धर्मशास्त्रहरू
सिद्धान्त र करार ४१


खण्ड ४१

अगमवक्ता जोसेफ स्मिथद्वारा चर्चलाई, कर्टल्याण्ड, ओहायोमा फेब्रूवरी ४, १८३१ मा दिइएको प्रकाश । यो प्रकाशले अगमवक्ता र चर्चका एल्डरहरूलाई परमेश्वरको “व्यवस्था” प्राप्त गर्न प्रार्थना गर्न निर्देशन दिन्छ (हेर्नुहोस् खण्ड ४२) । जोसेफ स्मिथ भर्खरै न्यूयोर्कबाट कर्टल्याण्ड आइपुगेका थिए र थम्पसन नजिकै, ओहायोका एक चर्च सदस्य लेमन कोप्लेले “भाइ जोसेफ र सिड्नी [रिग्डन] … लाई उनीसँगै बस्न अनुरोध गरे र उनले तिनीहरूलाई आवास र भोजन प्रदान गर्ने छन् ।” निम्न प्रकाशले जोसेफ र सिड्नी कहाँ बस्नु पर्छ भन्ने स्पष्ट पार्छ र एडवार्ड पार्ट्रिजलाई चर्चको पहिलो विशप पनि हुनका लागि बोलाइन्छ ।

१–३, एल्डरहरूले चर्चलाई प्रकाशको आत्माद्वारा प्रशासन गर्नेछन्; ४–६, सत्य शिष्यहरूले परमप्रभुको नियम ग्रहण गर्नेछन् र पालन गर्नेछन्; ७–१२, एडवार्ड पार्ट्रिजलाई चर्चमा एक बिशपको नाम दिइएको छ ।

हे मेरा जन तिमीहरू, सुन र सूचित बन, परमप्रभु र तिमीहरूका परमेश्वर भन्नुहुन्छ, तिमीहरू जसले मलाई सुन्छौ; तिमीहरू जसलाई म सबै भन्दा महान् आशीर्वादले आशीषित गर्न चाहन्छु अनि तिमीहरू जसले मलाई सुन्दैनौ, जसले मेरो नामको दाबी गरेको छ, म सबै श्रापहरूमध्येको सबैभन्दा भयङ्कर श्राप दिने छु ।

सुन, हे मेरो चर्चका एल्डरहरू, जसलाई मैले बोलावट गरेको छु, हेर म तिमीहरूलाई एउटा आज्ञा दिन्छु, कि तिमीहरूले मेरा वचनमा सहमत हुनका लागि एकसाथ एकत्रित हुने छौ;

अनि तिमीहरूका आस्थाका प्रार्थनाद्वारा तिमीहरूले मेरो नियम ग्रहण गर्नेछौ, ताकि तिमीहरूले मेरो चर्चलाई कसरी प्रशासन गर्ने र सबै विषयहरू मेरा अगाडि राख्ने भनेर सिक्ने छौ ।

अनि म आउँदा म तिम्रो शासक हुनेछु; अनि हेर, म छिट्टै आउँछु र तिमीहरूले मेरो नियम पालन गरिएको देख्नु पर्छ ।

जसले मेरो नियम ग्रहण गर्दछ र पालन गर्दछ, उही मेरो शिष्य हो; अनि जसले ग्रहण गर्छ भनी भन्छ र त्यसो गर्दैन, त्यो मेरो शिष्य होइन र उसलाई तिमीहरूका बीचबाट निकालिनु पर्छ;

किनभने यो उचित हुँदैन कि अधिराज्यका छोराछोरीहरूका विषयवस्तुहरू अयोग्यहरूलाई दिनु पर्छ या त कुकुरहरूलाई नै, वा मोतीहरू सुँगुरहरूका अगाडि फ्याँकिनु पर्दछ भन्ने विषय उपयुक्त होइन ।

अनि पुनः, यो उचित हुन्छ कि मेरा सेवक जोसेफ स्मिथ, जुनियरले एउटा घर बनाउनु पर्छ, जसमा बस्न र अनुवाद गर्न सकियोस् ।

अनि पुनः, यो उचित हुन्छ कि मेरा सेवक सिड्नी रिग्डनलाई सही लागेमा, उनले जहाँसम्म आज्ञाहरू पालन गरेमा त्यहाँ बस्नु पर्छ ।

अनि पुनः, मैले मेरा सेवक एडवर्ड पार्ट्रिजलाई बोलावट दिएको छु; र म आज्ञा दिन्छु, कि उनलाई चर्चको आवाजद्वारा नियुक्त गरिनु पर्छ अनि आफ्नो व्यापार छोडेर आफ्नो सबै समय चर्चका लागि यापन गर्दै परिश्रम गर्नका लागि चर्चमा बिशपमा नियुक्त गरिनु पर्छ;

१० सबै विषयहरूको रेखदेख गर्न मेरा नियमहरूमा त्यस दिन जब मैले उसलाई ती दिने छु उसलाई नियुक्त गर्ने छु ।

११ अनि यो किनभने उनको हृदय मेरासामु विशुद्ध छ किनकि उनी प्राचीन नथानेलजस्तै छन्, जसमा कुनै छलकपट छैन ।

१२ यी वचनहरू तिमीहरूलाई दिइएको छ र ती मेरा सामु विशुद्ध छन्; त्यसकारण, सावधान बन कि तिमीले तिनीहरूलाई कसरी ग्रहण गर्दछौ, किनकि तिनीहरूलाई फैसलाको दिनमा तिम्रो अन्तस्करणमा जवाफ दिइने छ । अनुसार समेत । आमीन ।