धर्मशास्त्रहरू
अल्मा २८


अध्याय २८

लमानीहरूलाई एक अत्यन्त ठूलो लडाइँमा हराइन्छ—दशौँ हजारहरूलाई बध गरिन्छ—दुष्टहरूलाई अन्त्यहीन धिक्कारको अवस्थामा पठाइन्छ; धर्मीले अन्त्यहीन खुसीयाली प्राप्त गर्छन्। लगभग ई.पू. ७७–७६।

अनि अब यस्तो हुन गयो कि अम्मोनका जनलाई येर्शोनको भूमिमा स्थापित गरिएपछि र येर्शोनको भूमिमा एक चर्चको पनि स्थापना गरिएको थियो र नफीहरूका सेनाहरू येर्शोनको भूमि वरिपरि, हो, जरहेम्लाको भूमिको वरिपरिका सिमानाहरू सबैमा तैनाथ गरिएको थियो; हेर लमानीहरूका सेनाहरू उनीहरूका बन्धुहरूलाई उजाड स्थानतिर पछ्याएका थिए।

अनि यसरी त्यहाँ एक अत्यन्त ठूलो लडाइँ भयो; हो, लहीले यरुशलेम छाडेर आएको समयदेखि यो भूमिको सबै जनमाझ यस्तो एक कहिल्यै थाहा भएको थिएन; हो र दशौँ हजार लमानीहरूलाई बध गरिएको थियो र सर्वत्र छरिएको थियो।

हो, अनि त्यहाँ नफीका जनमाझ एक अत्यन्त ठूलो संहार पनि भयो; तैपनि, लमानीहरूलाई धपाइयो र तितर-वितर गरियो र नफीका जन आफ्नो भूमिमा पुन: फर्के।

अनि अब यो समय थियो कि त्यहाँ महान् शोक र विलाप सम्पूर्ण भूमिमा सुनियो, नफीका सम्पूर्ण जनमाझ—

हो, विधवाहरू आफ्ना पतिहरूको शोकमा र पितापुर्खाहरु आफ्ना छोराहरूको शोकमा पनि र छोरीहरू दाजुभाइका निम्ति, हो, दाजुभाइ पिताका निम्तिको रुवाइ; र यसरी शोकको रुवाइ उनीहरू सबैमाझ सुनियो, बध गरिएका आफ्ना कुटुम्बका शोकका निम्ति।

अनि यो निश्चय नै दु:खदायी दिन थियो; हो, गम्भीरताको समय र धेरै उपवास र प्रार्थनाको समय।

अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको पन्ध्रौँ वर्ष अन्त्य भयो।

अनि यो अम्मोन र उनका बन्धुहरूको, उनीहरूको नफीको भूमिका यात्राहरू, उनीहरूको त्यो भूमिका पीडाहरू, उनीहरूका दु:खहरू र उनीहरूका कष्टहरू र उनीहरूको बुझ्नै नसकिने हर्ष र येर्शोनको भूमिमा बन्धुहरूको स्वागत र सुरक्षाको विवरण हो। अनि अब परमप्रभु, सबै मानिसका उद्धारकर्ताले उनीहरूका जीवात्माहरूको सदासर्वदा आशीष गर्नुहोओस्।

अनि नफीहरूमाझको युद्धहरू र कलहहरू र लमानीहरू र नफीहरू बीचको युद्धहरूको पनि विवरण यो हो र न्यायकर्ताहरूको शासनको पन्ध्रौँ वर्ष अन्त्य भयो।

१० अनि पहिलो वर्षदेखि पन्ध्रौँ वर्षसम्म धेरै हजार जीवनहरूको विनाश ल्याएको छ; हो, यसले रक्तपातको एक भयावह दृश्य ल्याएको छ।

११ अनि कयौँ हजारका शरीरहरू पृथ्वी तल लड़छन्, जब कयौँ हजारका शरीरहरू पृथ्वीको सतहमाथि थुप्रोमा कुहिराखेका छन्; हो, कैयौँ हजार आफ्ना कुटुम्बको क्षतिको शोक गरिराखेका छन्, किनभने उनीहरूलाई डराउनु पर्ने कारण छ, परमप्रभुका बाचाहरूअनुसार, कि उनीहरूलाई एक अन्त्यहीन धिक्कारको अवस्थातिर पठाइएकोछ।

१२ जब कि कैयौँ हजार अरुहरू साँचै आफ्ना कुटुम्बहरूको क्षतिका निम्ति शोक गर्दछन्, तैपनि उनीहरू त्यो आशामा खुसी र हर्ष मनाउँछन् र थाहासमेत पाउँछन्, परमप्रभुका वाचाहरूअनुसार, कि उनीहरूलाई, कहिल्यै अन्त्य नहुने खुसीयालीको अवस्थामा, परमेश्वरको दाहिने हाततिर बास गर्न उठाइन्छ।

१३ अनि यसरी हामी देख्छौँ पाप र उल्लङ्घन र मानिसहरूका हृदयहरूलाई फसाउन उसले बनाएको धूर्त योजनाहरूद्वारा आउने सैतानको शक्तिका कारण मानिसको कस्तो ठूलो असमानता छ।

१४ अनि यसरी हामी परमप्रभुका दाखबारीहरूमा परिश्रम गर्न मानिसहरूको लगनशीलताको महान् आह्वान् देख्छौँ; र यसरी हामी दु:ख र खुसी मनाउनु पर्नेको पनि ठूलो कारण देख्छौँ—दु:ख मानिसहरूमाझ भएको मृत्यु र विनाशका कारण र खुसीयाली जीवनमा ख्रीष्टको ज्योतिका कारण।