धर्मशास्त्रहरू
सिद्धान्त र करार ६८


खण्ड ६८

अगमवक्ता जोसेफ स्मिथद्वारा हाइरम, ओहायोमा, नोभेम्बर १, १८३१ मा ओरसन हाइड, लुक एस्. जोन्सन, लाइमन ई. जोन्सन र विलियम ई. मक्लेलिनका सम्बन्धमा परमेश्वरको चाहना बुझ्न गारिएको प्रार्थनाको प्रतिउत्तरमा दिइएको प्रकाश । यो प्रकाशका केही अंशले यी चारजना व्यक्तिहरूतर्फ निर्देशित गरे तापनि, धेरै जसो सन्दर्भ सम्पूर्ण चर्चसँग सम्बन्धित छ । यो प्रकाश जोसेफ स्मिथको निर्देशनमा विस्तृत गरिएको हो जब सिद्धान्त र करारको १८३५ संस्करणमा यो प्रकाशित गरिएको थियो ।

१–५, पवित्र आत्माद्वारा प्रेरित भएका एल्डरहरूका वचनहरू धर्मशास्त्र हुन्; ६–१२, एल्डरहरूले प्रवचन र बप्तिस्मा दिनु पर्छ र सत्य विश्वासीहरूले सङ्केतहरू प्राप्त गर्ने छन्; १३–२४, हारुनका पुत्रहरू मध्ये जेठो सन्ततिले प्रथम अध्यक्षताको निर्देशनमा अध्यक्षता गर्ने बिशपका रूपमा सेवा गर्न सक्छन् (त्यसको अर्थ, बिशपका रूपमा अध्यक्षताका साँचाहरू धरण गर्छन्); २५–२८, अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई सुसमाचार सिकाउन आज्ञा गरिएको छ; २९–३५, सन्तहरूले शबाथको दिनलाई पालना गर्नु पर्छ, लगनशीलतापूर्वक परिश्रम गर्नु पर्छ र प्रार्थना गर्नुपर्छ ।

मेरा सेवक, ओर्सन हाइडलाई, उनका नियुक्तिद्वारा जीवित परमेश्वरका आत्माद्वारा, मानिसहरूदेखि मानिसहरूसम्म र भूमिदेखि भूमिसम्म, दुष्ट हरूका भेलाहरूमा, उनीहरूका सभा-गृहहरूमा, तर्क दिँदै र उनीहरूलाई सबै धर्मशास्त्रहरूको व्याख्या गर्दै अनन्त सुसमाचार घोषणा गर्न बोलावट गरियो ।

अनि हेर र अवलोकन गर, यो ती सबैका लागि उदाहरण हो जसलाई यो पादरित्वमा नियुक्त गरिएको छ, जसलाई उनीहरूको सुसमाचार प्रचार अघि बढाउनका लागि नियुक्त गरिएको छ—

अनि यो उनीहरूका लागि उदाहरण हो, कि उनीहरूले पवित्र आत्माद्वारा प्रेरित भएर बोल्नुपर्छ ।

अनि पवित्र आत्माद्वारा प्रेरित भएर तिनीहरूले जे बोल्छन् त्यो धर्मशास्त्र हुने छ, परमप्रभुका चाहना हुने छन्, परमप्रभुका परामर्श हुने छन्, परमप्रभुका वचन हुने छन्, परमप्रभुका वाणी हुने छन् र मुक्तिका लागि परमेश्वरका शक्ति हुने छन् ।

हेर, यो तिमीहरूलाई परमप्रभुको प्रतिज्ञा हो, हे तिमी मेरा सेवकहरू ।

यसकारण, खुशी होऊ र नडराऊ, किनकि म परमप्रभु तिमीहरूसँग छु र तिमीहरू सँगै खडा हुने छु; अनि तिमीहरूले मेरो गवाही दिने छौ, जो येशू ख्रीष्ट हुन, कि म जीवित पिताको पुत्र हुँ, कि म थिएँ, कि म छु र कि म आउने छु ।

यो तिमीहरूका लागि परमप्रभुको वाणी हो, मेरा सेवक ओर्सन हाइड र मेरा सेवक लुक जोन्सनका लागि पनि र मेरा सेवक लाइमन जोन्सनका लागि र मेरा सेवक विलियम ई. मक्लेलिनका लागि र मेरा चर्चका सबै आस्थावान् एल्डरहरूका लागि—

तिमीहरू सम्पूर्ण संसारमा जाओ, प्रत्येक प्राणीलाई सुसमाचार प्रवचन गर, मैले तिमीहरूलाई दिएका अधिकारमा कार्य गर्दै, पिताका नाममा, अनि पुत्रका नाममा अनि पवित्र आत्माका नाममा बप्तिस्मा दिँदै ।

अनि जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसलाई बचाइने छ र जसले विश्वास गर्दैन ऊ दोषी ठहरिने छ ।

१० अनि जसले विश्वास गर्छ उसलाई लेखिएअनुसार सङ्केतहरूका साथ आशीर्वाद दिइने छ ।

११ अनि समयहरूका सङ्केतहरू र मानिसका पुत्रको आगमनका सङ्केतहरू थाहा दिन यो तिमीहरूलाई दिइने छ;

१२ अनि पिताले जति जनाको गवाही दिनुहुने छ, तिनीहरूलाई अनन्त जीवनमा बाँध्न तिमीहरूलाई शक्ति दिइने छ । आमीन ।

१३ अनि अब, करारहरू र आज्ञाहरूका अतिरिक्तका विषयहरूका सम्बन्धमा, ती विषयहरू यी हुन्—

१४ यस पश्चात् त्यहाँ, परपप्रभुको समयमा, सेवाका लागि पहिलो बिशपजस्तै समेत, चर्चमा अन्य बिशपहरूलाई पदीय जिम्मेवारी दिइने छ;

१५ यसकारण, जो योग्य छन् तिनीहरू उच्च पादरीहरू हुने छन् र उनीहरूलाई मल्कीसेदेक पादरित्वको प्रथम अध्यक्षताद्वारा नियुक्त गरिने छ, यदि उनीहरू हारुनका वास्तविक सन्तति हुन् भने ।

१६ अनि यदि उनीहरू हारुनका वास्तविक सन्ततिहरू हुन् भने तिनीहरूसँग बिशपरिकमा वैधानिक अधिकार हुन्छ, यदि उनीहरू हारुनका छोराहरूमध्ये जेठा सन्ततिहरू हुन् भने;

१७ किनकि जेठो सन्ततिले यस पादरित्वमाथि अध्यक्षताको अधिकार र सोहीको साँचाहरू अथवा अधिकार धारण गर्छ ।

१८ हारुनका वास्तविक सन्तति र पहिला जन्मेका बाहेक, कुनै पनि मानिससँग यस विभागमा पादरित्वका साँचाहरू धारण गर्ने वैधानिक अधिकार छैन ।

१९ परन्तु, मल्कीसेदेक पादरित्वसँग अन्य सबै न्यून विभागहरूमा कार्य गर्ने अधिकार भएकाले उनले बिशपको विभागमा कार्य गर्न सक्छन् जब हारुनको वास्तविक सन्तति फेला पार्न सकिएन भने, यदि मल्कीसेदेक पादरित्वको प्रथम अध्यक्षताको हातबाट उनलाई यस शक्तिमा बोलावट गरियो, पदीय जिम्मेवारी दिइयो र नियुक्त गरियो भने ।

२० अनि हारुनका वास्तविक सन्तति पनि यस अध्यक्षताद्वारा तोकिएका हुनु पर्छ र योग्य हुनुपर्छ र यस अध्यक्षताका हातबाट अभिषिक्त र नियुक्त गरिनु पर्छ, अन्यथा उनीहरूलाई आफ्ना पादरित्वमा कार्य गर्न वैधानिक रूपमा अधिकार दिईंदैन ।

२१ परन्तु, पिताबाट पुत्रलाई प्राप्त भएको पादरित्वको उनीहरूका अधिकारका सम्बन्धमा उर्दीअनुसार, यदि कुनै पनि समयमा उनीहरूले आफ्नो वंश प्रमाणित गर्न सके भने उनीहरूले अभिषेकको दावी गर्न सक्छन् अथवा माथि उल्लेख गरिएको अध्यक्षताको हातबाट परमप्रभुका प्रकाशद्वारा सुनिश्चित गर्न सक्छन् ।

२२ अनि पुनः, यस सेवाका लागि पदीय जिम्मेवारी दिइएका कुनै पनि बिशप अथवा उच्च पादरीलाई चर्चका प्रथम अध्यक्षताका अगाडि बाहेक, कुनै पनि अपराधका लागि वकालत गरिने अथवा दोषी ठहर्‍याइने छैन;

२३ अनि यदि उनी अस्वीकार गर्न नसकिने गवाहीद्वारा यस अध्यक्षतासामु दोषी पाइयो भने, उनलाई दोषी ठहर्‍याइने छ;

२४ अनि यदि उनले पश्चात्ताप गरे भने चर्चका करारहरू र आज्ञाहरूअनुसार तिनलाई क्षमा गरिने छ ।

२५ अनि पुनः सियोनमा जति पनि अभिभावकहरूका छोराछोरीहरू छन्, अथवा तिनका कुनै किलाहरूमा जुन सङ्गठित गरिएका छन्, जसले जब आठ वर्षको हुँदा पश्चात्तापको, जीवित पिताका पुत्र ख्रीष्टमा आस्था र बप्तिस्माको र हातहरू राखेर पवित्र आत्माको उपहारको सिद्धान्त बुझ्न सिकाउँदैनन्, त्यो पाप अभिभावकहरूका शिरमाथि हुन्छ ।

२६ किनकि यो सियोनका बसिन्दाहरू, अथवा सङ्गठित गरिएका उनका कुनै पनि किलाहरूमा नियम हुने छ ।

२७ अनि जब आठ वर्षका हुन्छन्, तिनीहरूका पापहरूबाट छुट्काराका लागि उनीहरूका छोराछोरीहरूको बप्तिस्मा गर्नुपर्छ र हातहरू राखेर ग्रहण गर्नुपर्छ ।

२८ अनि तिनीहरूले उनीहरूका छोराछोरीहरूलाई प्रार्थना गर्न र परमप्रभुसामु धार्मिकतामा हिँड्न पनि सिकाउनु पर्छ ।

२९ अनि सियोनका बासिन्दाहरूले शबाथको दिनको पालना गर्नु पर्छ र त्यसलाई पवित्र राख्नु पर्छ ।

३० अनि सियोनका बासिन्दाहरूले पनि आफ्ना परिश्रमहरूलाई सम्झनु पर्छ, जबसम्म उनीहरूलाई सबै इमानदारीतामा परिश्रम गर्न नियुक्त गरिएका छन्; किनकि अल्छीलाई परमप्रभुले सम्झनु हुने छ ।

३१ अब, म परमप्रभु, सियोनका बासिन्दाहरूसँग प्रसन्न छैन, किनकि तिनीहरूका बीचमा अल्छीहरू छन्; अनि उनीहरूका छोराछोरीहरू पनि दुष्ट तामा हुर्किरहेका छन्; उनीहरूले पनि दृढतापूर्वक अनन्तकालको समृद्धि खोज्दैनन्, तर उनीहरूका आँखाहरू लोभले भरिएका छन् ।

३२ यी परिस्थितिहरू हुनु हुँदैन र उनीहरूका बीचबाट हटाइनु पर्छ; यसकारण, मेरा सेवक ओलिवर काउड्रीले यी भनाइहरू सियोनको भूमिमा लैजानु पर्छ ।

३३ अनि तिनीहरूलाई म आज्ञा दिन्छु—कि जसले प्रार्थना गर्नु पर्ने समयमा परमप्रभु सामु प्रार्थना गर्दैनन्, मेरा मानिसहरूका न्यायकर्ताले उनलाई सम्झनु पर्छ ।

३४ यी भनाइहरू सत्य र विश्वासिला छन्; यसकारण, तिनीहरूको उल्लङ्घन नगर, न त तिनीहरूबाट हटाऊ ।

३५ हेर, म अल्फा र ओमेगा हुँ र म छिट्टै आउँछु । आमीन ।