धर्मशास्त्रहरू
सिद्धान्त र करार ९९


खण्ड ९९

अगमवक्ता जोसेफ स्मिथद्वारा जोन मर्डोकलाई, अगष्ट २९, १८३२ मा हाइरम ओहायोमा दिइएको प्रकाश । अप्रिल १८३१ मा आफ्नी पत्नी जुलिया क्लैपको मृत्युपछि मातृहीन भएका आफ्ना छोराछोरीहरू ओहायोमा अन्य परिवारहरूसँग बस्दा एक वर्षभन्दा बढी समय जोन मर्डोकले सुसमाचार प्रचार गरिरहेका थिए ।

१–८, जोन मर्डोकलाई सुसमाचार घोषणा गर्न बोलावट गरिएको छ र उनलाई ग्रहण गर्नेहरूले परमप्रभुलाई ग्रहण गर्छन् र कृपा प्राप्त गर्ने छन् ।

हेर, मेरा सेवक जोन मर्डोकलाई परमप्रभु यसो भन्नुहुन्छ—तिमीलाई पूर्वी देशहरूमा घरबाट घरसम्म, गाउँबाट गाउँसम्म र सहरबाट सहरसम्म जान, सतावट र दुष्टताका बीचमा त्यहाँका बासिन्दाहरूलाई मेरो अनन्त सुसमाचार घोषणा गर्न बोलावट गरिएको छ ।

अनि जसले तिमीहरूलाई ग्रहण गर्छ उसले मलाई ग्रहण गर्छ; र तिमीसँग मेरो पवित्र आत्माको प्रदर्शनमा मेरा वचन घोषणा गर्ने शक्ति हुने छ ।

अनि जसले तिमीलाई साना बालबालिकाका रूपमा ग्रहण गर्छ, उसले मेरो अधिराज्य प्राप्त गर्छ; र तिनीहरू आशीषित छन्, किनकि तिनीहरूले कृपा प्राप्त गर्ने छन् ।

अनि जसले तिमीलाई अस्वीकार गर्छ, उसलाई मेरा पिता र उहाँको घरपरिवारबाट अस्वीकार गरिने छ; र तिनीहरूका विरुद्धमा गवाहीका रूपमा बाटोमा गोप्य स्थानहरूमा तिमीले आफ्ना खुट्टाहरू सफा गर्ने छौ ।

अनि हेर, अवलोकन गर, म छिट्टै फैसलाका लागि आउँछु, तिनीहरूले मेरा विरुद्धमा गरेका सबै धर्मच्युत कार्यहरूलाई बुझाउन, जसरी यो पुस्तकको खण्डमा मेरा सम्बन्धमा लेखिएको छ ।

अनि अब, साच्चैँ नै म तिमीलाई भन्छु, कि तिमीले आफ्ना छोराछोरीहरूलाई उपलब्ध नगराउँदासम्म र सियोनका बिशपसामु दयालु रूपमा पठाइँदासम्म जानु उचित छैन ।

अनि केही वर्ष पछि, यदि तिमीहरूले मबाट चाहन्छौ भने, आफ्नो उत्तराधिकार प्राप्त गर्न तिमीहरू पनि असल भूमिमा जान सक्ने छौ;

अन्यथा तिमीहरूले मेरो सुसमाचार घोषणा गरिरहने छौ जबसम्म तिमीहरूलाई लगिने छैन । आमीन ।