धर्मशास्त्रहरू
सिद्धान्त र करार २४


खण्ड २४

अगमवक्ता जोसेफ स्मिथ र ओलिवर काउड्रीलाई, हार्मोनी, पेन्सिलभेनियामा, जुलाई १८३० मा दिइएको प्रकाश । चर्च सङ्गठित भएको चार महिना भन्दा कम समय बितिसकेको भए तापनि, उत्पीडन तीव्र भइसकेको थियो र अगुवाहरूले केही समयका लागि अलग भएर सुरक्षा खोज्नुपरेको थियो । यो समयमा उनीहरूलाई मजबुत बनाउन, प्रोत्साहन गर्न र निर्देशन दिनका लागि निम्न तीन प्रकाशहरू दिइएको थियो ।

१–९, जोसेफ स्मिथलाई धर्मशास्त्रहरूको अनुवाद गर्न, प्रवचन दिन र व्याख्या गर्नको लागि बोलावट गरियो; १०–१२, ओलिवर काउड्रीलाई सुसमाचारको प्रवचन दिनको लागि बोलावट गरियो; १३–१९, चमत्कारहरू, श्रापहरू, आफ्नो पैतालाको धुलो टकटक्याइदिने र पैसाको थैली वा झोलाबिना जानुको सम्बन्धमा नियम प्रकट गरिएको छ ।

हेर, तिमीलाई मोर्मोनको पुस्तक लेख्न र मेरो सेवाका लागि बोलावट गरिएको र चुनिएको छ; अनि मैले तिमीलाई तिम्रो कष्टहरूबाट माथि उचालेको छु, अनि तिमीलाई सल्लाह दिएको छु, कि तिमीलाई तिम्रा सबै शत्रुहरूबाट उद्धार गरिएको छ र तिमीलाई शैतानको शक्तिहरू र अन्धकारबाट उद्धार गरिएको छ!

तैपनि, तिमी आफ्ना उल्लङ्घनहरूमा क्षमा योग्य छैनौ; तैपनि, आफ्नो बाटो जाऊ, अनि पुनः पाप नगर ।

आफ्नो विभागको सम्मान गर्नु; अनि तिमीले आफ्ना खेतहरू छरेपछि र तिनीहरूलाई सुरक्षित गरिसकेपछि, कोल्स्विल, फेएट र म्यानचेस्टरमा रहेको चर्चमा द्रुत गतिमा जानु र तिनीहरूले तिमीलाई समर्थन गर्नेछन्; र म तिनीहरूलाई आत्मिक र भौतिक रूपमा आशीर्वाद दिनेछु;

परन्तु यदि तिनीहरूले तिमीलाई ग्रहण गरेनन् भने, म तिनीहरूमाथि आशीर्वादको बदलामा श्राप पठाउने छु ।

अनि तिमीले मेरो नाममा र आश्वासीद्वारा तिमीलाई दिइने विषयहरू लेख्दै र चर्चमा सबै धर्मशास्त्रहरूको व्याख्या गर्दै परमेश्वरलाई पुकार गर्न जारी राख्नेछौ ।

अनि तिमीले के बोल्ने र लेख्ने त्यो क्षणमा तिमीलाई दिइनेछ, र उनीहरूले यो सुन्नेछन्, वा म उनीहरूलाई आशीर्वादको सट्टामा श्राप पठाउने छु ।

किनकि तिमीले सियोनमा आफ्ना सबै सेवाहरू अर्पण गर्नेछौ; अनि तिमीसँग यसमा शक्ति हुनेछ ।

कष्टमा धैर्यवान बन, किनकि तिमीसँग धेरै हुनेछन्; तर तिनीहरूलाई सहनु, किनकि हेर, म अन्त्यसम्म समेत तिमीहरूका साथमा छु ।

अनि सांसारिक परिश्रमहरूमा तिमीसँग सामर्थ्य हुनेछैन, किनकि यो तिम्रो बोलावट होइन । आफ्नो बोलावट अनुसार कार्य गर र तिमीले तिम्रो विभागको सम्मान गर्न र सबै धर्मशास्त्रहरूको व्याख्या गर्न र हातहरू राखेर चर्चहरूलाई प्रमाणित गर्न निरन्तरता दिनका लागि आवश्यक विषयहरू प्राप्त गर्ने छौ ।

१० अनि तिम्रा भाइ ओलिवरले संसारसामु र चर्चसामु पनि मेरो नाम लिन निरन्तरता दिने छन् । अनि उसले मेरा मविषयमा पर्याप्त भन्न सक्छु भनेर सोच्ने छैन; अनि हेर, अन्त्यसम्म उसको साथमा छु ।

११ उनले ममा महिमा प्राप्त गर्नेछन् र आफ्नो होइन, चाहे कमजोरी वा सामर्थ्यमा, बन्धनमा वा स्वतन्त्रतामा;

१२ अनि सबै समयहरूमा र सबै स्थानहरूमा, उनले आफ्नो मुख खोल्ने छन् र मेरा सुसमाचारको घोषणा दिन र रात दुबैमा तुरहीको आवाजमा जस्तै गर्नेछन् । अनि म उनलाई यस्तो शक्ति दिने छु जुन मानिसहरू माझ जानकारी छैन ।

१३ दानवहरू भगाउने, बिरामीहरूलाई चङ्गाइ दिने र विषालु सर्पहरू र घातक विषहरू विरुद्ध बाहेक, मैले आज्ञा नदिएसम्म आश्चर्यकर्महरूको आवश्यकता छैन;

१४ अनि तिमीहरूले यी कुराहरू गर्नुहुँदैन, यसलाई चाहनेहरूले तिमीहरूद्वारा यो अनुरोध गरिएको समयमा बाहेक, ताकि धर्मशास्त्रहरू पूरा होऊन्; किनकि तिमीले त्यसअनुसार गर्नु पर्दछ जुन लेखिएको छ ।

१५ अनि तिमीहरू जुनै स्थानमा प्रवेश गरे तापनि र तिमीहरूलाई तिनीहरूले मेरा नाममा प्राप्त गरेनन् भने, तिमीहरूले गवाहीका रूपमा उनीहरू विरुद्ध आफ्नो पाउको धुलो टकटक्याइदिनु र बाटोमा आफ्नो पैताला सफा गर्दै, आशीर्वादको सट्टामा श्राप छोड्ने छौ ।

१६ अनि यस्तो हुन जानेछ कि जो कोहीले हिंसाद्वारा तिमीहरूमाथि हात लगाउँछ, तिमीहरूले मेरा नाममा प्रहार गरिन आज्ञा दिनुपर्दछ; अनि, हेर, म तिनीहरूलाई तिमीहरूका वचनहरू अनुसार, मेरो आफ्नो समयमा प्रहार गर्नेछु ।

१७ अनि जो कोही तिमीहरू विरुद्ध कानुनी कार्यवाहीमा जानेछ कानूनद्वारा श्रापीत हुनेछ ।

१८ अनि तिमीले कुनै पैसाको थैली वा झोला नलिनु, नत लौरो, नत दुई कोटहरू, किनकि चर्चले तिमीलाई खाद्यान्न र लुगाका लागि, जुत्ता र पैसाका लागि, र झोलाका लागि जे चाहिन्छ त्यही समयमा दिइने छ ।

१९ किनकि तिमीहरूलाई मेरा अङ्गुरको बगैँचालाई शक्तिशाली छाँटकाँटका साथ छाँट्न बोलावट गरिएको छ; हो, अनि तिमीहरूले नियुक्त गरेकाहरू सबैलाई, र उनीहरूले पनि यही ढाँचाअनुसार गर्नु पर्दछ । आमीन ।