धर्मशास्त्रहरू
सिद्धान्त र करार ६


खण्ड ६

अगमवक्ता जोसेफ स्मिथ र ओलिवर काउड्रीलाई हार्मोर्नी, पेन्सिलभेनियामा, अप्रिल १८२९ मा दिइएको प्रकाश । ओलिवर काउड्रीले ७ अप्रिल, १८२९ मा मोर्मोनको पुस्तकको अनुवादमा शास्त्रीका रूपमा आफ्नो कार्य सुरु गरे । उनले अगाडि नै अगमवक्ताको गवाहीको सत्यताको दैवी प्रकट प्राप्त गरिसकेका थिए जसमा पाताहरूको सम्मान गर्दै मोर्मोनको पुस्तकको अभिलेख कुँदिएको थियो । अगमवक्ताले ऊरीम र तुम्मिम मार्फत् परमप्रभुलाई सोधे र यो प्रतिक्रिया प्राप्त गरे ।

१–६, परमप्रभुको खेतमा कार्य गर्नेहरूले मुक्ति पाउँछन्; ७–१३, मुक्तिको उपहार भन्दा महान् त्यहाँ कुनै उपहार छैन; १४–२७, सत्यको गवाही आत्माको शक्तिद्वारा आउँछ; २८–३७, ख्रीष्टलाई हेर र निरन्तर भलाइ गर ।

मानिसका छोराछोरीहरूसामु महान् र अद्भूत कार्य आउन लागेको छ ।

हेर, म परमेश्वर हुँ; मेरा वचनमा ध्यान देऊ, जो जिउँदो र शक्तिशाली छ, दुईधारे तरवार भन्दा पनि धारिलो छ, जोर्नी र हड्डीको मासी दुबै टुक्रा टुक्रा पार्ने; यसकारण मेरा वचनहरूमा ध्यान देऊ ।

हेर, बाली काट्नका लागि सेतो भएको छ; त्यसकारण, जसले फसल काट्न चाहन्छ, उसले आफ्नो शक्तिले आफ्नो हँसिया हानोस् र दिन रहँदा फसल काटोस्, ताकि उसले परमेश्वरको अधिराज्यमा आफ्नो आत्माको अनन्त मुक्तिका लागि भण्डार गर्न सकोस् ।

हो, जसले आफ्नो हँसियाले जोड लगाउँछ र फसल काट्छ, त्यसैलाई परमेश्वरबाट बोलावट गरिन्छ ।

त्यसैले, यदि तिमीले मसँग माग्यौ भने तिमीले पाउनु पर्दछ; यदि तिमीले ढकढक्यायौ भने त्यो तिम्रा लागि उघारिने छ ।

अब, तिमीले सोधे जस्तै, हेर, म तिमीहरूलाई भन्दछु, मेरा आज्ञाहरू पालन गर, र सियोनका उद्देश्यलाई अगाडि ल्याउन र स्थापित् गर्न खोजी गर;

धनका लागि होइन तर ज्ञानका लागि खोजी गर, अनि हेर, परमेश्वरका रहस्यहरू तिमीसामु खोलिने छन् र त्यसपछि तिमीलाई धनी बनाइने छन् । हेर, अनन्त जीवन भएको मानिस धनी हो ।

साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्दछु, तिमीले मबाट जस्तो चाहना गरेका छौ, तिमीलाई त्यस्तै हुने छ; र यदि तिमीले चाहन्छौ भने, तिमी यस युगमा धेरै असल कार्य गर्ने माध्यम हुने छौ ।

यस युगलाई पश्चात्ताप गर्ने बाहेक केही नभन्नू; मेरा आज्ञाहरू पालन गर्नू, र मेरा आज्ञाहरू अनुसार मेरो कार्यलाई अगाडि बढाउन सहयोग गर्नू अनि तिमी आशीषित हुने छौ ।

१० हेर तिमीसँग एउटा उपहार छ र तिम्रो उपहारका कारणले तिमी आशीषित छौ । स्मरण रहोस् पवित्र छ र माथिबाट आउँछ—

११ अनि यदि तिमीले सोध्यौ भने, तिमीले रहस्यहरू थाहा पाउने छौ जुन महान् र अद्भूत छन्; त्यसकारण तिमीले आफ्नो उपहारको उपयोग गर्ने छौ, कि तिमीले रहस्यहरू पत्ता लगाउन सक्ने छौ, कि तिमीले धेरैलाई सत्यको ज्ञानमा ल्याउन सक्ने छौ, हो, उनीहरूलाई तिनीहरूका मार्गका त्रुटिमा आस्वस्त गराउन सक्ने छौ ।

१२ तिम्रो उपहार तिम्रा आस्था बाहेक कसैलाई जानकारी नदेऊ । पवित्र वस्तुहरूसँग तुच्छ वस्तु छैन ।

१३ यदि तिमीले असल कार्य गर्छौ, हो र अन्त्यसम्म आस्थावान् रहन्छौ भने, तिमीलाई परमेश्वरको अधिराज्यमा बचाइनु पर्दछ, जुन परमेश्वरका सबै उपहारहरूमध्ये सबैभन्दा महान् हो; किनकि मुक्तिको उपहार भन्दा महान् कुनै उपहार छैन ।

१४ साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्दछु, तिमीले गरेका कार्यका लागि तिमी आशीषित छौ; किनकि तिमीले मलाई सोधेका छौ र हेर, जति पटक तिमीले सोधेका छौ, तिमीले मेरो आत्माको निर्देशन प्राप्त गरेका छौ । यदि यस्तो नभएको भए, यस समयमा तिमी जहाँ छौ, त्यो स्थानमा तिमी आउने थिएनौ ।

१५ हेर, तिमीलाई ज्ञान छ कि तिमीले मलाई सोधेका छौ र मैले तिम्रो मष्तिष्कलाई ज्ञान प्रदान गरेको छु; र अब म तिमीलाई यी विषयहरू भन्दछु कि तिमीलाई अवगत हुन सक्छ कि तिमीलाई सत्यको आत्माद्वारा ज्ञान प्रदान गरिएको छ;

१६ हो, म तिमीलाई भन्दछु, कि तिमीलाई ज्ञान हुन सक्छ कि तिम्रा विचार र तिम्रो हृदयको चाहना बुझ्ने परमेश्वर बाहेक अरू कोही छैन ।

१७ म यी विषयहरू तिमीलाई गवाहीका रूपमा भन्दछु—कि तिमीले लेखिरहेका वचनहरू वा गरिरहेका कार्यहरू सत्य छन् ।

१८ यसकारण लगनशील बन; आस्थावान् बनेर मेरा सेवक जोसेफका साथमा उभिय, जुनसुकै कठीन परिस्थितिमा ऊ वचनका लागि हुन सक्छ ।

१९ उनका कमजोरीहरूमा उनलाई चेतावनी देऊ र उनको सदुपदेश पनि लिनू । धैर्यवान् होऊ; संयमित बन; शीतोष्ण बन; धीरता, आस्था, आशा र करुणा राख ।

२० हेर, तिमी ओलिवर हौ र तिम्रो चाहनाका कारण मैले तिमी सँग बोलेको छु; यसकारण यी वचनहरूलाई तिम्रो हृदयमा राख । परमेश्वरका आज्ञाहरू पालन गर्नमा आस्थावान् र लगनशील होऊ, अनि म तिमीलाई मेरो प्रेमको बाहुमा अङ्कमाल गर्ने छु ।

२१ हेर, म येशू ख्रीष्ट, परमेश्वरका पुत्र हुँ । म उही हुँ जो मेरा आफ्नाका लागि आएँ र मेरा आफ्नैले मलाई ग्रहण गरेनन् । अन्धकारमा चम्कने ज्योति म हुँ र अन्धकारले यसलाई बुझ्दैन ।

२२ साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्दछु, यदि तिमी थप गवाही चाहन्छौ भने, तिम्रो मष्तिष्कमा त्यो रातमा सम्झ जब तिमीले मलाई आफ्नो हृदयमा पुकार्‍यौ, ताकि तिमीले यी विषयहरूको सत्यताका सम्बन्धमा जान्न सक्ने छौ ।

२३ के मैले यस विषयमा तिम्रो मस्तिष्कमा शान्तिको अभिव्यक्ति दिएको छैन? परमेश्वरबाट यो भन्दा ठूलो गवाही के हुन सक्छ?

२४ अनि अब, हेर, तिमीले गवाही पाएका छौ; किनकि यदि मैले तिमीहरूलाई ती विषयहरू भनेको छु जुन कसैले जान्दैनन् भने के तिमीहरूले गवाही पाएका छैनौ?

२५ अनि, हेर, यदि तिमी मेरा सेवक जोसेफ जस्तै अनुवाद गर्न, मबाट चाहन्छौ भने, म तिमीलाई उपहार दिन्छु ।

२६ साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु, कि त्यहाँ अभिलेखहरू छन् जसमा मेरा धेरै सुसमाचारहरू समावेश छन्, जुन मानिसहरूका क्षुद्रताका कारण पछाडि राखिएका छन्;

२७ अनि अब म तिमीलाई आज्ञा दिन्छु, कि यदि तिमीसँग असल चाहनाहरू छन्—तिमी स्वयंका लागि स्वर्गमा खजानाहरू जम्मा गर्ने एक चाहना—तब तिमीले आफ्नो उपहारद्वारा, मेरा धर्मशास्त्रका ती अंशहरूलाई प्रकाशमा ल्याउन सहयोग गर्ने छौ जुन दुष्टताका कारण लुकाइएका छन् ।

२८ अनि अब, हेर, म तिमीलाई र मेरो सेवक जोसेफलाई पनि दिन्छु, यो उपहारका साँचाहरू, जसले यस परोपकारलाई प्रकाशमा ल्याउनु पर्दछ; अनि दुई वा तीन साक्षीहरूको मुखबाट प्रत्येक शब्द स्थापित गरिनु पर्दछ ।

२९ साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु, यदि तिनीहरूले मेरा वचनहरू र मेरो सुसमाचार र परोपकारको यो अंशलाई अस्वीकार गर्दछन् भने, तिमीहरू आशीषित छौ, किनकि तिनीहरूले मलाई भन्दा तिमीहरूलाई केही अधिक गर्न सक्दैनन् ।

३० अनि यदि तिनीहरूले तिमीहरूलाई मलाई गरे जस्तै गरे पनि, तिमीहरू आशीषित छौ, किनकि तिमीहरू मसँग महिमामा बस्ने छौ ।

३१ परन्तु यदि तिनीहरूले मेरा वचनहरूलाई अस्वीकार गरेनन्, जुन गवाहीद्वारा स्थापित हुने छन् जुन दिइने छ, तिनीहरू धन्य छन् र तब तिमीहरूले आफ्नो परिश्रमको फलमा प्रसन्नता प्राप्त गर्ने छौ ।

३२ साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु, मैले मेरा शिष्यहरूलाई भनेजस्तै, जहाँ दुई वा तीन जना मेरा नाममा एकत्रित हुन्छन्, एउटा विषयलाई छुने जस्तै, हेर, म तिमीहरूका बीचमा भए जस्तै—म तिनीहरूका बीचमा पनि हुने छु ।

३३ मेरा छोराहरू, राम्रो गर्न नडराओ, किनकि जे छर्छौ, त्यही फसल पनि काट्ने छौ; त्यसकारण, यदि तिमीहरूले राम्रो छर्छौ भने तिमीहरूले आफ्नो इनामका लागि राम्रो फसल पनि काट्ने छौ ।

३४ त्यसकारण, सानो बगाल, नडराओ; राम्रो गर; पृथ्वी र नरक तिम्रा विरुद्धमा एकजुट हुन देऊ, किनकि यदि तिमी मेरो चट्टानमा बनेको छौ भने, तिनीहरू विजयी हुन सक्दैनन् ।

३५ हेर, म तिमीलाई दोषी ठहर्‍याउँदिन; आफ्नो बाटो लाग र अब पाप नगर; संयमतापूर्वक मैले तिमीहरूलाई आज्ञा दिएका कार्यहरू गर ।

३६ हरेक विचारमा मतर्फ हेर; शङ्का नगर, नडराऊ ।

३७ मेरो कोखमा छेडेका घाउहरू, अनि मेरा हात र पाउमा काँटीका छापहरू हेर; आस्थावान् बन, मेरा आज्ञाहरू पालना गर र तिमीहरूले स्वर्गको अधिराज्य उत्तराधिकारका रुपमा प्राप्त गर्ने छौ । आमीन ।