उनीहरू सहानुभूतिले विचलित भए र आफ्नो देशको सुरक्षाका निम्ति हतियार उठाउन इच्छुक भए।

१४ तर हेर, जब उनीहरूले आफ्ना युद्धका हतियारहरू उठाउन आँटेका थिए, उनीहरू हेलामान र उनका बन्धुहरूको प्रेरणाद्वारा जितिए, किनकि उनीहरू आफूले गरेका शपथ तोड्न तयार थिए।

१५ अनि हेलामान डराए कथंकदाचित त्यसो गरेर उनीहरूले आफ्नो आत्माहरू गुमाउने छन्; त्यसकारण ती सबै जसले यो करारमा प्रवेश गरेका थिए उनीहरूलाई आफ्ना बन्धुहरूले उनीहरूका कष्टहरूमा यस समयमा उनीहरूका खतराजनक परिस्थितिहरूमा पार गरेको हेर्न बाध्य बनाइएको थियो।

१६ तर हेर, यस्तो हुन गयो उनीहरूका धेरै छोराहरू थिए, जसले करारमा प्रवेश गरेका थिएनन् कि उनीहरूले उनीहरूका शत्रुहरूविरुद्ध सुरक्षा गर्न आफ्ना युद्धका हतियारहरू आफैँ उठाउने छैनन्; त्यसकारण उनीहरू यस समयमा हतियारहरू उठाउन सक्नेहरू जति सबै आफैँ एक साथ भेला भए र उनीहरूले आफैँलाई नफीहरू भने।

१७ अनि उनीहरूले नफीहरूको स्वतन्त्रताका निम्ति लड्न, हो, भूमिको सुरक्षा गर्न आफ्नै जीवन समेत गुमाउन सम्म एक करारमा प्रवेश गरे; हो, उनीहरूले करारसमेत गरे कि उनीहरूले आफ्नो स्वतन्त्रता कहिल्यै त्याग्ने छैनन्, तर उनीहरूले सबै अवस्थामा नफीहरूलाई र आफैँलाई दासत्वबाट सुरक्षा गर्न लड्ने छन्।

१८ अब हेर, त्यहाँ ती युवा समूहमा दुई हजार थिए, जसले करारमा प्रवेश गरेका थिए र आफ्नो देशको सुरक्षाका निम्ति युद्धका हतियारहरू लिए।

१९ अनि अब हेर, किनभने उनीहरू अहिलेसम्म नफीहरूका निम्ति कहिल्यै बेफाइदाका भएका थिएनन्, उनीहरू अहिले यो समयको अवधिमा एक विशाल सहयोग बने; किनकि उनीहरूले आफ्ना युद्धका हतियारहरू लिए र उनीहरूले चाहे कि हेलामान उनीहरूको अगुवा हुनुपर्दछ।

२० अनि उनीहरू सबै युवा थिए र उनीहरू साहसका निम्ति र शक्ति र कार्यकलापका निम्ति पनि पराक्रमी थिए, तर हेर, यो सबै होइन—उनीहरूलाई जिम्मा दिएका ती सबै कुराहरूप्रति ती मानिसहरू सधैँ सत्य थिए।

२१ हो, उनीहरू सत्यताका र गम्भीरताका मानिसहरू थिए, किनकि उनीहरूलाई परमेश्वरका आज्ञाहरू पालना गर्न र उहाँ अगाडि सिधा भएर हिँड्न सिकाइएको थियो।

२२ अनि अब यस्तो हुन गयो कि हेलामानले उनका दुई हजार नवयुवक सिपाहीहरूको अगाडि अघि बढे, पश्चिम समुन्द्र नजिकको दक्षिणमा भूमिका सिमानाहरूमा जनको सहयोग गर्न।

२३ अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको अठ्ठाइसौँ वर्ष अन्त्य भयो।