धर्मशास्त्रहरू
सिद्धान्त र करार ७१


खण्ड ७१

अगमवक्ता जोसेफ स्मिथ र सिड्नी रिग्डनलाई हाइरम, ओहायोमा, डिसेम्बर १, १८३१ मा दिइएको प्रकाश । अगमवक्ताले यो प्रकाश प्राप्त नगर्दासम्म सिड्नी रिग्डन उहाँका शास्त्रीका रूपमा बाइबल अनुवाद गर्न निरन्तरता दिइरहेका थिए, जुन समयमा यो केही समयका लागि रोकिएको थियो ताकि उनीहरूले यसमा दिइएका निर्देशनहरू पूरा गर्न सकून् । धर्मत्याग गरेका एज्रा बुथद्वारा लेखिएका पत्रहरूको प्रकाशनको नतिजा स्वरूप चर्चका विरुद्दमा विकास भएको अमित्रवत् भावनाहरू कम गर्नका लागि बन्धुहरूले प्रवचन गर्न जानु पर्दथ्यो ।

१–४, जोसेफ स्मिथ र सिड्नी रिग्डनलाई सुसमाचार घोषणा गर्न पठाइन्छ; ५–११, सन्तहरूका शत्रुहरूलाई खलवल पारिने छ ।

हेर, परमप्रभु मेरा सेवकहरू जोसेफ स्मिथ जुनियर र सिड्नी रिग्डनलाई यसो भन्नुहुन्छ, कि समय साच्चैँ नै आएको छ कि यो ममा आवश्यक छ र उचित छ कि तिमीहरूले मेरा सुसमाचार घोषणा गर्न आफ्ना मुखहरू खोल्नु पर्छ, अधिराज्यका विषयहरू, धर्मशास्त्रहरूबाट त्यहाँका रहस्यहरू व्याख्या गर्दै, मैले चाहेको जस्तो आत्माको त्यो अंश र शक्तिअनुसार जुन तिमीहरूलाई दिइने छ ।

साच्चैँ नै म तिमीहरूलाई भन्छु, तिमीहरूलाई त्यसको जानकारी नदिएसम्म केही समयका लागि संसारमा त्यसका क्षेत्रहरू वरिपरि र चर्चमा पनि घोषणा गर ।

साच्चैँ नै यो केही समयका लागि कार्यभार हो, जुन म तिमीहरूलाई दिन्छु ।

यसकारण, मेरो अङ्गुरको बगैँचामा तिमीहरू परिश्रम गर । पृथ्वीका बसिन्दाहरूलाई बोलाओ र गवाही देओ र आज्ञाहरू र प्रकाशहरूका लागि मार्ग तयार पार जुन आउने छन् ।

अब, हेर यो ज्ञान हो; जसले पढ्छ, उसले बुझ्नुपर्छ र ग्रहण पनि गर्नुपर्छ;

किनकि उसलाई जसले ग्रहण गर्छ, यो प्रसस्त मात्रामा दिइने छ, शक्तिसम्म पनि ।

यसकारण, तिमीहरूका शत्रुहरूलाई अलमल्याऊ; उनीहरूलाई सार्वजनिक र निजी दुबै रूपमा तिमीहरूलाई भेट्न बोलाओ; अनि जति जति तिमीहरू आस्थावान् छौ तिनीहरूका अपराध प्रकट गरिने छन् ।

यसकारण, उनीहरूले परमप्रभु विरुद्ध आफ्ना बलिया तर्कहरू ल्याउनुपर्छ ।

साच्चैँ नै, तिमीहरूलाई परमप्रभु यसो भन्नुहुन्छ—तिमीहरूका विरुद्ध कुनै हतियार बनेको छैन जुन प्रभावकारी हुने छ;

१० अनि यदि कुनै मानिसले तिमीहरू विरुद्ध आवाज उठाएमा मेरो आफ्नै समयमा उसको विनाश गरिने छ ।

११ यसकारण, मेरा आज्ञाहरू पालना गर; तिनीहरू सत्य र विश्वासिला छन् । तसार्थ यस्तै हुने छ । आमीन ।