धर्मशास्त्रहरू
सिद्धान्त र करार १०


खण्ड १०

अगमवक्ता जोसेफ स्मिथलाई हार्मोनी, पेन्सिल्भेनियामा सम्भवतः करीब अप्रील १८२९ मा दिइएको प्रकाश, यद्यपि केही अंशहरू १८२८ को ग्रीष्म ऋतुको प्रारम्भमा प्राप्त गरिएका हुन सक्दछन् । मोर्मोनको पुस्तकमा लहीको पुस्तकको अनुवादबाट ११६ पाण्डुलिपि पृष्ठहरूमा क्षुद्र मानिसहरूले गरेका परिवर्तनहरूका सम्बन्धमा परमप्रभुले जोसेफलाई यसमा जानकारी गराउनुहुन्छ । यी पाण्डुलिपि पृष्ठहरू मार्टिन ह्यारिसको स्वामित्वबाट हराएका थिए, जसलाई ती पानाहरू क्षणिक समयका लागि सुम्पिएको थियो । (हेर्नुहोस् खण्डको शीर्षक ३ ।) दुष्ट षड्यन्त्र के थियो भने चोरिएका पृष्ठहरूमा भएका अंशको पुनः अनुवादलाई कुर्ने अनि आफूसँग भएका पृष्ठहरूमा परिवर्तन गरेर भिन्नता देखाउँदै अनुवादकको बदनाम गर्ने । ताकि यो नीच उद्देश्य एक दुष्टद्वारा बनाइएको थियो र प्राचीन नफीहरूका इतिहासकार मोर्मोनका पालामा पनि भएको बारेमा परमप्रभु जानकार हुनुहुन्थ्यो, जसले जम्मा पारिएका पाताहरूको आफ्नो संक्षेपीकरण गर्दै थिए, जुन मोर्मोनको पुस्तकमा देखाइएको छ (हेर्नुहोस् मोर्मोनका वचनहरू १:३–७) ।

१–२६, शैतानले परमप्रभुका कार्यमा विरोध गर्न क्षुद्र मानिसहरूलाई उक्साउँछ; २७–३३, उसले मानिसहरूका आत्माहरूको विनाश गर्न खोज्छ; ३४–५२, यो सुसमाचार भनेको मोर्मोनको पुस्तक मार्फत् लमानीहरूकहाँ अनि सबै राष्ट्रहरूमा जानु हो; ५३–६३, परमप्रभुले मानिसहरू माझ आफ्नो चर्च अनि आफ्नो सुसमाचार स्थापना गर्नुहुने छ; ६४–७०, उहाँले आफ्नो चर्चमा पश्चात्तापीलाई भेला गर्नुहुने छ अनि आज्ञाकारीलाई मुक्ति दिलाउनुहुने छ ।

अब, हेर, म तिमीलाई भन्दछु, कि ऊरीम र तुम्मीमका माध्यमबाट तिमीलाई अनुवाद गर्न शक्ति दिइएका ती लेखहरूलाई तिमीले एक क्षुद्र मानिसका हातमा सुम्पेको हुनाले तिमीले यसलाई गुमाएका हौ ।

अनि यसका साथै तिमीले आफ्नो उपहार पनि गुमायौ, अनि तिम्रो मस्तिष्क अँध्यारो भयो ।

यद्यपि, यो पुनः तिमीमा पुनर्स्थापित गरिएको छ; त्यसैले हेर कि तिमी आस्थावान् छौ अनि तिमीले प्रारम्भ गरे जस्तै अनुवादको बाँकी कार्य समाप्त गर्न निरन्तरता देऊ ।

तिमीसँग भएको बलभन्दा छिटो नदौड अथवा तिमीलाई अनुवाद गर्न सक्षम हुन दिइएको स्रोतभन्दा बढी परिश्रम नगर; तर अन्त्यसम्म लगनशील होऊ ।

सधैँ प्रार्थना गर, ताकि तिमी विजयी हुन सक्ने छौ; हो, कि तिमीले शैतानलाई हराउन सक्ने छौ र कि तिमी शैतानका ती सेवकहरूका हातहरूबाट उम्कन सक्ने छौ जसले उसका कार्यमा सहायता गर्छन् ।

हेर, तिनीहरूले तिम्रो विनाश गर्न खोजेका छन्; हो, जसलाई तिमी विश्वास गर्दछौ त्यस व्यक्तिले पनि तिम्रो विनाश गर्न खोजेको छ ।

अनि यसै कारणले गर्दा मैले भने कि ऊ एक क्षुद्र मानिस हो, किनकि उसले तिमीलाई सुम्पिएका विषयवस्तुहरू लैजान खोजेको छ; अनि उसले तिम्रो उपहारको पनि विनाश गर्न खोजेको छ ।

अनि तिमीले ती लेखहरू उसको हातमा सुम्पेका कारण, हेर, क्षुद्र मानिसहरूले त्यसलाई तिमीबाट लगेका हुन् ।

त्यसैले, तिमीले त्यसलाई सुम्पिएका छौ, वास्तवमा, त्यो जुन पवित्र थियो, क्षुद्रताका सामु ।

१० अनि, हेर, तिमीले लेख्न लगाएका वा अनुवाद गरेका ती शब्दहरू जुन तिम्रा हातहरूबाट गुमेका छन्, जसलाई परिवर्तन गर्न शैतानले तिनीहरूका हृदयमा यसलाई राखिदिएको छ ।

११ अनि हेर, म तिमीलाई भन्दछु, कि तिनीहरूले शब्दहरू परिवर्तन गरेका हुनाले, तिमीले अनुवाद गरेको र लेख्न लगाएका भन्दा तिनीहरू भिन्दै छन्;

१२ अनि, यसरी, दानवले एउटा चतुर योजनाको स्थापना गर्न खोजेको छ, ताकि उसले यस कार्यको विनाश गर्न सक्नेछ;

१३ किनकि उसले यसो गर्न तिनीहरूका हृदयहरूमा राखिदिएको छ, ताकि तिमीले अनुवाद गरेको बहाना गरेको भनेर तिमीलाई ती शब्दहरूमा समातेको हो भनेर तिनीहरूले झूट बोल्न सकून् ।

१४ साँच्चै नै, म तिमीलाई भन्दछु, ताकि यो विचारमा म शैतानलाई आफ्नो दुष्ट षड्यन्त्र पूरा गर्न अनुमति दिन्न ।

१५ किनकि हेर, उसले तिनीहरूका हृदयहरूमा राखेको छ कि तिमीले परमप्रभु तिम्रा परमेश्वरलाई यसलाई पुनः अनुवाद गर्न आग्रह गर्न प्रलोभन गर्ने छ ।

१६ अनि त्यसपछि, हेर, तिनीहरूले आफ्ना हृदयहरूमा भन्ने छन् र सोच्ने छन्—हामी हेरौँ कि परमेश्वरले उसलाई अनुवाद गर्ने शक्ति साँच्चै दिनुभएको छ त; त्यसो हो भने, उहाँले त्यो शक्ति उसलाई पुनः दिनुहुने छ;

१७ अनि यदि परमेश्वरले उसलाई पुनः शक्ति दिनुभएमा, अथवा यदि उसले पुनः अनुवाद गरेमा, अथवा, अर्को शब्दमा भन्दा, यदि उसले पुनः त्यही वचनहरू ल्याएमा, हेर, हामीसँग उस्तै खालको छ, अनि हामीले त्यसलाई परिवर्तन गरेका छौँ;

१८ त्यसकारण, तिनीहरू सहमत हुने छैनन्, अनि हामीले भन्ने छौँ कि उसले आफ्ना शब्दहरूमा झूट बोलेको छ, अनि उससँग कुनै उपहार छैन, अनि उससँग कुनै शक्ति छैन;

१९ त्यसकारण हामी उसको विनाश गर्ने छौँ, अनि त्यो कार्य पनि; अनि हामी यसो गर्ने छौँ ताकि हामीले अन्तमा लज्जित हुन नपरोस्, अनि ताकि हामीले संसारको महिमा प्राप्त गर्न सकौँ ।

२० साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्दछु, कि शैतानले तिनीहरूका हृदयहरू माथि महान् अधीन जमाएको छ; उसले तिनीहरूलाई असलका विरुद्ध दुष्टतातिर भड्काउने छ;

२१ अनि तिनीहरूका हृदयहरू भ्रष्ट, अनि क्षुद्रता र कुकर्मले भरिपूर्ण भएका छन्; अनि तिनीहरू उज्यालोभन्दा अन्धकार मन पराउँछन्, किनभने तिनीहरूका कार्यहरू दुष्ट छन्; त्यसकारण तिनीहरूले मलाई सोध्ने छैनन् ।

२२ शैतानले तिनीहरूलाई भड्काउँछ, ताकि उसले तिनीहरूका जीवात्मालाई विनाश गर्न सक्ने छ ।

२३ अनि यसरी उसले परमेश्वरको कार्यलाई विनाश गर्ने सोच बनाएर, उसले एक चतुर योजना बनाएको छ; तर यसको लेखा म तिनीहरूबाट लिने छु, अनि फैसलाको दिन तिनीहरूका लज्जा र तिरस्कार यसको परिणाम हुने छ ।

२४ हो, उसले तिनीहरूका हृदयहरूलाई यस कार्य विरुद्ध क्रोधतर्फ भड्काउँछ ।

२५ हो, उसले तिनीहरूलाई भन्छ: धोका देऊ अनि समाउनलाई ढुकेर बस, ताकि तिमीहरूले विनाश गर्न सक्छौ; हेर, यसमा कुनै हानि छैन । अनि यसरी उसले तिनीहरूको चाप्लुसी गर्दछ, अनि तिनीहरूलाई भन्छ कि कुनै मानिसलाई असत्यमा समात्न सक्नु ताकि तिनीहरूले उसको विनाश गर्न सक्छ भनेर असत्य बोल्नु कुनै पाप होइन ।

२६ अनि यसरी उसले तिनीहरूको चाप्लुसी गर्छ, अनि तिनीहरूका जीवात्मालाई नरकतिर नघिसारेसम्म तिनीहरूलाई निर्देशन दिइरहन्छ; अनि यसरी उसले तिनीहरूलाई आफ्नो पासो आफैले समाउन लगाउँछ ।

२७ अनि यसरी ऊ मानिसहरूका जीवात्माको विनाश गर्न खोज्दै पृथ्वीभर माथि तल, अघि पछि जान्छ ।

२८ साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्छु, धिक्कार छ उसलाई जो धोका दिनका लागि असत्य बोल्छ किनभने उसले ठान्छ कि अर्काले धोका दिनका लागि असत्य बोल्छ, किनकि त्यस्ताहरूलाई परमेश्वरका न्यायमा छुट हुने छैन ।

२९ अब, हेर, तिनीहरूले यी शब्दहरूलाई परिवर्तन गरेका छन्, किनभने शैतानले तिनीहरूलाई यसो गर्न भन्यो: उसले तिमीहरूलाई धोका दिएको छ—अनि यसरी उसले तिनीहरूलाई दुष्ट्याइँ गर्न, तिमीलाई तिम्रा परमप्रभु परमेश्वरलाई प्रलोभन गर्नका लागि चाप्लुसी गर्छ ।

३० हेर, म तिमीलाई भन्छु, कि तिमीले ती शब्दहरू पुनः अनुवाद गर्नु हुँदैन जुन तिम्रा हातहरूबाट गुमेका छन्;

३१ किनकि, हेर, ती शब्दहरू विरुद्ध असतद्वारा तिनीहरूले आफ्ना दुष्ट षड्यन्त्र पूरा गर्ने छैनन् । किनकि, हेर, यदि तिमीले सोही शब्दहरू पुनः राखेमा तिनीहरूले भन्ने छन् कि तिमीले असत्य बोल्यौ अनि तिमीले अनुवाद गरेको नाटक गयौ तर त्यो तिमी आफैमा विरोधाभाष छ ।

३२ अनि, हेर, तिनीहरूले यसलाई प्रकाशित गर्ने छन्, अनि शैतानले मानिसहरूका हृदयहरूलाई कठोर बनाउँदै तिमी विरुद्ध क्रोधतर्फ भड्काउने छ, ताकि तिनीहरूले मेरा शब्दहरूमा विश्वास गर्ने छैनन् ।

३३ यसरी शैतानले यस समयावधिमा तिम्रो गवाहीलाई वशमा राख्नका लागि सोच्छ, ताकि यो समयावधिमा यो कार्य अघि नआओस् ।

३४ परन्तु हेर, यहाँ ज्ञान छ, अनि मैले तिम्रासामु ज्ञान देखाएकाले, अनि यस सम्बन्धमा तिमीलाई आज्ञाहरू दिएकाले, तिमीले के गर्नु पर्छ, तिमीले अनुवादका यी विषयवस्तुहरू पूरा नगरुन्जेल यसलाई संसारलाई नदेखाउनू ।

३५ चकित नहोऊ कि मैले तिमीलाई भने: यहाँ ज्ञान छ, यो संसारलाई नदेखाऊ—किनकि मैले भने, यो संसारलाई नदेखाऊ, ताकि तिमी सुरक्षित होऊ ।

३६ हेर, म भन्दिन कि यसलाई तिमीले धर्मीहरूलाई देखाउनु हुँदैन;

३७ परन्तु तिमीले सँधै धर्मीहरू छुट्याउन नसक्ने हुनाले, अथवा तिमीले को धर्मी को क्षुद्र भन्न नसक्ने हुनाले, त्यसकारण म तिमीलाई भन्छु, यस विषयमा संसारलाई थाहा दिनुपर्ने सबै विषयहरू मलाई सही नलागुन्जेलसम्म तिमी मौन बस ।

३८ अनि अब, साच्चैँ नै म तिमीलाई भन्दछु, कि तिमीले लेखेका ती कथनहरूका विवरण जुन तिम्रा हातबाट गुमेका छन्, नफीका पाताहरूमा कुँदिएका छन्;

३९ हो, अनि तिमीलाई सम्झना छ कि ती लेखहरूमा भनिएको थियो कि यी विषयहरूका एक अझै विशिष्ट खण्ड नफीका पाताहरूमा दिइएका छन् ।

४० अनि अब, किनकि नफीका पाताहरूमा कुँदिएका ती विवरण मेरो ज्ञान अनुसार ती विचारहरूमा बढी विशिष्ट छन् जुन म यस विवरणमा मानिसका ज्ञानका लागि ल्याउने छु—

४१ त्यसकारण, तिमीले नफीका पाताहरूमा भएका ती कुँदाइहरूको अनुवाद गर्नु पर्छ, बेन्यामिन राजाको शासनसम्म समेत, अथवा तिमीले अनुवाद गरेकोसम्म नआऊन्जेलसम्म, जुन तिमीले राखेका छौ;

४२ अनि हेर, तिमीले नफीका अभिलेखका रूपमा यसलाई प्रकाशित गर्नु पर्छ; अनि यसरी मेरा शब्दहरूलाई परिवर्तन गर्नेहरूलाई मैले अलमल्ल पार्ने छु ।

४३ म तिनीहरूलाई मेरो कार्यको विनाश गर्न दिन्न; हो, म तिनीहरूलाई देखाउने छु कि मेरो ज्ञान शैतानको चतुरता भन्दा महान् छ ।

४४ हेर, तिनीहरूसँग केवल एक भाग अथवा नफीका अभिलेखका संक्षेपीकरण मात्र छ ।

४५ हेर, नफीका पाताहरूमा धेरै विचारहरू कुँदिएका छन् जसले मेरा सुसमाचारका महान् अन्तरदृष्टिहरू दर्शाउँछन्; त्यसकारण ममा ज्ञान छ कि तिमीले नफीका कुँदाइहरूका पहिलो अंश अनुवाद गर्नु पर्छ, अनि यो कार्य अघि बढाउनु पर्दछ ।

४६ अनि, हेर, यी कार्यका बाँकी अंशहरूमा मेरा सुसमाचारका ती सबै अंशहरू छन् जुन मेरा पवित्र अगमवक्ताहरूले, हो, अनि मेरा शिष्यहरूले पनि यी मानिसहरूसामु आउनु पर्छ भनेर आफ्ना प्रार्थनाहरूमा इच्छा गरेका छन् ।

४७ अनि मैले तिनीहरूलाई भनेँ, कि यी तिनीहरूलाई तिनीहरूका प्रार्थनामा आस्था अनुसार दिइनु पर्छ;

४८ हो, अनि यो तिनीहरूको आस्था थियो—ताकि मेरा सुसमाचार, जुन मैले तिनीहरूलाई दिएँ ताकि तिनीहरूले आफ्ना दिनहरूमा प्रवचन गर्न सक्छन्, आफ्ना बन्धुहरू लमानीहरूसामु आउन सक्छन्, अनि तिनीहरूका मतभेदका कारण लमानीहरू बनेकाहरूसामु पनि ।

४९ अब, यति मात्रै नभइ—तिनीहरूका प्रार्थनामा आस्था यस्तो थियो कि यो सुसमाचारको पनि ज्ञात गराइनु पर्छ, यदि यो सम्भव भएमा कि अरू राष्ट्रहरूले यस भूमिको स्वामित्व लिनु पर्छ;

५० अनि यसरी तिनीहरूले आफ्ना प्रार्थनाहरूमा यस भूमिमा एक आशीर्वाद छाडेका थिए, कि यस भूमिमा जसले सुसमाचारमा विश्वास गर्छन् तिनीहरूले अनन्त जीवन प्राप्त गर्न सक्ने छन्;

५१ हो, ताकि यो सबैका लागि स्वतन्त्र हुन सक्ने छ चाहे तिनीहरू जस्तोसुकै राष्ट्र, कुटुम्ब, भाषा, अथवा मानिस होऊन् ।

५२ अनि अब, हेर, तिनीहरूका आफ्ना प्रार्थनामा आस्था अनुसार म मेरा सुसमाचारका यी अंश मेरा मानिसहरूका ज्ञानमा ल्याउने छु । हेर, म तिनीहरूले प्राप्त गरेकालाई विनाश गर्न यसलाई ल्याउने छैन तर यसलाई वृद्धि गर्नलाई ल्याउने छु ।

५३ अनि यसै कारण मैले भनेको हुँ: यदि यी सन्ततिले आफ्ना हृदय कठोर बनाएनन् भने, म आफ्नो चर्च तिनीहरूका बीचमा स्थापित गर्ने छु ।

५४ हेर, म मेरो चर्चको विनाश गर्न यसो भन्दिन, तर म मेरो चर्चको निर्माण गर्न यसो भन्छु;

५५ त्यसकारण, जो मेरो चर्चसँग आवद्ध छ डराउनु पर्दैन, किनकि तिनीहरूले स्वर्गको अधिराज्य उत्तराधिकारका रूपमा प्राप्त गर्ने छन् ।

५६ परन्तु यी तिनीहरू हुन् जो मसँग डराउँदैनन्, न त मेरा आज्ञाहरू नै पालना गर्छन् तर लाभ प्राप्त गर्न आफैले चर्चहरूको निर्माण गर्छन्, हो, अनि ती सबै जसले पतीत काम गर्छन् र दानवको अधिराज्य खडा गर्छन्—हो, साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्छु, कि यी तिनीहरू हुन् जसलाई म बाधा पुर्‍याउने छु, अनि भित्रसम्म थरथर कम्पन दिने छु र हल्लाउने छु ।

५७ हेर, म परमेश्वरको पुत्र येशू ख्रीष्ट हुँ । म मेरा आफ्नाहरू समक्ष आएँ र मेरा आफ्नाहरूले मलाई ग्रहण गरेनन् ।

५८ म प्रकाश हुँ जो अँध्यारामा चम्कन्छु, अनि अँध्याराले यसलाई बुझ्दैन ।

५९ म त्यही हुँ जसले मेरा शिष्यहरूलाई भने—मेरा अरू भेडाहरू छन् जुन यो बगालका होइनन्—अनि त्यहाँ धेरै थिए जसले मलाई बुझेनन् ।

६० अनि म यी मानिसहरूलाई देखाउने छु कि मसँग अरू भेडाहरू थिए, र कि ती याकूबको घरानाका एक शाखा थिए;

६१ अनि म तिनीहरूका विश्मयकारी कार्यहरू प्रकाशमा ल्याउने छु, जुन तिनीहरूले मेरा नाममा गरे;

६२ हो, अनि म मेरा सुसमाचारलाई पनि प्रकाशमा ल्याउने छु जुन तिनीहरूलाई दिइएको थियो, अनि, हेर, तिनीहरूले त्यसलाई अस्वीकार गर्ने छैनन् जुन तिमीले प्राप्त गरेका छौ, तर तिनीहरूले यसको निर्माण गर्ने छन्, हो, अनि त्यो एक मात्र सिद्धान्त जुन ममा छ अनि मेरा सिद्धान्तका सत्य टिप्पणीहरू प्रकाशमा ल्याउने छन् ।

६३ अनि म यसो गर्छु ताकि मैले मेरा सुसमाचार स्थापित गर्न सकूँ, ताकि त्यहाँ अति धेरै कलह नहोस्; हो, मेरो सिद्धान्तको विषयलाई लिई शैतानले मानिसका हृदयहरूलाई खल्बल्याई कलह ल्याउँछ; अनि यी कुराहरूमा तिनीहरू त्रुटि देखाउँछन्, किनकि तिनीहरू धर्मशास्त्रहरूलाई उल्टोपाल्टो पार्दछन् अनि त्यसलाई बुझ्दैनन् ।

६४ त्यसकारण, म तिनीहरूलाई यो महान् रहस्य खोल्ने छु;

६५ किनकि, हेर, यदि तिनीहरूले आफ्ना हृदय कठोर बनाएनन् भने, म तिनीहरूलाई पोथीले आफ्ना चल्लाहरूलाई पखेटाहरूमुनि बटुले जस्तै बटुल्ने छु;

६६ हो, यदि तिनीहरू आएमा, तिनीहरू आउन सक्छन्, अनि जीवनका पानीहरू स्वतन्त्रपूर्वक पिउन सक्छन् ।

६७ हेर, यो मेरो सिद्धान्त हो—जसले पश्चात्ताप गर्छ अनि मकहाँ आउँछ, सोही मेरो चर्च हो ।

६८ जसले यो भन्दा धेरै वा थोरै घोषणा गर्छ, त्यो मेरो होइन, तर मेरा विरुद्ध हो; त्यसकारण ऊ मेरो चर्चको होइन ।

६९ अनि अब, हेर, जो मेरो चर्चको हो र अन्त्यसम्म मेरो चर्चमा रहन्छ, उसलाई म मेरो चट्टानमा स्थापित गर्ने छु, अनि नरकका द्वारहरूले त्यसका विरुद्ध विजय पाउने छैनन् ।

७० अनि अब, उनका वचनहरू सम्झ जो संसारका जीवन अनि ज्योति, तिम्रा उद्धारकर्ता, तिम्रा परमप्रभु अनि तिम्रा परमेश्वर हुन् । आमीन ।