धर्मशास्त्रहरू
सिद्धान्त र करार ८४


खण्ड ८४

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा, सेप्टेम्बर २२ र २३, १८३२ मा दिइएको प्रकाश । सेप्टेम्बर महिनाको अवधिमा, एल्डरहरू पूर्वी राज्यहरूमा आफ्नो सुसमाचार प्रचारबाट फर्कन सुरू गरेका थिए र उनीहरूको श्रमको प्रतिवेदन बनाउन सुरू गरेका थिए । यो प्रसन्नताको समयमा तिनीहरूसँगै हुँदा निम्न सञ्चार प्राप्त गरिएको थियो । अगमवक्ताले यसलाई पादरित्वमा प्रकाश सङ्केत गरे ।

१–५, नयाँ यरूशलेम र मन्दिर मिजोरीमा बनाइने छ; ६–१७, मोशादेखि आदमसम्म पादरित्वको वंशान्तरण गरिएको छ; १८–२५, ठूलो पादरित्वले परमेश्वरको ज्ञानकाको साँचो धारण गर्छन्; २६–३२, सानो पादरित्वले स्वर्गदूतहरूको सेवा र तयारीको सुसमाचारको साँचो धारण गर्छन्; ३३–४४, मानिसहरूले पादरित्वको शपथ र करारद्वारा अनन्त जीवन प्राप्त गर्छन्; ४५–५३, ख्रीष्टको आत्माले मानिसहरूलाई ज्ञान दिन्छ र संसार पापमा छ; ५४–६१, सन्तहरूले आफूले पाएका विषयहरूको गवाही दिनु पर्छ; ६२–७६, तिनीहरूले सुसमाचार प्रचार गर्नु पर्छ र सङ्केतहरू अनुशरण गर्नु पर्छ; ७७–९१, एल्डरहरू पैसाको थैली वा झोलाबिना बाहिर जान्छन् र परमप्रभुले तिनीहरूका आवश्यकताहरू पूरा गर्नुहुने छ; ९२–९७, सुसमाचार अस्वीकार गर्नेहरूलाई विपत्ति र सरापहरूले प्रतीक्षा गरिरहेका छन्; ९८–१०२, सियोनको उद्धारको नयाँ गीत दिइएको छ; १०३–११०, हरेक मानिस आफ्नै विभागमा खडा होस् र आफ्नै बोलावटमा परिश्रम गरोस्; १११–१२०, परमप्रभुका सेवकहरूले अन्तिम दिनका कुकर्म र उजाडताको घोषणा गर्नु पर्छ ।

उहाँका सेवक जोसेफ स्मिथ जुनियर र छ जना एल्डरहरूलाई येशू ख्रीष्टको प्रकाश, जब तिनीहरूले आफ्नो हृदयलाई एकताबद्ध गरे र आफ्ना आवाजहरूलाई उच्चमा उठाए ।

हो, उहाँको चर्चका सम्बन्धमा परमप्रभुका वचन, उहाँका जनहरूको पुनर्स्थापनाका लागि अन्तिम दिनहरूमा स्थापित भयो, जसरी उहाँले आफ्ना अगमवक्ताहरूको मुखबाट बोल्नुभएको छ र उहाँका सन्तहरूलाई सियोन पर्वतमा खडा हुनका लागि एकत्रित गर्नका लागि, जुन नयाँ यरूशलेमको सहर हुने छ ।

जुन सहर निर्माण हुने छ, मन्दिर परिसरमा प्रारम्भ हुँदै, जुन परमप्रभुका औँलाले नियुक्त गरिएको छ, मिजोरी राज्यको पश्चिमी सीमानामा र जोसेफ स्मिथ जुनियर र अरूहरूको हातले समर्पण गरिएको छ जससँग परमप्रभु प्रसन्न हुनुहुन्थ्यो ।

साच्चैँ नै यो परमप्रभुको वचन हो, ताकि नयाँ यरूशलेम सहर सन्तहरूको भेलाद्वारा निर्माण गरिने छ, यस स्थानबाट प्रारम्भ हुँदै, मन्दिरको स्थानबाट समेत, जुन मन्दिर यस समयावधिमा निर्माण गरिने छ ।

किनकि साच्चैँ नै यो समयावधि सबै बितेर जाने छैन जबसम्म परमप्रभुका लागि एउटा गृह निर्माण गरिने छैन र त्यसमाथि बादलले विश्राम गर्ने छ, जुन बादल परमप्रभुको महिमा समेत हुने छ, जसले गृहलाई भर्ने छ ।

अनि मोशाका छोराहरू, पवित्र पादरित्वअनुसार जुन तिनीहरूले आफ्ना ससुरा, यित्रोका हातबाट ग्रहण गरे;

अनि यित्रोले त्यसलाई कालेबका हातबाट ग्रहण गरे;

अनि कालेबले त्यसलाई एलीहूका हातबाट ग्रहण गरे;

अनि एलीहूले जेरेमीका हातबाट;

१० अनि जेरेमीले गादका हातबाट;

११ अनि गादले यशैयाका हातबाट;

१२ अनि यशैयाले यसलाई परमेश्वरका हातबाट प्राप्त गरे ।

१३ यशैया पनि अब्राहामको समयमा जिए र उनबाट आशीर्वाद ग्रहण गरे—

१४ जुन अब्राहामले मल्कीसेदेकबाट पादरित्व ग्रहण गरेका थिए, जसले नोआसम्मका आफ्ना पिताहरूको वंशबाट ग्रहण गरे;

१५ अनि नोआदेखि हनोकसम्म, तिनीहरूका पिताहरूको वंशबाट;

१६ अनि हनोकदेखि हाबिलसम्म, जो आफ्नो भाइको षड्यन्त्रबाट मारिएका थिए, जसले परमेश्वरका आज्ञाहरूद्वारा आफ्ना पिता आदमको हातबाट पादरित्व ग्रहण गरेका थिए, जो प्रथम मानिस थिए—

१७ जुन पादरित्व सबै पुस्तामा परमेश्वरको चर्चमा जारी रहन्छ र दिनहरूका आदि वा वर्षहरूको अन्त्यबिना हुन्छ ।

१८ अनि परमप्रभुले हारून र तिनका सन्ततिमाथि पनि पादरित्व प्रमाणित गर्नुभयो, तिनीहरूका सबै सन्ततिहरूमा, जुन पादरित्व निरन्तर रूपमा जारी रहन्छ र सदाका लागि साथमा रहन्छ जुन पादरित्व परमेश्वरको सबैभन्दा पवित्र रीतमा छ ।

१९ अनि यो ठूलो पादरित्वले सुसमाचारको प्रशासन गर्छ र अधिराज्यका रहस्यहरूका साँचा, परमेश्वरका ज्ञानका साँचा समेत धारण गर्छ ।

२० त्यसकारण, यसका विधिहरूमा, ईश्वरीयपनको शक्ति प्रकट हुन्छ ।

२१ अनि त्यसका विधिहरू र पादरित्वका अधिकारबिना, ईश्वरीयपनको शक्ति मानिसहरूसामु शरीरमा प्रकट हुँदैन;

२२ किनकि यो बिना कुनै पनि मानिसले परमेश्वरको, पिताको समेत मुहार हेर्न सक्दैन र जीवित रहन सक्दैन ।

२३ अब यो मोशाले उजाड स्थानमा इस्राएलका सन्ततिहरूलाई स्पष्ट रूपमा सिकाए र आफ्ना मानिसहरूलाई पवित्र बनाउन लगनशीलताका साथ खोजे ताकि तिनीहरू परमेश्वरको मुहार हेर्न सक्षम बन्न सक्छन्;

२४ परन्तु तिनीहरूले आफ्नो हृदय कठोर बनाए र उहाँको उपस्थिति सहन सकेनन्; त्यसकारण, परमप्रभु आफ्नो रिसमा, किनकि उहाँ तिनीहरूका विरुद्धमा क्रोधित हुनुभयो, उजाड स्थानमा हुँदा उहाँको विश्राममा तिनीहरूले प्रवेश गर्नु हुँदैन भनेर प्रतिज्ञा गर्नुभयो, जुन विश्राम उहाँको महिमाको परिपूर्णता हो ।

२५ त्यसकारण, उहाँले मोशालाई र पवित्र पादरित्वलाई पनि तिनीहरूका बीचबाट बाहिर निकाल्नुभयो;

२६ अनि सानो पादरित्व निरन्तर रह्यो, जुन पादरित्वले स्वर्गदूतहरूको सेवा र तयारीको सुसमाचारको साँचो धारण गर्छ;

२७ जुन सुसमाचार पश्चात्ताप र बप्तिस्माको सुसमाचार हो र पापहरूबाट छुट्कारा र भौतिक आज्ञाहरूको नियम हो, जुन परमप्रभुले आफ्नो क्रोधमा इस्राएलका सन्ततिहरूका बीचमा हारुनको घरानामा यूहन्नासम्म निरन्तरता दिनुभयो जसलाई परमेश्वरले उनकी आमाको गर्भबाट पवित्र आत्माले भरिपूर्ण पारेर उठाउनु भयो ।

२८ किनकि बाल्यकालमा नै उनको बप्तिस्मा भएको थियो र यहूदीहरूको राज्यलाई विनाश गर्न र उहाँका जनहरूको अनुहारसामु परमप्रभुको मार्गलाई सीधा बनाउन, यस शक्तिका लागि उनी आठ दिनको उमेरको हुँदा परमेश्वरका दूतद्वारा नियुक्त गरिएको थियो र उहाँका मानिसहरू, तिनीहरूलाई परमप्रभुको आगमनका लागि तयार पार्न, जसको हातमा सबै शक्ति दिइएको छ ।

२९ अनि पुनः, एल्डर र बिशपका विभागहरू उच्च पादरित्व सम्बन्धित आवश्यक परिशिष्टहरू हुन् ।

३० अनि पुनः, शिक्षक र डिकनका विभागहरू सानो पादरित्व सम्बन्धित आवश्यक परिशिष्टहरू हुन्, जुन पादरित्व हारुन र तिनका छोराहरूमा प्रमाणित गरिएको थियो ।

३१ त्यसकारण, मैले मोशाका सन्ततिहरूका सम्बन्धमा भने जस्तै—किनकि मोशाका छोराहरू र हारुनका छोराहरूले पनि परमप्रभुको गृहमा ग्रहणयोग्य भेटी र बलिदानहरू चढाउने छन्, जुन गृह यस युगमा परमप्रभुका लागि, मैले नियुक्त गरेअनुसारको पवित्र स्थानमा निर्माण गरिने छ—

३२ अनि मोशा र हारुनका छोराहरू परमप्रभुको महिमाले भरिने छन्, परमप्रभुको गृहमा सियोन पर्वतमा, जसका छोराहरू तिमीहरू हौ; र धेरै जसलाई मैले बोलावट गरेको छु र मेरो चर्चको निर्माण गर्न पठाएको छु ।

३३ किनकि मैले बोलेका यी दुई पादरित्वहरू प्राप्त गर्न जो आस्थावान् हुन्छ र तिनीहरूको बोलावटलाई सम्मान गर्छ, तिनीहरूको शरीरको नवीकरणका लागि आत्माद्वारा पवित्र पारिन्छन् ।

३४ तिनीहरू मोशा र हारुनका छोराहरू र अब्राहामका सन्तति र चर्च र अधिराज्य र परमेश्वरका चुनिएकाहरू बन्छन् ।

३५ अनि यो पादरित्व प्राप्त गर्ने ती सबैले पनि मलाई ग्रहण गर्छन्, परमप्रभु भन्नुहुन्छ;

३६ किनकि जसले मेरा सेवकहरूलाई ग्रहण गर्छ उसले मलाई ग्रहण गर्छ;

३७ अनि जसले मलाई ग्रहण गर्छ उसले मेरा पितालाई ग्रहण गर्छ;

३८ अनि जसले मेरा पितालाई ग्रहण गर्छ उसले मेरा पिताको अधिराज्य ग्रहण गर्छ; त्यसकारण मेरा पितासँग भएका सबै उसलाई दिइने छ ।

३९ अनि यो शपथ र करारअनुसार हो जुन पादरित्वसँग सम्बन्धित छ ।

४० त्यसकारण, पादरित्व प्राप्त गर्ने ती सबैले मेरा पिताको यो शपथ र करार ग्रहण गर्छन्, जुन उसले तोड्न सक्दैन, न त यसलाई परिवर्तन गर्न नै सक्छ ।

४१ परन्तु जसले यो करारलाई ग्रहण गरेपछि तोड्छ र पूर्ण रूपमा त्यसबाट विमुख हुन्छ, उसलाई यस संसारमा न त आउने संसारमा न त पापहरूको क्षमापन मिल्ने छ ।

४२ अनि धिक्कार छ ती सबैलाई जो यस पादरित्वमा आउँदैनन् जुन तिमीहरूले प्राप्त गरेका छौ, जुन म अहिले तिमीहरूलाई प्रमाणित गर्छु जो आज उपस्थित छन्, स्वर्गबाट मेरा आफ्नै वाणीद्वारा; र मैले स्वर्गका सेनाहरू र मेरा स्वर्गदूतहरूलाई समेत तिमीहरूका सम्बन्धमा उत्तरदायित्व दिएको छु ।

४३ अनि अब म तिमीहरूलाई आफूस्वयंका सम्बन्धमा होसियार हुन, अनन्त जीवनका वचनहरूमा लगनशीलतापूर्वक कान थाप्नका लागि आज्ञा दिन्छु ।

४४ किनकि परमेश्वरको मुखबाट निस्कने हरेक वचनद्वारा तिमीहरू जिउने छौ ।

४५ किनकि परमप्रभुको वचन सत्य छ र जे सत्य छ त्यो ज्योति हो र जे ज्योति हो त्यो आत्मा हो, येशू ख्रीष्टको आत्मा समेत ।

४६ अनि आत्माले संसारमा आउने हरेक मानिसलाई ज्योति दिन्छ; र आत्माले संसारमा हरेक मानिसलाई ज्ञान प्रदान गर्छ, जसले आत्माको आवाज सुन्छ ।

४७ अनि हरेक जसले आत्माको आवाज सुन्छ, परमेश्वरकहाँ आउँछ, पितामा समेत ।

४८ अनि पिताले उसलाई करारका सम्बन्धमा सिकाउनुहुन्छ जुन उहाँले तिमीहरूसँग नवीकरण र प्रमाणित गर्नुभएको छ, जुन तिमीहरूका लागि र तिमीहरूका लागि मात्र होइन तर सम्पूर्ण संसारका लागि प्रमाणित गरिएको छ ।

४९ अनि सारा संसार पापमा परेको छ र अन्धकारमा र पापको बन्धनमुनि कराउँछ ।

५० अनि यसद्वारा तिमीहरूले जानकारी प्राप्त गर्ने छौ कि तिनीहरू पापको बन्धनमा छन्, किनभने तिनीहरू मकहाँ आउँदैनन् ।

५१ किनकि जो मकहाँ आउँदैन त्यो पापको बन्धनमा छ ।

५२ अनि जसले मेरा वाणीलाई स्वीकार गर्दैन, त्यो मेरो वाणीसँग परिचित छैन र ऊ मेरो होइन ।

५३ अनि यसद्वारा तिमीहरूले पतीतबाट धर्मीहरूलाई छुट्याउन सक्छौ र सारा संसार अहिले पनि पाप र अन्धकारमा कराउँछ ।

५४ अनि विगतमा तिमीहरूका मस्तिष्कहरू अविश्वासका कारणले अन्धकार भएका छन् अनि किनभने आफूहरूले प्राप्त गरेका विषयहरूलाई तिमीहरूले हलुका रूपमा लिएका छौ—

५५ जुन आडम्बर र अविश्वासले सम्पूर्ण चर्चलाई तिरस्कारमा ल्याएको छ ।

५६ अनि यो तिरस्कार सियोनका सन्ततिहरू, यहाँसम्म कि सबैमा रहिरहन्छ ।

५७ अनि तिनीहरूले पश्चात्ताप नगर्दासम्म र नयाँ करार, मोर्मोनको पुस्तक र मैले तिनीहरूलाई दिएका यसपूर्वका आज्ञाहरू स्मरण नगर्दासम्म तिनीहरू यस तिरस्कारको अधीनमा रहिरहने छन्, भन्नका लागि मात्रै होइन, तर त्यसअनुसार गर्न जुन मैले लेखेको छु—

५८ ताकि तिनीहरूले आफ्ना पिताको अधिराज्यका लागि फल फलाउन सक्छन्; अन्यथा सियोनका सन्ततिहरूमाथि खन्याइने प्रकोप र न्याय त्यहाँ बाँकी रहने छ ।

५९ किनकि अधिराज्यका सन्ततिहरूले मेरो पवित्र भूमिलाई अपवित्र बनाउने छन्? साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्छु, होइन ।

६० साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्छु जसले अब मेरा वचनहरू सुन्छन्, जुन मेरा वाणी हुन्, जति जति तिमीहरूले यी विषयहरू ग्रहण गर्छौ; तिमीहरू आशीषित हुन्छौ;

६१ किनकि म तिमीहरूलाई यस आज्ञाद्वारा तिमीहरूका पापहरू क्षमा दिने छु—ताकि तिमीहरू गम्भिरता र प्रार्थनाको आत्मामा तिमीहरूका मस्तिष्कहरूमा तिमीहरूलाई बताइएका ती विषयहरूको सारा संसारलाई गवाही दिनका लागि अडिग रहन सक्षम होऊ ।

६२ त्यसकारण, तिमीहरू सारा संसारमा जाओ; र जुन स्थानमा तिमीहरू जान सक्दैनौ त्यहाँ तिमीहरूले पठाउने छौ, ताकि गवाही तिमीहरूबाट सारा संसारमा हरेक प्राणीमा जान सक्छ ।

६३ अनि जसरी मैले मेरा प्रेरितहरूलाई भनेँ, त्यसरी नै म तिमीहरूलाई भन्छु, किनकि तिमीहरू मेरा प्रेरितहरू हौ, परमेश्वरका प्रधान पादरीहरूसमेत; मेरा पिताले मलाई दिनुभएका मानिसहरू तिमीहरू नै हौ; तिमीहरू मेरा मित्रहरू हौ;

६४ त्यसकारण, जसरी मैले मेरा प्रेरितहरूलाई भनेँ, म तिमीहरूलाई पुनः भन्छु, ताकि हरेक आत्मा जसले तिम्रा वचनहरूमा विश्वास गर्छ र पापहरूबाट छुट्काराका लागि पानीद्वारा बप्तिस्मा लिन्छ, उसले पवित्र आत्मा प्राप्त गर्ने छ ।

६५ अनि यी सङ्केतहरूले विश्वास गर्नेहरूलाई अनुशरण गर्ने छन्—

६६ मेरा नाममा तिनीहरूले धेरै आश्चर्य कर्महरू गर्ने छन्;

६७ मेरा नाममा तिनीहरूले दानवहरू निकाला गर्ने छन्;

६८ मेरा नाममा तिनीहरूले बिरामीहरूलाई चङ्गाइ दिने छन्;

६९ मेरा नाममा तिनीहरूले अन्धाहरूका आँखा खोलिदिने छन् र बहिराहरूका कानहरू खोलिदिने छन्;

७० अनि लाटाले बोल्ने छ;

७१ अनि यदि कसैले तिनीहरूलाई विष खुवायो भने यसले तिनीहरूलाई हानी गर्ने छैन;

७२ अनि सर्पको विषमा तिनीहरूलाई हानी गर्ने शक्ति हुने छैन ।

७३ परन्तु म तिनीहरूलाई एउटा आज्ञा दिन्छु, ताकि तिनीहरूले यी विषयहरूमा घमण्ड गर्ने छैनन्, न त तिनीहरूलाई संसारसामु बोल्ने छन्; किनकि यी विषयहरू तिमीहरूको लाभ र मुक्तिका लागि तिमीहरूलाई दिइएको छ ।

७४ साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्छु तिनीहरू जसले तिमीहरूका वचनहरूमा विश्वास गर्दैनन् र मेरा नाममा पानीमा बप्तिस्मा गर्दैनन्, तिनीहरूका पापहरूबाट छुटकाराका लागि, ताकि तिनीहरूले पवित्र आत्मा प्राप्त गर्न सक्छन्, तिनीहरू दोषी ठहरिने छन् र मेरा पिताको अधिराज्यमा आउने छैनन् जहाँ मेरा पिता र म छौँ ।

७५ अनि यो प्रकाश र आज्ञा तिमीहरूलाई, सारा संसारमा यसै समय देखि लागू हुन्छ र सुसमाचार सबैका लागि हो जसले यसलाई प्राप्त गरेका छैनन् ।

७६ परन्तु, साच्चैँ नै म ती सबैलाई भन्छु जसलाई अधिराज्य दिइएको छ—तिमीहरूबाट तिनीहरूलाई यो प्रवचन गरिनु पर्छ, ताकि तिनीहरूले विगतका आफ्ना दुष्ट कार्यहरूको पश्चात्ताप गर्ने छन्; किनकि तिनीहरूको अविश्वासको दुष्ट हृदयका लागि र सियोनका तिम्रा बन्धुहरूले मैले तिमीहरूलाई पठाएको समयमा तिमीहरूका विरुद्धमा तिनीहरूको विद्रोहका लागि तिनीहरूलाई हप्काइनु पर्छ ।

७७ अनि पुनः म तिमीहरूलाई भन्छु, मेरा मित्रहरू, किनकि अबदेखि म तिमीहरूलाई मित्रहरू भनेर बोलाउने छु, यो उचित छ कि म तिमीहरूलाई यो आज्ञा दिन्छु ताकि तिमीहरू मेरा मित्रहरू जस्तै बन्ने छौ जब म मेरो शक्तिका साथ सुसमाचारको प्रवचन दिन तिनीहरूसँग यात्रा गर्दै;

७८ किनकि मैले तिनीहरूलाई पैसाको थैली वा झोला, न त दुईवटा कोटहरू लैजानका लागि अनुमति दिइनँ ।

७९ हेर, म तिमीहरूलाई संसारलाई प्रमाणित गर्न पठाउँछु र मजदुर आफ्नो ज्यालाको योग्य छ ।

८० अनि कुनै पनि मानिस जो गएर अधिराज्यको यो सुसमाचारको प्रवचन दिने छ र सबै विषयमा आस्थावान् रहन असफल हुँदैन, मस्तिष्कमा थकित हुने छैन, न त अँध्यारो हुने छ, न त शरीरमा, हातखुट्टामा, न जोर्नीमा; अनि उसको टाउकोको एक कपाल पनि भुइँमा थाहा नपाई झर्ने छैन । अनि तिनीहरू भोकाउने छैनन्, न तिर्खाउने नै छन् ।

८१ त्यसकारण, भोलिका लागि, के खाने छौ वा के पिउने छौ, वा के वस्त्र लगाउने छौ भन्ने सन्दर्भमा कुनै चिन्ता नगर ।

८२ किनकि, मैदानका लिली फूललाई अवलोकन गर, ती कसरी बढ्‌छन्, तिनले न परिश्रम गर्छन्, न धागो कात्छन्; र संसारका अधिराज्यहरू, तिनीहरूका सबै महिमामा, यीमध्ये कुनै एक जस्तै व्यवस्थित छैनन् ।

८३ किनकि स्वर्गमा हुनुहुने तिमीहरूका पितालाई यी सबै विषयको आवश्यकता छ भन्ने जानकारी छ ।

८४ त्यसकारण, भोलिका लागि चिन्ता नगर किनकि भोलिको दिनले आफ्नो चिन्ता आफैँ गर्ने छ ।

८५ न त तिमीहरूले के भन्ने छौ भनेर पहिले विचार गर; तर जीवनका वचनहरू आफ्ना मस्तिष्कहरूमा निरन्तर रूपमा भण्डार गर र प्रत्येक मानिसका लागि त्यो अंश त्यही समय तिमीहरूलाई प्रदान गरिने छ ।

८६ त्यसकारण, तिमीहरूका बीचमा कोही पनि मानिसले यस समयबाट पैसाको थैली वा झोला लिनु पर्दैन, जो अधिराज्यको यो सुसमाचार घोषणा गर्न जान्छ, किनकि यो आज्ञा सबै आस्थावानहरूका लागि हो जसलाई चर्चमा सेवामा बोलावट गरिन्छ ।

८७ हेर, संसारलाई तिनीहरूका सबै अधार्मिक कार्यहरूको निन्दा गर्न र आउन लागेको न्यायका विषयमा सिकाउन म तिमीहरूलाई पठाउँछु ।

८८ अनि जसले तिमीहरूलाई ग्रहण गर्छ, म पनि त्यहाँ हुने छु, किनकि म तिमीहरूको मुहार अगाडि जाने छु । म तिमीहरूको दाहिने हाततर्फ र देब्रे हाततर्फ हुने छु र मेरो आत्मा तिमीहरूको हृदयमा हुने छ र मेरा स्वर्गदूतहरू तिमीहरूलाई समर्थन गर्न तिमीहरूको वरिपरि हुने छ ।

८९ जसले तिमीहरूलाई ग्रहण गर्छ उसले मलाई ग्रहण गर्छ; अनि त्यसले तिमीहरूलाई खुवाउने, तिमीहरूलाई वस्त्र दिने र तिमीहरूलाई पैसा दिने छ ।

९० अनि जसले तिमीहरूलाई खुवाउँछ वा वस्त्र दिन्छ वा पैसा दिन्छ, उसले आफ्नो पुरस्कार कदापि गुमाउने छैन ।

९१ अनि जसले यी विषयहरू गर्दैन, त्यो मेरो शिष्य होइन; यसबाट तिमीहरूले मेरा शिष्यहरूलाई चिन्न सक्छौ ।

९२ त्यो जसले तिमीहरूलाई ग्रहण गर्दैन, उसबाट तिमीहरू स्वयम् एक्लै टाढा जाऊ र तातो होस् वा चिसो मौसममा पानीले समेत, शुद्ध पानीले आफ्ना पाउहरू सफा गर र स्वर्गमा हुनुहुने तिमीहरूका पितालाई यसको गवाही देऊ र त्यो मानिससामु पुनः नफर्क ।

९३ अनि जुन गाउँ वा सहरमा तिमीहरू पस्छौ, यसै गर ।

९४ तैपनि, लगनशीलतापूर्वक खोज र नछुटाऊ; र धिक्कार छ त्यो घरलाई वा त्यो गाउँ वा सहरलाई जसले तिमीहरूलाई वा तिमीहरूका वचनहरू वा मेरा सम्बन्धमा तिमीहरूका गवाही अस्वीकार गर्छ ।

९५ धिक्कार छ, म पुनः भन्छु, त्यो घर वा त्यो गाउँ वा शहरलाई जसले तिमीहरूलाई वा तिमीहरूका वचनहरू वा मेरा सम्बन्धमा तिमीहरूका गवाही अस्वीकार गर्छ;

९६ किनकि म, सर्वशक्तिमानले, तिनीहरूका क्षुद्रताका लागि कोर्रा लगाउन मेरा हात राष्ट्रहरूमा राखेको छु ।

९७ अनि विपत्तिहरू हटाइने छन् र मैले मेरो कार्य पूरा नहुँदासम्म ती पृथ्वीबाट हटाइने छैनन्, जुन धार्मिकतामा छिट्टै समाप्त हुने छन्—

९८ जबसम्म सबैले मलाई चिन्ने छैनन्, जो बाँकी रहेका छन्, सानादेखि महान् सम्म र परमप्रभुको ज्ञानले भरिने छन् र आफ्नै आँखाले देख्ने छन् र आफ्नो आवाज उच्च पार्ने छन् र आवाजसँग यो नयाँ गीत, गाउने छन्, यसो भन्दै:

९९ परमप्रभुले सियोनलाई पुनः ल्याउनुभएको छ;परमप्रभुले आफ्ना जन इस्राएललाई उद्धार गर्नुभएको छ ।अनुग्रहको चुनावअनुसार,जुन आस्थाद्वारा ल्याइएको थियोअनि तिनीहरूका पिताहरूका करार ।

१०० परमप्रभुले आफ्ना मानिसहरूलाई उद्धार गर्नुभएको छ;अनि शैतान बाँधिएको छ र समय अब रहने छैन ।परमप्रभुले सबै विषयहरूलाई एकत्रित गर्नुभएको छ ।परमप्रभुले सियोनलाई माथिबाट तल ल्याउनुभएको छ ।परमप्रभुले सियोनलाई तलबाट उठाउनुभएको छ ।

१०१ पृथ्वीले कष्ट भोगेको छ र आफ्नो शक्ति बाहिर ल्याएको छ;अनि उनको आन्द्राभुँडीमा सत्य स्थापित छ;अनि स्वर्गहरू उनीसामु मुस्कुराएकका छन्;अनि तिनलाई तिनका परमेश्वरको महिमाले पहिर्‍याइयो;किनकि उहाँ आफ्ना मानिसहरूका बीचमा खडा हुनुहुन्छ ।

१०२ महिमा र सम्मान र शक्ति र सामर्थ्य,हाम्रा परमेश्वरलाई श्रेय देऊ; किनकि उहाँ दयाले भरिपूर्ण हुनुहुन्छ,न्याय, अनुग्रह र सत्य र शान्ति,सदासर्वदाका लागि, आमीन ।

१०३ अनि पुनः, साच्चैँ नै, साच्चैँ नै म तिमीहरूलाई भन्छु, यो उचित छ कि प्रत्येक मानिस जो मेरो अनन्त सुसमाचार घोषणा गर्न अगाडि बढ्छ, ताकि जति जति तिनीहरूका परिवारहरू छन् र उपहारका रूपमा पैसा प्राप्त गरेका छन्, उनीहरूले यसलाई तिनीहरूलाई पठाउनु पर्छ वा तिनीहरूको लाभका लागि प्रयोग गर्नु पर्छ, जसरी परमप्रभुले तिनीहरूलाई निर्देशन दिनुहुने छ, किनकि यो मलाई राम्रो लाग्छ ।

१०४ अनि ती सबै जसका परिवारहरू छैनन् र जसले पैसा प्राप्त गर्छन्, उनीहरूले यसलाई सियोनमा बिशप वा ओहायोका बिशपलाई पठाउनु पर्छ ताकि यी प्रकाशहरू ल्याउन र तिनीहरूलाई मुद्रण गर्न र सियोन स्थापनाका लागि समर्पण गर्न सकिने छ ।

१०५ अनि यदि कसैले तिमीहरूमध्ये कसैलाई एक कोट वा सूट दिन्छ भने, पुरानो लिय र गरीबहरूलाई देऊ र आनन्दित हुँदै आफ्नो बाटो लाग ।

१०६ अनि यदि तिमीहरूमध्ये कोही मानिस आत्मामा मजबुत छ भने, उसले कमजोरलाई आफूसँगै लैजानु पर्छ, ताकि उसले सबै विनम्रतामा सुधार गर्न सक्ने छ, ताकि ऊ मजबुत पनि बन्न सक्ने छ ।

१०७ त्यसकारण, साना पादरित्वहरूमा नियुक्त भएकाहरूलाई आफूसँगै लैजाओ र तिनीहरूलाई समय निर्धारित गर्न र मार्ग तयार पार्न र तिमीहरूले पूरा गर्न नसकेका समयादेशहरूलाई पूरा गर्न पठाओ ।

१०८ हेर, प्राचीन दिनहरूमा मेरा प्रेरितहरूले यही तरिकामा मेरा लागि मेरो चर्च निर्माण गरे ।

१०९ त्यसकारण, हरेक मानिस आफ्नो विभागमा खडा हुनु पर्छ र आफ्नो बोलावटमा परिश्रम गर्नु पर्छ; अनि टाउकोले पाउलाई नभनोस् कि उसलाई पाउको आवश्यकता छैन; किनकि पाउ बिना शरीर कसरी उभिन सक्छ?

११० साथै शरीरलाई प्रत्येक सदस्यको आवश्यकता छ, ताकि सबैको एकैसाथ बृद्धि हुन सक्छ, ताकि प्रणालीलाई पूर्ण राख्न सकिन्छ ।

१११ अनि हेर, प्रधान पादरीहरूले यात्रा गर्नु पर्छ र एल्डरहरू र साना पादरीहरूले पनि; तर डिकन र शिक्षकहरूलाई चर्चको रेखदेख गर्न, चर्चका स्थायी सेवकहरू हुन नियुक्त गरिनु पर्छ ।

११२ अनि बिशप, नुवल के. ह्विटनीले पनि धनी र घमण्डीहरूलाई विनम्र बनाउँदै तिनीहरूका आवश्यकताहरू पूरा गर्न गरिबहरूलाई खोज्दै वरिपरि र सबै चर्चहरूमा यात्रा गर्नु पर्छ ।

११३ उनले आफूले निर्देशन गरेअनुसार उनको भौतिक व्यवसायको दायित्व वहन गर्न प्रतिनिधिलाई पनि नियुक्त गर्नु पर्छ ।

११४ तैपनि, बिशप न्यू योर्क शहर, अल्बानी शहर र बस्टन शहरमा पनि जानु पर्छ र ती सहरका मानिसहरूलाई सुसमाचारको आवाजले, उच्च स्वरमा, उजाडका र पूर्ण विनाशका सम्बन्धमा चेतावनी दिनु पर्छ जसले यदि तिनीहरूले यी विषयरूलाई अस्वीकार गरे भने तिनीहरूलाई प्रतीक्षा गर्छ ।

११५ किनकि यदि तिनीहरूले यी विषयहरूलाई अस्वीकार गर्छन् भने तिनीहरूको फैसलाको समय नजिक छ र तिनीहरूको घर तिनीहरूका लागि उजाड हुने छ ।

११६ उसले ममाथि भरोसा गर्नु पर्छ र ऊ पूर्ण रूपमा पराजित हुने छैन; अनि उसको टाउकोको एक कपाल पनि थाहा नपाई भुइँमा झर्ने छैन ।

११७ अनि साच्चैँ नै म तिमीहरूलाई भन्छु, मेरा बाँकी रहेका सेवकहरू, तिमीहरूको परिस्थितिले अनुमति दिएजस्तै, तिमीहरूका अनेक बोलावटहरूमा, ठूला र उल्लेखनीय सहरहरू र गाउँहरूमा, संसारलाई तिनीहरूका सबै अधर्म र धर्मभ्रष्ट कार्यहरूको धार्मिकतामा गाली गर्दै, अन्तिम दिनहरूमा कुकर्मका उजाड कार्यको स्पष्ट र बुझ्ने गरी प्रस्तुत गर्दै अगाडि बढ ।

११८ किनकि, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, म तिनीहरूका अधिराज्यहरू विनाश गर्ने छु; म पृथ्वीलाई मात्र हल्लाउने छैन तर ताराहरूले भरिएको ब्रह्माण्ड समेत हल्लाउने छु ।

११९ किनकि म, परमप्रभुले स्वर्गका शक्तिहरू प्रयोग गर्न मेरा हात अघि बढाएको छु; तिमीहरूले यसलाई अहिले देख्न सक्दैनौ, अझै केही समय छ र तिमीहरूले यो देख्ने छौ र म नै हुँ भनी जान्ने छौ र म आउने छु र मेरा मानिसहरूसँग शासन गर्ने छु ।

१२० म नै अल्फा र ओमेगा, प्रारम्भ र अन्त्य हुँ । आमीन ।