धर्मशास्त्रहरू
सिद्धान्त र करार ६१


खण्ड ६१

अगमवक्ता जोसेफ स्मिथद्वारा मिजोरी नदीको किनारमा, म्याकल्वेनको बेन्डमा, अगस्त १२, १८३१ मा दिइएको प्रकाश । तिनीहरूका कर्टल्याण्ड पुनरागमनको यात्रामा, अगमवक्ता र दश एल्डरहरूले मिजोरी नदीमा डुङ्गामा यात्रा गरेका थिए । यात्राको तेस्रो दिनमा, धेरै खतराहरूको अनुभव गरियो । एल्डर विलियम डबल्यू. फेल्प्सले, दिनको उज्यालोको दर्शनमा पानीको सतह माथि शक्तिका साथ सवार त्यो विनाशकर्तालाई देखे ।

१–१२, परमप्रभुले पानीहरूमा धेरै विनाशहरू उर्दी गर्नु भएको छ; १३–२२, पानीहरू यूहन्नाद्वारा श्रापित गरिएको थियो, अनि त्यो विनाशकर्ता तिनीहरूका सतहमा सवार गर्छन्; २३–२९, केहीसँग पानीलाई आज्ञा दिने शक्ति हुन्छ; ३०–३५, एल्डरहरू दुई दुईजना यात्रा गर्नु पर्छ र सुसमाचार प्रवचन दिनु पर्छ; ३६–३९, तिनीहरूले मानिसका पुत्रको आगमनको तयारी गर्नु पर्छ ।

हेर, अनि सबै शक्ति भएका उहाँका वाणीलाई सुन, जो चिरस्थायीदेखि चिरस्थायीसम्म, अल्फा र ओमेगा, प्रारम्भ र अन्त्य समेत हुनु हुन्छ ।

हेर, साच्चैँ नै परमप्रभु तिमीहरूलाई यसो भन्नुहुन्छ, हे तिमीहरू मेरा चर्चका एल्डरहरू, जो यस स्थानमा एकत्रित भएका छौ, जसका पापहरू अब तिमीहरूलाई क्षमा गरिएका छन्, किनकि म, परमप्रभु, पापहरूको क्षमा गर्दछु, अनि विनम्र हृदयहरूका साथ आफ्ना पापहरू स्वीकार गर्नेहरूप्रति कृपालु छु;

परन्तु साच्चैँ नै म तिमीहरूलाई भन्छु, कि मेरा एल्डरहरूका यो पूरै समूह तत्कालै पानीमाथि हुँदै जान आवश्यक छैन जब कि नदी वरपरका बासिन्दाहरू अविश्वासमा नाश भइरहेका छन् ।

यद्यपि, मैले यो अनुमति दिएको हो ताकि तिमीहरूले गवाही दिन सक्छौ; हेर, त्यहाँ पानीहरूमाथि धेरै खतराहरू छन् र विशेषगरी यसपछि धेरै छन्;

किनकि म, परमप्रभुले मेरा क्रोधमा पानीहरूमा; हो, र विशेषगरी यी पानीहरूमा धेरै विनाशहरू उर्दी गरेको छु ।

यद्यपि, सबै जीवन मेरा हातमा छन्, अनि तिमीहरूमध्ये जो आस्थावान् छन् तिमीहरू पानीहरूद्वारा नाश हुने छैनौ ।

यसकारण, यो आवश्यक छ कि मेरा सेवक सिड्नी गिल्बर्ट र मेरा सेवक विलियम डबल्यू फेल्प्सले आफ्ना कार्यभार र सुसमाचार प्रचारलाई छिट्टै आरम्भ गर्नु पर्छ ।

यद्यपि, तिमीहरूलाई आफ्ना सबै पापहरूका लागि विनम्र नगराइएसम्म तिमीहरूलाई छुट्टिएर जाने अनुमति म दिन्नँ, ताकि तिमीहरू एक हुन सक, ताकि तिमीहरूको क्षुद्रतामा नाश नहोस्;

परन्तु अब, साच्चैँ नै म भन्छु, यो मेरा लागि आवश्यक छ कि तिमीहरू छुट्टिएर जानु पर्छ । यसकारण, मेरा सेवकहरू सिड्नी गिल्बर्ट र विलियम डबल्यू फेल्पसले आफ्ना पूर्व समूहसँगै जानु पर्छ, अनि चाँडै आफ्ना यात्रा सुरु गर्नु पर्छ ताकि तिनीहरूले आफ्ना सुसमाचार प्रचारको कार्य पूर्ण गर्न सकून्, अनि आस्थाद्वारा तिनीहरूले परास्त गर्न सकून्;

१० अनि जतिजति तिनीहरू आस्थावान् रहन्छन् तिनीहरूको संरक्षण गरिने छ, अनि म, परमप्रभु तिनीहरूका साथ रहने छु ।

११ अनि बाँकीहरूले ती लिनु पर्छ जुन पहिरनका लागि आवश्यक छ ।

१२ मेरा सेवक सिड्नी रिग्डनले तिमीहरूका सहमतिमा त्यो लिनु पर्छ जुन अरूलाई आवश्यक छैन ।

१३ अनि अब, हेर, तिमीहरूका हितका लागि मैले यी विषयहरूका सम्बन्धमा तिमीहरूलाई एक आज्ञा दिएँ; अनि म, परमप्रभु प्राचीनकालका मानिसहरूसँग जस्तै तिमीहरूसँग छलफल गर्ने छु ।

१४ हेर, म, परमप्रभुले, प्रारम्भमा पानीहरूलाई आशीर्वाद दिएँ; तर अन्तिम दिनहरूमा, मेरा सेवक यूहन्नाका मुखबाट मैले पानीहरूलाई श्रापित गरेँ ।

१५ यसकारण, ती दिनहरू आउने छन् जब कुनै प्राणी पानीमाथि सुरक्षित रहने छैनन् ।

१६ अनि आगामी दिनहरूमा यसो भनिने छ कि कोही पनि पानीहरू माथिबाट सियोनको भूमिमा जान सक्ने छैनन् तर उनी मात्रै जो हृदयमा इमानदार छन् ।

१७ अनि, म, परमप्रभुले, प्रारम्भमा भूमिलाई श्राप दिएँ; जब कि अन्तिम दिनहरूमा यसको आफ्नै समयमा मेरा सन्तहरूका प्रयोगका लागि यसलाई आशीष दिएको छु, ताकि तिनीहरूले त्यहाँका प्रचुरतालाई ग्रहण गर्न सकून् ।

१८ अनि अब म तिमीहरूलाई आज्ञा दिन्छु कि जुन म एकजनालाई भन्छु त्यो सबैजनालाई भन्छु, कि तिमीहरूले यी पानीहरूका विषयमा तिमीहरूका बन्धुहरूलाई सचेत गराउनु पर्छ, ताकि तिनीहरू त्यहाँ यात्रा गर्न आउँदैनन्, अन्यथा तिनीहरूका आस्था समाप्त हुने छ र तिनीहरू धरापमा फस्ने छन्;

१९ म, परमप्रभुले, उर्दी गरेको छु र त्यो विनाशकर्ता यसको सतहमा सवार गर्छ र म त्यो उर्दी रद्द गर्दिनँ ।

२० म, परमप्रभु, हिजो तिमीहरूसँग रिसाएको थिएँ तर आज मेरो रिस समाप्त भएको छ ।

२१ यसकारण, जसका सम्बन्धमा मैले भनेको छु तिनीहरूले आफ्ना यात्रा तत्कालै गर्नु पर्छ—पुनः म तिमीहरूलाई भन्छु, तिनीहरूले आफ्ना यात्रा तत्कालै सुरु गर्नु पर्छ ।

२२ अनि केही समयपछि यदि तिनीहरूले सुसमाचार प्रचारको कार्य पूर्ण गरेमा तिनीहरू पानीबाट जान्छन् अथवा जमीनबाट मलाई केही फरक पर्दैन; तिनीहरूलाई जानकारी दिइनु पर्छ कि तिनीहरूको निर्णयअनुसार यसपछि जे गरे पनि हुन्छ ।

२३ अनि अब, मेरा सेवकहरू सिड्नी रिग्डन, जोसेफ स्मिथ जुनियर र ओलिवर काउड्रीका सम्बन्धमा भन्दा, तिनीहरू पानीहरूमाथि पुनः आउनु हुँदैन, आफ्ना घरतर्फ यात्रा गर्दा नहरबाट बाहेक; अथवा अर्को शब्दमा भन्दा तिनीहरूले नहरद्वारा बाहेक पानीहरूबाट यात्रा गर्नु हुँदैन ।

२४ हेर, म, परमप्रभुले, सन्तहरूलाई यात्रा गर्नका लागि एक मार्ग नियुक्त गरेको छु; अनि हेर, यो नै मार्ग हो—कि तिनीहरूले नहर तरेपछि तिनीहरूले भूमिबाट यात्रा गर्ने छन्, तथ्यलाई ध्यानमा राख्दै तिनीहरूलाई यात्रा गर्न र सियोनको भूमिमा जान आज्ञा गरिएको छ;

२५ अनि तिनीहरूले इस्राएलका सन्ततिहरूले गरे जस्तै मार्गमा आफ्ना पालहरू टाँग्नु पर्छ ।

२६ अनि, हेर, तिमीहरूले यो आज्ञा तिम्रा सबै बन्धुहरूलाई दिनु पर्छ ।

२७ यद्यपि, जसलाई पानीहरूलाई आज्ञा दिने शक्ति दिइन्छ, उसलाई आत्माद्वारा उहाँका सबै मार्गहरूको जानकारी दिइन्छ;

२८ यसकारण, जीवित परमेश्वरका आत्माले उनलाई आज्ञा दिएअनुसार उनले गर्नु पर्छ, पानीमा होस् वा जमीनमा भएपनि, यसपछि गर्ने ममा नै रहने भएकाले ।

२९ अनि तिमीहरूलाई सन्तहरूका लागि मार्ग निर्देशन अथवा परमप्रभुका शिविरका सन्तहरूका यात्राका लागि मार्ग दिइन्छ ।

३० अनि पुनः साच्चैँ नै म तिमीहरूलाई भन्छु, मेरा सेवकहरू सिड्नी रिग्डन, जोसेफ स्मिथ जुनियर र ओलिवर काउड्रीले सिनसिनाटीमा नपुगुञ्जेलसम्म क्षुद्रहरूका भेलाहरूमा आफ्ना मुख खोल्नु हुँदैन;

३१ अनि त्यस स्थानमा तिनीहरूले आफ्ना आवाजहरू ती मानिसहरू विरुद्ध माथि उचाल्नु पर्छ, हो, उहाँसामु जसको क्रोध तिनीहरूका क्षुद्रताका कारण बढिरहेको छ, ती मानिसहरू जो विनाशका लागि पाक्न लागिरहेका छन् ।

३२ अनि त्यहाँबाट तिनीहरूले आफ्ना बन्धुहरूका सभाहरूतर्फ यात्रा गर्नु पर्छ, किनकि तिनीहरूका परिश्रमहरू क्षुद्रहरूका भेलाहरूमा भन्दा यिनीहरूका माझ अझै पनि अधिक प्रशस्तरूपमा आवश्यक छन् ।

३३ अनि अब, बाँकीहरूका सम्बन्धमा भन्दा, तिनीहरू क्षुद्रहरूका माझ जानु पर्छ र तिनीहरूलाई जतिसम्म निर्देशन दिइन्छ त्यतिसम्म वचनको घोषणा गर्नु पर्छ;

३४ अनि जतिसम्म तिनीहरूले यसो गर्ने छन् तिनीहरूले आफ्ना वस्त्रहरूमा भएका दाग हटाउने छन् अनि तिनीहरू मेरासामु निष्कलङ्क हुने छन् ।

३५ अनि उनीहरूले साथमा यात्रा गर्नु पर्छ, अथवा उनीहरूलाई उचित लागेअनुसार दुई दुईजना गरेर, केवल मेरा सेवक रेनोल्ड्स काहून र मेरा सेवक स्यामूएल एच्. स्मिथ जससँग म धेरै खुसी छु उनीहरू आफ्ना घर नफर्कुन्जेलसम्म छुट्टिनु हुँदैन र यो मेरो बुद्धिमानी उद्देश्यका लागि हो ।

३६ अनि अब साच्चैँ नै म तिमीहरूलाई भन्छु र म जे एकलाई भन्छु त्यो सबैलाई भन्छु, खुसी होऊ, साना बालबालिकाहरू; किनकि म तिमीहरूको माझमा छु र मैले तिमीहरूलाई त्यागेको छैन;

३७ अनि जति जति तिमीहरूले मेरासामु आफूहरूलाई विनम्र तुल्याएका छौ, अधिराज्यका आशीर्वादहरू तिमीहरूकै हुन् ।

३८ कम्मर कस र सतर्क होऊ अनि संयमित होऊ, मानिसको पुत्रको आगमनलाई हेर्दै, किनकि उहाँ त्यो समयमा आउनुहुन्छ जुन तिमीहरूले सोचेको हुँदैन ।

३९ सदैव प्रार्थना गर ताकि तिमीहरू प्रलोभनमा नपर ताकि तिमीहरू जीवनमा अथवा मृत्युमा उहाँको आगमनको दिनमा रहन सक । अनुसार समेत । आमीन ।