धर्मशास्त्रहरू
सिद्धान्त र करार ४४


खण्ड ४४

फेब्रुवरी १८३१ को उत्तरार्धमा कर्टल्याण्ड, ओहायोमा अगमवक्ता जोसेफ स्मिथ र सिड्नी रिग्डनलाई दिइएको प्रकाश । यहाँ उल्लेख गरिएका आवश्यकताको पालना गर्नका लागि, आगामी जुन महिनाको सुरु लगत्तै चर्चले सम्मेलनको आयोजना गर्ने तयारी गर्‍यो ।

१–३, एल्डरहरू सम्मेलनमा एकत्रित हुनु पर्दछ; ४–६, भूमिको नियमअनुसार तिनीहरू सङ्गठित हुनु पर्छ र गरिबहरूको हेरचाह गर्नु पर्छ ।

हेर, परमप्रभुले तिमीहरू मेरा सेवकहरूलाई यसो भन्नुहुन्छ, मेरो चर्चका एल्डरहरूलाई पूर्वबाट र पश्चिमबाट र उत्तरबाट र दक्षिणबाट, पत्र वा अन्य कुनै तरिकाले एकसाथ बोलावट गरिनु पर्छ भनेर ममा उचित छ ।

अनि यस्तो हुन जाने छ, कि जति जति तिनीहरू आस्थावान् हुन्छन् र ममा आस्थाको अभ्यास गर्छन्, जुन दिन तिनीहरू एकसाथ एकत्रित हुन्छन् म तिनीहरूमाथि मेरो आत्मा खन्याउने छु ।

अनि यस्तो हुन जाने छ कि तिनीहरू वरपरका क्षेत्रहरूमा जानु पर्छ र मानिसहरूसामु पश्चात्तापको प्रवचन दिनु पर्छ ।

अनि धेरैजना परिवर्तन हुने छन्, यतिसम्म कि तिमीहरूले आफूलाई मानवजातिका नियमअनुसार सङ्गठित गर्ने शक्ति प्राप्त गर्ने छौ;

ताकि तिमीहरूका शत्रुहरूले तिमीहरूमाथि शक्ति प्राप्त गर्न सक्दैनन्; ताकि तिमीहरू सबै विषयहरूमा सुरक्षित हुन सक्छौ; ताकि मेरा नियमहरू पालना गर्नका लागि तिमीहरू सक्षम हुन सक्छौ; ताकि शत्रुले मेरा मानिसहरूलाई नष्ट गर्न खोजेका हरेक बन्धन टुट्न सक्छन् ।

हेर, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूले गरिब र आवश्यकतामा परेकाहरूलाई भेट्नु पर्छ र तिनीहरूलाई राहत प्रदान गर्नु पर्छ, ताकि तिमीहरूले प्राप्त गरेका मेरो नियमअनुसार सबै विषयहरू पूरा नहुँदासम्म तिनीहरूलाई सुरक्षित राखिने छ । आमीन ।