धर्मशास्त्रहरू
सिद्धान्त र करार ८५


खण्ड ८५

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा, नोभेम्बर २७, १८३२ मा दिइएको प्रकाश । यो खण्ड विलियम डबल्यू. फेल्प्सलाई अगमवक्ताको एक पत्रको अंश हो, जो इन्डिपेन्डेन्स, मिजोरीमा बस्दै आएका थिए । यसले ती सन्तहरूका सम्बन्धमा प्रश्नहरूको जवाफ दिन्छ जो सियोनमा सरेका थिए तर जसले आफ्ना सम्पत्तिहरू पवित्र पार्ने आज्ञा पालना गरेका थिएनन् र यसरी चर्चमा स्थापित रीतअनुसार आफ्ना उत्तराधिकारहरू प्राप्त गरेका थिएनन् ।

१–५, सियोनमा उत्तराधिकारहरू पवित्रीकरणद्वारा प्राप्त गर्न सकिन्छ; ६–१२, एक शक्तिशाली र मजबुतले सियोनमा सन्तहरूलाई तिनीहरूका उत्तराधिकार दिने छन् ।

यो परमप्रभुको कारिन्दाको कर्तव्य हो, जसलाई उहाँले नियुक्त गर्नुभएको छ, इतिहास राख्न र सियोनमा हुने सबै विषयहरूको र सम्पत्तिहरू पवित्र गर्ने र बिशपबाट कानुनी रूपमा उत्तराधिकार प्राप्त गर्नेहरूको सामान्य चर्च अभिलेख राख्न;

अनि तिनीहरूको जीवन शैली, तिनीहरूका आस्था र कार्यहरू पनि; र आफ्नो उत्तराधिकार प्राप्त गरेपछि धर्मत्याग गर्ने धर्मत्यागीहरूको पनि ।

यो परमेश्वरको चाहना र आज्ञाका विपरीत हो ताकि ती जसले आफ्नो उत्तराधिकारलाई पवित्रीकरणद्वारा प्राप्त गर्दैनन्, उहाँले दिनुभएका नियमअनुसार सहमत हुँदैनन्, जुन उहाँले दिनुभएको छ, ताकि प्रतिशोध र भष्म दिनका विरुद्धमा तिनीहरूलाई तयार पार्न, उहाँले आफ्ना जनहरूलाई दशांश दिन सक्नुहुन्छ, परमेश्वरका जनहरूसँग तिनीहरूको नाम अभिलेख गरिएको हुनु पर्छ ।

न त तिनीहरूको वंशावली राख्नु पर्छ, न त चर्चको कुनै पनि अभिलेख वा इतिहासमा पत्ता लगाउन सकिन्छ ।

तिनीहरूका नामहरू पत्ता लाग्ने छैनन्, न त पिताहरूका नामहरू, न त छोराछोरीहरूका नामहरू परमेश्वरको नियमको पुस्तकमा लेखिएका छन्, सैन्यहरूका अधिपति भन्नुहुन्छ ।

हो, सानो आवाजले यसो भन्छ, जसले कानहरूमा खुसुक्क भन्छ र सबै वस्तुहरूलाई छेड्छ र प्रायः जब यो प्रकट हुन्छ, यसले मेरा हड्डीहरूलाई बारम्बार कम्पन गराउँछ, यसो भन्दै:

अनि यस्तो हुन जाने छ कि म, परमप्रभु परमेश्वरले, एक शक्तिशाली र मजबुतलाई पठाउने छु, आफ्नो हातमा शक्तिको राजदण्ड समातेर, आवरणका लागि प्रकाशको वस्त्र लगाएर, जसको मुखले शब्दहरू, अनन्त शब्दहरू उच्चारण गर्ने छ; जबकि उनको आन्द्राभुँडी सत्यको मुहान हुने छ, परमेश्वरको गृहलाई सङ्गठित गर्न र कौडाद्वारा सन्तहरूका उत्तराधिकारहरू व्यवस्थित गर्न जसका नामहरू पत्ता लागेको छ र तिनीहरूका पिताहरू र तिनीहरूका छोराछोरीहरूका नामहरू परमेश्वरको नियमको पुस्तकमा अभिलेख गर्न;

जब कि त्यो मानिस, जसलाई परमेश्वरबाट बोलावट गरिएको थियो र नियुक्त गरिएको थियो, जसले परमेश्वरको सन्दुकलाई दृढ राख्न आफ्ना हात अगाडि बढाउँछ, मृत्युको भालाबाट खस्ने छ, चट्याङ्हरूको ज्वलन्त भालाले प्रहार गरेको रूख जस्तै ।

अनि ती सबै जसको सम्झनाका पुस्तकमा नाम लेखिएको नभेटिएमा त्यस दिनमा कुनै उत्तराधिकार प्राप्त गर्ने छैनन् तर तिनीहरूलाई काटिने छ र तिनीहरूको पुरस्कार तिनीहरूलाई अविश्वासीहरूका बीचमा नियुक्त गरिने छ, जहाँ विलाप गर्ने र दाह्रा किट्ने छन् ।

१० यी विषयहरू म आफैँ बोल्दिनँ; त्यसकारण, जसरी परमप्रभुले बोल्नुहुन्छ, उहाँले पूरा पनि गर्नुहुने छ ।

११ अनि तिनीहरू जो प्रधान पादरीका हुन्, जसको नाम नियमको पुस्तकमा लेखिएको छैन वा धर्मत्यागी भएको वा चर्चबाट अलग्याइएका, साथै साना पादरीहरू वा सदस्यहरू, त्यस दिन सर्वोच्चका सन्तहरूका बीचमा कुनै उत्तराधिकार प्राप्त गर्ने छैनन्;

१२ त्यसकारण, पादरीका छोराछोरीहरूलाई जस्तै तिनीहरूलाई व्यवहार गरिने छ एज्राको दोस्रो अध्याय र एकसट्ठीऔँ र बैसट्ठीऔँ पदहरूमा अभिलेख गरिएको भेटिए जस्तै ।