धर्मशास्त्रहरू
सिद्धान्त र करार २


खण्ड २

सेप्टेम्बर २१, १८२३ को साँझ म्यानचेस्टर, न्यू योर्कमा अगमवक्ताका पिताको घरमा हुँदा, जोसेफ स्मिथको इतिहासबाट उद्धृत, अगमवक्ता जोसेफ स्मिथका लागि स्वर्गदूत मोरोनीका वचनहरू । मोरोनी इतिहासकारहरूको लामो सूचीका अन्तिम इतिहासकार थिए जसले अभिलेख बनाएका थिए जुन अहिले संसारसामु मोर्मोनको पुस्तकका रूपमा छ । (तुलना गर्नुहोस् मलाकी ४:५–६; पनि खण्ड २७:९; ११०:१३–१६; र १२८:१८ ।)

, एलियाले पादरित्व प्रकट गर्ने छन्; २–३, पिताहरूका प्रतिज्ञाहरू छोराछोरीहरूका हृदयमा रोपिएका छन् ।

हेर, परमप्रभुको विशाल र भयङ्कर दिनको आगमन अघि, अगमवक्ता एलियाका हातद्वारा म तिमीहरूलाई पादरित्व प्रकट गर्ने छु ।

अनि उसले छोराछोरीहरूको हृदयहरूमा पिताहरूलाई दिएका प्रतिज्ञाहरू रोप्ने छ र छोराछोरीहरूका हृदयहरू तिनीहरूका पिताहरूतर्फ फर्काउने छ ।

यदि त्यसो नभएको भए, उहाँको आगमनमा सारा पृथ्वी पूर्ण रूपमा उजाड हुने छ ।