धर्मशास्त्रहरू
सिद्धान्त र करार १०७


खण्ड १०७

अगमवक्ता जोसेफ स्मिथद्वारा, पादरित्वका सम्बन्धमा कर्टल्याण्ड, ओहायोमा, करीब अप्रिल १८३५ मा दिइएको प्रकाश । यो खण्ड १८३५ मा अभिलेख गरिएतापनि, ऐतिहासिक अभिलेखहरूले प्रमाणित गर्छन् कि अधिकांश पदहरू ६० देखि १०० ले नोभेम्बर ११, १८३१ मा जोसेफ स्मिथद्वारा दिइएको एक प्रकाश समावेश गर्छन् । यो खण्ड फेब्रूवरी र मार्च १८३५ मा बाह्रको गणको सङ्गठनसँग सम्बन्धित थियो । अगमवक्ताले सम्भवतः मे ३, १८३५ मा आफ्नो प्रथम गण सुसमाचार प्रचारमा प्रस्थान गर्ने तयारी गरिरहेकाहरूको उपस्थितिमा यो बोलेका थिए ।

१–६, त्यहाँ दुई पादरित्वहरू छन्: मल्कीसेदेक र हारुन; ७–१२, मल्कीसेदेक पादरित्व पद धारण गर्नेहरूसँग चर्चका सबै विभागहरूमा कार्य गर्ने शक्ति छ; १३–१७, बिशपरिकले हारुनको पादरित्वमा अध्यक्षता गर्छन्, जसले बाहिरी विधिहरूमा प्रशासन गर्छन्; १८–२०, मल्कीसेदेक पादरित्वले सबै आध्यात्मिक आशीर्वादहरूका साँचाहरू धारण गर्छ; हारुनको पादरित्वले स्वर्गदूतहरूको सेवा गर्ने साँचाहरू धारण गर्छ; २१–३८, प्रथम अध्यक्षता, बाह्र र सत्तरीले अध्यक्ष गणहरू गठन गर्छन्, जसका निर्णयहरू एकता र धार्मिकतामा गरिनु पर्छ; ३९–५२, कूलपिताको रीत आदमदेखि नोआसम्म स्थापित छ; ५३–५७, पुरातन सन्तहरू आदम-ओन्दी-अह्मानमा एकत्रित भए र परमप्रभु उनीहरूसामु प्रकट हुनुभयो; ५८–६७, बाह्रले चर्चका अधिकारीहरूलाई क्रमबद्ध रूपमा नियुक्त गर्नु पर्छ; ६८–७६, बिशपहरू इस्राएलमा साधारण न्यायाकर्ताहरूका रूपमा सेवा गर्छन्; ७७–८४, प्रथम अध्यक्षता र बाह्रले चर्चमा न्यायिक सभा गठन गर्छन्; ८५–१००, पादरित्व अध्यक्षहरूले तिनीहरूका सम्बन्धित गणहरू सञ्चालन गर्छन् ।

त्यहाँ, चर्चमा लेवीका पादरित्व सहित विशेष रूपमा मल्कीसेदेक र हारुनको गरी दुई पादरित्वहरू छन् ।

पहिलोलाई किन मल्कीसेदेक पादरित्व भनिन्छ किनभने मल्कीसेदेक एक महान् उच्च पादरी थिए ।

उनीपूर्वका दिनमा यसलाई परमेश्वरका पुत्रको रीतमा पवित्र पादरित्व भनिन्थ्यो ।

परन्तु सर्वोच्च व्यक्तिको नामको सम्मान वा आदरका कारण, उहाँको नाम बारम्बार दोहोरिनबाट जोगाउनका लागि, तिनीहरू, चर्चले, पुरातन दिनहरूमा, त्यो पादरित्वलाई मल्कीसेदेकका नाम वा मल्कीसेदेक पादरित्वको नाममा नामाकरण गरे ।

चर्चका अन्य सबै अख्तियारहरू वा विभागहरू यस पादरित्वको परिशिष्टहरू हुन् ।

परन्तु त्यहाँ दुईवटा विभाजन वा प्रमुख विभाजनहरू छन्—एउटा मल्कीसेदेक पादरित्व र अर्को हारुन वा लेवीको पादरित्व ।

एल्डरको विभाग मल्कीसेदेक पादरित्वको अधीनमा आउँछ ।

मल्कीसेदेक पादरित्वले अध्यक्षताको अधिकार धारण गर्छन् र संसारका सबै युगहरूमा चर्चका सबै विभागहरूमा आध्यात्मिक कार्यहरू सञ्चालन गर्ने शक्ति र अधिकार हुन्छ ।

उच्च पादरित्वको अध्यक्षताको, मल्कीसेदेकको रीतअनुसार चर्चका सबै विभागहरूमा कार्य सम्पादन गर्ने अधिकार हुन्छ ।

१० मल्कीसेदेक पादरित्वको रीत पछि उच्च पादरित्वहरूलाई आफ्नै पदमा, अध्यक्षताको मार्गदर्शनमा, आध्यात्मिक कार्यहरू प्रशासन गर्ने र एल्डर, पादरी (लेवीको रीत), शिक्षक, डिकन र सदस्यको विभागमा पनि कार्य गर्ने अधिकार हुन्छ ।

११ उच्च पादरीको अनुपस्थितिमा एल्डरलाई उनको स्थानमा कार्य गर्ने अधिकार हुन्छ ।

१२ उच्च पादरी र एल्डरले चर्चका करारहरू र आज्ञाहरू अनुरूप आत्मिक कार्यहरूमा प्रशासन गर्नु पर्छ; र उनीहरूलाई चर्चका यी सबै विभागहरूमा कार्य गर्ने अधिकार छ जब त्यहाँ कुनै उच्च अधिकारीहरू उपस्थित हुँदैनन् ।

१३ दोस्रो पादरित्वलाई हारुनको पादरित्व भनिन्छ, किनभने यो हारुन र तिनका सन्ततिलाई तिनीहरूका सबै वंशजहरूमा प्रदान गरिएको थियो ।

१४ किन यसलाई सानो पादरित्व भनिन्छ किनभने यो ठूलो वा मल्कीसेदेक पादरित्वको एक परिशिष्ट हो र यसमा बाहिरी विधिहरू सञ्चालन गर्ने शक्ति छ ।

१५ बिशपरिक यस पादरित्वको अध्यक्षता हुन् र त्यसैका साँचाहरू वा अधिकारहरू धारण गर्छन् ।

१६ हारुनको वास्तविक वंशजबाहेक कुनै पनि मानिसलाई यस विभागमा यो पादरित्वका साँचाहरू धारण गर्ने अधिकार हुँदैन ।

१७ परन्तु हारुनको वास्तविक वंशज पत्ता लगाउन नसकिएको अवस्थामा यदि उनलाई मल्कीसेदेक पादरित्वको अध्यक्षताका हातहरूद्वारा बोलावट गरिएको हो र पदीय जिम्मेवारी दिइएको हो र यस शक्तिमा नियुक्त गरिएको हो भने मल्कीसेदेक पादरित्वको उच्च पादरीसँग सबै साना विभागहरूमा कार्य गर्ने अधिकार भएकाले, उनले बिशपको विभागमा कार्य गर्न सक्छन् ।

१८ उच्च वा मल्कीसेदेक पादरित्वको शक्ति र अधिकार, चर्चका सबै आत्मिक आशीर्वादरूका साँचाहरू धारण गर्नका लागि हो—

१९ स्वर्गको अधिराज्यका रहस्यहरू प्राप्त गर्ने सुअवसर प्राप्त गर्न, तिनीहरूका लागि स्वर्ग खोल्न, पहिले जन्मेकाको साधारण सभा र चर्चसँग सामेल गर्न र परमेश्वर पिता र नयाँ करारका मध्यस्थकर्ता येशूको सहभागिता र उपस्थितिको आनन्द लिनका लागि ।

२० सानो वा हारुनको पादरित्वको शक्ति र अधिकार, स्वर्गदूतहरूको सेवा गर्ने साँचाहरू धारण गर्नु र बाहिरी विधिहरू प्रबन्ध गर्नु हो, जसको अर्थ सुसमाचारको लेखिएको अक्षर, पापहरूबाट छुट्काराका लागि पश्चात्तापको बप्तिस्मा हो र यी सबै करारहरू र आज्ञाहरूअनुरूप हुनु हो ।

२१ यी दुई पादरित्वहरूका विभिन्न विभागहरूमा नियुक्त गरिएकाहरू मध्येबाट बढ्दै गएका वा ती मध्येबाट नियुक्त भएका अध्यक्षहरू वा अध्यक्षता गर्ने अधिकारीहरू आवश्यक छन् ।

२२ मल्कीसेदेक पादरित्व मध्ये, अध्यक्षता गर्ने तीन उच्च पादरीहरू, समुहद्वारा छनोट गरिएका, मनोनयन र नियुक्त गरिएका र चर्चको दृढता, आस्था र प्रार्थनाद्वारा समर्थन गरिएकाहरूले, चर्चको अध्यक्षता गणको गठन गर्छ ।

२३ यात्रा गर्ने बाह्र परिषद्हरूलाई बाह्र प्रेरितहरू वा सारा संसारमा ख्रीष्टको नामका विशेष साक्षीहरू हुन बोलावट गरिन्छ—तसर्थ तिनीहरूको बोलावट चर्चका विभागहरूमा अन्य अधिकारीहरू भन्दा भिन्न छ ।

२४ अनि तिनीहरूले पहिले उल्लेख गरिएका तीन अध्यक्षहरूका अधिकार र शक्तिमा समान गण गठन गर्छन् ।

२५ सत्तरीलाई सुसमाचार प्रचार गर्न र गैह्र यहुदीहरू र सारा संसारमा विशेष साक्षीहरू हुन बोलावट गरिन्छ—तसर्थ तिनीहरूका बोलावटका कर्तव्यहरू चर्चका अन्य अधिकारीहरू भन्दा भिन्न छन् ।

२६ अनि तिनीहरूले गण गठन गर्छन्, बाह्र विशेष साक्षीहरू वा भर्खरै नामाकरण गरिएका प्रेरितहरूको अधिकारमा समान ।

२७ अनि यी मध्ये कुनै एक गणहरूद्वारा गरिएका प्रत्येक निर्णय यिनीहरूकै सर्वसम्मत आवाजद्वारा हुनु पर्छ; अर्थात्, प्रत्येक गणमा रहेका प्रत्येक सदस्यले एक अर्कासँगको आफ्नो एउटै शक्ति वा वैधताको सोही निर्णय गर्नका लागि यसको निर्णयमा सहमत हुनु पर्छ—

२८ परिस्थितिले गणका सबै सदस्य उपस्थिति हुन असम्भव बनाउँदा बहुमतले गण बनाउन सकिन्छ—

२९ यस्तो नहुँदासम्म, तिनीहरूका निर्णयहरू समान आशीर्वादहरूका योग्य हुँदैनन् जुन प्राचीन रूपमा तीन अध्यक्षहरूका गणका निर्णयहरू थिए, जो मल्कीसेदेकको रीतअनुसार नियुक्त गरिएको थियो र धर्मी र पवित्र मानिसहरू थिए ।

३० यी गणहरूका निर्णयहरू वा तिनीहरूमध्ये कुनै एक, सबै धार्मिकतामा, पवित्रतामा, हृदयको नम्रतामा, विनम्रता र सहनशीलता र आस्थामा र सद्गुण र ज्ञान, आत्मसंयम, धीरता, ईश्वरीयपन, भ्रातृ स्नेह र करुणामा हुनु पर्छ;

३१ किनभने प्रतिज्ञा यो हो, यदि यी विशेषताहरू तिनीहरूमा प्रशस्त रूपमा छन् भने तिनीहरू परमप्रभुको ज्ञानमा निष्फल हुने छैनन् ।

३२ अनि यदि यी गणहरूको कुनै निर्णय अधार्मिक रूपमा गरिएको छ भने, यसलाई चर्चको आध्यात्मिक अधिकारीहरू गठन गर्ने असङ्ख्य गणहरूको साधारण सभामा ल्याउन सकिन्छ; अन्यथा तिनीहरूको निर्णयबाट कुनै अपील हुन सक्दैन ।

३३ बाह्रहरू एक यात्रा गर्ने अध्यक्षताका उच्च परिषद् हुन्, चर्चको अध्यक्षताको निर्देशनमा, परमप्रभुको नाममा कार्य गर्नका लागि, स्वर्गको नियमसँग अनुकूल; चर्चको निर्माण गर्न र सबै राष्ट्रहरूमा सोही अनुरूप सरोकारहरूका सबै विषयहरूलाई अनुगमन गर्न, सर्वप्रथम गैह्र-यहूदीहरूलाई र दोस्रो यहूदीहरूलाई ।

३४ सत्तरीले परमप्रभुको नाममा, बाह्र वा यात्रा गर्ने उच्च परिषद्को निर्देशनमा, चर्च निर्माण गर्न र सबै राष्ट्रहरूमा सोही अनुरूप सरोकारहरूका सबै विषयहरूलाई अनुगमन गर्न, सर्वप्रथम गैह्र यहूदीहरू र त्यसपछि यहूदीहरूलाई कार्य गर्नु पर्छ—

३५ बाह्रलाई येशू ख्रीष्टको सुसमाचारको घोषणाद्वारा द्वार खोल्ने साँचाहरू धारण गरेर बाहिर पठाइँदै छ र सर्वप्रथम गैह्र यहूदीहरू र त्यसपछि यहूदीहरूलाई ।

३६ सियोनको किलामा खडा उच्च परिषद्हरूले, चर्चका विषयहरूमा, तिनीहरूका सबै निर्णयहरूमा, अध्यक्षताको गणका लागि वा यात्रा गर्ने उच्च परिषद्का लागि अधिकारमा समान गणबाट गठन गर्छ ।

३७ सियोनको उच्च परिषद्ले चर्चका विषयहरूमा, तिनीहरूका सबै निर्णयहरूमा, सियोनको किलामा रहेका बाह्रहरूका परिषद्हरूमा अधिकारमा समान गणबाट गठन गर्छ ।

३८ सहयोगको आवश्यकता पर्दा अरूहरूको सट्टामा सत्तरीलाई आग्रह गर्नु, प्रचार गर्नका लागि विभिन्न बोलावटहरू परिपूर्ति गर्न र सुसमाचारको प्रशासनका लागि सत्तरीलाई बोलवाट गर्नु यात्रा गर्ने उच्च परिषद्को कर्तव्य हो ।

३९ चर्चका सबै विशाल शाखाहरूमा, तिनीहरूलाई प्रकाशद्वारा नियुक्त गरे जस्तै प्रचारक सेवकहरूलाई नियुक्त गर्नु बाह्रको कर्तव्य हो—

४० यस पादरित्वको रीत पिताबाट पुत्रमा हस्तान्तरण गरिएको प्रमाणित भएको थियो र सही रूपमा छनोट गरिएको बीउको वास्तविक वंशज हो, जसलाई प्रतिज्ञाहरू गरिएको थियो ।

४१ यो रीत आदमको दिनमा स्थापित भएको थियो र निम्न तरिकामा वंशजद्वारा हस्तान्तरण गरियो:

४२ आदमदेखि शेतसम्म, जसलाई आदमले उनान्साट्ठी वर्षको उमेरमा नियुक्त गरेका थिए र उनलाई आदमको मृत्यु हुनुभन्दा तीन वर्ष अघि उनी (आदम) द्वारा आशीर्वाद दिइएको थियो र उनका पिताद्वारा परमेश्वरको प्रतिज्ञा प्राप्त गरेका थिए ताकि उनको वंशज परमप्रभुबाट छनोट गरिएका हुने छन् र तिनीहरू पृथ्वीका सीमान्तहरूसम्म सुरक्षित हुने छन्;

४३ किनभने उनी (शेत) एक परिपूर्ण मानिस थिए र उनको शारीरिक बनावट उनका पिताको शारीरिक बनावट जस्तै थियो, यतिसम्म कि उनी सबै अवधारणमा आफ्नो पिताजस्तै देखिन्थे र उनलाई तिनको उमेरका कारण मात्रै उनीबाट भिन्न रूपमा पहिचान गर्न सकिन्थ्यो ।

४४ एनोसलाई एक सय चौत्तीस वर्ष र चार महिनाको उमेरमा आदमका हातद्वारा नियुक्त गरिएको थियो ।

४५ परमेश्वरले केनानलाई उनको उमेरको चालीसौँ वर्षमा उजाडस्थानमा बोलावट गर्नुभयो; र शेदोलमक भन्ने स्थानमा यात्रा गर्दा उनले आदमलाई भेटे । नियुक्ति ग्रहण गर्दा उनी सतासी वर्षका थिए ।

४६ महलालेल चार सय छयान्नब्बे वर्ष र सात दिनका थिए जब उनलाई आदमको हातद्वारा नियुक्त गरिएको थियो, जसले उनलाई आशीर्वाद पनि दिए ।

४७ येरेद दुई सय वर्षका थिए जब उनलाई आदमको हातबाट नियुक्त गरिएको थियो, जसले उनलाई आशीर्वाद पनि दिए ।

४८ आदमको हातबाट नियुक्त गरिँदा हनोक पच्चीस वर्षका थिए; र उनी पैँसट्ठी वर्षका थिए र आदमले उनलाई आशीर्वाद दिए ।

४९ अनि उनले परमप्रभुलाई देखे र उनी उहाँसँगै हिँडे र उहाँको मुहार सामुन्ने निरन्तर थिए; र उनी परमेश्वरसँग तीन सय पैँसट्ठी वर्षसम्म हिँडे र तिनलाई स्वर्गमा लगिँदा उनी चार सय तीस वर्षका थिए ।

५० मेथुसेलह एक सय वर्षका थिए जब उनलाई आदमको हातबाट नियुक्त गरिएको थियो ।

५१ लेमेख बत्तीस वर्षका थिए जब उनलाई शेतको हातबाट नियुक्त गरिएको थियो ।

५२ नोआ दश वर्षका थिए जब उनलाई मेथुसेलहको हातबाट नियुक्त गरिएको थियो ।

५३ आदमको मृत्यु हुनुभन्दा तीन वर्षपूर्व, उनले शेत, एनोस, केनान, महलालेल, येरेद, हनोक र मेथुसेलहलाई बोलाए, जो सबै उच्च पादरीहरू थिए, उनका वंशजका अवशेषहरू जो धर्मी थिए, आदम-ओन्दी-अह्मानको उपत्यकामा बोलाए र त्यहाँ उनीहरूलाई आफ्नो अन्तिम आशीर्वाद दिए ।

५४ अनि परमप्रभु उनीहरूसामु प्रकट हुनुभयो र तिनीहरू उठे र आदमलाई आशीर्वाद दिए र उनलाई मिखाएल, राजकुमार, प्रधान स्वर्गदूत भनेर बोलाए ।

५५ अनि परमप्रभुले आदमलाई सान्त्वना दिनुभयो र उनलाई भन्नुभयो: मैले तिमीलाई अगुवाका रूपमा कार्यभार सुम्पिएको छु; तिमीबाट अङ्सख्य राष्ट्रहरू आउने छन् र तिमी तिनीहरूमाथि सदासर्वदा एक राजकुमार हौ ।

५६ आदम समुहका बीचमा उभिए; र यद्यपि उनी उमेरका कारण कुप्रा भएको भए तापनि, पवित्र आत्माले भरिपूर्ण भएर, पछिल्ला पुस्तालाई आफ्नो वंशमा जे हुने छ सोका सम्बन्धमा भविष्यवाणी गरे ।

५७ यी सबै विषयहरू हनोकको पुस्तकमा लेखिएका थिए र जसको गवाही निर्धारित समयमा दिइने छ ।

५८ यो बाह्रको कर्तव्य हो, साथै, चर्चका अन्य सबै अधिकारीहरूलाई नियुक्त गर्न र रीतमा व्यवस्थापन गर्न प्रकाशअनुसार सहमत हुन्छन् जसले भन्छ:

५९ सियोनको भूमिमा रहेको ख्रीष्टको चर्चलाई, चर्चका नियमहरूका अतिरिक्त चर्चका उत्तरदायित्वका सम्बन्धमा—

६० साच्चैँ नै, म तिमीहरूलाई भन्छु, सेनाहरूका अधिपति भन्नुहुन्छ, त्यहाँ एल्डरको विभागमा रहेकाहरूको अध्यक्षता गर्नका लागि अध्यक्षता गर्ने एल्डरहरू हुनु पर्छ;

६१ अनि पादरीको विभागमा रहेकाहरूको अध्यक्षता गर्नका लागि पादरीहरू पनि;

६२ अनि शिक्षकको विभागमा रहेकाहरूको अध्यक्षता गर्नका लागि शिक्षकहरू पनि, त्यही तरीकामा र डिकनहरूलाई पनि—

६३ यसकारण, डिकनबाट शिक्षकमा र शिक्षकबाट पादरीमा र पादरीबाट एल्डरमा, चर्चको करार र आज्ञाहरूअनुसार तिनीहरू बिभिन्न रूपमा नियुक्त गरिएका छन् ।

६४ त्यसपछि उच्च पादरी आउँछ, जुन सबै भन्दा महान् छ ।

६५ यसकारण, यो आवश्यक छ कि एक जनालाई उच्च पादरी पदबाट पादरित्वको पदको अध्यक्षता गर्न नियुक्त गरिनु पर्छ र उनलाई चर्चको उच्च पादरीको अध्यक्ष भनिने छ;

६६ अथवा, अर्को शब्दमा, चर्चको उच्च पादरित्वमाथि अध्यक्षता गर्ने उच्च पादरी ।

६७ त्यसैबाट चर्चमा विधिहरू र आशीर्वादहरूको प्रशासन, हातहरू राखेर प्राप्त हुन्छ ।

६८ यसकारण, एक बिशपको विभाग योसँग समान छैन; किनकि बिशपको विभाग सबै अस्थायी कार्यहरूको प्रशासन गर्नका लागि हो;

६९ यद्यपि उच्च पादरित्वबाट एक बिशप छनोट गरिनु पर्छ, जबसम्म उनी हारुनको वास्तविक सन्तति हुँदैनन्;

७० किनकि उनी हारुनको वास्तविक सन्तति नभएसम्म उनले त्यो पदारित्वको साँचो धारण गर्न सक्दैनन् ।

७१ यद्यपि, सत्यको आत्माद्वारा तिनीहरूको ज्ञान भएको एक उच्च पादरीलाई, अर्थात्, मल्कीसेदेकको रीत अनुसार, अस्थायी कार्यहरूको सेवाका लागि नियुक्त गर्न सकिन्छ;

७२ अनि इस्राएलमा न्यायकर्ता बन्न, चर्चको कार्य गर्न, उल्लङ्घन गर्नेहरूमाथि गवाहीमा न्याय गर्नका लागि, उनका सल्लाहकारहरूको सहयोगमा नियमअनुसार उनका अगाडि राखिने छ, जसलाई उनले चर्चका एल्डरहरू मध्येबाट छनोट गरेका छन् वा छनोट गर्ने छन् ।

७३ यो एक बिशपको कर्तव्य हो जो हारुनको वास्तविक वंशज होइन, तर मल्कीसेदेकको रीतअनुसार उच्च पादरी पदमा नियुक्त गरिएको छ ।

७४ यसरी उनी सियोनका बासिन्दाहरूका बीचमा वा सियोनको किलामा वा चर्चको कुनै पनि शाखामा जहाँ उनलाई यस सेवामा पदीय जिम्मेवारी दिइने छ, सियोनका सिमानाहरू विस्तार नगरेसम्म उनी एक न्यायकर्ता, एक साधारण न्यायकर्ता समेत हुने छन् र सियोन वा अन्य स्थानमा अन्य बिशप वा न्यायाकर्ताहरू हुनु आवश्यक हुन्छ ।

७५ अनि जति जति त्यहाँ अन्य बिशपहरू नियुक्त हुन्छन् तिनीहरूले त्यही विभागमा कार्य गर्ने छन् ।

७६ परन्तु हारुनका वास्तविक सन्ततिलाई यस पादरित्वको अध्यक्षताको कानुनी अधिकार हुन्छ, यस सेवाका साँचाहरूमा, बिशपको कार्यालयमा स्वतन्त्र रूपमा कार्य गर्न, सल्लाहकारहरू बिना, उच्च पादरित्वको अध्यक्ष भएको अवस्थामा बाहेक, मल्कीसेदेकको रीतमा, इस्राएलमा न्यायाकर्ताका रूपमा रहनका लागि प्रयास गरिएको छ ।

७७ अनि यीमध्ये कुनै पनि परिषद्को निर्णय, आज्ञाअनुरूप सहमत हुन्छ जसले भन्छ:

७८ पुनः, साच्चैँ नै, म तिमीहरूलाई भन्छु, चर्चको सबैभन्दा महत्त्वपूर्ण कार्य र चर्चको सबैभन्दा कठिन कानूनी कार्यवाहीहरू, जति जति त्यहाँ बिशप वा न्यायकर्ताहरूको निर्णयमा सन्तुष्ट हुँदैन र चर्चको परिषद्, उच्च पादरित्वको अध्यक्षतामा लैजानुपूर्व यसलाई चर्चको परिषदमा हस्तान्तरण गरिने छ र अगाडि बढाइने छ ।

७९ अनि उच्च पादरित्वको परिषद्को अध्यक्षतामा अन्य उच्च पादरीहरूलाई बोलावट गर्ने अधिकार हुने छ, बाह्रलाई समेत, सल्लाहकारका रूपमा सहयोग गर्न; र यसरी उच्च पादरित्वको अध्यक्षता र यसका सल्लाहकारहरूलाई चर्चको नियमअनुसार गवाहीमा निर्णय गर्ने अधिकार हुने छ ।

८० अनि यो निर्णय पछि यो परमप्रभुकासामु स्मरणमा कहिल्यै ल्याइनु हुँदैन; किनकि यो परमेश्वरको चर्चको सर्वोच्च परिषद् हो र आध्यात्मिक विषयहरूका मतभेदहरूमा अन्तिम निर्णय हो ।

८१ त्यहाँ चर्चको यस परिषदबाट मुक्त चर्चसँग सम्बन्धित कुनै पनि व्यक्ति छैन ।

८२ अनि जति जति उच्च पादरित्वको अध्यक्षले उल्लङ्घन गर्छन्, उनलाई चर्चको साझा परिषद्को अगाडि स्मरणमा ल्याइनु पर्छ, जसलाई उच्च पादरित्वका बाह्र सल्लाहकारहरूले सहयोग गर्ने छन्;

८३ अनि उनका सम्बन्धमा तिनीहरूको निर्णय उनीसँग सम्बन्धित मतभेदको अन्त्य हुनु पर्छ ।

८४ तसर्थ, न्याय र परमेश्वरका नियमहरूबाट कसैलाई पनि छुट दिइने छैन, ताकि सबै विषयहरू सत्य र धार्मिकताअनुसार उहाँसामु रीत र गम्भीरतामा गरिने छन् ।

८५ अनि पुनः साच्चैँ नै म तिमीहरूलाई भन्छु, एक डिकनको विभागमा अध्यक्षको कर्तव्य भनेको बाह्र डिकनहरूको अध्यक्षता गर्नु हो, तिनीहरूसँग परिषदमा बस्नु र उनीहरूलाई तिनीहरूको कर्तव्य सिकाउनु, एकअर्कालाई सुधार्नु, जसरी यो करारहरूका आधारमा दिइएको छ ।

८६ अनि शिक्षकको विभागमा अध्यक्षको कर्तव्य पनि चौबीस जना शिक्षकहरूको अध्यक्षता गर्ने र उनीहरूसँग परिषदमा बस्ने, उनीहरूलाई करारमा दिएअनुसार तिनीहरूको विभागका कर्तव्यहरू सिकाउनु हो ।

८७ साथै हारुनको पादरित्वमा अध्यक्षको कर्तव्य भनेको अठचालीस जना पादरीहरूको अध्यक्षता गर्नु र तिनीहरूसँग परिषदमा बस्नु, उनीहरूलाई करारमा दिएअनुसार तिनीहरूको विभागका कर्तव्यहरू सिकाउनु हो—

८८ यी अध्यक्ष एक बिशप हुनु पर्छ; किनकि यो यस पादरित्वका कर्तव्यहरूमध्येको एक हो ।

८९ पुनः, एल्डरहरूको विभागमा अध्यक्षको कर्तव्य छयान्नब्बे एल्डरहरूको अध्यक्षता गर्नु र तिनीहरूसँग परिषदमा बस्नु र तिनीहरूलाई करारअनुसार सिकाउनु हो ।

९० यो अध्यक्षता सत्तरीको भन्दा फरक छ र सारा संसारमा यात्रा नगर्नेहरूका लागि योजना निर्माण गरिएको हो ।

९१ अनि पुनः, उच्च पादरित्वको विभागको अध्यक्षको कर्तव्य सम्पूर्ण चर्चको अध्यक्षता गर्नु हो र मोशाजस्तै हुनु हो—

९२ हेर, यहाँ ज्ञान छ; हो, एक द्रष्टा, एक प्रकटकर्ता, एक अनुवादक र एक अगमवक्ता बन्न, परमेश्वरका सबै उपहारहरू प्राप्त गरेर जुन उहाँले चर्चको अगुवालाई दिनुहुन्छ ।

९३ अनि यो सत्तरीको रीत देखाउने दर्शनअनुसार हुन्छ, ताकि तिनीहरूलाई अध्यक्षता गर्नका लागि तिनीहरूसँग सत्तरीको सङ्ख्याबाट छनोट गरिएका सात अध्यक्षहरू हुनु पर्छ;

९४ अनि यी सात अध्यक्षहरूमध्येका सातौँ अध्यक्षले छ जनाको अध्यक्षता गर्नु पर्छ;

९५ अनि यी सात अध्यक्षहरूले तिनीहरूसँग सम्बन्धित पहिलो सत्तरी जना बाहेक अरू सत्तरी जनालाई छनोट गर्नु पर्छ र तिनीहरूको अध्यक्षता गर्नु पर्छ;

९६ अनि अन्य सत्तरी पनि, सात गुणा सत्तरीसम्म, यदि अङ्गुरको बगैँचामा श्रमको आवश्यकता हुन्छ भने ।

९७ अनि यी सत्तरी जना यात्रा गर्ने सेवकहरू हुनु पर्छ, सर्वप्रथम गैह्र यहुदीहरूलाई र यहूदीहरूलाई पनि ।

९८ जबकि चर्चका अन्य अधिकारीहरू, जो बाह्र, न त सत्तरीमा पर्छन्, सबै राष्ट्रहरू बीचमा यात्रा गर्ने जिम्मेवारी अन्तर्गत पर्दैनन् तर तिनीहरूको परिस्थितिले अनुमति दिएअनुसार यात्रा गर्नु पर्छ, यद्यपि तिनीहरूले चर्चमा उच्च र जिम्मेवार विभागहरू धारण गर्न सक्छन् ।

९९ यसकारण, अब हरेक मानिसले आफ्नो कर्तव्य सिक्नु पर्छ र आफू नियुक्त भएको विभागमा पूर्ण लगनशीलताका साथ कार्य गर्नु पर्छ ।

१०० जो अल्छी छ ऊ उभिन योग्यको गनिने छैन र जसले आफ्नो कर्तव्य सिक्दैन र आफूलाई अनुमोदित देखाउँदैन ऊ उभिन योग्यको गनिने छैन । तसर्थ यस्तै हुने छ । आमीन ।