धर्मशास्त्रहरू
सिद्धान्त र करार ४६


खण्ड ४६

अगमवक्ता जोसेफ स्मिथद्वारा, चर्चलाई कर्टल्याण्ड, ओहायोमा, मार्च ८, १८३१ मा दिइएको प्रकाश । चर्चको यस प्रारम्भिक समयमा, चर्चका सेवाहरूको सञ्चालनका लागि अझै पनि एक सर्वस्वीकृत ढाँचा विकसित भएको थिएन । यद्यपि, प्रभुभोज सभाहरू र चर्चका अन्य सम्मेलनहरूमा सदस्यहरू र निष्ठावान् अन्वेषकहरूलाई मात्र प्रवेश दिने प्रचलन अति नै सामान्य भएको थियो । यो प्रकाशले सभाहरू नेतृत्व गर्ने र सञ्चालन गर्ने सम्बन्धमा परमप्रभुको चाहना र आत्माका उपहारहरू खोज्ने र बुझ्ने उहाँको मार्गदर्शनलाई व्यक्त गर्छ ।

१–२, एल्डरहरूले पवित्र आत्माद्वारा निर्देशित गरिएअनुसार सभाहरू सञ्चालन गर्नु पर्छ; ३–६, सत्य खोज्नेहरूलाई प्रभुभोज सेवाहरूबाट बहिष्कृत गर्नु हुँदैन; ७–१२, परमेश्वरलाई अनुरोध गर र आत्माको उपहारहरू प्राप्त गर; १३–२६, यीमध्ये केही उपहारहरूको विस्तृत विवरण दिइएको छ; २७–३३, चर्चका अगुवाहरूलाई आत्माका उपहारहरू बुझ्नका लागि शक्ति दिइएको छ ।

सुन, हे मेरो चर्चका मानिसहरू हो; किनकि साच्चैँ नै म तिमीहरूलाई भन्दछु कि यी विषयहरू तिमीहरूको लाभ र शिक्षाका लागि तिमीहरूसामु बोलिएका थिए ।

परन्तु यो सबै हुँदा हुँदै पनि लेखिएका विषयहरूमा, तिनीहरूले पवित्र आत्माद्वारा निर्देशन र नेतृत्व गरिएअनुसार सबै सभाहरू सञ्चालन गर्न यो मेरो चर्चका एल्डरहरूलाई सुरुदेखि नै सदैव दिइएको छ र सदैव दिइनु पर्छ ।

यद्यपि संसारसामु सञ्चालन गरिएका तिमीहरूका सार्वजनिक सभाहरूबाट कसैलाई पनि कहिल्यै बाहिर ननिकाल्नू भनी तिमीहरूलाई आज्ञा दिइएको छ ।

चर्चसँग सम्बन्धित कुनै पनि व्यक्तिलाई आफ्ना प्रभुभोज सभाहरूबाट बाहिर ननिकाल्न तिमीहरूलाई आज्ञा दिइएको छ; तैपनि, यदि कसैले आज्ञाको उल्लङ्घन गरेको छ भने, उसले समाधान नगरेसम्म प्रभुभोजमा भाग नलियोस् ।

अनि पुनः म तिमीहरूलाई भन्दछु, तिमीहरूले आफ्ना प्रभुभोजका सभाहरूबाट कसैलाई पनि निकाल्नु हुँदैन जो लगनशीलतापूर्वक अधिराज्यलाई खोजिरहेका छन्—म तिनीहरूजो चर्चका होइनन् का सम्बन्धमा यो बोल्छु ।

अनि पुनः म तिमीहरूलाई भन्दछु, तिमीहरूका प्रमाणीकरण सभाहरूका सम्बन्धमा ताकि यदि त्यहाँ कोही छन् जो चर्चका होइनन्, जो अधिराज्यको खोजीमा लगनशीलतापूर्वक लागिरहेका छन् भने, तिमीहरूले तिनीहरूलाई बाहिर निकाल्नु हुँदैन ।

परन्तु तिमीहरूलाई हरेक विषयमा परमेश्वरसँग अनुरोध गर्ने आज्ञा दिइएको छ, जसले उदारतासाथ दिनुहुन्छ; र जुन विषय आत्माले तिमीहरूलाई गवाही दिन्छ, त्यसरी नै म चाहन्छु कि तिमीहरूले हृदयको सम्पूर्ण पवित्रतामा गर्नु पर्दछ, मेरासामु न्यायसङ्गत भएर हिँड्दै, आफ्नो मुक्तिको अन्त्यलाई विचार गर्दै, प्रार्थना र धन्यवादका साथ सबै विषयहरू गर्दै, ताकि तिमीहरू दुष्ट आत्माहरू वा दानवका सिद्धान्तहरू वा मानिसहरूका आज्ञाहरूद्वारा बहकिन नपरोस्; किनकि कोही मानिसका हुन् र कोही दानवहरूका हुन् ।

यसकारण, तिमीहरूलाई छल गरिन्छ भनेर होसियार होऊ; र ताकि तिमीहरू छलमा पर्न नपरोस् सबैभन्दा उत्तम उपहारहरू लगनशीलतापूर्वक खोज तिनीहरूलाई दिइएका विषयहरूलाई सदैव स्मरण गर;

किनकि साच्चैँ नै म तिमीहरूलाई भन्दछु, ती मलाई प्रेम गर्ने र मेरा सबै आज्ञाहरू पालना गर्नेहरूका लाभका लागि दिइएका छन् र जसले त्यसो गर्न खोज़्छ; ताकि मसँग खोज्ने वा अनुरोध गर्ने सबै लाभान्वित हुन सक्छन्, जसले सङ्केतका लागि अनुरोध गर्दैनन् ताकि तिनीहरूले आफ्ना अभिलाषा पूरा गर्न सक्छन् ।

१० अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्दछु, म चाहन्छु कि तिमीहरूले सदैव सम्झनु पर्छ र सदैव आफ्नो मष्तिष्कमा ती उपहारहरू के हुन्, जुन चर्चलाई दिइन्छ भनेर स्मरण गर्नु पर्छ ।

११ किनकि सबैलाई हरेक उपहार दिइएको छैन; किनकि त्यहाँ धेरै उपहारहरू छन् र प्रत्येक मानिसलाई परमेश्वरको आत्माद्वारा एउटा उपहार दिइएको छ ।

१२ कसैलाई एउटा दिइएको छ र कसैलाई अर्को दिइएको छ, ताकि यसबाट सबै लाभान्वित हुन सक्छन् ।

१३ कसै-कसैलाई येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ र उहाँलाई संसारका पापहरूका लागि क्रूसमा टाँगिएको थियो भनी जानकारी लिनका लागि पवित्र आत्माद्वारा दिइएको छ ।

१४ अरूहरूलाई तिनीहरूका वचनहरूमा विश्वास गर्न दिइएको छ, ताकि यदि तिनीहरू निरन्तर रूपमा आस्थावान् बनेमा तिनीहरूले पनि अनन्त जीवन प्राप्त गर्न सकून् ।

१५ अनि पुनः, कसैलाई यो पवित्र आत्माद्वारा प्रशासनका भिन्नताहरू बुझ्नका लागि दिइएको छ, जस्तै यो उही परमप्रभुसामु यो आनन्ददायक हुनेछ; मानिसका छोराछोरीहरूको अवस्थाअनुसार उहाँको दया अनुरूप, जसरी परमप्रभुले चाहानुहुन्छ ।

१६ अनि पुनः, यो पवित्र आत्माद्वारा कसैलाई सञ्चालनका विविधताहरू बुझ्नका लागि दिइएको छ, चाहे तिनीहरू परमेश्वरका हुन्, ताकि आत्माका अभिव्यक्तिहरू प्रत्येक मानिसलाई लाभका लागि दिन सकिन्छ ।

१७ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्दछु, कसैलाई, परमेश्वरको आत्माद्वारा, ज्ञानका वचन दिइएको छ ।

१८ अरूलाई ज्ञानको वचन दिइएको छ, ताकि सबैलाई बुद्धिमान् हुन र ज्ञान प्राप्त गर्न सिकाउन सकियोस् ।

१९ अनि पुनः, कसैलाई चङ्गाइ पाउन आस्था प्राप्त गर्नका लागि दिइएको छ;

२० अनि अरूहरूलाई चङ्गाइ प्रदान गर्न आस्था प्राप्त गर्नका लागि दिइएको छ ।

२१ अनि पुनः, कसैलाई आश्चर्य कर्म गर्न सक्ने क्षमता दिइएको छ;

२२ अनि अरूहरूलाई यो अगमवाणी गर्न दिइएको छ;

२३ अनि अरूहरूलाई आत्माहरूको विवेक ।

२४ अनि पुनः, कसै-कसैलाई अन्य भाषाहरूमा बोल्ने क्षमता दिइएको छ;

२५ अनि अर्कोलाई अन्य भाषाहरूको भाषान्तरण गर्न दिइएको छ ।

२६ अनि परमेश्वरका सन्ततिहरूको लाभका लागि यी सबै उपहारहरू परमेश्वरबाट आउँछन् ।

२७ अनि चर्चका विशपलाई र जसलाई परमेश्वरले चर्चको रेखदेख गर्न र चर्चका एल्डरहरू हुनका लागि आधिकारिक रूपमा छनोट र नियुक्त गर्नुहुने छ, ती सबै उपहारहरू बुझ्नका लागि यो तिनीहरूलाई दिइने छ ताकि त्यहाँ तिमीहरूका बीचमा परमेश्वरद्वारा अनुमोदित भएको भनेर दावी गर्ने कोही पनि हुने छैन तर पनि उहाँको हुने छैन ।

२८ अनि यस्तो हुन जाने छ कि जसले आत्मामा याचना गर्छ उसले आत्मामा प्राप्त गर्ने छ;

२९ ताकि कसै-कसैलाई ती सबै उपहारहरू दिन सकिन्छ, ताकि त्यहाँ एक प्रमुख हुन सक्छ, ताकि प्रत्येक सदस्यले त्यसबाट लाभ उठाउन सक्छन् ।

३० जसले आत्मामा याचना गर्छ उसले परमेश्वरको चाहना अनुरुप याचना गर्दछ; यसकारण उसले याचना गरे जस्तै पूरा हुन्छ ।

३१ अनि पुनः, म तिमीहरूलाई भन्दछु, तिमीहरूले आत्मामा गर्ने सबै विषयहरू ख्रीष्टका नाममा गरिनु पर्छ;

३२ अनि तिमीहरू जुनसुकै आशीषले आशीषित भए तापनि तिमीहरूले आत्मामा परमेश्वरलाई धन्यवाद दिनु पर्छ ।

३३ अनि तिमीहरूले मेरा अगाडि निरन्तर रूपमा सद्गुण र पवित्रताको अभ्यास गर्नु पर्छ । अनुसार समेत । आमीन ।