धर्मशास्त्रहरू
सिद्धान्त र करार ४५


खण्ड ४५

अगमवक्ता जोसेफ स्मिथद्वारा चर्चलाई कर्टल्याण्ड, ओहायो, मार्च ७, १८३१ मा दिइएको प्रकाश । प्रस्तावनाका रूपमा यस प्रकाशको अभिलेख, जोसेफ स्मिथको इतिहासले बताउँछ कि “चर्चको यस समयमा … मानिसहरूलाई तथ्यहरूको अध्ययन गर्न वा सत्य धर्म स्वीकार गर्न प्रतिबन्ध लगाउनका लागि धेरै निराधार प्रतिवेदनहरू … र मूर्ख कथाहरू, प्रकाशित … र प्रसारित … गरियो । … परन्तु सन्तहरूको प्रसन्नताका लागि, … मैले निम्नलिखित प्राप्त गरेँ ।”

१–५, ख्रीष्ट पितासँग हाम्रो अधिवक्ता हुनुहुन्छ; ६–१०, सुसमाचार परमप्रभुको अगाडि मार्ग तयार पार्ने एक सन्देशवाहक हो; ११–१५, हनोक र तिनका बन्धुहरूलाई परमप्रभुद्वारा आफैँमा ग्रहण गरियो; १६–२३, जैतुनको डाँडामा दिएजस्तै ख्रीष्टले आफ्नो आगमनको सङ्केत प्रकट गर्नु भयो; २४–३८, सुसमाचार पुनर्स्थापित हुने छ, गैह्रयहूदीहरूको समय पूरा हुने छ र एक विनाशकारी रोगले भूमिलाई ढाक्ने छ; ३९–४७, सङ्केतहरू, चमत्कारहरू र पुनरुत्थान दोस्रो आगमनसँगै आउने छन्; ४८–५३, ख्रीष्ट जैतुनको डाँडामा उभिनु हुने छ र यहूदीहरूले उहाँको हात र पाउमा घाउहरू देख्ने छन्; ५४–५९, परमप्रभुले सहस्राब्दीको समयमा शासन गर्नुहुने छ; ६०–६२, अगमवक्तालाई नयाँ करारको अनुवाद सुरु गर्न निर्देशन दिइएको छ, जसका माध्यमबाट महत्त्वपूर्ण जानकारी प्रकट गरिने छन्; ६३–७५, सन्तहरूलाई नयाँ यरूशलेम एकत्रित गर्न र निर्माण गर्न आज्ञा दिइएको छ, जहाँ सबै राष्ट्रका मानिसहरू आउने छन् ।

सुन, हे मेरा चर्चका जनहरू, जसलाई अधिराज्य दिइएको छ; तिमीहरू उहाँलाई सुन र कान थाप जसले पृथ्वीको आधार बसाल्नुभयो, जसले स्वर्ग र त्यसका सबै सेनाहरू बनाउनुभयो र जसद्वारा जीवित, चल्ने र अस्तित्व भएका सबै चिजहरू सृष्टि गरियो ।

अनि पुनः म भन्छु, मेरो वाणी सुन, अन्यथा मृत्युले तिमीलाई परास्त गर्ने छ; तिमीहरूले नचिताएको समय ग्रीष्म बितेर जाने छ र फसल समाप्त हुने छ र तिमीहरूका आत्माहरूले मुक्ति प्राप्त गर्ने छैनन् ।

उहाँलाई सुन जो पितासँग अधिवक्ता हुनु हुन्छ, जो उहाँका अगाडि तिम्रो पक्षमा बोलिरहनुभएको छ—

यसो भन्दै: पिता, उहाँको पीडा र मृत्यु हेर्नुहोस् जसले कुनै पाप गर्नुभएको थिएन, जसमा हजुर प्रसन्न हुनुहुन्थ्यो; हेर्नुहोस् हजुरका पुत्रको रगत जुन बगाइएको थियो, उहाँको रगत जसलाई हजुरले दिनुभएको थियो ताकि हजुरको आफ्नो महिमा हुन सकोस्;

यसकारण, पिता, मेरो नाममा विश्वास गर्ने यी मेरा बन्धुहरूलाई बचाउनुहोस्, ताकि तिनीहरू मकहाँ आउन सक्छन् र अनन्त जीवन प्राप्त गर्न सक्छन् ।

सुन, हे मेरो चर्चका जनहरू हो र तिमीहरू एल्डरहरू मेरो वाणीलाई एकैसाथ ध्यान देऊ र आज भनिएको मेरो वाणीलाई सुन र आफ्नो हृदय कठोर नपार;

किनकि साच्चैँ नै म तिमीहरूलाई भन्दछु कि म अल्फा र ओमेगा हुँ, सुरु र अन्त्य, संसारको ज्योति र जीवन—अन्धकारमा चम्कने ज्योति र अन्धकारले यसलाई बुझ्दैन ।

म आफ्नैकहाँ आएँ, र मेरा आफ्नैले मलाई ग्रहण गरेनन्; परन्तु जतिले मलाई ग्रहण गरे, मैले धेरै चमत्कारहरू गर्ने र परमेश्वरका पुत्रहरू बन्ने शक्ति दिएँ; र मेरो नाममा विश्वास गर्नेहरूलाई पनि अनन्त जीवन प्राप्त गर्ने शक्ति मैले दिएँ ।

अनि यसरी नै, संसारका लागि ज्योति हुन र मेरा मानिसहरूका लागि मानक बन्न र गैह्रयहूदीहरूले यसलाई खोज्नका लागि र मेरा अगाडि मार्ग तयार पार्न मेरो अनुहारसामु सन्देशवाहक बन्न मैले मेरो अनन्त करार संसारमा पठाएको छु ।

१० यसकारण, तिमीहरू यसकहाँ आओ र उससँग जो आउने छ म प्राचीन दिनहरूमा जस्तै मानिसहरूसँग तर्क गर्ने छु र म तिमीहरूलाई मेरो मजबुत तर्क प्रस्तुत गर्ने छु ।

११ यसकारण, सँगै तिमीहरू सुन र मलाई तिमीहरूलाई मेरो ज्ञान पनि प्रकट गर्न देऊ—उहाँको ज्ञान जसलाई तिमीहरूले हनोकका र उनका बन्धुहरूका परमेश्वर हनुहुन्छ भनेर भन्छौ,

१२ जो पृथ्वीबाट अलग भएका थिए र ममा ग्रहण गरिएका थिए—धार्मिकताको एक समय नआउँदासम्म एक आरक्षित सहर—एक समय जुन सबै पवित्र मानिसहरूद्वारा खोजिएको थियो र तिनीहरूले क्षुद्रता र कुकर्मका कारण भेट्टाएनन्;

१३ अनि तिनीहरू पृथ्वीमा परदेशी र प्रवासीहरू थिए भनेर स्वीकार गरे;

१४ परन्तु तिनीहरूले यसलाई पत्ता लगाउनु पर्छ र आफ्नो शरीरमा देख्नु पर्छ भन्ने एक प्रतिज्ञा प्राप्त गरे ।

१५ यसकारण, सुन र म तिमीहरूसँग तर्क गर्ने छु र प्राचीन दिनहरूमा मानिसहरूसँग गरेजस्तै म तिमीहरूसामु बोल्ने छु र अगमवाणी गर्ने छु ।

१६ अनि म यसलाई स्पष्ट रूपमा देखाउने छु जसरी मैले मेरा शिष्यहरूलाई देखाएको थिएँ जब म शरीरमा तिनीहरूका अगाडि उभिएको थिएँ र उनीहरूसँग बोलेको थिएँ, यसो भन्दै: तिमीहरूले मेरो आगमनका सङ्केतहरूका सम्बन्धमा मलाई सोधेका कारण, मैले तिमीहरूका पिता-पुर्खाहरूलाई गरेको प्रतिज्ञाहरू पूरा गर्न जब म स्वर्गका बादलहरूमा मेरो महिमासहित त्यस दिनमा आउने छु,

१७ किनकि तिमीहरूले आफ्नो शरीरबाट आफ्ना आत्माहरूको लामो अनुपस्थितिलाई दासत्वका रूपमा हेरेका कारणले, म तिमीहरूलाई उद्दारको दिन र यत्र तत्र छरिएका इस्राएलको पुनर्स्थापना पनि कसरी आउने छ भनेर देखाउने छु ।

१८ अनि अब तिमीहरूले यरूशलेममा रहेको यो मन्दिरलाई हेर, जसलाई तिमीहरूले परमेश्वरको आलय भन्छौ र तिमीहरूका शत्रुहरूले यो आलय कहिल्यै ढल्ने छैन भनी भन्छन् ।

१९ परन्तु, साच्चैँ नै म तिमीहरूलाई भन्दछु, यस युगमा त्यो उजाड रातमा चोरजस्तै आउने छ र यी जनहरू नष्ट हुने छन् र सबै राष्ट्रहरूमा यत्र-तत्र छरिने छन् ।

२० अनि यो मन्दिर जुन तिमी अहिले देख्दै छौ तल फ्याँकिने छ कि त्यहाँ एउटा ढुङ्गा अर्को माथि रहने छैन ।

२१ अनि यस्तो हुन जाने छ, कि जबसम्म मैले तिनीहरूका सम्बन्धमा तिमीहरूलाई भनेका हरेक उजाड हुने छैनन् यहूदाका मानिसहरूको यो सन्तति बितेर जाने छैन ।

२२ तिमीहरू भन्छौ कि तिमीहरूलाई थाहा छ कि संसारको अन्त्य आउँदै छ; तिमीहरू यो पनि भन्दछौ कि तिमीहरूलाई थाहा छ कि आकाश र पृथ्वी बितेर जाने छ;

२३ अनि यसमा तिमीहरू सत्य भन्छौ, किनकि यो त्यस्तै हो; तर मैले तिमीहरूलाई भनेका यी सबै पूरा नभएसम्म बितेर जाने छैन ।

२४ अनि मैले तिमीहरूलाई यरूशलेमका सम्बन्धमा भनेको छु; अनि जब त्यो दिन आउने छ, अवशेषहरू सबै राष्ट्रहरूमा यत्र तत्र छरिने छन्;

२५ परन्तु तिनीहरू पुनः एकत्रित हुने छन्; तर गैह्रयहूदीहरूको समय पूरा नभएसम्म तिनीहरू रहिरहनु पर्छ ।

२६ अनि त्यस दिनमा युद्धहरू र युद्धहरूका हल्लाहरू सुनिने छ र सारा पृथ्वी हलचलमा हुने छ र मानिसहरूले आफ्नो साहस गुमाउने छन् र तिनीहरूले भन्ने छन् कि ख्रीष्टले पृथ्वीको अन्त्यसम्म आफ्नो आगमनलाई ढिलाइ गर्नुहुने छ ।

२७ अनि मानिसहरूको प्रेम सेलाएर जाने छ र दुष्टता प्रशस्तै बढ्ने छ ।

२८ अनि जब गैह्रयहूदीहरूको समय आउँने छ, अन्धकारमा बस्नेहरूका बीचमा एउटा ज्योति फैलिने छ र त्यो मेरो सुसमाचारको पूर्णता हुने छ;

२९ परन्तु तिनीहरूले यसलाई ग्रहण गर्दैनन्; किनकि तिनीहरूले यस ज्योतिलाई बुझ्दैनन् र मानिसहरूका शिक्षाहरूका कारणले तिनीहरूले मबाट आफ्नो हृदय फर्काउँछन् ।

३० अनि त्यो समयावधिमा गैह्रयहूदीहरूको समय पूरा हुने छ ।

३१ अनि त्यस समयावधिमा त्यहाँ मानिसहरू खडा हुने छन्, तिनीहरूले एक अत्यधिक प्रकोप नदेख्दा सम्म बितेर जाने छैन; किनकि एक विनाशकारी रोगले भूमिलाई ढाक्ने छ ।

३२ परन्तु मेरा शिष्यहरू पवित्र स्थानहरूमा खडा हुने छन् र तिनीहरू विचलित हुने छैनन्; तर पतीतहरूका बीचमा, मानिसहरूले आफ्नो आवाज उच्च पार्ने छन् र परमेश्वरलाई सराप्ने छन् र मर्ने छन् ।

३३ अनि त्यहाँ विभिन्न स्थानहरूमा भूकम्पहरू पनि आउने छन् र धेरै उजाडहरू हुने छन्; अझै पनि मानिसहरूले मेरा विरुद्धमा आफ्नो हृदय कठोर पार्ने छन् र तिनीहरूले एक अर्काको विरुद्धमा, तरवार उठाउने छन् र तिनीहरूले एक अर्कालाई मार्ने छन् ।

३४ अनि अब, जब म परमप्रभुले मेरा शिष्यहरूसामु यी शब्दहरू बोलेँ, तिनीहरू चिन्तित भए ।

३५ अनि मैले उनीहरूलाई भनेँ: चिन्तित नहोओ, किनकि, जब यी सबै विषयहरू हुने छन्, तिमीहरूलाई जानकारी हुन सक्छ कि तिमीहरूलाई गरिएका प्रतिज्ञाहरू पूरा हुने छन् ।

३६ अनि जब ज्योति फैलिन सुरु गर्दछ, यो तिनीहरूसँग एउटा दृष्टान्त जस्तै हुने छ जुन म तिमीहरूलाई देखाउने छु—

३७ तिमीहरूले अञ्जीरका रूखहरूलाई हेर्छौ र मनन गर्छौ र तिमीहरूले तिनीहरूलाई आफ्ना आँखाले दृष्टि दिन्छौ र जब तिनीहरू पालुवा फेर्न थाल्छन् र तिनीहरूका पातहरू अझै पनि कोमल छन्, तिमीहरूले भन्छौ, कि त्यो ग्रीष्म ऋतु नजिकै छ;

३८ त्यसै गरी त्यस दिनमा यस्तो हुने छ जब तिनीहरूले यी सबै विषयहरू देख्ने छन्, तब तिनीहरूले समय नजिक छ भनेर थाहा पाउने छन् ।

३९ अनि यस्तो हुन जाने छ कि जो मसँग डराउँछ उसले परमप्रभुको महान् दिनको प्रतीक्षा गरिरहेको हुने छ, मानिसका पुत्रको आगमनका सङ्केतहरूका लागि समेत ।

४० अनि तिनीहरूले सङ्केतहरू र आश्चर्यका कार्यहरू देख्ने छन्, किनकि तिनीहरूमाथि स्वर्गमा र तल पृथ्वीमा देखाइने छन् ।

४१ अनि तिनीहरूले रगत, आगो र धुवाँको मुस्लो देख्ने छन् ।

४२ अनि परमप्रभुको दिन आउनु अघि, सूर्य अँध्यारो हुने छ र चन्द्रमा रगतमा परिणत हुने छ र ताराहरू ब्रह्माण्डबाट खस्ने छन् ।

४३ अनि बाँकी रहेकाहरूलाई यस स्थानमा एकत्रित गरिने छ;

४४ अनि तब तिनीहरूले मलाई खोज्ने छन् र हेर, म आउने छु; र तिनीहरूले मलाई स्वर्गको बादलमा देख्ने छन्, शक्ति र महान् महिमाको पहिरनमा; सबै पवित्र स्वर्गदूतहरूसहित; र जसले मलाई ध्यान दिएर हेर्दैन उसलाई अलग्याइने छ ।

४५ परन्तु परमप्रभुको हतियार खस्नुपूर्व, एक स्वर्गदूतले आफ्नो तुरही बजाउने छन् र सुतेका सन्तहरू मलाई बादलमा भेट्न बाहिर आउने छन् ।

४६ यसकारण, यदि तिमीहरू शान्तिका साथ सुतेका छौ भने तिमीहरू अशीषित छौ; किनकि जसरी तिमीहरूले अहिले मलाई हर्छौ र म हुँ भनी जान्दछौ, त्यसरी नै तिमीहरू मकहाँ आउने छौ र तिमीहरूका आत्माहरू अस्तित्वमा रहने छन् र तिमीहरूको उद्धार परिपूर्ण हुने छ; र सन्तहरू पृथ्वीका चारै क्षेत्रहरूबाट बाहिर आउने छन् ।

४७ तब परमप्रभुका हतियार राष्ट्रहरूमाथि खस्ने छन् ।

४८ अनि तब परमप्रभुले आफ्ना पाउ यस पर्वतमा राख्नुहुने छ र यो दुई टुक्रामा विभाजित हुने छ र पृथ्वी थरथर काप्ने छ र यताउता हल्लिने छ र ब्रह्माण्ड पनि हल्लिने छ ।

४९ अनि परमप्रभुले आफ्नो वाणी उच्चारण गर्नुहुने छ र पृथ्वीका सबै सीमान्तहरूले यो सुन्ने छन्; र पृथ्वीका राष्ट्रहरूले शोक गर्ने छन् र हाँस्नेहरूले आफ्नो मूर्खता देख्ने छन् ।

५० अनि उपहास गर्नेलाई विपत्तिले ढाक्नेछ र निन्दा गर्नेलाई विनाश गरिने छ; अनि दुष्टताको अवसर खोज्नेलाई काटेर आगोमा फालिने छ ।

५१ अनि तब यहूदीहरूले मलाई हेर्ने छन् र भन्ने छन्: हजुरका हात र पाउमा यी घाउहरू के हुन्?

५२ तब तिनीहरूले जानकारी प्राप्त गर्ने छन् कि म परमप्रभु हुँ; किनकि म तिनीहरूलाई भन्ने छु: यी घाउहरू मैले मेरा मित्रहरूको घरमा प्राप्त गरेका हुन् जसबाट म घाइते भएको थिएँ । म त्यो हूँ जसलाई टाँगिएको थियो । म येशू हूँ जसलाई क्रूसमा टाँगिएको थियो । म परमेश्वरको पुत्र हुँ ।

५३ अनि तब तिनीहरू आफ्ना दुष्टताहरूका कारण विलाप गर्ने छन्; तब तिनीहरूले शोक प्रकट गर्ने छन् किनभने तिनीहरूले आफ्ना राजालाई सताए ।

५४ अनि त्यसपछि नास्तिक राष्ट्रहरूलाई उद्धार गरिने छ र कुनै नियम नजान्नेहरूलाई पहिलो पुनरुत्थानमा स्थान हुने छ; र यो तिनीहरूका लागि सहन योग्य हुने छ ।

५५ अनि शैतानलाई बाँधिने छ, ताकि मानिसका छोराछोरीहरूको हृदयमा उसको कुनै स्थान हुने छैन ।

५६ अनि त्यो दिन, जब म मेरो महिमामा आउने छु, दश कन्याहरूका सम्बन्धमा मैले भनेको दृष्टान्त पूरा हुने छ ।

५७ किनकि तिनीहरू जो बुद्धिमान् छन् र सत्यलाई ग्रहण गरेका छन् र तिनीहरूको मार्गदर्शकका रूपमा पवित्र आत्मा लिएका छन् र छलमा परेका छैनन्—साच्चैँ नै म तिमीहरूलाई भन्छु, तिनीहरूलाई काटिने छैन र आगोमा फ्याँकिने छैन तर त्यस दिनमा रहने छन् ।

५८ अनि पृथ्वी तिनीहरूलाई उत्तराधिकारका रूपमा दिइने छ; र तिनीहरू भूमिमा फैलिने छन् र बलिया हुने छन् र तिनीहरूका छोराछोरीहरू मुक्तिसम्म कुनै पाप बिना हुर्कने छन् ।

५९ किनकि परमप्रभु तिनीहरूका बीचमा हुनुहुने छ र उहाँको महिमा तिनीहरूमाथि हुने छ र उहाँ तिनीहरूका राजा र तिनीहरूका नियमदाता हुनुहुने छ ।

६० अनि अब, हेर, म तिमीलाई भन्दछु, नयाँ करार अनुवाद नभएसम्म र त्यसमा यी सबै विषयहरू प्रकट नगरिएसम्म, यस अध्यायका सम्बन्धमा थप जानकारी तिमीलाई दिइने छैन;

६१ यसकारण म तिमीहरूलाई दिन्छु ताकि तिमीले अब यसलाई अनुवाद गर्न सक्छौ, कि तिमी आउने विषयहरूका लागि तयार हुन सक्छौ ।

६२ किनकि म तिमीहरूलाई साच्चैँ नै भन्दछु, कि महान् उपलब्धिहरूले तिमीहरूलाई प्रतीक्षा गरिरहेका छन्;

६३ तिमीहरूले विदेशी भूमिहरूमा युद्धहरूका सम्बन्धमा सुन्ने छौ; तर, हेर, म तिमीहरूलाई भन्दछु, तिनीहरू नजिकै छन्, तिमीहरूका ढोकैमा समेत र यस समयदेखि केही वर्षमा नै तिमीहरूले आफ्नै भूमिमा युद्धहरू सुन्ने छौ ।

६४ यसकारण, म, परमप्रभुले भनेको छु, तिमीहरूले पूर्वी भूमिहरूबाट एकत्रित गर, मेरो चर्चका एल्डरहरू हो आफूहरूलाई एकत्रित गर; पश्चिमी देशहरूमा जाओ, त्यहाँका बासिन्दाहरूलाई पश्चात्ताप गर्न बोलाओ र जति जति तिनीहरूले पश्चात्ताप गर्छन्, मेरालागि चर्चहरूको निर्माण गर ।

६५ अनि एक मन र एक हृदय भएर, आफ्नो धन जम्मा गर कि तिमीले उत्तराधिकार किन्न सक्छौ जुन यसपछि तिमीलाई आधिकारिक रूपमा दिइने छ ।

६६ अनि यसलाई नयाँ यरूशलेम भनिने छ, शान्तिको भूमि, आश्रयको नगर, सर्वोच्च परमेश्वरका सन्ततिहरूका लागि सुरक्षाको स्थान;

६७ अनि परमप्रभुको महिमा त्यहाँ हुने छ र परमप्रभुको भय पनि त्यहाँ हुने छ, यतिसम्म कि पतीतहरू त्यहाँ आउने छैनन् र यसलाई सियोन भनिने छ ।

६८ अनि पतीतहरूका बीचमा यस्तो हुन जाने छ, कि प्रत्येक मानिस जसले आफ्नो छिमेकीका विरुद्धमा आफ्नो तरवार उठाउने छैन उसले सुरक्षाका लागि सियोनमा भाग्नु पर्छ ।

६९ अनि ब्रह्माण्डमुनि हरेक राष्ट्रबाट त्यहाँ जम्मा गरिने छ; अनि यसमा मात्र ती मानिसहरू हुने छन् जो एक अर्कासँग युद्धमा हुने छैनन् ।

७० अनि पतीतहरू बीचमा यसो भनिने छ: हामी सियोनको विरुद्धमा लड्न नजाऔँ, किनकि सियोनका बासिन्दाहरू भयानक छन्; त्यसैले हामी सामना गर्न सक्दैनौँ ।

७१ अनि यस्तो हुन जाने छ कि धर्मीहरू सबै राष्ट्रहरूबाट एकत्रित गरिने छन् र अनन्त आनन्दका गीतहरू गाउँदै सियोनमा आउने छन् ।

७२ अनि अब म तिमीहरूलाई भन्दछु, यी विषयहरू ममा उचित नभएसम्म संसारमा प्रसारित हुनबाट रोक ताकि तिमीहरूले यो कार्य मानिसहरूको नजरमा र तिमीहरूका शत्रुहरूको नजरमा पूरा गर्न सक्षम होऊ ताकि मैले तिमीहरूलाई आज्ञा दिएका विषयहरू पूरा नभएसम्म तिनीहरूले तिमीहरूका कार्यहरूको जानकारी नपाऊन्;

७३ ताकि जब तिनीहरूले यो जानकारी प्राप्त गर्ने छन् ताकि तिनीहरूले यी विषयहरू विचार गर्न सक्छन् ।

७४ किनकि जब परमप्रभु प्रकट हुनुहुने छ उहाँ तिनीहरूकासामु भयानक हुनुहुने छ ताकि भयले तिनीहरूलाई कब्जा गर्न सक्ने छ र तिनीहरू टाढै खडा हुने छन् र काप्ने छन् ।

७५ अनि सबै राष्ट्रहरू परमप्रभुको भय र उहाँको क्षमताको शक्तिका कारण डराउने छन् । अनुसार समेत । आमीन ।