धर्मशास्त्रहरू
सिद्धान्त र करार ९७


खण्ड ९७

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा अगष्ट २, १८३३ मा दिइएको प्रकाश । जानकारीका लागि यो प्रकाश विशेष गरी सियोन, ज्याक्सन प्रदेशमा, परमप्रभुलाई अगमवक्ताको सोधपुछको जवाफमा मिजोरीका सन्तहरूको बिषयहरूसँग सम्बन्धित छ । मिजोरीको चर्चका सदस्यहरू यस समयमा गम्भीर सतावटको अधीनमा थिए र जुलाई २३, १८३३ मा, ज्याक्सन प्रदेश छोड्ने सम्झौतामा हस्ताक्षर गर्न बाध्य भएका थिए ।

१–२, सियोन (ज्याक्सन प्रदेश, मिजोरी) मा धेरै सन्तहरू तिनीहरूको इमान्दारिताका लागि अशीषित छन्; ३–५, पार्ली पी. प्राटलाई सियोनका शिक्षालयमा गरेका कार्यका लागि प्रशंसा गरिन्छ; ६–९, जसले आफ्ना करारहरू पालना गर्छन् तिनीहरूलाई परमप्रभुले स्वीकार गर्नुहुन्छ; १०–१७, सियोनमा एक गृह निर्माण गरिनु पर्छ जसमा विशुद्ध हृदयले परमेश्वरलाई देख्ने छ; १८–२१, सियोन हृदयमा विशुद्ध छ; २२–२८, सियोन आस्थावान् छ भने परमप्रभुको प्रकोपबाट बच्ने छ ।

साच्चैँ नै म तिमीहरू मेरा मित्रहरूलाई भन्छु, म तिमीहरूलाई मेरो वाणी, मेरो आत्माको वाणीले समेत बोल्छु, ताकि म तिमीहरूलाई सियोनको भूमिमा तिमीहरूका बन्धुहरूका सम्बन्धमा मेरो चाहना देखाउन सक्ने छु, जसमध्ये अधिकांश वास्तवमा नै विनम्र छन् र लगनशीलताका साथ ज्ञान सिक्न र सत्य पत्ता लगाउनका लागि अन्वेषण गरिरहेका छन् ।

साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्छु, अशीषित ती हुन्, किनभने तिनीहरूले आशीष प्राप्त गर्ने छन्; किनकि म, परमप्रभु, सबै विनम्रहरू र म जसलाई चाहन्छु सबैलाई कृपा देखाउँछु, ताकि म तिनीहरूलाई फैसलामा ल्याउँदा सफाइ दिन सक्छु ।

हेर, म तिमीहरूलाई भन्छु, सियोनका शिक्षालयका सम्बन्धमा, म, परमप्रभु, अत्यन्त खुशी छु ताकि सियोनमा एउटा शिक्षालय हुनु पर्छ र मेरा सेवक पार्ली पी. प्राटसँग पनि खुसी छु, किनकि उनी ममा समाहित छन् ।

अनि जबसम्म उनले ममा समाहित हुन निरन्तरता दिन्छन् उनले सियोनको भूमिमा शिक्षालयको अध्यक्षता गरिरहने छन् जबसम्म मैले उनलाई अन्य आज्ञाहरू दिने छैन ।

अनि मैले उनलाई धेरै आशीर्वादहरूका साथ आशीर्वाद दिने छु, सबै धर्मशास्त्र र शिक्षालयका र सियोनको चर्चको सुधारका रहस्यहरूमा व्याख्या गर्न ।

अनि शिक्षालयका अवशेषहरूलाई, म, परमप्रभु, दया देखाउन इच्छुक छु; यद्यपि, त्यहाँ तिनीहरू पनि छन् जसलाई दण्ड दिनु आवश्यक छ र तिनीहरूका कार्यहरू देखाइने छन् ।

बञ्चरो रूखको जरामा राखिएको छ; र असल फल नफलाउने हरेक रूखलाई काटेर आगोमा फालिने छ । म, परमप्रभुले यस्तो बोलेको छु ।

साच्चैँ नै म तिमीहरूलाई भन्छु, तिनीहरूमध्ये सबै जसलाई थाहा छ तिनीहरूका हृदय इमानदार छन् र तिनीहरूका आत्माहरू चूर्ण र पछुताएका छन् र बलिदानद्वारा तिनीहरूका करारहरू पालना गर्न इच्छुक छन्—हो, प्रत्येक बलिदान जुन म, परमप्रभुले आज्ञा गर्ने छु—तिनीहरू मबाट ग्रहण गरिन्छन् ।

किनकि म, परमप्रभुले, तिनीहरूलाई एक अति नै फलदायी वृक्षका रूपमा बाहिर ल्याउने छु, जुन असल भूमिमा, विशुद्ध खोलाको छेउमा रोपिएको छ, जसले धेरै बहुमूल्य फल दिन्छ ।

१० साच्चैँ नै म तिमीहरूलाई भन्छु, ताकि यो मेरो चाहना हो कि मैले तिमीहरूलाई दिएको नमुनाअनुसार, सियोनको भूमिमा मेरा लागि एक गृह निर्माण गरिनु पर्छ ।

११ हो, मेरा जनको दशांशद्वारा, यो द्रुत रूपमा निर्माण गरिनु पर्छ ।

१२ हेर, यो दशांश र बलिदान हो जुन म, परमप्रभु, तिनीहरूका हातबाट माग्छु, ताकि सियोनको उद्धारका लागि मेरा लागि एउटा गृह बन्न सक्छ—

१३ सबै सन्तहरूका लागि आभार व्यक्त गर्ने स्थानका लागि र तिनीहरूका सबै बोलावटहरू र कार्यालयहरूमा सेवाको कार्यमा बोलावट गरिएका सबैका लागि निर्देशनको स्थानका लागि;

१४ ताकि तिनीहरू आफ्ना सेवाको समझमा, परिकल्पनामा, अवधारणामा र सिद्धान्तमा, पृथ्वीमा परमेश्वरको अधिराज्यसँग सम्बन्धित सबै विषयहरूमा, जुन अधिराज्यका साँचाहरू, पूर्ण हुन सक्छन् भनेर तिमीहरूलाई सुम्पिएका छन् ।

१५ अनि मेरा जनहरूले मेरा लागि जति जति परमप्रभुका नाममा एक गृह निर्माण गर्छन् र यसमा कुनै अशुद्ध वस्तुलाई अनुमति दिइने छैन, ताकि यो अपवित्र नहोस्, मेरो महिमा त्यसमा रहने छ;

१६ हो, र मेरो उपस्थिति त्यहाँ हुने छ, किनकि म यसमा आउने छु र यसमा आउने हृदयमा शुद्ध सबैले परमेश्वरलाई देख्ने छन् ।

१७ परन्तु यदि त्यो अशुद्ध भयो भने म त्यसमा आउने छैन र मेरो महिमा त्यहाँ रहने छैन; किनकि म अपवित्र मन्दिरहरूमा आउने छैन ।

१८ अनि, अब, हेर, यदि सियोनले यी कार्यहरू गर्छ भने उनी सफल हुने छन् र आफूलाई फैलाउने छन् र धेरै महिमित, धेरै महान् र धेरै भयानक हुने छन् ।

१९ अनि पृथ्वीका राष्ट्रहरूले तिनलाई आदर गर्ने छन् र भन्ने छन्: निश्चय नै सियोन हाम्रा परमेश्वरको शहर हो र निश्चय नै सियोन ढल्न सक्दैन, न त आफ्नो स्थानबाट हटाउन सकिने छ किनकि परमेश्वर त्यहाँ हुनुहुन्छ र परमप्रभुका बाहु त्यहाँ छन्;

२० अनि उनले आफ्नो शक्तिको समझले उनको मुक्ति र उनको अग्लो धरहरा हुने शपथ खाएका छन् ।

२१ त्यसकारण, साच्चैँ नै, परमप्रभु यसो भन्नुहुन्छ, सियोन रमाउनु पर्छ, किनकि यो सियोन हो—हृदयमा शुद्ध; त्यसकारण, सियोन रमाउनु पर्छ, जब सबै दुष्टहरूले शोक गर्ने छन् ।

२२ किनकि हेर र अवलोकन गर, प्रतिहिंसा लिने आँधीबेहरीजस्तै धर्मभ्रष्टहरूमाथि तत्कालै आउँछ; अनि यसबाट को उम्कने छ?

२३ परमप्रभुको कोर्रा रात र दिनमा रोकिने छैन र त्यसको प्रतिवेदनले सबै मानिसहरूलाई कष्ट दिने छ; हो, परमप्रभु आउनुहुँदासम्म यसलाई नियन्त्रण गरिने छैन;

२४ किनकि तिनीहरूका कुकर्महरू र तिनीहरूका सबै क्षुद्र कार्यहरूका विरुद्धमा परमप्रभुको क्रोध दन्किएको छ ।

२५ यद्यपि, सियोनले मैले तिनलाई आज्ञा दिएका सबै विषयहरू पालना गरिरहे भने उनी प्रभावित हुने छैनन् ।

२६ परन्तु यदि मैले तिनलाई जे आज्ञा दिएको थिएँ त्यो तिनले पालना नगरेमा, म तिनका सबै कार्यहरूअनुसार, दुःखदायी कष्ट, महामारी, विपत्ति, तरवार, प्रतिहिंसा, भष्म गर्ने आगोसहित तिनलाई भेट्ने छु ।

२७ यद्यपि, यो एक पटक उनको कानमा पढियोस्, ताकि म, परमप्रभुले, उनको अर्पण स्वीकार गरेको छु; र यदि उनले पाप गरिनन् भने यीमध्ये कुनै पनि कार्य उनीमाथि आउने छैनन्;

२८ अनि म उनलाई आशीर्वादहरूले आशीषित गर्ने छु र आशीर्वादहरूको बहुलता प्रदान गर्ने छु र तिनलाई र तिनका पुस्ताहरूमा सदासर्वदा र सदाका लागि धेरै आशीर्वादहरू दिने छु, परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ । आमीन ।