धर्मशास्त्रहरू
सिद्धान्त र करार १७


खण्ड १७

अगमवक्ता जोसेफ स्मिथद्वारा ओलिवर काउड्री, डेभिड व्हिट्मर, र मार्टिन ह्यारिसलाई फेएट, न्यू योर्कमा जून १८२९ मा दिइएको प्रकाश, मोर्मोनको पुस्तकको अभिलेख समावेश भएका कुँदिएका पाताहरूलाई उनीहरूले हेर्नु भन्दा अघि । जोसेफ र उनका शास्त्री, ओलिवर काउड्रीले मोर्मोनको पुस्तकको अनुवादबाट थाहा पाएका थिए कि तीन विशेष साक्षीहरू निर्दिष्ट गरिने छ (हेर्नुहोस् एतेर ५:२–४; २ नफी ११:३; २७:१२) । ओलिवर काउड्री, डेभिड व्हिट्मर, र मार्टिन ह्यारिस तीन विशेष साक्षीहरू हुन जो प्रेरणादायी इच्छाद्वारा उत्प्रेरित भए । अगमवक्ताले परमप्रभुलाई सोधे, अनि यो प्रकाश त्यसको जवाफमा ऊरीम र तुम्मीमद्वारा दिइएको हो ।

१–४, अस्थाद्वारा ती तीन साक्षीहरूले पाताहरू र अरू पवित्र वस्तुहरू देख्नेछन्; ५–९, ख्रीष्टले मोर्मोनको पुस्तकको देवत्व को गवाही व्यक्त गर्नुहुन्छ ।

हेर, म तिमीहरूलाई भन्दछु, ताकि तिमीहरूले मेरा वचनमा भरोसा गर्नु पर्छ, जुन यदि तिमीहरूले हृदयको पूर्ण उद्देश्य सहित गरेमा, तिमीहरूले पाताहरू देख्न पाउनेछौ, अनि कवच पनि, लाबानको तरबार, ऊरीम र तुम्मीम, जुन डाँडामा येरेदका दाजुलाई दिइएको थियो, जब उसले परमप्रभुसँग आमनेसामने कुरा गरेका थिए, अनि चमत्कारी निर्देशकहरू जुन लहीलाई लाल समुद्रको सिमानाको उजाड स्थानमा छँदा दिइएको थियो ।

अनि यो तिम्रा आस्थाद्वारा हुने छ कि तिमीहरूले यिनीहरूलाई देख्न पाउने छौ, तिनै आस्थाहरूद्वारा जुन प्राचीन कालका अगमवक्ताहरूसँग थियो ।

अनि तिमीहरूले आस्था प्राप्त गरेपछि, अनि तिम्रा आँखाले तिनीहरूलाई देखेपछि, तिमीहरूले तिनीहरूको परमेश्वरको शक्तिद्वारा गवाही दिनु पर्छ;

अनि यो तिमीहरूले गर्नु पर्छु ताकि मेरा सेवक जोसेफ स्मिथ जुनियरको विनाश हुने छैन, ताकि मैले यो कार्यमा मानिसहरूका छोराछोरीहरूसामु मेरा धार्मिक उद्देश्यहरू ल्याउन सक्छु ।

अनि तिमीहरूले गवाही दिने छौ ताकि तिमीहरूले तिनीहरूलाई देखेका छौ, मेरा सेवक जोसेफ स्मिथ जुनियरले देखे जस्तै; किनकि यो मेरो शक्तिद्वारा उनले तिनीहरूलाई देखेका हुन्, अनि यस्तो भयो किनभने उनीसँग आस्था थियो ।

अनि उनले पुस्तकको अनुवाद गरेका छन्, त्यो अंशपनि जुन मैले उनलाई आज्ञा गरेको छु, अनि जसरी तिम्रो परमप्रभु र तिम्रो परमेश्वर जीवित हुनुहुन्छ त्यसरी नै यो सत्य छ ।

यसकारण, तिमीहरूले उनले जस्तै उही शक्ति, अनि उही आस्था अनि उही उपहार प्राप्त गरेका छौ;

अनि यदि तिमीहरूले मेरा यी अन्तिम आज्ञाहरू पालना गरेमा, जुन मैले तिमीहरूलाई दिएको छु, नरकका ढोकाहरूले तिमीहरू विरुद्ध विजय प्राप्त गर्ने छैनन्; किनकि मेरा अनुग्रह तिमीहरूका लागि पर्याप्त छ, अनि तिमीहरूलाई अन्तिम दिनमा उचालिने छ ।

अनि, म, येशू ख्रीष्ट, तिम्रा परमप्रभु र तिम्रा परमेश्वरले तिमीलाई भनेको छु, ताकि मैले मानिसहरूका छोराछोरीहरूसामु मेरा धार्मिक उद्देश्यहरू ल्याउन सक्छु । आमीन ।