धर्मशास्त्रहरू
सिद्धान्त र करार १०९


खण्ड १०९

कर्टल्याण्ड, ओहायोमा, मार्च २७, १८३६ मा मन्दिरको समर्पणमा गरिएको प्रार्थना । अगमवक्ताको लिखित कथनअनुसार, यो प्रार्थना उनलाई प्रकाशद्वारा दिइएको थियो ।

१–५, कर्टल्याण्ड मन्दिर मानिसका पुत्रले भ्रमण गर्ने स्थानका रूपमा निर्माण गरिएको थियो; ६–२१, यो प्रार्थना, उपवास, आस्था, शिक्षा, महिमा र रीत र परमेश्वरको आलय हुनु पर्छ; २२–३३, परमप्रभुका जनहरूको विरोध गर्ने पश्चात्ताप नगर्नेहरूलाई खलबल पारियोस्; ३४–४२, धर्मीहरूलाई सियोनमा एकत्रित गर्न सन्तहरू शक्तिमा अघि बढ्ने छन्; ४३–५३, अन्तिम दिनहरूमा दुष्टहरूमाथि खन्याइने भयानक विषयवस्तुहरूबाट सन्तहरूलाई छुटकारा मिल्ने छ; ५४–५८, राष्ट्रहरू र मानिसहरू र चर्चहरू सुसमाचारका लागि तयार हुने छन्; ५९–६७, यहूदीहरू, लमानीहरू र सबै इस्राएलीहरू उद्दार गरिने छन्; ६८–८०, सन्तहरूलाई महिमा र सम्मानको मुकुट लगाइयोस् र अनन्त मुक्ति प्राप्त गरोस् ।

हे परमप्रभु इस्राएलका परमेश्वर, हजुरको नामलाई धन्यवाद, जसले करार पूरा गर्नुहुन्छ र आफ्ना सेवकहरूलाई कृपा देखाउनुहुन्छ जो हजुरकासामु तिनीहरूका सम्पूर्ण हृदयले धार्मिकतामा हिँड्छन्—

हजुर जसले आफ्ना सेवकहरूलाई यस स्थान [कर्टल्याण्ड] मा हजुरको नाममा एउटा आलय निर्माण गर्न आज्ञा दिनुभएको छ ।

अनि अब हजुरले हेर्नुहुन्छ, हे परमप्रभु, हजुरका सेवकहरूले हजुरका आज्ञाअनुसार गरेका छन् ।

अनि अब हामी हजुरलाई सोध्छौँ, पवित्र पिता, येशू ख्रीष्टको नाममा, हजुरको अन्तरहृदयका पुत्र, जसको नाममा मात्र मानिसहरूका छोराछोरीहरूलाई मुक्ति प्रशासित गर्न सकिन्छ, हामी हजुरलाई सोध्छौँ, हे परमप्रभु, यस आलयलाई स्वीकार गर्न, हजुरका सेवकहरूका हातहरूका कारीगरी, जुन हजुरले हामीलाई निर्माण गर्न आज्ञा दिनुभएको छ ।

किनकि हजुरलाई जानकारी छ कि हामीले यो कार्य महान् सङ्कटबाट गरेका छौँ; र हाम्रो गरिबीबाट हामीले हजुरको नाममा एउटा आलय निर्माण गर्नका लागि आफ्नो सम्पत्ति दिएका छौँ, ताकि मानिसका पुत्रले आफ्ना मानिसहरूमा आफूलाई प्रकट गर्ने स्थान प्राप्त गर्न सक्नुहुन्छ ।

अनि हजुरले हामीलाई दिनुभएको प्रकाशमा भन्नुभएको छ, हामीलाई हजुरका मित्रहरू भन्दै, यसो भन्नुभएको छ—मैले तिमीहरूलाई आज्ञा गरेअनुसार तिमीहरूको पवित्र सभा बोलाओ;

अनि सबैले आस्था नगरेको हुनाले, लगनशीलताका साथ खोज र एक-अर्कालाई ज्ञानका वचनहरू सिकाओ; हो, उत्कृष्ट पुस्तकहरूबाट ज्ञानका वचनहरू खोज, अध्ययन र आस्थाद्वारा पनि सिक्न खोज;

आफूलाई व्यवस्थित गर; सबै आवश्यक विषयहरू तयार पार र एक आलय, प्रार्थनाको आलय, उपवासको आलय, आस्थाको आलय, शिक्षाको आलय, महिमाको आलय, रीतको आलय, परमेश्वरको आलय स्थापना गर;

ताकि तिमीहरूका आगमनहरू परमप्रभुको नाममा हुन सकून्; ताकि तिमीहरूको बहिर्गमन परमप्रभुको नाममा हुन सक्छ; ताकि तिमीहरूका सबै अभिवादनहरू परमप्रभुको नाममा हुन सक्छन्, सर्वोच्चमा हात उचालेर—

१० अनि अब, पवित्र पिता, हामीलाई सहयोग गर्न हजुरलाई अनुरोध गर्छौँ, हजुरका जन, हजुरको अनुग्रहले, हाम्रो पवित्र सभा बोलाउनमा, ताकि यो हजुरको सम्मान र हजुरको दैवी स्वीकृतिका लागि गरिने छ;

११ अनि एउटा तरिकामा हजुरको दृष्टिमा, हजुरले हामीलाई दिनुभएका प्रकाशहरूमा हजुरले हामीलाई, हजुरका जनहरूलाई गर्नुभएका प्रतिज्ञाहरूको परिपूर्तिको सुनिश्चित गर्नका लागि हामीलाई योग्य सम्झिन सकिन्छ;

१२ ताकि हजुरको महिमा हजुरका जनहरूमा र हजुरको यो आलयमा रहोस्, जुन हामी अहिले हजुरलाई समर्पण गर्छौँ, ताकि यो पवित्र हुनका लागि पवित्र पारियोस् र नियुक्त गरियोस् र हजुरको पवित्र उपस्थिति यस आलयमा निरन्तर रहोस्;

१३ अनि परमप्रभुको आलयको सङ्घारमा प्रवेश गर्ने सबै मानिसहरूले हजुरको शक्ति महसुस गर्न सकून् र हजुरले यसलाई पवित्र गर्नुभएको छ र यो हजुरको आलय हो, हजुरको पवित्रताको स्थान हो भनेर स्वीकार गर्न बाध्यता महसुस गर्न सकून् ।

१४ अनि हजुरले अनुमति दिनुहोस्, पवित्र पिता, ताकि यस आलयमा आराधना गर्ने सबैलाई उत्तम पुस्तकहरूबाट ज्ञानका शब्दहरू सिकाउन सकिने छ र उनीहरूले हजुरले भने जस्तै अध्ययन र आस्थाद्वारा पनि सिक्न खोज्न सकून्;

१५ अनि ताकि तिनीहरू हजुरमा हुर्कन सकून् र पवित्र आत्माको पूर्णता प्राप्त गर्न सकून् र हजुरको नियमहरूअनुसार व्यवस्थित हुन सकून् र हरेक आवश्यक विषयवस्तुहरू प्राप्त गर्न तयार हुन सकून्;

१६ अनि ताकि यो आलय प्रार्थनाको आलय, उपवासको आलय, आस्थाको आलय, महिमा र परमेश्वरको आलय, हजुरको आलय समेत हुने छ;

१७ ताकि यस आलयमा हजुरका जनहरूका सबै आगमनहरू परमप्रभुको नाममा हुने छन्;

१८ यस आलयबाट तिनीहरूका सबै बहिर्गमनहरू परमप्रभुका नाममा हुने छन्;

१९ अनि ताकि तिनीहरूका सबै अभिवादनहरू परमप्रभुका नाममा, पवित्र बाहुहरूद्वारा, सर्वोच्चमा उचालिएको हुने छन्;

२० अनि ताकि हजुरको आलयमा कुनै पनि अशुद्ध वस्तु यसलाई दूषित पार्न आउन अनुमति दिइने छैन;

२१ अनि जब हजुरका जनहरूले उल्लङ्घन गर्छन्, तिनीहरूमध्ये कसैले पनि, तिनीहरूले तत्कालै पश्चात्ताप गर्न सकून् र हजुरकहाँ फर्कन सकून् र हजुरका दृष्टिमा अनुग्रह प्राप्त गर्न सकून् र हजुरले आफ्नो आलयमा हजुरलाई आदर गर्नेहरूमाथि खन्याउनका लागि नियुक्त गर्नुभएका आशीर्वादहरूमा पुनर्स्थापित गर्न सकून् ।

२२ अनि हामी हजुरलाई सोध्छौँ, पवित्र पिता, कि हजुरका सेवकहरू हजुरको शक्तिले सशस्त्र भएर यस आलयबाट निस्कन सकून् र हजुरको नाम तिनीहरूमाथि रहने छ र हजुरको महिमा तिनीहरूको वरिपरि रहने छ र हजुरका स्वर्गदूतहरूले तिनीहरूमाथिको उत्तरदायित्व लिन सकून्;

२३ अनि यस स्थानबाट तिनीहरूले पृथ्वीका सिमान्तहरूमा अति नै महान् र महिमापूर्ण खुसीको खबर, सत्यतामा प्रदान गर्ने छन्, ताकि तिनीहरूले बुझ्ने छन् कि यो हजुरको कार्य हो र अन्तिम दिनहरूका सम्बन्धमा अगमवक्ताहरूका मुखहरूबाट, हजुरले बोल्नुभएका विषयलाई पूरा गर्न हजुरले आफ्ना बाहु अघि बढाउनुभएको छ ।

२४ हामी हजुरलाई अनुरोध गर्छौं, पवित्र पिता, मानिसहरूलाई स्थापना गर्नका लागि जसले आराधना गर्ने छन् र सबै सन्तति र अनन्तकालका लागि सम्मानजनक रूपमा हजुरको यस आलयमा नाम राख्छन् र खडा हुन्छन्;

२५ ताकि तिनीहरूका विरुद्धमा निर्माण गरिएको कुनै पनि हतियार सफल हुने छैन; ताकि जसले तिनीहरूका लागि खाडल खनेको छ, त्यसमा त्यो आफैँ पर्ने छ;

२६ ताकि दुष्टताको कुनै संयोजनसँग माथि उठ्न र हजुरका जनहरूमाथि विजय प्राप्त गर्न सक्ने छैन जसमा हजुरको नाम यस आलयमा राखिने छ;

२७ अनि यदि कोही मानिसहरू यी मानिसहरूका विरुद्धमा उठ्ने छन् भने, हजुरको क्रोध तिनीहरूमाथि दन्किने छ;

२८ अनि यदि तिनीहरूले यी मानिसहरूलाई प्रहार गर्छन् भने हजुरले तिनीहरूलाई प्रहार गर्नुहुने छ; हजुरले युद्धको दिनमा जस्तै हजुरका जनहरूका लागि लड्नुहुने छ, ताकि तिनीहरूका सबै शत्रुहरूका हातबाट तिनीहरूलाई उद्दार गरिने छ ।

२९ पवित्र पिता, हजुरका सेवक वा सेवकहरू विरुद्ध, झूटा अभिलेखहरू संसारभरि फैलाउने ती सबैलाई अलमल्ल पार्न र चकित पार्न र लाज र भ्रममा ल्याउन हामी हजुरलाई बिन्ती गर्छौँ, यदि तिनीहरूले पश्चात्ताप गर्दैनन् भने, जब तिनीहरूको कानमा अनन्त सुसमाचार घोषणा गरिने छ;

३० अनि ताकि तिनीहरूका सबै कार्यहरू शून्यमा ल्याइने छ र असिनाले बगाइने छ र न्यायले जुन हजुरले तिनीहरूमाथि आफ्नो क्रोधमा पठाउनुहुने छ, ताकि त्यहाँ हजुरका जनहरूका विरुद्धमा झूट र निन्दाहरूको अन्त्य हुन सकोस् ।

३१ किनकि हे परमप्रभु, हजुरलाई जानकारी छ कि हजुरका सेवकहरू हजुरको नामको गवाही दिन हजुरसामु निर्दोष थिए, जसका लागि तिनीहरूले यी पीडाहरू सहेका छन् ।

३२ त्यसकारण हामी यस जुवा मुनिबाट पूर्ण र परिपूर्ण छुटकाराका लागि हजुरसामु बिन्ती गर्छौँ;

३३ हे परमप्रभु, यसलाई तोड्नुहोस्; हजुरको शक्तिद्वारा यसलाई हजुरका सेवकहरूको घाँटीबाट तोडिदिनुहोस्, ताकि हामी यस सन्ततिका बीचमा उठेर हजुरको कार्य गर्न सकौं ।

३४ हे यहोवा, यी मानिसहरूमाथि कृपा गर्नुहोस् र जसरी सबै मानिसहरूले पाप गर्छन्, हजुरका मानिसहरूका उल्लङ्घनहरू क्षमा गर्नुहोस् र तिनीहरूलाई सदाका लागि मेटाइदिनुहोस् ।

३५ हजुरका सेवकहरूका अभिषेकलाई उच्चको शक्तिद्वारा तिनीहरूमाथि बाँध्न लगाइदिनुहोस् ।

३६ पेन्तिकोसका दिनमा जस्तै; भाषाहरू बोल्ने वरदान हजुरका जनहरूमाथि खन्याइदिनुहोस्, आगोको जस्तै जिब्राहरू र यसका दोभासेहरू तिनीहरूमा यो पूरा गरिदिनुहोस् ।

३७ अनि प्रचण्ड वायुका साथ हजुरको महिमासँगै हजुरको आलय हजुरको महिमाले भरिदिनुहोस् ।

३८ हजुरका सेवकहरूलाई करारको गवाही दिनुहोस्, ताकि जब तिनीहरू बाहिर निस्कन्छन् र हजुरका वचन घोषणा गर्छन् तिनीहरूले नियमलाई बाँध्न सक्छन् र हजुरका सन्तहरूको हृदयलाई ती सबै न्यायहरूका लागि तयार पार्ने छन् जुन हजुरले आफ्नो क्रोधमा, पृथ्वीका बासिन्दाहरूलाई पठाउँदै हुनुहुन्छ, तिनीहरूका उल्ङ्घनहरूका कारण, ताकि हजुरका जनहरू सङ्कटको दिनमा बेहोस हुने छैनन् ।

३९ अनि जुन सहरमा हजुरका सेवकहरू प्रवेश गर्ने छन् र त्यस सहरका मानिसहरूले तिनीहरूको गवाही प्राप्त गर्छन्, हजुरको शान्ति र मुक्ति त्यो सहरमा रहोस्; ताकि तिनीहरूले त्यो सहरबाट धर्मी मानिसहरूलाई एकत्रित गर्न सकून्, ताकि तिनीहरू सियोन वा त्यसको किलामा, हजुरको नियुक्तिका स्थानहरूमा, अनन्त आनन्दका गीतहरू गाउँदै आउन सकून्;

४० अनि यो पूरा नभएसम्म, हजुरका फैसलाहरू त्यस सहरमा नपरोस् ।

४१ अनि जुन सहरमा हजुरका सेवकहरू प्रवेश गर्छन् र त्यस सहरका मानिसहरूले हजुरका सेवकहरूको गवाही ग्रहण गर्दैनन् र हजुरका सेवकहरूले तिनीहरूलाई यस दुष्ट पूस्ताबाट आफूलाई बचाउन चेतावनी दिन्छन्, हजुरका अगमवक्ताहरूको मुखहरूबाट हजुरले बोल्नु भएका विषयहरूअनुसार त्यो सहरमा होस् ।

४२ परन्तु हे यहोवा, हामी हजुरलाई बिन्ती गर्छौँ, हजुरका सेवकहरूलाई तिनीहरूका हातबाट मुक्त गर्नुहोस् र तिनीहरूको रगतबाट तिनीहरूलाई शुद्ध पार्नुहोस् ।

४३ हे परमप्रभु, हामी हाम्रा सहयात्रीहरूको विनाशमा खुसी छैनौँ; तिनीहरूका आत्माहरू हजुरसामु बहुमूल्य छन्;

४४ परन्तु हजुरका वचनहरू पूरिपूर्ण हुनु पर्छ । आफ्ना सेवकहरूलाई भन्न सहयोग गर्नुहोस्, हजुरको अनुग्रहले तिनीहरूलाई सहयोग गर्दै: हजुरको चाहना पूरा होस्, हे परमप्रभु, हाम्रो होइन ।

४५ हामीलाई थाहा छ कि हजुरले अगमवक्ताहरूका मुखबाट भयानक विषयहरू जुन ती दुष्टहरूका सम्बन्धमा अन्तिम दिनहरूमा भन्नुभएको छ—ताकि बिना मापन हजुरले आफ्नो फैसला खन्याउनु हुने छ;

४६ त्यसकारण, हे परमप्रभु, आफ्ना जनहरूलाई दुष्टको विपत्तिबाट मुक्त गर्नुहोस्; आफ्ना सेवकहरूलाई नियमलाई बाँध्न र गवाहीलाई मोहोर लगाउन सक्षम पार्नुहोस्, ताकि तिनीहरू जलिरहेको दिनका निम्ति तयार हुन सकून् ।

४७ पवित्र पिता, हामी हजुरलाई आफ्नो पैतृक भूमिबाट ज्याक्सन प्रदेश, मिजोरीका बासिन्दाहरूद्वारा लखेटिएकाहरूलाई सम्झन र हे परमप्रभु, तिनीहरूमाथि राखिएको यो कष्टको जुवा तोडिदिन हामी हजुरलाई अनुरोध गर्छौँ ।

४८ हे परमप्रभु, हजुरलाई जानकारी छ कि दुष्ट मानिसहरूद्वारा तिनीहरूलाई धेरै उत्पीडित गरिएको र कष्टमा पारिएको छ; र हाम्रा हृदयहरू तिनीहरूका शोकमय बोझका कारण दुःख महसुस गर्छन् ।

४९ हे परमप्रभु, कहिलेसम्म हजुरले यस्तो कष्ट सहन र हजुरका कानमा गुन्जिने तिनीहरूका निर्दोषहरूको रोदन सुन्न र तिनीहरूको रगत हजुरकासामु गवाहीका रूपमा आउन र तिनीहरूको पक्षमा हजुरको गवाहीको प्रदर्शन नगर्न यी मानिसहरूलाई अनुमति दिनुहुन्छ?

५० कृपा गर्नुहोस्, हे परमप्रभु, दुष्टहरूको भीडमाथि, जसले हजुरका जनहरूलाई लखेटेका छन्, ताकि तिनीहरूले लुटिनबाट जोगिन सक्ने छन्, ताकि यदि पश्चात्ताप गर्न सम्भव भएमा तिनीहरूले आफ्ना पापहरूका पश्चात्ताप गर्न सकून्;

५१ परन्तु यदि तिनीहरूले मानेनन् भने, हे परमप्रभु, आफ्ना बाहु प्रदर्शन गर्नुहोस् र हजुरले आफ्ना जनका लागि नियुक्त गर्नुभएको सियोनको उद्दार गर्नुहोस् ।

५२ अनि यदि यो अन्यथा हुन सक्दैन भने, ताकि हजुरका जनहरूको लक्ष्य हजुरसामु बिफल नहुन सकोस् हजुरको क्रोध दन्किन सकोस् र हजुरको क्रोध तिनीहरूमाथि बझ्रिन सकोस्, ताकि तिनीहरू स्वर्गमुनिबाट जरा र हाँगाहरू दुबै सहित विनाश हुन ससकोस्;

५३ परन्तु जति जति तिनीहरूले पश्चात्ताप गर्ने छन्, हजुर अनुग्रही र दयालु हुनुहुन्छ र हजुरले आफ्ना अभिषेक्त जनको अनुहारमा हेर्नुभयो भने हजुरको क्रोध हटाउनु हुने छ ।

५४ हे परमप्रभु, पृथ्वीका सबै राष्ट्रहरूमाथि कृपा गर्नुहोस्; हाम्रो भूमिका शासकहरूमाथि कृपा गर्नुहोस्; ती सिद्धान्तहरू, जुन धेरै सम्मानजनक र शिष्टतापूर्वक रक्षा गरिएका थिए, विशेष गरी, हाम्रो भूमिको संविधान, हाम्रा पुर्खाहरूद्वारा, सदाका लागि स्थापित हुन सकोस् ।

५५ राजाहरू, राजकुमारहरू, कुलीनहरू र पृथ्वीका महानहरू र सबै मानिसहरू र चर्चहरू, सबै गरिबहरू, आवश्यकतामा परेकाहरू र पृथ्वीका पीडितहरूलाई सम्झनुहोस्;

५६ हे यहोवा, हजुरको नामको गवाही दिन हजुरका सेवकहरू हजुरको आलयबाट बाहिर निस्कँदा तिनीहरूका हृदयहरू कोमल हुन सक्छन्; ताकि तिनीहरूका पूर्वाग्रहहरू सत्यको ज्ञान पश्चात् लोप हुन सक्छन् र हजुरका जनहरूले सबैको दृष्टिमा अनुग्रह प्राप्त गर्न सक्छन्;

५७ ताकि हामी, हजुरका सेवकहरूले हजुरको वाणी सुनेका छौँ र हजुरले हामीलाई पठाउनुभएको हो भनी पृथ्वीका सीमान्तहरूका मानिसहरूले जान्न सक्ने छन्;

५८ ताकि यी सबै मध्येबाट, हजुरका सेवकहरू, याकूबका पुत्रहरूले, हजुरले तिनीहरूलाई आज्ञा गर्नुभएअनुसार हजुरको नाममा एउटा पवित्र सहर निर्माण गर्न धर्मीहरूलाई एकत्रित गर्न सक्छन् ।

५९ हामी हजुरलाई सियोनमा यो बाहेक अन्य किलाहरू नियुक्त गर्न अनुरोध गर्छौँ जुन हजुरले नियुक्त गर्नुभएको छ, ताकि हजुरका जनहरूको एकीकरण महान् शक्ति र महिमामा चल्न सक्ने छ, ताकि हजुरको कार्य धार्मिकतामा छोटो समयमा हुन सक्ने छ ।

६० अब यी वचनहरू, हे परमप्रभु, हामीले हजुरका अगाडि बोलेका छौँ, हजुरले हामीलाई दिनुभएको प्रकाश र आज्ञाहरूका सम्बन्धमा, जो गैह्र यहूदीहरूसँग सम्बन्धित छन् ।

६१ परन्तु हजुरलाई थाहा छ कि याकूबका सन्तानहरूप्रति हजुरको महान् प्रेम छ, जो लामो समयदेखि पहाडहरूमा, बादल लागेको र अँध्यारा दिनमा छरपस्ट पारिएका छन् ।

६२ त्यसकारण हामी हजुरलाई याकूबका सन्तानहरूमाथि कृपा देखाउन अनुरोध गछौँ ताकि यरूशलेमले, यस घडीबाट, मुक्ति प्राप्त गर्न सुरू गर्न सक्ने छ;

६३ अनि दाउदको घरानाबाट दासत्वको जुवा तोडिन सुरु हुन सक्ने छ;

६४ अनि यहूदाका सन्ततिहरू हजुरले तिनीहरूका पिता अब्राहामलाई दिनुभएका भूमिहरूमा फर्कन सुरू गर्न सक्ने छन् ।

६५ अनि कारण बनाउनुहोस् ताकि याकूबका अवशेषहरू, जसलाई तिनीहरूका उल्लङ्घन कारणले श्राप दिइयो र प्रहार गरिएको थियो, तिनीहरू जङ्गली र असभ्य अवस्थाबाट अनन्त सुसमाचारको परिपूर्णतामा परिवर्तन होऊन्;

६६ ताकि तिनीहरूले रक्तपातका हतियारहरू त्याग्न सक्ने छन् र तिनीहरूका विद्रोहहरू रोक्न सक्ने छन् ।

६७ अनि इस्राएलका सबै छरिएका अवशेषहरू, जो पृथ्वीका सीमान्तहरूमा खेदिएका छन्, सत्यको ज्ञानमा आउन सक्ने छन्, मसीहमा विश्वास गर्ने छन् र दमनबाट मुक्ति प्राप्त गर्ने छन् र हजुरसामु रमाउन सक्ने छन् ।

६८ हे परमप्रभु, हजुरका सेवक, जोसेफ स्मिथ जुनियरलाई र उनका सबै कष्ट र सतावटहरू सम्झनुहोस्—उनले कसरी यहोवासँग करार गरेका छन् र हजुरलाई प्रतिज्ञा गरेका छन्, हे याकूबका पराक्रमी परमेश्वर—र हजुरले उनलाई दिनुभएका आज्ञाहरू र तिनले हजुरको चाहना पूरा गर्न इमानदारितापूर्वक प्रयास गरेका छन् ।

६९ हे परमप्रभु, उनकी पत्नी र छोराछोरीहरूमाथि कृपा गर्नुहोस्, ताकि तिनीहरू हजुरको उपस्थितिमा उच्च बन्न सक्ने छन् र हजुरका पालनपोषण गर्ने बाहुद्वारा सुरक्षित हुन सक्ने छन् ।

७० तिनीहरूका सबै नजिकका आफन्तहरूमाथि कृपा गर्नुहोस्, ताकि तिनीहरूका पूर्वाग्रहहरू टुट्न सक्ने छन् र बाढीले जस्तै बगाइने छन्; ताकि तिनीहरू परिवर्तन हुन सक्ने छन् र इस्राएलसँगै छुटकारा प्राप्त गर्न सक्ने छन् र हजुर परमेश्वर हुनुहुन्छ भनी जान्न सक्ने छन् ।

७१ हे परमप्रभु, अध्यक्षहरू, हजुरको चर्चका सबै अध्यक्षहरूलाई पनि सम्झनुहोस्, ताकि हजुरको दाहिने बाहुले उनीहरूलाई, तिनीहरूका सबै परिवारहरू र तिनीहरूका नजिकका आफन्तहरूलाई उच्च पार्न सक्नु हुने छ, ताकि तिनीहरूका नामहरू चिरस्थायी र एउटा पिडीदेखि अर्को पिडीसम्मको अनन्त सम्झनामा हुन सक्ने छन् ।

७२ हे परमप्रभु, तिनीहरूका सबै परिवारहरू र तिनीहरूका सबै नजिकका आफन्तहरू, तिनीहरूका सबै बिरामी र पीडितहरू, पृथ्वीका सबै गरिब र विनम्रहरूलाई सहित हजुरका सबै चर्चलाई सम्झनुहोस्; ताकि हातहरू बिना नै हजुरले स्थापना गर्नुभएको अधिराज्य एक महान् पहाड बन्न सक्ने छ र सारा पृथ्वी भरिन सक्ने छ;

७३ ताकि हजुरको चर्च अन्धकारको उजाड स्थानबाट बाहिर आउन सक्छ र चन्द्रमा जस्तै स्वच्छ, सूर्य जस्तै स्वच्छ र झण्डाहरू सहितका सेना जस्तै भयानक भई चम्कने छ;

७४ अनि त्यो दिनका लागि दुलहीका रूपमा सजाइदिनुहोस् जब हजुरले स्वर्गलाई उघार्नुहुने छ र हजुरको उपस्थितिमा पहाडहरू बगाइने छन् र उपत्यकाहरू उच्च बनाइने छन्, खस्रा स्थानहरू चिल्ला बनाइएका छन्; ताकि हजुरको महिमाले पृथ्वी भरिन सक्छ;

७५ ताकि जब मृतकहरूका लागि तुरही बज्ने छ, हामी हजुरलाई भेट्न बादलमा उठाइने छौँ ताकि हामी सदैव परमप्रभुसँग हुन सक्ने छौँ;

७६ हाम्रा वस्त्रहरू शुद्ध हुन सक्ने छन्, ताकि हामीलाई धार्मिकताको कपडा लगाइएर, हातमा हत्केलाहरूमा खजुरका पातहरू लिएर र हाम्रा शिरमा महिमाको मुकुट र हाम्रा सबै पीडाहरूका लागि अनन्त प्रसन्नताको कटनी गर्न सक्ने छौँ ।

७७ हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हाम्रा यी बिन्तीहरू सुन्नुहोस् र स्वर्गबाट हामीलाई जवाफ दिनुहोस्, हजुरको पवित्र बासस्थान, जहाँ हजुर सिंहासनमा विराजमान हुनुहुन्छ, महिमा, सम्मान, शक्ति, पराक्रम, वैभव, आधिपत्य, सत्य, न्याय, फैसला, कृपा र एक पूर्णताको अनन्तता, अनन्तदेखि अनन्तसम्म ।

७८ हे सुन्नुहोस्, हे सुन्नुहोस्, हे सुन्नुहोस् हामीलाई, हे परमप्रभु! अनि यी बिन्तीहरूका उत्तर दिनुहोस् र हजुरमा यो आलयको समर्पण स्वीकार गर्नुहोस्, हाम्रा हातहरूका कार्य, जुन हामीले हजुरको नाममा निर्माण गरेका छौँ;

७९ अनि यो चर्च पनि, यसमा हजुरको नाम राख्नका लागि । अनि हजुरको आत्माको शक्तिले हामीलाई सहयोग गर्नुहोस्, ताकि हामी हजुरको सिंहासनको वरिपरि, प्रशंसाको गायनका साथ, परमेश्वर र थुमाका लागि होसन्ना गाउँदै हाम्रा आवाजहरू ती उज्यालो, चम्किलो सराफहरूसँग मिलाउन सक्छौँ!

८० अनि यी, हजुरका अभिषेक्तहरूले, मुक्तिको पहिरन धारण गरून् र हजुरका सन्तहरू प्रसन्नताले चिच्याऊन् । आमीन अनि आमीन ।