धर्मशास्त्रहरू
सिद्धान्त र करार ६९


खण्ड ६९

अगमवक्ता जोसेफ स्मिथद्वारा हाइरम, ओहायोमा, नोभेम्बर ११, १८३१ मा दिइएको प्रकाश । यथाशीघ्र छिटो प्रकाशन गर्ने उद्देश्य रहेको प्रकाशहरूका सङ्कलन नोभेम्बर १–२ को विषेश सम्मेलनमा अनुमोदन गरियो । नोभेम्बर ३ मा, यहाँ खण्ड १३३ को रूपमा रहेको प्रकाश, यसपश्चात् परिशिष्ट भनिनेमा, थप गरियो । ओलिवर काउड्रीलाई सङ्कलन गरिएका प्रकाशहरू र आज्ञाहरूका पाण्डुलिपिलाई इन्डिपेन्डेन्स मिजोरीमा मुद्रणका लागि लैजान यसपूर्व नियुक्त गरिएको थियो । उनले मिजोरीमा चर्च निर्माण गर्नका लागि योगदान गरिएको पैसा पनि आफूसँग लग्नु पर्थ्यों । यस प्रकाशले जोन व्हिट्मरलाई ओलिवर काउड्रीको साथमा जान आज्ञा दिन्छ र व्हिट्मरलाई यात्रा गर्न र ऐतिहासिक सामग्रीहरू सङ्कलन गर्न चर्चका इतिहासविद् र अभिलेखकर्ताका रूपमा उनको बोलावटमा निर्देशन पनि गर्छ ।

१–२, जोन व्हिट्मर ओलिवर काउड्रीसँग मिजोरीमा साथमा जानुपर्छ; ३–८, उनले प्रवचन पनि दिनुपर्छ र अभिलेख सङ्कलन गर्नुपर्छ र ऐतिहासिक तथ्याङ्क लेख्नुपर्छ ।

मलाई सुन, मेरा सेवक ओलिवर काउड्रीका लाभका लागि, परमप्रभु तिम्रा परमेश्वर भन्नुहुन्छ । यो ममा ज्ञान होइन कि उनलाई आज्ञाहरू र पैसाहरूका साथ विश्वास गरिनुपर्छ जुन उनले सियोनको भूमिमा लैजाने छन्, जबसम्म कोही सत्य र आस्थावान् व्यक्ति उनीसँग जाँदैनन् ।

यसकारण, म, परमप्रभु, चाहन्छु कि मेरा सेवक जोन व्हिट्मर, मेरा सेवक ओलिवर काउड्रीसँग जानुपर्छ;

अनि यो पनि कि उनले मेरा चर्चका सम्बन्धमा उनले देखेका र जानकारी प्राप्त गरेका सबै महत्वपूर्ण विषयहरूमा लेख्न र इतिहास बनाउन निरन्तरता दिने छन्;

अनि यो पनि कि उनले मेरा सेवक ओलिवर काउड्री र अरूबाट सल्लाह र सहयोग प्राप्त गर्नुपर्छ ।

अनि मेरा सेवकहरू पनि जो संसारभर छन्, उनीहरूले आफ्ना रखवारीहरूका विवरण सियोनको भूमिमा पठाउनुपर्छ;

किनकि सियोनको भूमि यी सबै विषयहरू गर्ने र प्राप्त गर्ने केन्द्रभूमि र स्थान हुने छ ।

यद्यपि, मेरा सेवक जोन व्हिट्मर एक स्थानबाट अर्को स्थानमा र एक चर्चबाट अर्को चर्चमा धेरै पटक यात्रा गर्नुपर्छ, ताकि उनले अझै सहज रूपमा ज्ञान प्राप्त गर्न सक्ने छन्—

प्रवचन दिँदै र व्याख्या गर्दै, लेख्दै, प्रतिलिपि बनाउँदै, छनोट गर्दै र सबै विषयहरू प्राप्त गर्दै जुन चर्चका भलाइका लागि हुने छन् र हुर्कदो पिँढीका लागि जो सियोनको भूमिमा हुर्कने छन्, एक सन्तति देखि अर्को सन्ततिसम्म, सदा र सदासर्वदा यसलाई स्वामित्वमा लिन । आमीन ।