धर्मशास्त्रहरू
सिद्धान्त र करार १९


खण्ड १९

अगमवक्ता जोसेफ स्मिथद्वारा मान्चेस्टर, न्यू योर्कमा सम्भवतः १८२९ को ग्रीष्म ऋतुमा दिइएको प्रकाश । उनको इतिहासमा अगमवक्ताले यसको परिचय यसरी दिनुहुन्छ “मानिसको नभइ परमेश्वरको एक आज्ञा, मार्टिन ह्यारिसलाई, उहाँद्वारा दिइएको जो अनन्त हुनुहुन्छ ।”

१–३, ख्रीष्टसँग सबै शक्ति छ; ४–५, सबै मानिसहरूले पश्चात्ताप गर्नु पर्छ अथवा पीडा भोग्नु पर्छ; ६–१२, अनन्त सजाय परमेश्वरको सजाय हो; १३–२०, ख्रीष्ट सबैका लागि पीडित हुनुभयो, ताकि यदि उनीहरूले पश्चात्ताप गरेमा पीडित हुन नपरोस्; २१–२८, पश्चात्तापको सुसमाचार प्रचार गर; २९–४१, खुशीको सन्देशको प्रचार गर ।

म नै अल्फा र ओमेगा, परमप्रभु ख्रीष्ट हुँ; हो, म त्यो पनि हुँ, प्रारम्भ र अन्त्य, संसारको मुक्तिदाता ।

मैले, तिनको इच्छा पूरा गरेर र समाप्त गरेर जसको म हुँ, पिताको समेत, मेरो सम्बन्धमा—यी कुरा गरेर ताकि मैले सबै विषयवस्तुलाई मेरो अधीनमा ल्याउन सक्छु—

सबै शक्तिलाई राखेर, संसारको अन्त्यमा शैतान र उसको शक्तिको विनाश गरेर, अनि फैसलाको अन्तिम महान् दिनमा, जब म त्यहाँका बासिन्दाहरूको पार लगाउँछु, हरेक मानिसहरूलाई उनीहरूले गरेका आफ्ना कार्यहरू अनि कामहरूअनुसार फैसला गर्दै ।

अनि अवश्य नै हरेक मानिसले पश्चात्ताप गर्नु पर्छ अथवा पीडित हुनु पर्छ, किनकि म, परमेश्वर, अन्तहीन हुँ ।

यसकारण, मैले दिने फैसला म रद्द गर्दिन, तर दुःखहरू आउने छन्, रूवाइ, विलाप र दाह्रा कटाइ, हो, तिनीहरूमा जो मेरा देब्रे हातमा भेटिने छन् ।

यद्यपि, यो वेदनाको अन्त्य छैन भनेर यहाँ लेखिएको छैन, तर यसो लेखिएको छ अन्तहीन वेदना ।

पुनः, यसो लेखिएको छ अनन्त अभिशाप; यसकारण यो अरू धर्मशास्त्रहरू भन्दा धेरै स्पष्ट छ, कि यसले मानिसहरूका छोराछोरीहरूका हृदयहरूमा मेरो नामको महिमाका लागि पूर्णरूपले कार्य गर्न सक्छ ।

यसकारण, म तिमीहरूलाई यो रहस्य वर्णन गर्ने छु, किनकि मेरा प्रेरितहरू भएकाले तिमीहरूले यो जान्नु उचित छ ।

यसका लागि छानिएका तिमीहरूलाई म भन्दछु, एक रूपमा, ताकि तिमीहरू मेरो विश्राममा प्रवेश गर्ने छौ ।

१० किनकि, हेर, ईश्वरीयपनको रहस्य, यो कति महान् छ! किनकि, हेर, म अन्तहीन हुँ, अनि मेरा हातबाट दिइएका सजाय अन्तहीन सजाय हो, किनकि अन्तहीन मेरो नाम हो । यसकारण—

११ अनन्त सजाय परमेश्वरको सजाय हो ।

१२ अन्तहीन सजाय परमेश्वरको सजाय हो ।

१३ यसकारण, म तिमीलाई पश्चात्ताप गर्न आज्ञा गर्छु, अनि मेरा सेवक जोसेफ स्मिथ जुनियरका हातबाट मेरो नाममा प्राप्त भएका आज्ञाहरूको पालना गर;

१४ अनि यो मेरो शर्वशक्तिमान् शक्तिद्वारा भएको हो जुन तिमीले त्यसलाई प्राप्त गरेका छौ;

१५ त्यसकारण म तिमीलाई पश्चात्ताप गर्न आज्ञा गर्छु—पश्चात्ताप गर, नत्र म तिमीलाई मेरो मुखको छडीले हिर्काउने छु, अनि मेरो रिसले, अनि मेरो क्रोधले, अनि तिम्रा पीडाहरू गम्भीर हुने छन्—कति गम्भीर तिमीलाई थाहा छैन, कति मार्मिक तिमीलाई थाहा छैन, हो, सहन कति गाह्रो हुन्छ तिमीलाई थाहा छैन ।

१६ किनकि हेर, म, परमेश्वरले सबैका लागि यी पीडाहरू भोगेको छु, ताकि यदि तिनीहरूले पश्चात्ताप गरेमा पीडा भोग्नु नपरोस्;

१७ परन्तु यदि तिनीहरूले पश्चात्ताप नगरेमा तिनीहरूले मैले भोगे जस्तै पीडा भोग्ने छन्;

१८ जुन पीडाले मलाई, परमेश्वरलाई समेत, सबैभन्दा महानलाई, पीडाका कारण काप्नु पर्‍यो, अनि हरेक रोमकूपबाट रगत निक्ल्यो, अनि शरीर र आत्मा दुबै पीडित भए—अनि त्यसैले मैले त्यो तीतो प्यालाबाट पिउन अनि सङ्कोच मान्न नपरोस् भन्ने इच्छा गरेँ—

१९ यद्यपि, पितालाई महिमा होस्, अनि मैले ग्रहण गरेँ र मानिसहरूका छोराछोरीहरूका लागि मेरो तयारी पूरा गरेँ ।

२० यसकारण, म तिमीलाई पश्चात्ताप गर्न फेरि आज्ञा गर्छु, नत्र म तिमीलाई मेरो शर्वशक्तिमान् शक्तिले विनम्र तुल्याउँछु; अनि ताकि तिमीले आफ्ना पापहरूको आत्मसात गर्ने छौ, नत्र तिमीले मैले भनेका यी सजायहरूको पीडा भोग्नुपर्ने छ, जसको एउटा सानो भाग, हो, थोरै भाग भए पनि मैले मेरो आत्मा फिर्ता लिएका बेला तिमीले अनुभव गरेका छौ ।

२१ अनि म तिमीलाई आज्ञा गर्छु कि तिमीले केवल पश्चात्तापको मात्रै प्रवचन गर्नु पपर्छ, अनि मलाई उचित नलागेसम्म यी विषयवस्तुहरू संसारलाई नदेखाउनू ।

२२ किनकि तिनीहरूले अहिले मासु सहन सक्दैनन्, तर तिनीहरूले दूध प्राप्त गर्नु पर्छ; यसकारण, तिनीहरूले यी विषयहरू अहिले थाहा पाउनु हुँदैन, नत्र तिनीहरूको नाश हुन्छ ।

२३ मबाट सिक, अनि मेरा वचनहरूलाई सुन; मेरो आत्माको विनम्रतामा हिंड, अनि ममा तिमीले शान्ति प्राप्त गर्ने छौ ।

२४ म येशू ख्रीष्ट हुँ; म पिताको इच्छाद्वारा आएको हुँ, अनि म उहाँको इच्छा गर्छु ।

२५ अनि पुनः, म तिमीलाई आज्ञा दिन्छु कि तिमीले छिमेकीकी श्रीमतीको लोभ लालचा नगर्नू; न त तिमीले छिमेकीको जीवन लिन नै खोज्नू ।

२६ अनि पुनः, म तिमीलाई आज्ञा गर्दछु कि तिमीले आफ्नो सम्पत्तिको लोभ लालचा नगर्नू, तर तिमीले मोर्मोनको पुस्तकको प्रकाशनका लागि स्वच्छ रूपले प्रदान गर्नू, जसमा परमेश्वरको सत्यता र वचन छ—

२७ जुन गैह्र यहूदीहरूका लागि मेरा वचन हुन्, जुन चाँडै यहूदीहरू माझ जान सक्छ, जसका अवशेष लमानीहरू हुन्, ताकि तिनीहरूले सुसमाचारको विश्वास गर्ने छन्, अनि आइसक्नुभएका मसीहलाई आउनुहुने छ भनेर अपेक्षा गर्ने छैनन् ।

२८ अनि पुनः, म तिमीलाई आज्ञा गर्दछु कि तिमीले आवाजमा साथसाथै आफ्नो हृदयमा प्रार्थना गर्नु पर्दछ; हो, संसारका अगाडि साथसाथै गोप्य रूपमा पनि, सार्वजनिक साथसाथै निजी रूपमा ।

२९ अनि तिमीले खुशीको सन्देशको घोषणा गर्नु पर्छ, हो, पर्वतहरूमा प्रचार गर्नु पर्छ, अनि हरेक उच्च स्थानमा अनि हरेक मानिस माझ जसलाई भेट्न तिमीलाई अनुमति दिइन्छ ।

३० अनि तिमीले ममा विश्वास गर्दै, आलोचना गर्नेहरू विरुद्ध आलोचना नगरिकन, यो पूर्ण विनम्रतामा गर्नु पर्दछ ।

३१ अनि धार्मिक सिद्धान्तहरूका सम्बन्धमा तिमीले बोल्नु हुँदैन, तर तिमीले पश्चात्ताप र मुक्तिदातामा आस्थाको घोषणा गर्नु पर्दछ र बप्तिस्माद्वारा र आगोद्वारा पापहरूबाट छुट्कारा, हो, पवित्र आत्माद्वारा समेत ।

३२ हेर, यो एक महान् अनि अन्तिम आज्ञा हो जुन म यसका सम्बन्धमा तिमीलाई दिन्छु; किनकि तिम्रो दिनचर्या अनि तिम्रो जीवनको अन्त्यसम्मका लागि यो पर्याप्त हुने छ ।

३३ अनि तिमीले दुःख पाउने छौ यदि तिमीले यी सल्लाहहरूलाई बेवास्ता गर्‍यौ भने, हो, तिम्रो अनि तिम्रो सम्पत्तिको विनाश समेत ।

३४ तिम्रो सम्पत्तिको केही अंश बाँड, हो, तिम्रो जमीनको केही अंश समेत, अनि तिम्रो परिवारको सहायताका लागि बाहेक अरू सबै बाँड ।

३५ तिमीले मुद्रणकर्तासँग गरेको सम्झौता ऋण तिर । तिमीले आफूलाई दासत्वबाट छुट्कारा दिलाऊ ।

३६ तिमीले आफ्नो परिवारलाई भेट्ने इच्छा गरेका बेला बाहेक, तिमीले आफ्नो घर र गृहस्थीलाई छोड;

३७ अनि सबैसँग खुलस्त रूपमा कुरा गर; हो, सत्यको प्रवचन देऊ, प्रोत्साहित गर, घोषणा गर, ठूलो आवाजमा समेत, प्रसन्नताका आवाजमा, चिच्याउँदै—होसन्ना, होसन्ना, परमप्रभु परमेश्वरको नामको धन्य होस्!

३८ सधैँ प्रार्थना गर, अनि म तिमीमा मेरो आत्मा खन्याउने छु, अनि तिम्रो आशीर्वाद महान् हुने छ—हो, यदि तिमीले पृथ्वीका खजाना र यसको हदसम्मको भ्रष्टयोग्यतामा प्राप्त गरेभन्दा पनि धेरै ।

३९ हेर, के तिमी खुशीले आफ्नो हृदय नउचाली र प्रसन्न नभई यसलाई पढ्न सक्छौ?

४० अथवा के तिमी एक अन्धा मार्गदर्शक भई लामो समयसम्म दौडन सक्छौ?

४१ अथवा के तिमी विनम्र अनि कोमल हुन सक्छौ, अनि आफूलाई मेरा सामु बुद्धिमत्तापूर्वक व्यवहार गर्न सक्छौ? हो, म, तिम्रा मुक्तिदाताकहाँ आऊ । आमीन ।