धर्मशास्त्रहरू
सिद्धान्त र करार ७५


खण्ड ७५

अगमवक्ता जोसेफ स्मिथद्वारा एम्हर्स्ट, ओहायोमा, जनवरी २५, १८३२ मा दिइएको प्रकाश । यस खण्डमा एकै दिनमा दिइएका दुई छुट्टाछुट्टै प्रकाशहरू (पहिलो पदहरू १ देखि २२ सम्म अनि दोश्रो पदहरू २३ देखि ३६ सम्म) समावेश छन् । यो सम्मेलनको अवसर थियो जसमा जोसेफ स्मिथलाई उच्च पादरित्वको अध्यक्षमा समर्थन र नियुक्त गरियो । केही निश्चित एल्डरहरू आफ्ना वर्तमान कार्यभारहरूका सम्बन्धमा अझै बढी जान्न इच्छुक थिए । यी प्रकाशहरू आए ।

१–५, सुसमाचारको प्रवचन दिने आस्थावान् एल्डरहरूले अनन्त जीवन प्राप्त गर्ने छन्; ६–१२, आश्वासी प्राप्त गर्न प्रार्थना गर, जसले सबै विषयहरू सिकाउँछ; १३–२२, एल्डरहरू तिनीहरूको फैसला गर्न बस्ने छन् जसले तिनीहरूका सन्देशलाई अस्वीकार गर्छन्; २३–३६, सुसमाचार प्रचारकहरूका परिवारहरूले चर्चद्वारा सहायता प्राप्त गर्नु पर्छ ।

साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्छु, म जो मेरो आत्माको आवाजद्वारा समेत बोल्छु, अल्फा र ओमेगा समेत, तिमीहरूका परमप्रभु र तिमीहरूका परमेश्वर—

सुन, हे तिमीहरू जसले मेरो सुसमाचारको घोषणा गर्न, अनि मेरो अङ्गुरको बगैँचालाई काँटछाँट गर्नका लागि अघि बढ्न आफ्ना नामहरू दिएका छौ ।

हेर, म तिमीहरूलाई भन्छु कि यो मेरो चाहना हो कि तिमीहरूले निरन्तरता दिनु पर्छ र ढिला गर्नु हुँदैन, न त निष्क्रिय नै बस्नु हुन्छ तर तिमीहरूका शक्तिका साथ परिश्रम गर्नु पर्छ—

तुरहीको आवाजजस्तै आफ्नो आवाज उच्च पार्दै, मैले तिमीहरूलाई दिएका प्रकाशहरू र आज्ञाहरूअनुसार सत्यताको प्रवचन गर्दै ।

अनि तसर्थ, यदि तिमीहरू आस्थावान् भएमा तिमीहरूलाई तिमीहरूका पीठमा धेरै बिटा बोकाइने छ, अनि सम्मान, अनि महिमा, अनि अमरत्व, अनि अनन्त जीवनका साथ मुकुट पहिर्‍याइने छ ।

त्यसकारण, साच्चैँ नै म तिमीलाई भन्छु मेरा सेवक विलियम ई. मक्लेलिन, पूर्वी देशहरूमा जाने मैले उनलाई दिएको कार्यभार म रद्द गर्छु;

अनि म उनलाई एउटा नयाँ कार्यभार र नयाँ आज्ञा दिन्छु, जसमा म, परमप्रभु, उनलाई उनका हृदयका गनगनका लागि हप्काउँछु;

अनि उनले पाप गरे; यद्यपि, म उनलाई क्षमा गर्छु र पुनः उनलाई भन्छु, तिमी दक्षिणी देशहरूमा जाऊ ।

अनि उनीसँग मेरा सेवक लुक जनसन जानु पर्छ, अनि मैले उनीहरूलाई आज्ञा गरेका विषयहरूको प्रवचन गर्नु पर्छ—

१० परमप्रभुको नाममा आश्वासीलाई बोलाउँदै, जसले तिनीहरूका लागि उचित हुने सबै विषयहरू तिनीहरूलाई सिकाउने छ—

११ सदैव प्रार्थना गर्दै ताकि तिनीहरू कमजोर नहोऊन्; अनि जति जति तिनीहरूले यसो गर्ने छन्, म तिनीहरूसँग अन्त्यसम्म हुने छु ।

१२ हेर, यो तिमीहरूका लागि परमप्रभु तिमीहरूका परमेश्वरको चाहना हो । तसर्थ यस्तै हुने छ । आमीन ।

१३ अनि पुनः साच्चैँ नै परमप्रभु यसो भन्नुहुन्छ, मेरा सेवक ओर्सन हाइड र मेरा सेवक स्यामुएल एच्. स्मिथले पूर्वी देशहरूमा आफ्नो यात्रा गर्नु पर्छ र मैले तिनीहरूलाई आज्ञा गरेको विषयहरूको घोषणा गर्नु पर्छ; अनि जतिसम्म तिनीहरू आस्थावान् रहन्छन्, अवलोकन गर, म तिनीहरूसँग अन्त्यसम्म समेत हुने छु ।

१४ अनि पुनः साच्चैँ नै म मेरा सेवक लाइमन जनसन, अनि मेरा सेवक ओर्सन प्राटलाई भन्छु, तिनीहरूले पनि पूर्वी देशहरूमा आफ्नो यात्रा गर्नु पर्छ; अनि हेर र अवलोकन गर, म तिनीहरूसँग पनि अन्त्यसम्म समेत हुन्छु ।

१५ अनि पुनः साच्चैँ नै म मेरा सेवक एसा डड्स, अनि मेरा सेवक काल्भ्स विल्सनलाई भन्छु, कि तिनीहरूले पनि पश्चिमी देशहरूमा आफ्नो यात्रा गर्नु पर्छ, अनि मैले तिनीहरूलाई आज्ञा गरेजस्तै मेरा सुसमाचारको घोषणा गर्नु पर्छ ।

१६ अनि जो आस्थावान् छ उसले सबै विषयहरूलाई परास्त गर्ने छ, अनि उसलाई अन्तिम दिनमा माथि उठाइने छ ।

१७ अनि पुनः म मेरा सेवक मेजर एन. एश्ली, अनि मेरा सेवक बर रिग्सलाई भन्छु, तिनीहरूले पनि आफ्ना यात्रा दक्षिणी देशमा गर्नु पर्छ ।

१८ हो, ती सबैजनाले मैले तिनीहरूलाई आज्ञा गरेजस्तै, आफ्नो यात्रा एक घरदेखि अर्को घरमा गएर अनि एक गाउँदेखि अर्को गाउँमा गएर अनि एक सहरदेखि अर्को सहरमा गएर गर्नु पर्छ ।

१९ अनि जुनसुकै घरमा तिमीहरू प्रवेश गर्‍छौ अनि तिनीहरूले तिमीहरूलाई स्वीकार गर्छन् भने, त्यस घरमा आफ्ना आशीर्वाद देऊ ।

२० अनि जुनसुकै घरमा तिमीहरू प्रवेश गर्‍छौ अनि तिनीहरूले तिमीहरूलाई स्वीकार गर्दैनन् भने, तिमीहरू त्यस घरबाट तत्कालै प्रस्थान गर्नु पर्छ, अनि तिनीहरू विरुद्ध गवाहीका लागि आफ्ना पैतालाको धुलो टक्टक्याउनु पर्छ ।

२१ अनि तिमीहरू प्रसन्नता र खुसीले भरिपूर्ण हुने छौ; अनि यो जान कि फैसलाको दिनमा तिमीहरू त्यस घरका न्यायकर्ताहरू हुने छौ अनि तिनीहरूलाई दोषी ठहर्‍याउने छौ;

२२ अनि फैसलाको दिनमा त्यस घरका लागि भन्दा विधर्मीका लागि धेरै सहन योग्य हुने छ; त्यसैले, आफ्ना कम्मर कस अनि आस्थावान् होऊ, अनि तिमीहरूले सबै विषयहरूलाई परास्त गर्ने छौ, अनि अन्तिम दिनमा उचालिने छौ । तसर्थ यस्तै हुने छ । आमीन ।

२३ अनि पुनः परमप्रभु तिमीहरूलाई यसो भन्नुहुन्छ, हे तिमी मेरा चर्चका एल्डरहरू जसले आफ्ना नामहरू दिएका छौ ताकि तिमीहरूका सम्बन्धमा उहाँको चाहना तिमीहरूले बुझ्न सक्छौ—

२४ हेर, म तिमीहरूलाई भन्छु कि तिनीहरूका परिवारहरूको सहायता गर्नु यस चर्चको कर्तव्य हो र तिनीहरूका परिवारहरूको पनि सहायता गर्नु जसलाई बोलावट गरिएको छ र संसारमा सुसमाचारको घोषणा गर्न संसारमा पठाइनु आवश्यक छ ।

२५ यसकारण, म, परमप्रभु तिमीहरूलाई यो आज्ञा दिन्छु कि जतिसम्म तिम्रा बन्धुहरू आफ्ना हृदयहरू खोल्न इच्छुक छन् तिमीहरूले आफ्ना परिवारहरूका लागि स्थान प्राप्त गर ।

२६ अनि सबै जसले आफ्ना परिवारहरूका लागि बस्ने स्थान प्राप्त गर्न सक्छन्, अनि तिनीहरूका लागि चर्चबाट सहायता लिन सक्छन्, चाहे त्यो पूर्व या पश्चिममा होस् अथवा उत्तर या दक्षिणमा, संसारमा जान असफल हुनु हुँदैन ।

२७ तिनीहरूले माँग्नु पर्छ अनि तिनीहरूले प्राप्त गर्ने छन्, ढक्ढक्याउनु पर्छ अनि त्यो तिनीहरूका निम्ति उघारिने छ, अनि तिनीहरू कहाँ जानु पर्छ भनेर माथिबाट आश्वासीद्वारा समेत जानकारी दिइने छ ।

२८ अनि पुनः साच्चैँ नै म तिमीहरूलाई भन्छु, कि हरेक मानिस जो उसको आफ्ना परिवारका लागि जुटाउन बाध्य छ, उसले जुटाउनु पर्छ अनि उसले कुनै स्थितिमा पनि आफ्नो मुकुट गुमाउने छैन; अनि उसले चर्चमा परिश्रम गर्नु पर्छ ।

२९ हरेक मानिस सबै विषयहरूमा लगनशील हुनु पर्छ । अनि अल्छीले चर्चमा स्थान प्राप्त गर्ने छैन, केवल उसले पश्चात्ताप गरेमा र आफ्ना मार्गहरूलाई सुधारेमा मात्रै ।

३० यसकारण, मेरा सेवक सिमियन कार्टर र मेरा सेवक इमर ह्यारिस परोपकारी कार्यमा एक हुनु पर्छ;

३१ अनि मेरा सेवक एज्रा थायर र मेरा सेवक थोमस बी. मार्स पनि;

३२ मेरा सेवक हाइरम स्मिथ र मेरा सेवक रेनोल्ड्स काहून पनि;

३३ अनि मेरा सेवक डेनिएल स्ट्यानटन र मेरा सेवक सेमोर ब्रन्सन पनि;

३४ अनि मेरा सेवक सिल्भेस्टर स्मिथ र मेरा सेवक गिडियोन कार्टर पनि;

३५ अनि मेरा सेवक रगल्स इम्स र मेरा सेवक स्टीफन बर्नेट पनि;

३६ अनि मेरा सेवक माइका बी. वेल्टन र मेरा सेवक इडन स्मिथ पनि; तसर्थ यस्तै हुने छ । आमीन ।