धर्मशास्त्रहरू
सिद्धान्त र करार १३


खण्ड १३

अगमवक्ता र ओलिभर काउड्रीलाई हार्मोनी, पेन्सिलभेनियामा मे १५, १८२९ मा हारुनको पादरीत्वमा नियुक्ति गरेको सम्बन्धमा जोसेफ स्मिथको इतिहासबाट निकालिएको अंश । त्यो नियुक्ति एक स्वर्गदूतका हातबाट भएको थियो जसले आफूलाई यूहन्ना भनी घोषित गरे, त्यही नै जसलाई नयाँ करारमा बप्तिस्मा दिने यूहन्ना भनिन्छ । स्वर्गदूतले भने कि उनी प्राचीन प्रेरितहरू पत्रुस, याकूब र यूहन्नाको निर्देशनमा काम गरिरहेका थिए, जसले उच्च पादरीत्वका साँचाहरू बोकेका थिए, जसलाई मल्कीसेदेक पादरीत्व भनिन्छ । जोसेफ र ओलिभरलाई प्रतिज्ञा गरिएको थियो कि उचित समयमा यो उच्च पादरीत्व उनीहरूलाई प्रदान गरिन्छ । (हेर्नुहोस् खण्ड २७:७–८, १२ ।)

हारुनको पादरीत्वका साँचाहरू र शक्तिहरू प्रदान गरिन्छ ।

मेरा सहकर्मी सेवकहरू तिमीहरूमा, मसीहको नाममा म हारुनको पादरीत्व प्रदान गर्छु, जसले स्वर्गदूतहरूको सेवा, अनि पश्चात्तापको सुसमाचार, अनि पापहरूबाट छुट्काराका लागि डुबाइद्वारा बप्तिस्माका साँचाहरू बहन गर्छन्; अनि यसलाई पृथ्वीबाट पुनः कहिल्यै लगिने छैन, लेवीका छोराहरूले परमप्रभुमा धार्मिकतामा पुनः भेटी नचढाएसम्म ।