धर्मशास्त्रहरू
सिद्धान्त र करार ६७


खण्ड ६७

अगमवक्ता जोसेफ स्मिथद्वारा, हाइरम, ओहायोमा, नोभेम्बरको आरम्भमा १८३१ मा दिइएको प्रकाश । विशेष सम्मेलनको अवसर थियो र जोसेफ स्मिथद्वारा परमप्रभुबाट प्राप्त भइसकेका प्रकाशहरूको प्रकाशनमा मनन गरियो र कार्य गरियो (हेर्नुहोस् शीर्षक खण्ड १) । विलियम डबल्यू. फेल्प्सले इन्डिपेन्डेन्स मिजोरीमा भर्खरै चर्च छापाखाना स्थापित गरेका थिए । सम्मेलनले Book of Commandments मा ती प्रकाशहरूको प्रकाशन गर्ने र १०,००० प्रतिलिपिहरू (जुन अप्रत्याशित कठिनाइहरूका कारण पछि ३,००० प्रतिलिपिहरूमा घटाइएको थियो) मुद्रण गर्ने निर्णय गरे । धेरै बन्धुहरूले गम्भीर गवाही दिए कि त्यो समयमा प्रकाशनका लागि सङ्कलीत गरिएका प्रकाशहरू पवित्र आत्माद्वारा उनीहरूमाथि गवाही दिएको जस्तै साच्चैँ नै सत्य थिए । जोसेफ स्मिथको इतिहासमा अभिलेख गरिएको छ कि खण्ड १ भनेर परिचित प्रकाश प्राप्त भइसकेपछि, ती प्रकाशहरूमा प्रयोग गरिएको भाषाका सम्बन्धमा केही वार्तालाप भयो । बर्तमान प्रकाश यस प्रकार छ ।

१–३, परमप्रभुले आफ्ना एल्डरहरूका प्रार्थनाहरू सुन्नुहुन्छ र हेरचाह गर्नुहुन्छ; ४–९, उहाँले सबैभन्दा बुद्धिमानी मानिसलाई उहाँका प्रकाशहरूको न्यूनतम अनुलिपि गर्न चुनौती दिनुहुन्छ; १०–१४, आस्थावान् एल्डरहरूलाई आत्माद्वारा जीवन्त बनाइने छ र उनीहरूले परमेश्वरको मुहार देख्ने छन् ।

हेर अनि सुन, हे मेरा चर्चका तिमी एल्डरहरू, जसले आफूलाई एकसाथ एकत्रित गरेका छौ, जसका प्रार्थना मैले सुनेको छु र जसका हृदयहरू मलाई थाहा छ र जसका चाहनाहरू मेरासामु आएका छन् ।

हेर अनि अवलोकन गर, मेरा आँखाहरू तिमीहरूमाथि छन् र स्वर्गहरू र पृथ्वी मेरा हातहरूमा छन् र दिनका लागि अनन्तकालका समृद्धि मेरा हुन् ।

तिमीहरूलाई अर्पण गरिएको आशीर्वाद तिमीहरूले प्राप्त गर्नुपर्छ भनेर तिमीहरूले विश्वास गर्ने प्रयास गर्‍यौ; परन्तु हेर, साच्चैँ नै म तिमीहरूलाई भन्छु तिमीहरूका हृदयहरूमा डर थियो र साच्चैँ नै यसै कारण तिमीहरूले प्राप्त गरेनौ ।

अनि अब, म, परमप्रभु, यी आज्ञाहरूको सत्यताको गवाही तिमीहरूलाई दिन्छु जुन तिमीहरूसामु छ ।

तिमीहरूका आँखा मेरा सेवक जोसेफ स्मिथ, जुनियरमाथि छन् र तिमीहरूलाई उनको भाषा र उनका कमजोरीहरू थाहा छ; अनि तिमीहरूले आफ्ना हृदयहरूमा उनको भन्दा राम्रो भाषामा ज्ञान व्यक्त गर्न खोजेका छौ; यो तिमीहरूलाई पनि थाहा छ ।

अब, तिमीहरूले आज्ञाहरूका पुस्तकबाट खोज, त्यसमा सबैभन्दा न्यूनतम खोज अनि उसलाई नियुक्त गर जो तिमीहरूमध्ये सबै भन्दा बुद्धिमानी छ;

अथवा, यदि तिमीहरूका बीचमा कोही छ जसले यसमा भएको जस्तै एक लेख्न सक्छ भने, त्यो अवस्थामा तिमीहरूले सफाइ दिन्छौ कि तिमीहरूलाई थाहा छैन कि यी सत्य छन्;

परन्तु यदि तिमीहरूले यसमा भएको जस्तै एक लेख्न सक्दैनौ भने, यदि तिमीहरूले यी सत्य हुन् भनेर गवाही दिएनौ भने तिमीहरू तिरस्कृत हुने छौ ।

किनकि तिमीहरूलाई थाहा छ कि त्यहाँ तिनीहरूमा अधार्मिकता छैन र जुन धर्मी छ त्यो माथिबाट, ज्योतिहरूका पिताबाट आउँछ ।

१० अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु कि यो तिमीहरूको अधिकार हो र मैले दिएको प्रतिज्ञा हो जुन यो परोपकारमा तिमीहरूलाई नियुक्त गरिएको छ, ताकि जति जति तिमीहरूले ईर्ष्याहरू र डरहरूबाट आफूलाई टाढा राख्छौ र आफूलाई मेरासामु विनम्र तुल्याउँछौ, किनकि तिमीहरू पर्याप्त विनम्र छैनौ, पर्दा हटाइने छ र तिमीहरूले मलाई देख्न सक्ने छौ र म हुँ भनेर थाहा पाउने छौ—न त पापमय शरीर न त प्राकृतिक मस्तिष्कबाट, तर आत्मिक मस्तिष्कबाट ।

११ किनकि परमेश्वरको आत्माले जीवन्त बनाएको समयमा बाहेक कुनै मानिसले परमेश्वरलाई कुनै पनि समयमा शरीरमा देखेका छैनन् ।

१२ न त कुनै प्राकृतिक मानिसले परमेश्वरको उपस्थिति सहन सक्छ, न त पापमय मस्तिष्कले ।

१३ तिमीहरू अहिले परमेश्वरको उपस्थिति सहन सक्षम छैनौ, न त स्वर्गदूतहरूको सेवा; यसकारण, जबसम्म तिमीहरू परिपूर्ण बनाइँदैनौ धीरतामा निरन्तरता देऊ ।

१४ तिमीहरूका मस्तिष्कहरूलाई पछाडि फर्कन नदेऊ; अनि जब तिमीहरू योग्य बन्दछौ, मेरा आफ्नै समयमा, तिमीहरूले मेरा सेवक जोसेफ स्मिथ जुनियरका हातहरूबाट प्रदान गरिएका विषयहरू देख्ने छौ र थाहा पाउने छौ । आमीन ।