धर्मशास्त्रहरू
सिद्धान्त र करार ९१


खण्ड ९१

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा मार्च ९, १८३३ मा दिइएको प्रकाश । अगमवक्ता यस समयमा पुरानो करारको अनुवादमा व्यस्त थिए । अपोक्रिफा भनिने प्राचीन लेखहरूको त्यो खण्डमा आएपछि, उनले परमप्रभुलाई सोधे र यो निर्देशन प्राप्त गरे ।

१–३, अपोक्रिफा प्रायः सही रूपमा अनुवाद गरिएको छ तर मानिसहरूका हातद्वारा थपिएका धेरै अन्तर्क्रियाहरू समावेश गर्छ जुन सत्य होइनन्; ४–६, यसले आत्माद्वारा प्रवुद्ध भएका तिनीहरूलाई लाभ प्रदान गर्छ ।

साच्चैँ नै, अपोक्रिफाका सम्बन्धमा तिमीहरूलाई परमप्रभु यसो भन्नुहुन्छ—त्यहाँ त्यसमा धेरै विषयहरू समावेश छन् जुन सत्य छन्, अनि यिनको प्रायः सही अनुवाद गरिएको छ;

त्यहाँ त्यसमा धेरै विषयहरू समावेश छन् जुन सत्य होइनन्, जुन मानिसहरूका हातहरूद्वारा थपिएका हुन् ।

साच्चैँ नै, म तिमीलाई भन्छु, कि यो आवश्यक छैन कि अपोक्रिफाहरू अनुवाद गरिनु पर्छ ।

त्यसकारण, जसले यसलाई पढ्छ, उसले बुझ्नु पर्छ, किनकि आत्माले सत्य प्रकट गर्छ;

अनि जसले आत्माद्वारा ज्ञान प्राप्त गर्छ, उसले त्यसबाट लाभ प्राप्त गर्ने छ;

अनि जसले आत्माद्वारा ग्रहण गर्दैन, उसले लाभ लिन सक्दैन । त्यसकारण यो आवश्यक छैन कि यसको अनुवाद गरिनु पर्छ । आमीन ।