धर्मशास्त्रहरू
सिद्धान्त र करार ४३


खण्ड ४३

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा, फेब्रूवरी १८३१ मा दिइएको प्रकाश । यस समयमा मानिसहरूले आफू प्रकाशकर्ता भएको झूठा दाबीहरूद्वारा चर्चका केही सदस्यहरू विचलित बनेका थिए । अगमवक्ताले परमप्रभुलाई सोधे र चर्चका एल्डरहरूलाई निर्देशन गरिएको यो सन्देश प्राप्त गरे । पहिलो अंश चर्चको प्रशासनसँग सम्बन्धित छ; पछिल्लो भागले एल्डरहरूले पृथ्वीका राष्ट्रहरूलाई दिने चेतावनीलाई समावेश गर्दछ ।

१–७, प्रकाश र आज्ञाहरू नियुक्त गरिएका एकका माध्यमबाट मात्रै आउँछन्; ८–१४, परमप्रभुसामु पूर्ण पवित्रताका साथ सबै कार्यहरू गर्ने सन्तहरू पवित्र पारिन्छन्; १५–२२, एल्डरहरूलाई पश्चात्ताप गर्न र परमप्रभुका महान् दिनका लागि मानिसहरूलाई तयार पार्न अघि पठाइन्छ; २३–२८, परमप्रभुले मानिसहरूसँग आफ्नै वाणी र प्राकृतिक घटनाहरूद्वारा वार्तालाप गर्नुहुन्छ; २९–३५, सहस्राब्दी आउने छ र शैतान प्रतिबन्धित हुने छ ।

हे मेरा चर्चका एल्डरहरू, सुन, अनि जुन विषयहरू म तिमीहरूसँग बोल्ने छु त्यसमा कान थाप ।

किनकि हेर, साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूले मेरो चर्चमा एक नियमका रूपमा एक आज्ञा पाएका छौ, उनीद्वारा जसलाई मैले तिमीहरूसामु मेरा हातबाट आज्ञाहरू र प्रकाशहरू प्राप्त गर्न नियुक्त गरेको छु ।

अनि यो तिमीहरूले निश्चय नै जानकारी प्राप्त गर्ने छौ—कि यदि उनी ममा समाहित भए भने, उनको नश्वर अस्तित्व समाप्त नहुँदासम्म आज्ञाहरू र प्रकाशहरू प्राप्त गर्न त्यहाँ तिमीहरूसामु नियुक्त गरिएको अन्य कुनै व्यक्ति छैन ।

परन्तु साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु कि यस अधिकारका लागि उनीद्वारा बाहेक अरू कसैलाई नियुक्त गरिने छैन; किनकि यदि यो उनीबाट खोसियो भने उनको स्थानमा अर्को नियुक्त गर्नेबाहेक उनीसँग अधिकार हुने छैन ।

अनि यो तिमीहरूका लागि एक नियम हुने छ, कि तिमीहरूले प्रकाश वा आज्ञाहरूका रूपमा तिमीहरूका अगाडि आउनेका शिक्षाहरू प्राप्त गर्ने छैनौ;

अनि यो म तिमीहरूलाई दिन्छु ताकि तिमीहरू छलमा पर्ने छैनौ, ताकि तिमीहरूलाई जानकारी हुन सक्छ तिनीहरू मबाट होइनन् ।

किनकि साच्चैँ नै म तिमीहरूलाई भन्दछु, कि ऊ जो मद्वारा नियुक्त गरिएको छ द्वारमा आउने छ र यसपूर्व मैले तिमीहरूलाई बताएजस्तै नियुक्त गरिने छ, उसका माध्यमबाट तिमीहरूले प्राप्त गरेका र प्राप्त गर्ने ती प्रकाशहरू सिकाउन जसलाई मैले नियुक्त गरेको छु ।

अनि अब, हेर, म तिमीहरूलाई एक आज्ञा दिन्छु, कि जब तिमीहरू सँगै एक साथ भेला हुन्छौ, तिमीहरूले एकअर्कालाई निर्देशन दिने र आत्मिक वृद्धि गर्ने छौ, ताकि तिमीहरूले मैले दिएका मेरा नियम र आज्ञाहरूका विशिष्ट अंशहरूका सम्बन्धमा कसरी कार्य गर्ने र मेरो चर्चलाई निर्देशित गर्ने भनेर जानकारी प्राप्त गर्ने छौ ।

अनि यसरी तिमीहरूलाई मेरो चर्चका नियममा शिक्षा दिइने छ र तिमीहरूले प्राप्त गरेका विषयहरूद्वारा पवित्र होऔ र तिमीहरूले मेरासामु सबै पवित्रतामा कार्य गर्न आफूलाई प्रतिबद्ध पार्ने छौ—

१० ताकि तिमीहरूले जहाँसम्म यसो गर्‍यौ भने तिमीहरूले प्राप्त गरेको अधिराज्यमा महिमा थपिने छ । जहाँसम्म तिमीले यो गर्दैनौ भने, यो खोसिने छ, त्यो समेत जुन तिमीले प्राप्त गरेका छौ ।

११ तिमीहरू दुष्टतालाई हटाऊ जुन तिमीहरूका बीचमा छ; मेरासामु आफू स्वयंलाई पवित्र पार;

१२ अनि यदि तिमीहरू अधिराज्यको महिमा चाहन्छौ भने, तिमीहरूले मेरा सेवक जोसेफ स्मिथ, जुनियरलाई नियुक्त गर र आस्थाको प्रार्थनाद्वारा उनलाई मेरासामु समर्थन गर ।

१३ अनि पुनः, म तिमीहरूलाई भन्दछु, कि यदि तिमीहरू अधिराज्यका रहस्यहरू चाहन्छौ भने, उनलाई खाना र वस्त्रहरू र कार्य पूरा गर्न आवश्यक पर्ने जुनसुकै सामग्री उपलब्ध गराऊ जुन मैले उनलाई आज्ञा दिएको छु;

१४ अनि यदि तिमीहरूले त्यसो गरेनौ भने उनी तिनीलाई ग्रहण गर्नेहरूसामु रहने छन्, कि म आफ़ू स्वयंका लागि मेरा लागि एक विशुद्ध मानिसहरू आरक्षित गर्न सक्छु ।

१५ पुनः म भन्दछु, मेरो चर्चका एल्डरहरू सुन, जसलाई मैले नियुक्त गरेको छु: तिमीहरूलाई सिकाउन पठाइएको होइन, तर मानिसहरूका छोराछोरीहरूलाई ती विषयहरू सिकाउनका लागि पठाइएको हो जुन मैले मेरो आत्माको शक्तिद्वारा तिमीहरूका हातमा राखिदिएको छु;

१६ अनि तिमीहरूलाई उच्चताबाट सिकाइने छ । आफूलाई पवित्र बनाऊ र तिमीहरूलाई शक्ति प्रदान गरिने छ, ताकि तिमीहरूले मैले बोलेको जस्तै सिकाउन सक्छौ ।

१७ सुन तिमीहरू, किनकि हेर, परमप्रभुको महान् दिन नजिकै छ ।

१८ किनकि त्यो दिन आउँदै छ जब परमप्रभुले स्वर्गबाट आफ्नो वाणी बोल्नुहुने छ; स्वर्गहरू हल्लिने छन् र पृथ्वी काँप्ने छ र परमेश्वरको तुरही लामो र चर्को स्वरमा फुकिने छ र सुतेका राष्ट्रहरूलाई भन्ने छ: हे सन्तहरू उठ र जिय; तिमी पापीहरू त्यस्तै अवस्थामा मृत्युमा रहो जबसम्म म पुनः बोलाउँदिनँ ।

१९ यसकारण आफ्नो कम्मर कस, अन्यथा तिमीहरू पतीतहरूका बीचमा भेटिने छौ ।

२० आफ्नो आवाज उच्च पार र नरोक । मानिसहरूलाई पश्चात्ताप गर्न बोलाओ, वृद्ध र जवान दुबै, बन्दी र स्वतन्त्र दुबै, यसो भन्दै: परमप्रभुका महान् दिनका लागि आफूलाई तयार पार;

२१ किनकि यदि म, जो एउटा मानिस हुँ, मेरो आवाज उचाल्छु र तिमीहरूलाई पश्चात्ताप गर्न बोलाउँछु र तिमीहरूले मलाई घृणा गर्छौ भने, तिमीहरूले के भन्ने छौ जब त्यो दिन आउँछ जब मेघ गर्जनहरूले पृथ्वीका सीमान्तहरूबाट जीवित सबैका कानमा आफ्ना आवाजहरू बोल्ने छन्, यसो भन्दै—पश्चात्ताप गर र परमप्रभुका महान् दिनका लागि तयारी गर?

२२ हो, अनि पुनः, जब बिजुलीहरू पूर्वबाट पश्चिमसम्म चम्किन्छन् र सबै जीवितहरूसामु आफ्ना आवाजहरू बोल्ने छन् र यी शब्दहरू भन्दै सुन्ने सबैका कानहरू झन्झनाउने छन्—पश्चात्ताप गर, किनकि परमप्रभुको महान् दिन आएको छ?

२३ अनि पुनः, परमप्रभुले स्वर्गबाट आफ्नो वाणी बोल्नुहुने छ, यसो भन्दै: हे पृथ्वीका राष्ट्रहरू, सुन र तिमीहरूका निर्माता परमेश्वरका वचनहरू सुन ।

२४ हे तिमीहरू पृथ्वीका राष्ट्रहरू हो, पोथीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेँटाहरूमुनि बटुलेजस्तै मैले तिमीहरूलाई कति पटक बटुल्ने थिएँ परन्तु तिमीहरूले मानेनौ!

२५ मैले कति पटक मेरा सेवकहरूको मुखद्वारा, स्वर्गदूतहरूको सेवाद्वारा र मेरो आफ्नै वाणीद्वारा र मेघ गर्जनहरूको आवाजद्वारा र बिजुलीको आवाजद्वारा र आँधीको आवाजद्वारा र भूकम्पको आवाज र ठूला असिनाको आवाज र अनिकाल र हरेक किसिमका महामारीको आवाज र तुरहीको ठूलो आवाज र न्यायको आवाज र सारा दिनभरि कृपाको आवाजले र महिमा र सम्मानको आवाजद्वारा र अनन्त जीवनको सम्पत्तिद्वारा कति पटक बोलाएँ र अनन्त मुक्तिका साथ तिमीहरूलाई बचाउने थिएँ होला तर तिमीहरूले मानेनौ!

२६ हेर, त्यो दिन आएको छ, जब मेरो क्रोधले त्यो रिसको प्याला भरिएको छ ।

२७ हेर, साच्चैँ नै म तिमीहरूलाई भन्दछु, कि यी परमप्रभु तिमीहरूका परमेश्वरका वचनहरू हुन् ।

२८ यसकारण, तिमीहरू परिश्रम गर, अन्तिम पटक मेरो अङ्गुरको बगैँचामा तिमीहरू परिश्रम गर—अन्तिम पटक पृथ्वीका बासिन्दाहरूलाई बोलाऊ ।

२९ किनकि मेरो आफ्नै समयमा फैसलामा म पृथ्वीमा आउने छु र मेरा जनहरूलाई उद्धार गरिने छ र मसँगै पृथ्वीमा शासन गर्ने छन् ।

३० किनभने महान् सहस्राब्दी आउने छ, जसका सम्बन्धमा मैले मेरा सेवकहरूको मुखबाट बोलेको छु ।

३१ किनकि शैतानलाई बाँधेर राखिने छ र जब उसलाई पुनः मुक्त गरिएको छ उसले केही समयका लागि मात्रै शासन गर्ने छ अनि त्यसपछि पृथ्वीको अन्त्य आउने छ ।

३२ अनि जो धार्मिकतामा जिउँछ त्यो आँखाको एक निमेषमा परिवर्तन हुने छ र आगोले जस्तै पृथ्वी बितिजाने छ ।

३३ अनि पतीतहरू ननिभ्ने आगोमा लगिने छन् र जबसम्म तिनीहरू फैसलामा मेरा अगाडि आउने छैनन् तिनीहरूको अन्त्य पृथ्वीमा कसैले पनि थाहा जानकारी प्राप्त गर्ने छैन, न त कहिल्यै थाहा नै हुने छ ।

३४ तिमीहरू यी वचनहरू सुन । हेर, म संसारका मुक्तिदाता येशू ख्रीष्ट हुँ । यी विषयहरूलाई आफ्नो हृदयमा जोगाऊ र अनन्तकालका गम्भिरताहरूले तिम्रो मस्तिष्कमा आश्रम पाऊन् ।

३५ गम्भीर होऊ । मेरा सबै आज्ञाहरू पालना गर । अनुसार समेत । आमीन ।