धर्मशास्त्रहरू
सिद्धान्त र करार ५८


खण्ड ५८

अगमवक्ता जोसेफ स्मिथद्वारा सियोन, ज्याक्सन काउन्टीमा, अगस्ट १, १८३१ मा दिइएको प्रकाश । पहिले, अगमवक्ता र उनको टोलीको ज्याक्सन काउन्टी, मिजोरीमा आगमन भएपछिको पहिलो शबाथमा एक धार्मिक सेवाको आयोजना भएको थियो र दुई सदस्यहरूलाई बप्तिस्माद्वारा ग्रहण गरिएको थियो । त्यस साता, थम्सन शाखा र अन्य स्थानहरूबाट केही कोल्स्विल सन्तहरू आइपुगे (हेर्नुहोस् खण्ड ५४) । भेला हुने नयाँ स्थानमा धेरै जना आफ्ना सम्बन्धमा परमप्रभुको चाहना बुझ्न उत्सुक थिए ।

१–५, जसले विपत्ति सहन्छ उनीहरूलाई महिमासहित मुकुट लगाइने छ; ६–१२, सन्तहरूले थुमाको विवाह र परमप्रभुको भोजका लागि तयारी गर्नुपर्ने छ; १३–१८, बिशपहरू इस्राएलका न्यायकर्ता हुन्; १९–२३, सन्तहरूले भूमिको नियम पालना गर्नु पर्ने छ; २४–२९, मानिसहरूले आफ्ना छनोटको स्वतन्त्रतालाई असल कार्य गर्नका लागि प्रयोग गर्नु पर्छ; ३०–३३, परमप्रभुले आज्ञा दिनु हुन्छ र रद्द गर्नु हुन्छ; ३४–४३, पश्चात्ताप गर्न, मानिसले आफ्ना पापहरूलाई स्वीकार्नु पर्छ र तिनीहरूलाई त्याग्नु पर्छ; ४४–५८, सन्तहरूले आफ्ना लागि जमीन खरिद गर्नु पर्छ र मिजोरीमा भेला हुनु पर्छ; ५९–६५, हरेक प्राणीलाई सुसमाचार सिकाइनु पर्छ ।

सुन, ए तिमीहरू मेरा चर्चका एल्डरहरू, अनि मेरा वचनलाई सुन, अनि तिमीहरूका अनि यी भूमिका सम्बन्धमा पनि जहाँ मैले तिमीहरूलाई पठाएको छु मेरो चाहना के हो भनेर मबाट सिक ।

किनकि साच्चैँ नै म तिमीहरूलाई भन्छु, ऊ आशीषित छ जसले मेरा आज्ञाहरूको पालना गर्छ, जीवन या मरणमा; र ती जो विपत्तिमा आस्थावान् हुन्छ, स्वर्गको राज्यमा तिनको महान् पुरस्कार हुने छ ।

वर्तमान समयमा, तिमीहरूले आफ्ना प्राकृतिक आँखाले देख्न सक्दैनौ, ती घटनाहरूका सम्बन्धमा तिमीहरूका परमेश्वरका योजना जुन भविष्यमा आउने छ र त्यो महिमा जुन महासङ्कट पछि आउने छ ।

किनकि धेरै विपत्तिपछि आशीर्वादहरू आउने छन् । यसकारण त्यस दिन आउने छ जब तिमीहरूलाई धेरै महिमाद्वारा मुकुट लगाइने छ; त्यो समय अझै आएको छैन तर नजिकै छ ।

यो स्मरण गर, जुन मैले पहिले नै भनेको छु कि तिमीहरूले हृदयमा राख्ने छौ र ग्रहण गर्ने छौ जुन त्यसपछि आउने छ ।

हेर, म तिमीहरूलाई साच्चैँ नै भन्छु, यसकारण मैले तिमीहरूलाई पठाएको छु—कि तिमीहरू आज्ञाकारी होऔ र कि तिमीहरूका हृदयहरू आउने कार्यहरूका लागि गवाही दिन तयार हुन सक;

अनि तिमीहरूले आधार खडा गर्न र त्यस भूमिको गवाही व्यक्त गर्ने सम्मान पनि प्राप्त गर्न सक्ने छौ जहाँ परमेश्वको सियोन खडा हुने छ;

अनि गरिबका लागि स्वादिष्ट चिजहरूका भोज पनि तयार पारिन सक्छ; हो, स्वादिष्ट चिजहरूका भोज, असल दाखमधको भोज, ताकि पृथ्वीले थाहा पाऊन् कि अगमवक्ताहरूले भनेका विषयहरू असफल हुने छैनन्;

हो, परमप्रभुको गृहको भोज, राम्ररी तयार पारिएको, जहाँ हरेक राज्यलाई आमन्त्रण गरिने छ ।

१० सर्वप्रथम, धनी र अध्ययनशील, बुद्धिमान् र प्रतिष्ठित;

११ अनि त्यसपछि मेरो शक्तिको दिन आउँछ; त्यसपछि गरिब, लङ्गडा र अन्धा र बहिरा थुमाको विवाहमा आउने छन् र परमप्रभुको भोजमा सहभागी हुने छन्, महान् दिनको आगमनका लागि तयार भएर ।

१२ हेर, म, परमप्रभुले यो भनेको छु ।

१३ अनि ताकि त्यो गवाही सियोनबाट अघि जान सक्छ, हो, परमेश्वरका सम्पदाका सहरका मुखबाट—

१४ हो, यसकारण मैले तिमीहरूलाई यहाँ पठाएको छु र मेरा सेवक एडवार्ड पाट्रिजलाई रोजेको छु र उनलाई यस भूमिमा उनको कार्यभारमा नियुक्त गरेको छु ।

१५ परन्तु यदि उनले आफ्ना पापहरूको पश्चात्ताप गर्दैनन् भने, जुन अविश्वास र हृदयको अन्धोपन हो, उनी होसियार हुनु पर्छ ताकि उनको पतन नहोस् ।

१६ हेर तिनलाई उनको कार्यभार दिइएको छ र यो पुनः दिइने छैन ।

१७ अनि जो यस कार्यभारमा खडा हुन्छ तिनलाई प्राचीन कालमा जस्तै परमेश्वरका सम्पदाका भूमिहरू आफ्ना सन्ततिहरूमा विभाजन गर्न इस्राएलका न्यायकर्तामा नियुक्त गरिएको छ;

१८ अनि न्यायकर्ताहरूका गवाहीअनुसार आफ्ना मानिसहरूलाई न्याय दिन अनि आफ्ना सल्लाहकारहरूका सहयोगद्वारा, राज्यका नियमअनुसार जुन परमेश्वरका अगमवक्ताहरूद्वारा दिइएको छ ।

१९ किनकि म तिमीहरूलाई साच्चैँ नै भन्छु, मेरो नियम यस भूमिमा राखिनु पर्छ ।

२० कुनै मानिसले नसोचून् कि ऊ शासक हो; तर परमेश्वरले उसलाई शासन गरून् जसले न्याय दिन्छन्, आफ्नै इच्छानुसार सल्लाह दिएर अथवा अर्को शब्दमा भन्दा, तिनी जसले सल्लाह दिन्छन् वा न्यायासनमा बस्छन् ।

२१ कुनै पनि मानिसले भूमिको नियम तोड्नु हुँदैन, किनकि ऊ जसले परमेश्वरका नियमहरूलाई पालना गर्छ उसलाई भूमिका नियमहरू तोड्नु आवश्यक हुँदैन ।

२२ यसकारण, भएको शक्तिको अधीनमा रहनू, जबसम्म उहाँले शासन गर्नुहुन्छ जसको शासन गर्ने हक हो र सारा शत्रुलाई आफ्ना पाउमुनि राख्नुहुन्छ ।

२३ हेर, ती नियमहरू जुन तिमीहरूले मेरा हातबाट प्राप्त गरेका छौ चर्चका नियमहरू हुन् अनि यही मार्गमा तिमीहरूले तिनीहरूलाई अगाडि लैजाने छौ । हेर, यहाँ ज्ञान छ ।

२४ अनि अब, मैले मेरा सेवक एडवार्ड पाट्रिजका सम्बन्धमा बोल्दा, यो भूमि उनको निवासको भूमि हो र तिनीहरू जसलाई उनले आफ्ना सल्लाहकारमा नियुक्त गरेका छन्; र तिनको पनि निवास हो जसलाई मैले मेरो भण्डारको रेखदेख गर्न नियुक्त गरेको छु;

२५ यसकारण, आफूमा र मसँग सल्लाह लिएर, तिनीहरूले यस भूमिमा आफ्ना परिवारहरू ल्याउनु पर्छ ।

२६ किनकि हेर, यो उपयुक्त हुँदैन कि मैले सबै अवस्थामा आज्ञा दिनु पर्छ; किनकि जो हरेक अवस्थामा बाध्य हुन्छ, त्यो व्यक्ति अल्छी र बुद्धि नभएको सेवक हो; यसकारण उसले कुनै पुरस्कार प्राप्त गर्दैन ।

२७ म साच्चैँ नै भन्छु, मानिसहरू असल कारणका लागि उत्सुकतापूर्वक संलग्न हुनु पर्छ र तिनीहरूको आफ्नै स्वतन्त्र चाहनाका साथ धेरै कार्यहरू उनीहरूले गर्नु पर्छ र धेरै धार्मिकता ल्याउनु पर्छ;

२८ किनकि उनीहरूमा क्षमता छ जसले गर्दा उनीहरू आफ्ना लागि आफैं गर्न सक्छन् । अनि मानिसहरूले जतिसम्म असल कार्य गर्छन् उनीहरूले आफ्ना पुरस्कार गुमाउँदैनन् ।

२९ परन्तु ऊ जसले आज्ञा नदिएसम्म केही गर्दैन र शंकास्पद हृदयले आज्ञा प्राप्त गर्छ र अल्छीपनाका साथ पालना गर्छ उसलाई श्रापित गरिन्छ ।

३० परमप्रभु भन्नुहुन्छ, म को हुँ जसले मानिसलाई बनायो, जसले उसलाई निर्दोष ठहर्‍याउने छ जसले मेरा आज्ञाहरू पालना गर्दैनन्?

३१ परमप्रभु भन्नुहुन्छ, म को हुँ, जसले वाचा गरेको छ र पूरा गर्दैन?

३२ म आज्ञा दिन्छु र मानिसहरू पालना गर्दैनन्; म रद्द गर्छु र तिनीहरूले आशीर्वाद प्राप्त गर्ने छैनन् ।

३३ अनि तिनीहरू आफ्ना हृदयहरूमा भन्छन्: यो परमप्रभुको कार्य होइन, किनकि उहाँका वाचाहरू पूरा भएका छैनन् । परन्तु धिक्कार छ तिनीहरूलाई, किनकि तिनीहरूका पुरस्कार मुनिबाट प्रतिक्षा गर्छ माथिबाट होइन ।

३४ अनि अब म तिमीहरूलाई यस भूमि सम्बन्धी थप निर्देशन दिन्छु ।

३५ यो मेरो ज्ञान हो कि मेरा सेवक मार्टिन ह्यारिस, आफ्ना पैसा चर्चका बिशपलाई दिएर चर्चका लागि उदाहरण बन्नु पर्छ ।

३६ अनि यो पनि, हरेक मानिसका लागि नियम हो कि जो उत्तराधिकार प्राप्त गर्नका लागि यस भूमिमा आउँछ; र नियमअनुसार उसले आफ्नो पैसाको प्रयोग गर्नु पर्छ ।

३७ अनि यो पनि ज्ञान हो कि भण्डारका लागि र मुद्रण घरका लागि पनि इन्डिपेन्डेन्समा जमीनहरू खरिद गर्नु पर्छ ।

३८ अनि मेरा सेवक मार्टिनका सम्बन्धमा अन्य निर्देशनहरू उनलाई आत्माद्वारा दिइने छ, कि उनले आफ्नो उत्तराधिकार आफूलाई असल लागेअनुसार प्राप्त गर्ने छन्;

३९ अनि उनले आफ्ना पापहरूको पश्चात्ताप गर्नु पर्छ किनकि उनले संसारको प्रशंसा खोज्छन् ।

४० अनि मेरा सेवक विलियम डबल्यू फेल्प्स मैले उनलाई नियुक्त गरेको विभागमा खडा हुनु पर्छ र त्यस भूमिमा आफ्नो उत्तराधिकार प्राप्त गर्नु पर्छ;

४१ अनि यो पनि कि उनले पश्चात्ताप गर्नु पर्छ किनकि म, परमप्रभु उनीसँग खुसी छैन किनकि ऊ विशिष्ट हुन चाहन्छ र ऊ मेरासामु पर्याप्त विनम्र छैन ।

४२ हेर, ऊ जसले आफ्ना पापहरूको पश्चात्ताप गरेको छ, उसैलाई क्षमा दिइन्छ, अनि म, परमप्रभु, तिनीहरूलाई कहिल्यै सम्झन्नँ ।

४३ यसद्वारा तिमीहरूले बुझ्न सक्छौ कि यदि कुनैपनि व्यक्तिले आफ्ना पापहरूको पश्चात्ताप गर्छ भने—हेर, उसले तिनीहरूलाई आत्मसात गर्ने छ र तिनीहरूलाई त्याग्ने छ ।

४४ अब हेर, साच्चैँ नै, म चर्चका बाँकी एल्डरहरूका सम्बन्धमा भन्छु, यो भूमिमा उनीहरूले आफ्नो उत्तराधिकार प्राप्त गर्न अझै समय आएको छैन, अझै धेरै वर्ष छ, उनीहरूले आस्थासहित प्रार्थनाद्वारा इच्छा गरेमा मात्र परमप्रभुले उनीहरूलाई त्यो दिनु हुने छ ।

४५ किनकि, हेर, तिनीहरूले मानिसहरूलाई पृथ्वीका सीमान्तहरूबाट सँगै बटुल्नु पर्छ ।

४६ यसकारण, तिमीहरू एकसाथ भेला होऊ; अनि यस भूमिमा बस्न नियुक्त नगरिएकाहरूले वरीपरीका क्षेत्रहरूमा सुसमाचारको प्रवचन दिनु पर्छ; अनि त्यसपछि उनीहरूलाई आफ्ना घर फर्कन दिनु पर्छ ।

४७ उनीहरूले यात्रा गर्दै बाटोमा प्रवचन दिनु पर्छ र सबै स्थानहरूमा सत्यताका गवाहीहरू व्यक्त गर्नु पर्छ र धनी, उच्च र तल्लो र गरिबलाई पश्चात्तापका लागि बोलाउनु पर्छ ।

४८ अनि पृथ्वीका बासिन्दाहरूले जति जति पश्चात्ताप गर्छन्, उनीहरूले त्यति त्यति चर्चहरूको निर्माण गर्नु पर्छ ।

४९ अनि त्यहाँ ओहायोको चर्चमा सियोनमा जमीन खरिद गर्नका लागि पैसा प्राप्त गर्न चर्चको समर्थनद्वारा एक प्रतिनिधिको नियुक्त गरिनु पर्छ ।

५० अनि म मेरा सेवक सिड्नी रिग्डनलाई आज्ञा दिन्छु कि आत्माले उनलाई बताएअनुसार उनले सियोनको भूमिका सम्बन्धमा विवरण र परमेश्वरको इच्छापत्रको वयान लेख्नु पर्छ;

५१ अनि परमेश्वरका सन्तानहरूका उत्तराधिकारका लागि, जमीनहरू खरिद गर्नका लागि पैसा जम्मा गर्न एक पत्र र सहमति पत्र सबै चर्चहरूलाई पेश गरिनु पर्छ, आफूलाई असल लागेअनुसार अथवा उनले निर्देशन दिएअनुसार विशपको आफ्नै हातमा अथवा ती प्रतिनिधिलाई दिइनु पर्छ ।

५२ किनकि, हेर, साच्चैँ नै म तिमीलाई भन्छु, परमप्रभु चाहनु हुन्छ कि समयले अनुमति दिएअनुसार यथाशीघ्र यो गाउँको पूरै क्षेत्र खरिद गर्न ती शिष्यहरू र मानिसहरूका छोराछोरीहरूले आफ्ना हृदयहरू खोल्नु पर्छ ।

५३ हेर, यहाँ ज्ञान छ । उनीहरूले यसो गर्नु पर्छ अन्यथा तिनीहरूले कुनै उत्तराधिकार प्राप्त गर्ने छैनन् अन्यथा रगत बगाएर मात्रै यो प्राप्त हुन सक्छ ।

५४ अनि पुनः त्यहाँ धेरै जमीन प्राप्त भएमा त्यहाँ परमेश्वरका सन्तहरूका लागि श्रम गर्न यस जमीनमा धेरै किसिमका कामदारहरू पठाउनु पर्छ ।

५५ यी सबै कार्यहरू क्रमबद्ध तरिकाले गरिनु पर्छ; अनि विशप वा चर्चका प्रतिनिधिद्वारा समय समयमा त्यस जमीनका विशेषाधिकारहरूका सम्बन्धमा जानकारी दिइनु पर्छ ।

५६ अनि एकत्रित गर्ने कार्य न त हतारमा, न त भागेर गर्नु; तर समय समयमा उनीहरूले प्राप्त गर्ने ज्ञानअनुसार सभामा चर्चका एल्डरहरूद्वारा दिइने सल्लाहअनुसार गर्नु पर्छ ।

५७ अनि मेरा सेवक सिड्नी रिग्डनले परमप्रभुमा यस भूमि र मन्दिरका लागि स्थललाई पवित्र पार्नु पर्छ र समर्पण गर्नु पर्छ ।

५८ अनि सम्मेलन सभा बोलाइनु पर्छ; अनि त्यसपछि मेरा सेवकहरू सिड्नी रिग्डन र जोसेफ स्मिथ जुनियर अनि ओलिभर काउड्री पनि उनीहरू सँगै आफ्नै भूमिमा मैले उनीहरूलाई नियुक्त गरेको बाँकी कार्य पूरा गर्न फर्किनु पर्छ, अनि अरू बाँकी विषयहरू ती सम्मेलनहरूले निर्देशन गर्छन् ।

५९ अनि कुनै मानिसले यात्रा गर्दै बाटोमा गवाही नदिएसम्म यो भूमिबाट फर्कन हुँदैन, त्यस सम्बन्धमा जसका सम्बन्धमा उसलाई जानकारी छ र निश्चितरूपमा विश्वास गर्छ ।

६० जिबा पिटरसनलाई दिइएका सबै उनीबाट फिर्ता लिइनु पर्छ; अनि उनी चर्चमा सदस्यका रूपमा उभिनु पर्छ र दाजुभाइहरूसँग आफ्नै हातले परिश्रम गर्नु पर्छ त्यतिबेलासम्म जबसम्म उनी आफ्ना पापहरूका लागि पर्याप्त मात्रामा विनम्र हुँदैनन्; किनकि उनले त्यसलाई आत्मसात गरेका छैनन् र उनले त्यसलाई लुकाउन चाहन्छन् ।

६१ यस चर्चका बाँकी एल्डरहरू, जो यस भूमिमा आउँदै छन्, तिनीहरू जसलाई मापन गर्न सकिने भन्दा बढी आशीर्वाद प्राप्त भएको छ, तिनीहरूले पनि यस भूमिमा एक सभाको आयोजना गर्नु पर्छ ।

६२ अनि मेरा सेवक एडवार्ड पाट्रिजले त्यस सभालाई निर्देशन गर्नु पर्छ जुन् तिनीहरूद्वारा राखिने छ ।

६३ अनि उनीहरू पनि यात्रा गर्दै बाटोमा तिनीहरूलाई प्रकाश गरिएका विषयहरूको गवाही दिँदै सुसमाचार प्रचार गर्दै फर्कनु पर्छ ।

६४ किनकि, साच्चैँ नै, आवाज यस ठाउँबाट सारा संसारमा र पृथ्वीको सीमान्तका भू-भागहरूमा जानु पर्छ—विश्वास गर्नेहरूलाई चिन्हहरूले पछ्याउँदै, हरेक प्राणीसामु सुसमाचार प्रचार गरिनु पर्छ ।

६५ अनि हेर मानिसका पुत्र आउने छन् । आमीन ।