धर्मशास्त्रहरू
सिद्धान्त र करार ७७


खण्ड ७७

अगमवक्ता जोसेफ स्मिथलाई, हाइरम, ओहायोमा, मार्च १८३२ मा दिइएको प्रकाश । जोसेफ स्मिथको इतिहासले बताउँछ, “धर्मशास्त्रहरूको अनुवादका सम्बन्धमा, मैले सन्त यूहन्नाको प्रकाशका सम्बन्धमा निम्नलिखित व्याख्या प्राप्त गरेँ ।”

१–४, जनावरहरूमा आत्मा छ र तिनीहरू अनन्त सुखमा बास गर्ने छन्; ५–७, यस पृथ्वीको ७,००० वर्षको सांसारिक अस्तित्व छ; ८–१०, विभिन्न स्वर्गदूतहरूले सुसमाचारको पुनर्स्थापना गर्ने छन् र पृथ्वीमा सेवा गर्ने छन्; ११, १४४,००० माथि मोहोर लगाइएको; १२–१४, सात हजार वर्षको प्रारम्भमा ख्रीष्ट आउनु हुने छ; १५, यहूदी राष्ट्रका लागि दुईवटा अगमवक्ताहरू खडा गरिने छ ।

प्र. यूहन्नाले बताएका सिसाको समुन्द्र के हो, प्रकाशको चौथो अध्याय र छैठौँ पद?उ. यो पृथ्वी हो, यसको पवित्रीकृत, अविनाशी र अनन्त अवस्थामा ।

प्र. त्यही पदमाउल्लेख गरिएका चार जनावरहरूबाट हामीले के बुझ्नु पर्छ?उ. तिनीहरू लाक्षणिक अभिव्यक्तिहरू हुन्, प्रकाशकर्ता यूहन्नाले प्रयोग गरेका, स्वर्गलाई व्याख्या गर्न, परमेश्वरका परमधाम, मानिसको खुसी अनि जनावरहरूको अनि घस्रने जन्तुहरूको अनि हावाका पक्षीहरूको; आत्मिक जीवको जुन सांसारिक समानतामा छ; अनि कि सांसारिकको जुन आत्मिक समानतामा छ; मानिसको आत्मा आफ्नो व्यक्तिको प्रतिरूपमा, जनावरको आत्माको पनि अनि हरेक ती प्राणीहरूको जुन परमेश्वरले सृष्टि गर्नुभएको छ ।

प्र. के ती चार जनावरहरू व्यक्तिगत जनावरहरूमा सीमित छन् अथवा के तिनीहरूले वर्ग वा दर्जालाई प्रतिनिधित्व गर्छन्?उ. तिनीहरू चार व्यक्तिगत जनावरहरूमा सीमित छन्, जुन यूहन्नालाई देखाइएको थियो, सृष्टिमा तिनीहरूका निर्धारित वर्ग वा क्षेत्रमा जीवहरूका वर्गहरूको महिमालाई प्रतिनिधित्व गर्न, तिनीहरूका अनन्त सुखको आनन्दमा ।

प्र. जनावरहरूमा भएका आँखाहरू र पँखेटाहरूबाट हामीले के बुझ्नु पर्छ?उ. तिनीहरूका आँखाहरूले प्रकाश र ज्ञानको प्रतिनिधित्व गर्छन् जुन, तिनीहरू ज्ञानले भरिपूर्ण छन्; अनि तिनीहरूका पँखेटाहरूले चल्ने, कार्य गर्ने इत्यादिको प्रतिनिधित्व गर्छन् ।

प्र. यूहन्नाले बताएका चार र बीस एल्डरहरूबाट हामीले के बुझ्नु पर्छ?उ. हामीले बुझ्नु पर्छ कि यूहन्नाले देखेका यी एल्डरहरू, ती एल्डरहरू हुन् जो सेवाको कार्यमा आस्थावान् रहेका थिए र तिनीहरूको मृत्यु भएको थियो; जो सात चर्चहरूसँग सम्बन्धित थिए अनि त्यसपछि परमेश्वरका परमधाममा थिए ।

प्र. यूहन्नाले देखेको पुस्तकबाट हामीले के बुझ्नु पर्छ जुन सातवटा मोहोरद्वारा पछाडि मोहोर लगाइएको थियो?उ. हामीले बुझ्नु पर्छ कि यसमा परमेश्वरका प्रकट गरिएका इच्छा, रहस्यहरू र कार्यहरू छन्; यस पृथ्वीको सन्दर्भमा यसको निरन्तरताको सात हजार वर्षको अवधिमा उहाँको अर्थव्यवस्थाका लुकेका विषयहरू अथवा यसको लौकिक अस्तित्व ।

प्र. मोहर लगाइएका सातवटा मोहरहरूबाट हामीले के बुझ्नु पर्छ?उ. हामीले बुझ्नु पर्छ कि पहिलो मोहोरमा पहिलो हजार वर्षका विषयहरू समावेश छन् र दोश्रोमा दोश्रो हजार वर्षका र त्यसैगरी सातौँसम्म ।

प्र. प्रकाशको सातौँ अध्यायको पहिलो पदमा भनिएका चार स्वर्गदूतहरूबाट हामीले के बुझ्नु पर्छ?हामीले बुझ्नु पर्छ कि तिनीहरू परमेश्वरद्वारा पठाइएका चार स्वर्गदूतहरू हुन्, जसलाई पृथ्वीका चार भागहरूमाथि शक्ति दिइएको छ, जीवन बचाउन र विनाश गर्न; यिनीहरू तिनै हुन् जोसँग हरेक राष्ट्र, कुटुम्ब, भाषा र जनलाई सुम्पनु पर्ने अनन्त सुसमाचार छ; स्वर्गहरू बन्द गर्ने, जीवनलाई आरक्षित गर्ने अथवा अन्धकारका क्षेत्रहरूमा फ्याँक्ने शक्ति भएको ।

प्र. प्रकाशको सातौँ अध्यायको दोश्रो पदमा भनिएका पूर्वबाट आरोहण गर्दै गरेका स्वर्गदूतबाट हामीले के बुझ्नु पर्छ?उ. हामीले बुझ्नु पर्छ कि पूर्वबाट आरोहण गर्दै गरेका स्वर्गदूत तिनै हुन् जसलाई इस्राएलका बाह्र कूलहरूमाथिको जीवित परमेश्वरका मोहोर दिइएको छ; यसकारण, अनन्त सुसमाचार भएका चार स्वर्गदूतहरूलाई उनी पुकार्छन्, यसो भन्दै: “हामीले हाम्रा परमेश्वरका सेवकहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुन्द्र वा वृक्षहरूलाई केही हानि नगर ।” अनि यदि तिमीहरूले यसलाई ग्रहण गरेमा, यो एलियास् हो जो इस्राएलका कूलहरूलाई सँगै एकत्रित गर्न र सबै विषयहरूको पुनर्स्थापना गर्न आउने छ ।

१० प्र. यो अध्यायमा भनिएका विषयहरू कुन समयमा पूरा हुनु पर्छ?उ. तिनीहरू हजार वर्षको छैटौँ अवधिमा अथवा छैटौँ मोहोर खोलिने समयमा पूरा हुनु पर्छ ।

११ प्र. एक सय चौवालीस हजारमा मोहोर लगाउने, इस्राएलका सबै कूलहरू मध्येबाट—हरेक कूलबाट बाह्र हजार भन्नाले हामीले के बुझ्नु पर्छ?उ. हामीले बुझ्नु पर्छ कि तिनीहरू जसलाई मोहोर लगाइयो ती परमेश्वरका पवित्र रीतमा नियुक्त गरिएका, अनन्त सुसमाचार प्रदान गर्ने उच्च पादरीहरू हुन्; किनकि तिनीहरू ती हुन् जसलाई हरेक राष्ट्र, कुटुम्ब, भाषा र जनबाट नियुक्त गरिएको छ, स्वर्गदूतहरूबाट जसलाई पृथ्वीका राष्ट्रहरूमाथि शक्ति दिइएको छ, पहिले जन्मेकाको चर्चमा जतिपनि आउने छन् तिनीहरूलाई ल्याउनका लागि ।

१२ प्र. प्रकाशको आठौँ अध्यायमा उल्लेख गरिएका तुरहीहरूका आवाजबाट हामीले के बुझ्नु पर्छ?उ. हामीले बुझ्नु पर्छ कि जसरी परमेश्वरले यस संसारलाई छ दिनमा बनाउनुभयो र सातौँ दिनमा उहाँले आफ्नो कार्य पूरा गर्नुभयो र यसलाई पवित्रीकृत पार्नुभयो र पृथ्वीका धूलोबाट मानिस बनाउनुभयो, त्यस्तै गरी, सातौँ हजार वर्षको प्रारम्भमा परमप्रभु परमेश्वरले पृथ्वीलाई पवित्रीकृत पार्नु हुने छ र मानिसको मुक्ति पूर्ण गर्नु हुने छ र सबै विषयहरूको न्याय गर्नु हुने छ र सबै विषयहरूलाई मुक्ति दिनु हुने छ केवल त्यसबाहेक जुन उहाँले आफ्नो शक्तिमा राख्नुभएको छैन, जब उहाँले सबै विषयहरूमा मोहोर लगाउनुभएको हुने छ, सबै विषयहरूका अन्त्यसम्म; र सात स्वर्गदूतहरूका तुरहीहरूका आवाज भनेको उहाँको कार्यको तयारी पूरा गर्नु हो, सातौँ हजार वर्षको प्रारम्भमा—उहाँको आगमनको समयपूर्व मार्ग तयार पार्दै ।

१३ प्र. ती विषयहरू कहिले पूरा हुने छन् जुन प्रकाशको नवौँअध्यायमा लेखिएका छन्?उ. तिनीहरू सातौँ मोहोर खोलेपछि, ख्रीष्टको आगमन अघि पूरा हुने छन् ।

१४ प्र. प्रकाशको दशौँ अध्यायमा उल्लेख गरिएको सानो पुस्तक जुन यूहन्नाद्वारा खाइएको थियो यसबाट हामीले के बुझ्नु पर्छ?उ. हामीले बुझ्नु पर्छ कि यो सुसमाचार प्रचारको कार्य र विधि थियो, उनलाई इस्राएलका कूलहरूलाई एकत्रित गर्नका लागि; हेर, यो एलियास् हो, जो, यहाँ लेखिए जस्तै आउनु पर्छ र सबै विषयहरूको पुनर्स्थापना गर्नु पर्छ ।

१५ प्र. प्रकाशको एघारौँ अध्याय मा दुई गवाहीहरूबाट के बुझ्नु पर्छ?उ. तिनीहरू दुई अगमवक्ताहरू हुन् जसलाई अन्तिम दिनहरूमा, पुनर्स्थापनाको समयमा र यहुदीहरू एकत्रित भएर तिनीहरूका पितापुर्खाका भूमिमा येरूशलेमको शहर निर्माण गरेपछि तिनीहरूलाई अगमवाणी गर्न यहुदी राष्ट्रका लागि खडा गरिने छ ।