धर्मशास्त्रहरू
सिद्धान्त र करार ७९


खण्ड ७९

अगमवक्ता जोसेफ स्मिथद्वारा, हाइरम, ओहायोमा, मार्च १२, १८३२ मा दिइएको प्रकाश ।

१–४, जेरेड कार्टरलाई आश्वासीद्वारा सुसमाचार प्रवचन गर्न बोलावट गरिन्छ ।

साच्चैँ नै म तिमीलाई भन्छु, कि यो मेरो चाहना हो कि मेरा सेवक जेरेड कार्टर पुनः पूर्वी देशहरूमा जानु पर्छ, एक ठाउँबाट अर्को ठाउँमा अनि एक सहरबाट अर्को सहरमा, नियुक्तिको शक्तिका साथ जसद्वारा उनलाई नियुक्त गरिएको छ, महान् आनन्दका खुशीका सन्देशहरू घोषणा गर्दै, अर्थात् अनन्त सुसमाचार ।

अनि म उनलाई आश्वासी पठाउने छु जसले उनलाई सत्यता सिकाउने छ र उनी कहाँबाट जानु पर्छ भनेर मार्ग देखाउने छ;

अनि जति जति उनी आस्थावान् हुन्छन्, म उनलाई पुनः बिटाले मुकुट पहिर्‍याउने छु ।

यसकारण, तिम्रो हृदयलाई खुसी हुन देऊ, मेरा सेवक जेरेड कार्टर, अनि नडराऊ, परमप्रभु भन्नुहुन्छ, अर्थात् येशू ख्रीष्ट । आमीन ।