धर्मशास्त्रहरू
सिद्धान्त र करार ४०


खण्ड ४०

अगमवक्ता जोसेफ स्मिथ र सिड्नी रिग्डनलाई फेएट, न्यू योर्कमा, जनवरी ६, १८३१ मा दिइएको प्रकाश । यस प्रकाशको अभिलेख अघि, अगमवक्ताको इतिहासले बताउँछ, “जसरी जेम्स [कोभेल] ले परमप्रभुका वचनलाई अस्वीकार गरे र उनका पूर्व सिद्धान्तहरू र जनहरूमा फर्किए, परमप्रभुले मलाई र सिड्नी रिग्डनलाई निम्न प्रकाश दिनुभयो” (हेर्नुहोस् खण्ड ३९) ।

१–३, सतावटको भय र सांसारिक चिन्ताले सुसमाचारलाई अस्वीकार गर्दछन् ।

हेर, साच्चैँ नै म तिमीहरूलाई भन्दछु, कि मेरा सेवक जेम्स कोभेलको हृदय मेरा अगाडि सही थियो, किनकि उनले मेरा वचन पालन गर्नेछन् भनी मसँग करार गरेका थिए ।

अनि उनले खुशीका साथ वचन ग्रहण गरे, तर तत्कालै शैतानले उनलाई प्रलोभन दियो; र सतावटको डर र सांसारिक चिन्ताले उनलाई वचनहरू अस्वीकार गर्ने बनायो ।

यसकारण उनले मेरो करार तोडे अनि मलाई जे असल लाग्दछ उनीसँग त्यस्तै गर्ने कुरामसॅग विद्यमान् छ । आमीन ।