धर्मशास्त्रहरू
सिद्धान्त र करार ५७


खण्ड ५७

अगमवक्ता जोसेफ स्मिथद्वारा ज्याक्सन प्रदेश, मिजोरीमा, जुन २०, १८३१ मा दिइएको प्रकाश । मिजोरीमा यात्रा गर्ने परमप्रभुको आज्ञाको पालना गरेर, जहाँ उहाँले “तिमीहरूका उत्तराधिकारका भूमि” प्रकट गर्नुहुने छ (खण्ड ५२), एल्डरहरूले ओहायोदेखि मिजोरीको पश्चिमी सिमासम्म यात्रा गरेका थिए । जोसेफ स्मिथले लमानीहरूका परिस्थितिका सम्बन्धमा सोचे र आश्चर्य माने: “उजाड स्थान कहिले गुलाफजस्तै फक्रिने छ? सियोन कहिले आफ्नो महिमामा निर्मित हुने छ, अनि हजुरको मन्दिर कहाँ खडा हुने छ, जहाँ सबै राष्ट्रहरू अन्तिम दिनहरूमा आउने छन्?” त्यसपछि उनले यो प्रकाश प्राप्त गरे ।

१–३, सियोनको सहर र मन्दिरका लागि स्थान इन्डिपेन्डेन्स, मिजोरी हो; ४–७, सन्तहरूले जमीनहरू खरिद गर्नु पर्छ र त्यो क्षेत्रमा उत्तराधिकार प्राप्त गर्नु पर्छ; ८–१६, सिड्नी गिल्बर्टले खुद्रा पसलको स्थापना गर्नु पर्छ, विलियम डबल्यू. फेल्पसले मुद्रणको कार्य गर्नु पर्छ र ओलिवर काउड्रीले प्रकाशनका लागि सामग्री सम्पादन गर्नु पर्छ ।

सुन, ए मेरा चर्चका तिमी एल्डरहरू, परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ, जो तिमीहरू मेरा आज्ञाहरूअनुसार यो भूमिमा सँगै एकत्रित भएका छौ, जुन मिजोरीको भूमि हो, जुन भूमि मैले सन्तहरूको भेला का लागि नियुक्त र पवित्रीकरण गरेको छु ।

यसकारण, यो प्रतिज्ञा गरिएको भूमि हो र सियोनको सहरका लागि स्थान हो ।

अनि परमप्रभु तिमीहरूका परमेश्वर यसो भन्नुहुन्छ, यदि तिमीहरूले ज्ञान प्राप्त गर्ने इच्छा गर्छौ भने यहाँ ज्ञान छ । हेर, अहिले इन्डिपेन्डेन्स भनिने स्थान मध्य स्थान हो; अनि मन्दिरका लागि स्थल पश्चिमतर्फ छ, जमीनको एक टुक्रामा जुन अदालत भन्दा धेरै टाढा छैन ।

यसकारण, यो बुद्धिमानी हुन्छ कि त्यो जमिन सन्तहरूद्वारा खरिद गरिनु पर्छ, अनि पश्चिमतर्फका हरेक जमीनका टुक्रा पनि, त्यो घेरासम्म समेत जुन यहूदी र गैह्र यहूदीहरूका बीचमा रहेको छ;

अनि घाँसे मैदानको सीमानातर्फको हरेक जमिनका टुक्रा पनि, जतिसम्म मेरा शिष्यहरूले खरिद गर्न सक्षम हुन्छन् । हेर, यो बुद्धिमानी हुन्छ कि तिनीहरूले यसलाई चिरस्थायी उत्तराधिकारका लागि प्राप्त गर्न सक्छन् ।

अनि, धार्मिकतामा र ज्ञानले निर्देशन गरेअनुसार जतिसम्म गर्न सकिन्छ, पैसा प्राप्त गर्न, चर्चका लागि प्रतिनिधि हुन, सबै क्षेत्र वरिपरि जमिन खरिद गर्न, मेरा सेवक सिड्नी रिग्डन मैले उनलाई नियुक्त गरेको विभागमा खडा हुनु पर्छ ।

अनि, मेरा सेवक एडवार्ड पाट्रिज मैले उनलाई नियुक्त गरेको विभागमा खडा हुनु पर्छ, अनि मैले आज्ञा गरे जस्तै, सन्तहरूलाई उनीहरूका उत्तराधिकार विभाजन गर्नु पर्छ; अनि तिनीहरू पनि जसलाई उनले आफ्नो सहायता गर्न नियुक्त गरेका छन् ।

अनि पुनः, साच्चैँ नै म तिमीलाई भन्छु, मेरा सेवक सिड्नी गिल्बर्टले यही स्थानमा आफ्नो बसोबास गर्नु पर्छ र एक खुद्रा पसलको स्थापना गर्नु पर्छ ताकि उनले कुनै छलकपटबिना सामानहरू बेच्नु पर्छ ताकि उनले सन्तहरूका भलाइका लागि जमीनहरू खरिद गर्न सकुन् अनि कि तिनीहरूका उत्तराधिकार स्थापना गर्नका लागि ती शिष्यहरूलाई चाहिने जुनै वस्तुहरू पनि प्राप्त गर्न सकुन् ।

अनि मेरा सेवक सिड्नी गिल्बर्टले एक अनुमति पत्र प्राप्त गर्नु पर्छ—हेर, यहाँ ज्ञान छ, अनि जसले पढ्छ उसले बुझ्नु पर्छ—ताकि उनले ती मानिसहरूलाई पनि सामानहरू पठाउन सकोस्, ती कारिन्दाहरूद्वारा जसलाई उनको सहायता गर्न कार्यरत गरिएका छन्;

१० अनि यसरी मेरा सन्तहरूलाई उपलब्ध गराइन सकियोस् ताकि मेरो सुसमाचार तिनीहरूलाई प्रवचन गर्न सकियोस् जो अन्धकारमा र ती क्षेत्रमा र मृत्युको छायामा बसेका छन् ।

११ अनि पुनः साच्चैँ नै म तिमीलाई भन्छु, मेरा सेवक विलियम डबल्यू. फेल्पसले यस स्थानमा बसोबास गर्नु पर्छ र चर्चका लागि मुद्रकको रूपमा स्थापित हुनु पर्छ ।

१२ अनि अवलोकन गर, यदि संसारले उनका लेखहरू ग्रहण गरेमा—हेर यहाँ ज्ञान छ—उनले सन्तहरूका भलाइका लागि धार्मिकतामा जे जति प्राप्त गर्न सक्छ, प्राप्त गर्नु पर्छ ।

१३ अनि मेरा सेवक ओलिवर काउड्रीले मैले आज्ञा गरे जस्तै उनलाई सहायता गर्नु पर्छ, कुनै पनि ठाउँमा जहाँ म उनलाई नियुक्त गर्छु, प्रतिलिपि गर्न, सच्च्याउन र छान्न, ताकि मेरासामु सबै कुराहरू सही होऊन्, जसरी आत्माबाट उनीद्वारा प्रमाणित हुने छन् ।

१४ अनि यसरी मैले भनेकाहरूले सियोनको भूमिमा जति सक्दो चाँडो आफ्ना परिवारहरूका साथ बसोबास गर्नु पर्छ, ती कार्यहरू गर्नका लागि जुन मैले भनेको छु ।

१५ अनि अब एकत्रित हुने सम्बन्धमा—ती परिवारहरू जसलाई जतिसक्दो चाँडो यस भूमिमा आउन अनि तिनीहरूका उत्तराधिकारमा तिनीहरूलाई बसोबास गर्न आज्ञा गरिएको छ, बिशप र प्रतिनिधिले तिनीहरूका लागि तयारीहरू गर्नु पर्छ ।

१६ अनि बाँकी रहेका दुबै एल्डरहरू र सदस्यहरूलाई थप निर्देशनहरू यसपछि दिइने छ । अनुसार समेत । आमीन ।